Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आइसोलेशन सेवाका नाममा कति लुट्छौ ?

प्रभातफेरी अनलाइन ६११० पटक पढिएको प्रकाशित मिति: २०७७ कार्तिक १८, मंगलबार (५ साल अघि)
आइसोलेशन सेवाका नाममा कति लुट्छौ ?

कोभिड–१९ ले नेपालीजनमा आफ्नो अस्तित्व समेत जोगाउन हम्मे हम्मे परिरहेको अवस्थामा उपचारका नाममा लुटको खेती मौलाएको छ ।
नेपाली आकाशमा कालो बादल मडारिएको कोभिड–१९ ले करिब ८ महिना पार गर्दा नगर्दै नेपालीजनहरुलाई सास्ती दिन सफल भएको छ । जसको कारण सिंगो बस्ती नै तहसनहस बनाउने अवस्थामा कोभिड–१९ पुगेको छ । हिजो अग्रपंक्तिमा रहेर सेवा दिनेहरु मात्र संक्रमित हुने सम्भावना रहेकोमा आज मुलुकका कुनाकन्दरा समेत बाँकी रहेका छैनन् । यो अवस्थामा राज्य जिम्मेवार विहिन हुन पुगेको छ । उपचार गर्न सक्दिनँ भन्ने किसिमले प्रस्तुत भएको छ । यसरी राज्य पन्छिँदै जाने र संक्रमितहरु दिन दुई गुणा रात चौगुणाका दरले संक्रमित हुँदै जाने हो भने नेपालीहरुको अस्तित्व समाप्त नहोला भन्न सकिन्नँ ।
यो अवस्थामा सरकारले जुन किसिमको रवैया देखाएको छ, त्यसले निम्न वर्ग, विपन्न परिवारको त कुरै छोडिदिउँ, मध्य वर्गीय परिवार समेत उपचार बिना मृत्युवरण गर्नुपर्ने बाध्यतामा पुग्ने देखिन्छ । सामान्यतयाः दैनिक १०–१५ हजार देखि पचासौं हजारसम्मको खर्च गरेर उपचार गर्ने हैसियत पक्कै पनि नेपालीजनमा छैन । जुन किसिमको खर्च सार्वजनिक रुपमै देखिएको छ, त्यसले उपचारका नाममा लुट मौलाएको छ भन्दा फरक पर्दैन । यसरी स्वास्थ्य क्षेत्रमा भइरहेको अस्तव्यस्त व्यवस्थापनले नेपाली जनहरुको भविष्य अत्यन्तै दुःखदायी हुने देखिन्छ । एउटा सिटामोल नपाएर मृत्युवरण हुने अवस्थामा रहेका नेपाली जनहरुले त्यति महंगो उपचार थेग्न सक्ने अवस्था पक्कै पनि रहन्न । नेपालीहरुको आयस्तर दिनप्रतिदिन खस्किँदै गएको अहिलेको परिस्थितिमा जुन किसिमको अवस्था सिर्जना भएको छ, यसले नकारात्मक प्रभाव पार्ने नै छ । राज्यका उपल्लो तहमा पुगेका व्यक्तित्वहरुको नाममा करोडौं करोड उपचार खर्च गरेर राज्यको ढुकुटी दोहन भईरहँदा सर्वसाधारणले भने एउटा सिटामोलबिना मृत्युवरण गर्न विवश अवस्था सिर्जना हुनु पक्कै पनि न्यायसंगत नहुन सक्छ ।
यस्तो परिस्थितिमा जुन किसिमको खर्च देखाइएको छ, त्यसका बारेमा उपचारमा संलग्न स्वास्थ्यकर्मी नै चकित छन् । किन यस्तो चर्काे शुल्क ? के छ यसभित्र ? मात्र नाम फरक छ । सेवाको हिसाबले भन्ने हो भने हिजो अन्य बिरामीलाई दिइएको सेवाभन्दा पनि गुणस्तरहिन छ तर शुल्क चर्काे असुल गरिएको छ । यस किसिमको शुल्क लगाएर ढाड सेक्ने काम किन भइरहेको छ ? अनुत्तरित प्रश्नहरु एकपछि अर्काे उब्जिरहेका छन् । यस किसिमको प्रवृत्तिबाट मर्ने मरेर गए पनि बाँच्नेहरुलाई सडकमा पु¥याउने खेल राज्य खेलिरहेको त होइन ? भन्ने शंकाहरु उब्जिरहेका छन् । सायद, यो सरकारको सम्वृद्धि भनेकै यही हुनुपर्छ । नत्र किन जघन्य किसिमको निर्णय गर्न पुग्छ ? यी अनुत्तरित प्रश्नहरुको खोजी हुन जरुरी छ । अचम्म ! लाग्दो विषय कोभिड–१९ संक्रमित व्यक्तिका लागि चलाइने औषधी उपचार भनेको उही सामान्य सिटामोलभन्दा अरु छैन । अपवाद रुपमा मात्र अक्सिजनको प्रयोग हुन्छ । यति सेवाको लागि यो चर्काे मूल्य लगाइनु न्यायोचित हो ? सर्वत्र जिज्ञासाहरु तैरिएका छन् । खानाको नाममा भन्नुहुन्छ भने तुन्द्रुङ दालको झोल र कति घण्टा अगाडि पाकेको अद्कल्चो चामल आइपुग्छ । त्यहाँ कुनै स्वास्थ्यवद्र्धक तत्व छ जस्तो लाग्दैन भन्छन्, आइसोलेसनका भुक्तभोगी गंगाराम कुईंकेल । खाए खा नखाए घिच् भनेझैं दिएको सेवाले के मानवीय अर्थ लाग्ला ? यस किसिमको प्रवृत्तिले लुटको खेती मच्चाउनु न्यायसंगत त पक्कै होइन भन्ने निचोडमा यो पंक्तिकार पुगेको छ । तसर्थ, यस किसिमका गलत गतिविधिका विरुद्ध सचेत वर्गले खबरदारी गर्नु आजको आवश्यकता हुन आउँछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0