Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ७, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आकस्मिक, आक्रामक भिडन्त नार्के फायरिङ एम्बुस

प्रभातफेरी अनलाइन ५६११ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ २७, बिहिबार (२ साल अघि)
आकस्मिक, आक्रामक भिडन्त नार्के फायरिङ एम्बुस

डम्बर थामी “अनुपम”

मलाई यतिबेला सँस्कृत स्कुल पढ्दाखेरिको एउटा कुराको याद आएको छ । त्यतिबेला हामीले सँस्कृत शिक्षाको कोर्सका विभिन्न सँस्कृत श्लोकहरु कण्ठ गरेर गुरुलाई सुनाउनुपथ्र्यो । सँस्कृत श्लोकहरु त धेरै नै कण्ठ गरियो । हितोपदेश र रघुवंशका । भाषा अनि साहित्यका । कुमारसम्भवका । केही पुराणकाका । केही वेदका । लघुसिद्धान्तकौमुदिका पनि । धेरै श्लोकहरु कण्ठ गरियो । कतिपय कठिन श्लोकहरु त बिर्सिसकिएछ । तर सम्झनामा एउटा श्लोक अझै पनि ताजै रहिरहेको छ ।
“उद्यमेन हि सिध्यन्ति कार्याणी न मनोरथै ः
न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ः”
(अर्थात जसरी सुतिरहेको सिंहको मुखमा शिकार आफैं आएर पस्दैनन ! उसले शिकार गर्नैपर्छ त्यसरी नै हामीले कडा परिश्रम नगरी कल्पना गरेर मात्र कुनै पनि काम सफल हुँदैन ।) हो ! विद्यार्थी जीवनदेखि नै मेरो दिल दिमागमा कडा परिश्रम गर्नुपर्छ भन्ने भावना जागृत भएको थियो । र सानै उमेरदेखि परिश्रम गर्नमा तल्लीन थिएँ । दुई दिनको बाटो स्लेट ढुङ्गाको भारी बोकेर । मेलापात गरेर । कापी, कलम र स्कुलको फि जुटाएर पढें । तर जति कठोर परिश्रम गरे पनि श्रमिक, किसान, मजदुरले सँधै अभावग्रस्त जिन्दगी बिताउनु परेको देख्दा हृदयमा आक्रोश पैदा हुँदै गयो । र मेरो पाईलाहरु पनि विद्यार्थी जीवनदेखि नै कठोर युद्धभूमितिर मोडियो ।
मलाई युद्धभूमितिर डो¥याउनुको अर्को कारण थियो । बुबाआमा २०३६ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा सहभागी हुँदै आउनुभएको थियो । तर हाम्रो जीवनस्तर खस्केको खस्कै थियो । कम्युनिस्ट भनाउँदो पार्टीले पनि खासै हाम्रो जीवनमा परिवर्तन ल्याएन । मुठ्ठीभर मान्छेहरु मात्र सम्पन्नशाली भए । चप्पल पड्काएर हिंड्नेहरु पजेरोका महलका मालिक भए । बहुदल आउनुभन्दा अगाडि पनि बुबा आमाले अर्धभूमिगत भएर पार्टीमा धेरै लामो समय संगठनको काम गर्नुभयो । मैले पनि विद्यार्थी संगठनमा रहेर काम गरें । (एउटा अविस्मरणीय घटना के छ भने २०४६ साल फागुन महिनामा हिलेपानी संस्कृत मा.