Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेतृत्वमा देखिएको विचलन र उदासिन कार्यकर्ता

प्रभातफेरी अनलाइन ८९४१ पटक पढिएको प्रकाशित मिति: २०७७ मंसिर १६, मंगलबार (५ साल अघि)
नेतृत्वमा देखिएको विचलन र उदासिन कार्यकर्ता

पछिल्लो समय नेपाली राजनीतिमा देखिएको विचलनले तिनका समर्थकहरुमा उदासिनता छाउनु नौलो होइन । मुलुक विषम् परिस्थितिमा गुज्रिरहेको छ, नेतृत्वलाई रतिभर चिन्ता छैन भन्ने भान कार्यकर्ताले मनन् गरिरहेका छन् ।
आफ्नो नेतृत्का बारेमा अन्तर्राष्ट्रियस्तरबाटै जुन किसिमको लाञ्छना लागेको छ, त्यसबाट कार्यकर्तामा आघात पुग्नु नौलो होइन । ति लाञ्छनाका बारेमा नेतृत्वबाट स्पष्ट धारणा सार्वजनिक हुने अपेक्षा कार्यकर्ता र शुभचिन्तकमा जागिरहेको छ तर नेतृत्व त्यो स्थानमा पुग्न सकेको छैन ।
आज विश्व लगायत नेपालमा कोरोना कहरले मानव जाति नै संकटग्रस्त हुन पुगेको छ । मानव रोग, भोक, मृत्यु र शोकमा डुब्न बाध्य छ । यस्तो अवस्थामा खाद्यान्न, स्वास्थ्योपचार तथा आधारभूत आवश्यकताको व्यवस्था गर्नुपर्ने बेलामा असान्दर्भिक बखेडामा ध्यान केन्द्रित बनाउने र कुर्सी बचाउने खेलमा सत्ता केन्द्रित हुनु हामी नेपालीका लागि दुर्भाग्य नै हो । समृद्ध नेपाल, सुखी नेपाली जस्ता लोकप्रिय नारा आज अर्थहिन हुन पुगेका छन् । कोरोना कहरले श्रमिकहरु स्वास्थ्योपचार गर्न नपाएर मृत्युको मुखमा पुगेका छन् । अर्काेतिर भोकभोकै खुल्ला आकाशमुनि ढुंगाको सिरानी लगाएका छन् । यथार्थमै भन्नुपर्दा, शोषित, पिडित, श्रमिकहरुले राज्यविहिनताको अनुभव गर्न विवश भएका छन् ।
यो अवस्थामा सरकारको उपस्थिति उनीहरुले पाएका छैनन् भन्दा फरक पर्दैन । श्रमिकहरुकै वाक्य सापट लिने हो भने सरकार दृष्टिविहिन, अविवेकी र बहिरो जस्तै छ । समयमा किसानका लागि मल, बिउबिजन छैन । उत्पादन गरेको उत्पादन खेतमा कुहिन पुगेको छ । सरकार आयातित विषाक्त खाद्यवस्तुमा रमाउन पुगेको छ । मुलुकवासी हितमा भन्दापनि माफियाको चंगुलमा रुमलिन पुगेको छ । भन्नैपर्दा यो सरकारको चरित्र नै माफिया बनिसक्यो ।
यसको ज्वलन्त उदाहरण पछिल्लो समय सरकारका द्वयत्त अर्थ लाग्ने निर्णयहरुलाई लिन सकिन्छ । कहिले कोभिड पिडितहरुलाई उपचार नगर्ने भनेर प्रेस विज्ञप्ति जारी गर्ने, कहिले गर्ने भनेर जारी गर्ने किसिमका गतिविधिले पिडितहरुलाई झन् पिडातर्फ धकेल्ने काम भएको छ । यही अवस्थाको फाइदा उठाउँदै कालाबजारियाहरुले बजारलाई अस्थिर अवस्थामा पु¥याएका छन् । बजार मूल्य हेर्ने हो भने सामान्य नागरिकले किनेर जिविकोपार्जन गर्नसक्ने अवस्था छैन । यो अवस्थामा गरिब, निमुखाहरुको चूलो बल्ने त कुरै भएन ।
देश र जनताको दुःख, पिडा, व्यथा, कारुणिक अवस्थाप्रति सरकार रतिभर संवेदना देखाउने सक्ने अवस्थामा पाइन्न । बिडम्बना ! राजभोगी कुर्सी टिकाउन विभिन्न टिक्डम, जालझेलको खेलमा तल्लीन छ । यस किसिमको दयनीय अवस्थाले नेपालीजनको अवस्था झन्झन् ओरोलो लागिरहेको छ । यो तथ्यलाई आँकलन गर्ने हो भने अबको अवस्था सुखद पक्कै पनि छैन । मुलुकमा स्थानीय तहदेखि केन्द्रीय सरकारसम्म भ्रष्टाचारको जालोमा रुमलिएको छ । हामी कहाँ छौं ? सरकार अयोग्य, असभ्य, सिद्धान्तहिन, विचारहिन बनेको तथ्य दिनप्रतिदिन सार्वजनिक भएका छन् । यो अवस्थामा जनप्रतिनिधिले जिम्मेवारी भूमिका निभाएनन् भन्नुको कतै तुक छैन । उनीहरुले पनि आफ्ना आसेपासे, विचौलिया, दलाल र गौंडेहरुको चाहना अनुरुप चल्नुको विकल्प छैन । भोलि तिनै गौंडेहरुको भरमा निर्वाचन कब्जा गर्नु छ । यो अवस्थामा सचेत नागरिकले आफ्नो दायित्व निर्वाह नगर्ने हो भने मुलुकको भविष्य अन्यौलतामा जकडिन पुग्छ । चेतना भया !

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0