Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अधिकारलाई व्यवहारिकतामा रुपान्तरण आजको आवश्यकता

प्रभातफेरी अनलाइन ७६८५ पटक पढिएको प्रकाशित मिति: २०७७ फागुन २५, मंगलबार (५ साल अघि)
अधिकारलाई व्यवहारिकतामा रुपान्तरण आजको आवश्यकता

भेषराज दनुवार

१११ औ अन्तराष्ट्रिय नारी दिवस काभ्रेको सबै स्थानमा विभिन्न कार्यक्रम सञ्चालन गरी मनाइयो । कार्यक्रम मनाउने क्रममा काभ्र्रेको सबै जसो स्थानिय तहमा नारीको हकअधिकार सहित हिंसा अन्त्य सहितको लागी सचेतना सहितको कार्यक्रममा जोड दिइएको छ । विगतको तुलनाभन्दा बर्तमान परिवेशमा नेपालीनारीहरुको अधिकारमा बृद्धि भैरहेको देखिएतापनि सुनिच्तिताको अवस्था छैन ।

लोकतन्त्र स्थापनागर्न देखि द्धन्दको समयमा गरीएको आन्दोलनको अगुवाई गर्न होस नारीहरुको समान सहभागिताको कारण समग्र सफलता सहित उपलब्धि हासिल भैरहेको छ । हरेक तहमा पालिका उपप्रमुख तथा जिल्ला सम्बन्वय उप प्रमुकको तहमा नारीहरुको सहभागिता रहेको देखिन्छ । नारीहरुले कामगर्न सक्दैनन् भन्ने मनसायले हुन सक्छ स्थानियतहको अधिकार क्षेत्रमा उपप्रमुखलाई अधिकतम जिम्मेवारी दिईएको छ । यस प्रकारको भारी युक्त जिम्मेवारी समेत बहन गरी अगाडी बढिरहेको स्थानियतहका उपप्रमुख सहित विभिन्न तह र तप्कामा समेत नारीहरुको सहभागिता र सकृयता सहित उपलब्धिमुलक रुपमाकाम भैरहेको देखिन्छ । एकाध उपप्रमुखले सुधार गर्नु पर्ने विषय बाहेक राम्रा कुरा र संघर्षको कथा कहिकतै उजागर भएको देखिदैन ।

महिलाको चुलो चौकोको सहभागिताको माध्यमबाट होस या । करेसा वारीबाट गरीएको सफलताको कारणहोस समग्रमा नया बालबालिकाको गुणस्तरीय शिक्षा प्राप्तगर्न समेत महिलाको भूमिका र योगदान रहेको छ भन्ने गाउले नारीको जिवनकथा कहिकतै जोडिएको छैन । समयानुकलु व्यक्तिविशेषको कथाउजार गर्दा समुदायमा समेत रुपान्तर गर्न सकिने अवस्था सृजनागर्न नसकिएको कारण बैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमती शहर केन्द्रित रहेर आश्रित बन्नु परेको कथा कहिकतै देखिएको छैन । चुलो चौको र करेसावारीले रुपान्तरण गरेको सामाजिक परिवेश को कथा सहित बैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमतीलाई आयआर्जनमा जोडन सकेमा समेत सम्बृद्धि ल्याउन सकिन्छ भन्ने विषयमा जोडेर नया पुस्तामा सफलता हासिलगर्न सकिन्छ भनेर यहिहाम्रो समाजमा रुपान्तरण ल्याउन पर्ने देखिन्छ ।

अर्थतन्त्र र समाज अनि परिवार विचको भूमिका बास्तबमै महत्वपुर्ण रहेको छ । हरेक परिवारमा आर्थिक उन्नती गर्नको लागी सहकार्य र सहयात्रा नै आजको आवश्यक्क्ता र महत्व रहेको छ । यहि कारणले पनि नारी पुरुष रथका दुई पांग्रा हुन भनेर परिभाषा गरीएको छ । यहि विषयलाई हेर्ने हो भने सहयात्री र सहयात्राबाट गरेको आर्थिक सम्बृद्धि र हाम्रो समाजको विषयलाई जोडेर नै गर्नु पर्ने कथा आजको समयको माग अनुसार उजागर गर्न पर्ने समेत देखिन्छ । सहयात्रा र सहयात्रिको विषयमा लुकेको कथा पाखापखेरोमा सिमित भएको छन् । शरह केन्द्रित प्रचारको बस्तु बनेका सहयात्राको कथाले नेपाली जिवन पाखापखेरोमा लुकेको सफल जिवन संगै कहिकतै मेल खादैन ।