वि. पढ्दा हाम्रो स्कुलको हेड सरलाई गिरफ्तार गर्न आउने पुलिसलाई ढुङ्गामुडा गरेर लखेटेको कुरा सम्झनामा छ । स्कुल हडताल गरेको कुरा पनि सम्झनामा छ ।) बहुदल आए पश्चात् पनि हाम्रो हालत झन खराब हुँदै गयो । र विद्रोहको बीउ रोपिंदै गयो । त्यसपछि फेरि समानताको नारा उरालेर जन्मियो अर्को कम्युनिस्ट पार्टी माओवादी । त्यतिबेला म पनि उथलपुथलकारी परिवर्तन ल्याउने उत्कट आशामा पढ्दापढ्दै सानै उमेर (अल्लारे उमेर) मा विद्रोही बनेर आफू भन्दा अग्लो बन्दुक बोकेर हिंडे । माओवादी गुरिल्ला (छापामार) बनें । छापामार बन्नु । गुरिल्ला हुनु । चानचुन कुरा थिएन । यो त टाउकोमा मृत्युको कात्रो बाँधेर हिंड्ने चुनौतीपूर्ण यात्रा थियो । सबैलाई विदितै छ । दिनदिनै भिडन्त हुनु । मुठभेड हुनु । गोली पड्किनु । मार्नु– मारिनु । घाइते हुनु । अंङ्गभङ्ग हुनु । दुश्मनसँग लुकामारी गरिरहनु । घेरामा पर्नु । प्रतिरोध गर्नु, घेरा तोड्नु । भोकभोकै भौतारिंदै हिंड्नु । यो क्रम जारी नै रहन्थ्यो । तर आक्रमण र प्रतिरोध नै हाम्रो जीवन थियो । त्यसैले यही शिलशिलामा मैले यहाँ एउटा यस्तो आकस्मिक लडाइँको कुरा उल्लेख गर्न गईरहेको छु । त्यो हो आक्रामक भिडन्त नार्के फायरिङ एम्बुस ।
अत्यन्त आक्रामक र सशक्त बि. के. (विशाल+कुमार) अप्रेसन अन्तर्गत पूर्वी डिभिजनले पूर्वकै सिराहा जिल्लाको बन्दिपुर सैनिक ब्यारेकमा २०६२ साल वैशाख २६ गते सशक्त धावा बोलेपछि करिब एक महिनासम्म लगातार लडाइँ–भिडन्त जारी रह्यो । हाम्रो बेथान स्मृति व्रिगेडले पनि बन्दिपुर मोर्चा पश्चात् दर्जनौं भिडन्त गर्दै । साथीहरूको शहादतको पीडा खेप्दै । दुश्मनका दर्जनौं हवाई र पैदल आक्रमण र घेराबन्दीहरु छिचोल्दै काभ्रेपलान्चोक जिल्लाको महाभारत ईलाकामा आईपुगेको थियो । (महाभारतले जनयुद्धलाई कहिल्यै तिर्न नसक्ने गुण लगाएको छ । आफ्नो गादोमा लुकाएको छ । भोक, तीर्खा, थकाइ र समस्यामा धेरै ठूलो सहयोग गरेको छ । जो मृत्यु पश्चात मात्र बिर्सिजाने गुणहरु हुन । अटल, अविचल, अजम्बरी बस्ती महाभारतका । विशाल हृदय भएका त्यहाँका जनसमुदायका । तर अहिले त्यो ईलाकालाई, अजम्बरी बस्तीलाई कसैले फर्केर हेरे कि हेरेनन ? सम्झे कि सम्झेनन ? सा¥है नै दुःखलाग्दो कुरा छ ।) त्यतिबेलाको पार्टी संगठनको ब्यूरो ईन्चार्ज क. कन्चन पनि त्यही ईलाकामा थिए । जिल्ला सेक्रेटरी क. लालध्वज सहित जिल्ला पार्टीको टोली पनि केन्द्रित भएको थियो । पार्टी संगठनका भेला, बैठक, प्रशिक्षण गर्नुपर्ने । र जनमुक्ति सेनाको पनि बन्दिपूर मोर्चा । बीच–बीचमा भएका भिडन्तहरुको समीक्षा र सैन्य उपब्युरोको बैठक पनि बस्नुपर्ने थियो । र नयाँ नयाँ युद्ध ट्याक्टिस र सैन्य रणनीति तय गर्दै मोर्चाहरु खोल्दै जानुपर्ने थियो । त्यही शिलशिलामा हामी भूमिचुलीको काख रजबासमा जम्मा भएका थियौं । जनमुक्ति सेनाको फर्मेशन भित्रको पार्टी युनिटका, पार्टी शाखाका, साधारण शाखाका समीक्षा बैठकहरु क्रमशः चलिरहेका थिए । सैन्य उप–ब्युरो र सैन्य ब्युरोका बैठक र प्रशिक्षणहरु बाँकी नै थियो । चारैतिर सेन्ट्री, ड्युटी, पट्रोलिङ, ईन्टलीजेन्स सशक्त रूपमा परिचालन गरिएको थियो । अग्ला–अग्ला डाँडा डाँडामा एल.एम.जि. पोस्टहरु खडा गरेर । टनेल बंकरहरु बनाएर जनमुक्ति सेनाका योद्धाहरु तैनाथ गरिएका थिए । शान्त वातावरणपछि विशाल आँधी आउन सक्ने कुरालाई पनि मध्यनजर गरिएको थियो । जहाँ जुनसुकै ठाउँमा हारबोरिङ गरिए तापनि फोर्टिफिकेशन पहिलो प्राथमिकतामा पर्ने कुरा छँदैछ । दुश्मनको बारेमा पनि पल पलको सूचना आईरहेको थियो । उनीहरूले पनि पट्रोलिङ्लाई निकै बढाएका थिए । किनकि बन्दिपूर हानेर आएको टोली त्यही ईलाकातिर बसेको छ भन्ने कुरा खुलिसकेको थियो । त्यतिबेला हाम्रो व्रिगेडको कमान्डर र कमिशार थिएनन । कामको शिलशिलामा अन्यत्रै थिए । हाम्रो फर्मेशन व्रिगेड सहकमिशार क. भीष्म र व्रिगेड सहकमाण्डर क. जीवितको कमान्डमा थियो । व्रिगेडको होल कमिशारियट अस्थायी रूपमा क. कन्चनले गरेका थिए । त्यतिबेला हाम्रो नफ्री व्रिगेड हेडक्वार्टर सहित पाँच बटालियन थियो । भर्खरै एउटा नयाँ बटालियन पनि बनेको थियो । (त्यो बटालियन बन्दा मेरो सिंगो कम्पनी नै समाहित भएको थियो । यसमा मलाई निकै गर्वबोध भएको थियो । मेरो कम्पनी समाहित भएपछि म नयाँ जिम्मेवारीकासाथ व्रिगेड कार्यालयमा सरुवा भएको थिएँ ।)
हामी हाम्रो दैनिक कार्यमै तल्लीन थियौं । २०६२ साल जेठ २६ गते । हाम्रो फोर्सले नियमित काम जारी नै राखेको थियो । बाहिरी ईलाकामा दुश्मनको चहलपहल बढेको खबर पनि आई नै रहेको थियो । करिब दिउँसोको दुई बजेतिर एक्कासि ईन्टलीजेन्सले दुश्मन बि.पि. राजमार्गको नेपालथोक किर्दासतिरबाट सार्वजनिक बस र उसकै ट्रकमा नार्के–भकुण्डेतिर अघि बढीरहेको जानकारी दियो । (ईन्टलीजेन्सको कमाण्डिङ गरेको थिए क. विश्वासले । उनी यस्ता चतुर र साहसी थिए कि दुश्मनको रिअर ग्रुपको नजिकैबाट ईन्टलीजेन्स गरेर पल पलको रिपोर्ट चलाखिपूर्ण तरीकाले दिन्थे । वीरता र बहादुरीताको पर्याय क. विश्वासको चितवन जिल्लाको दारेचोक भन्ने ठाउँमा रेन्जर बटालियनसँगको भिडन्तमा २०६२ साल फागुन ११ गते उच्च शहादत भयो ।) हाम्रो व्रिगेडको एउटा एस.टि.