नेपाली परिवेशमा हेर्ने हो भने सञ्चारको विकास र विस्तार उच्च गतीमा भएकै छ । यहि अवस्थालाई हेर्ने हो भने नेपाली परिवेशमा यसको प्रभाव झन उच्च गतिमा रहेको छ । सञ्चारको अवस्था आंकलन गर्ने हो भने काभ्रेको परिवेशमा ११ वटा एफ.एम. २५ वटा साप्ताहिक पत्रिका, १५ वटा अनलाईन पत्रिका सहित राष्ट्रिय पत्रपत्रिकाको सहज पहुच काभ्रेको भूमिमा देखिन्छ यहि अवस्था अधिकांश जसो जिल्लामा रहेको देखिन्छ । यस अवस्थालाई मध्येनजर गर्ने हो भने युवा पुस्ताको सञ्चारमा प्रबेश बास्तममै आकर्षक बनेको देखिन्छ । पत्रकारीता अध्ययन अध्यापन गराउने कलेज जिल्लामै स्थापित हुनुले समेत थप सञ्चारको महत्व बढेको देखिन्छ । यस विषयलाई केन्द्रित गरेर अवलोकनगर्दा महिलाको प्रबेश अवस्था पनि उक्तिकै छ । यहि अवस्थाको कारणकले पढने छात्रछात्राको सञ्चारमा प्रबेश गरेको देखिन्छ । सञ्चारमा प्रबेश संगै स्थानिय र निरन्तरता कसरी गर्ने भन्ने विषयमा हरेक सञ्चार गृहमार्फत सोच्नु पर्ने आवश्यक्ता बढेको अनुभूति समेत देखिन्छ । सञ्चार र जिवनको आधार विषयमा केन्द्रित हुनु अभिसाप बन्ने बाताबरण सृजनाहुनु हुदैन । अझ यस सञ्चारमा प्रबेश गर्ने नारीहरको निरन्तरता स्थायित्वको र जिवन विषय समेत चुनौतिमा परिणतहुदै गएको पाईन्छ ।
समय परिवेशको सन्र्दभमा जोडिरहने क्रममा युग अनुसार बालविवाह कुनै समय हिंसाको विषय थियो । कुनै समय शिक्षाबाट छोरी बञ्चितको सवाल थियो । समयान्तरमा स्वास्थमा सहज पहुच र सुनिश्चिचता सवालब नेकाथिए । पुरुषसमा रोगगारीमा महिलाको उपस्थिती अधिकारको विषय बनेका दिनपनि एक हो । अर्थ सरोकारमा महिलाको प्रत्यक्ष पहुच नहुनुको कारण धरेलु हिंसाको कारण बनेको उदाहरणछन् । प्रजनन्मा महिलाको अधिकार । भ्रुणपहिचान र गर्भपतन विषयक सवाल । नितिनिमार्ण तथा निर्णायक तहमा महिलाको समान अधिकार । पारपाचुके गर्ने निर्णायक अधिकारमा महिलाको पहुच विषयक सहित समग्र विषयमा केन्द्रित भैरहने क्रममा अनगिन्ति विषय र अधिकारको क्षेत्र जोडिरहेको पाईन्छ । यस क्रममा अधिक स्वतन्त्रताले सहि सदुपयोग नहुदा सामाजिक बिकृत सृजनापो बढिरहेको छ कि ? अधिकारलाई सहि तवरमा कसरी परिचालन गर्ने भन्ने विषयमा कसले कसरी चासो राख्ने भन्ने विषयमा हरेक समाजको नागरीक स्वयंनै सचेत हुनु आवश्यक्ता बन्दै गएको छ ।
अवको बाटो हरेक अधिकार सुनिश्चितता भैरहदा हरेक नागरीकले स्वयं अग्रसरता र पालनगर्नु पर्छ भन्ने विषयमा समेत केन्द्रित हुनु पर्ने देखिन्छ । यस तवरमा कार्य गर्दा अझ प्रभावकारीता पनि बढने देखिन्छ । अधिकारको विषयमा कुराहरु मात्र गरेर भएन । अधिकारलाई व्यवहारिकतामा रुपान्तरण आजको आवश्यक्ता पनि बढदै गएको देखन्छ । व्यवहारीक रुपान्तरण नभएको कारणपनि समग्रमा समस्याबन्दै गएको छ । यस समस्या निराकरण गर्ने जिम्मेवार पक्ष हरेक नागरीक बन्नु पर्छ हुनु पर्छ । हरेक नागरीकले नागरीक भएर दायित्व निर्वाह नगर्दा पो अधिकारको मात्र विषय उठान हुने र दायित्व बहन नहुदा अधिकारका विषय उठान नभएका हुन कि ?

 

  • अधिकारलाई व्यवहारिकतामा रुपान्तरण आजको आवश्यकता
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0