एफ. (स्पेशल टास्क फोर्स) तयारी हालतमै थियो । (जुन फोर्स आईपरेको बेलामा तुरुन्तै डिप्लोय हुन सकोस् । र मोर्चा कस्न सकोस् । दुश्मनमाथि लहर झैं छाल झैं जाई लाग्न सकोस ।) दुश्मन मुभ भएको जानकारी आएपछि क. जीवितको एक कासनमा व्रिगेडको एस.टि.एफ. रोलकलमा सामेल भयो । आवस्यक युद्धसामग्री । मेडिकल टोली । हतियार टोलीको केन्द्रिकरण । एसाल्ट ग्रुपहरुको विभाजन । माईनिङ ग्रुपको विभाजन । दुश्मनको नफ्री, हतियारको स्थिति र आक्रमण गर्ने स्थानको व्रिफिङ भएपछि एसाल्ट टोलीहरु आ–आफ्नो आर्क अनुसार नै हावाको गतिमा फर्मेशन मिलाएर रजबासबाट पनान्चे हुँदै नार्केतिर ओरालो लाग्यो । र नार्के बजार नजिकै राजमार्गको दायाँबायाँ तलमाथि एसाल्ट ग्रुपहरु तीव्र गतिमा सेट ग¥यो । यो काम यति छिटो भयो कि करिब आधा घण्टामा सबै काम तमाम भयो । योद्धाहरु पड्किन लागेको डाईनामाईट झैं मुर्झाएर बसे । जो फ्युजमा आगो लागेपछि ठूलो विस्फोट हुने अवस्था जस्तै ।
दुश्मन पनि बाटो क्लियर गर्दै विस्तारै अघि बढ्दै गरेको जानकारी आउँदै थियो । कहिले रोकिने, कहिले हिंड्ने गर्दै मुभ भईरहेको थियो । ईन्टलीजेन्सले मिनेट मिनेटमा खबर प्रवाह गरिरहेको थिए । गाडीको छतमा एल.एम.जि. र टू ईन्च मोर्टार सेट गरेर आएको थियो । जब साँझको सवा छ बज्न लागेको थियो । दुश्मन हाम्रो टार्गेट सेट भएको किलिङ रेन्जभित्र छिर्न लाग्यो । जनता चढेको बसलाई छोडेर आर्मीको ट्रकलाई मात्र निशाना बनाउने योजना थियो । युद्धमा सकेसम्म निर्दोष व्यक्तिहरु नपरुन भन्ने युद्धको नियम हुन्छ । त्यही योजना मुताविक जब दुश्मन किलिङ रेन्जमा छि¥यो । तब सबै एसाल्टहरुले बिजुली गतिमा चट्याङ परे झैं चारैतिरबाट एकसाथ आक्रमण ग¥यो । एकछिन अगाडिसम्मको सुनसान वातावरण एकछिन पछाडि कोलाहलमय भयो । बारुदको कालो धुवाँ महाभारत डाँडा भूमिचुलितिर उड्दै गयो । बारुदको धूवाँसँगै दुश्मनको सातो पनि उड्दै गयो भने जनमुक्ति सेनाको मनोबल झन उच्च हुँदै गयो । छतमा बसेको दुश्मनले अन्धाधुन्ध गोली वर्षाउन लाग्यो । टू ईन्च मोर्टार सेलिङ गर्न लाग्यो । हाम्रो सबै एसाल्ट टोलीको आक्रमण पनि विशेष गरी गाडीको छतमै केन्द्रित भयो । केही सीप नलागेपछि छतमा बसेको दुश्मन र भित्र बसेका केही दुश्मनहरु गाडीबाट ओर्लेर फेरि भीषण आक्रमण गर्न लागे । हाम्रो टोलीले पनि भीषण आक्रमण गर्न थाल्यो । जताततै गोली पड्किएको आवाज आईरह्यो । असिना वर्षिएसरि गोली वर्षीरह्यो । हाम्रो टोलीले गाडीमा आक्रमण जारी राखे पनि ड्राइभरले गाडी नरोकी तीव्र गतिमा सिधै भकुण्डे ब्यारेकतिर कुदायो । आश्चर्य त यही भयो । त्यति धेरै गोली चल्दा पनि गाडी रोकिएन । बाँकी रहेका दुश्मनसँग यति घमासान युद्ध भयो कि अहिले सम्झँदा पनि आङ सिरिङ्ग सिरिङ्ग हुन्छ । मकैबारी, भर्खर फल्न लागेका आँपका रुखहरु गोलीले चकनाचुर भए । धुलाम्य भए । खेतका गह्राहरु पनि हिलाम्मे भए । रगतका खोलाहरु बगे । घाइतेहरु यत्रतत्र छरिए । केही दुश्मनहरु रोशी खोलाको किनारतिर भाग्दै गए । साथीहरूले लखेट्दै गए । केहीको त्यहीँ मृत्यु भयो । केही रोशी खोला तरेर सुँईकुच्चा ठोके । साथीहरू हतियार टिपेर रिट्रीट भए । नार्के बजार सुनसान भयो । सबै जनताहरु घरभित्रै बसे । हल्ला गरेनन् । माओवादीले आक्रमण गर्दैछन भनेर सुराकी पनि कोही कसैले गरेनन । यही त थियो जनताको महानता । यसरी करिब डेढ घण्टामा लडाइँ फाईनल भयो । नयाँ बटालियनका सेक्सन सह कमान्डर क. भिमको शहादत भयो । कम्पनी सह– कमान्डर क. धर्तीलाई टू ईन्च मोर्टारको धमकाले उडायो । उनी गम्भीर घाइते भए । त्यो लडाइँमा हाम्रो उपलब्धि बढी क्षति कम भयो । लडाइँमा शहादत भएका कमरेडलाई अलि माथि ल्याएर रातो झण्डा ओडाएर सम्मान गारद श्रद्धाञ्जली चढाएर अन्तिम बिदाइ गरियो । र घाइते साथीलाई बोकेर हाम्रो सम्पूर्ण टोली पनान्चेको उकालो हुँदै रजबासतिरै रिट्रीट भयो ।
यसरी त्यो आकस्मिक लडाइँमा छ जना दुश्मनको मृत्यु भयो भने केही घाइते भए । केही भाग्न सफल भए । हामीले त्यहाँबाट ३ थान एस.एल.आर., २ थान ईन्सास राईफल, १ थान ईन्सास एल.एम.जी. र हजारौं राउन्ड गोली कब्जा ग¥यौं । यसरी आकस्मिक रूपमा भएको सशक्त आक्रमणले जनमुक्ति सेनाको मनोबल उच्च बनायो । हामी रजबासबाट भूमिचुलिको भञ्ज्याङ् काटेर डाँडापारी साल्मे गाउँतिर लाग्यौं ।
निचोड ः छोटो समयमा आक्रमणको तयारी गर्नु । आक्रमणको सिक्वेन्स मिल्नु । दुश्मनको लाईफ लाइन बि.पि. राजमार्गमा सफल आक्रमण गरेर लाइफ लाइन पनि तहसनहस बनाउनु । भकुण्डे बाहिनी नजिक आक्रमण हुनु । जनमुक्ति सेनाको फौजी क्षमता उच्च हुनु । यसरी लडाइँमा जीत–हार हुनु । आक्रमण–प्रत्याक्रम हुनु । आन्दोलन–विद्रोह हुनु । सहिद हुनु । घाइते हुनु । आखिर गणतन्त्र प्राप्तिको चुनौतीपूर्ण खुड्किलाहरु थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • अनुवाद र लोकसाहित्यका बिम्ब केशरलाल श्रेष्ठ

    अनुवाद र लोकसाहित्यका बिम्ब केशरलाल श्रेष्ठ

  • किशोरावस्थाका समस्या र परिवारको दायित्व

    किशोरावस्थाका समस्या र परिवारको दायित्व

  • के हो गुंलाँधर्म (पर्व) ?

    के हो गुंलाँधर्म (पर्व) ?

  • पार्टी कार्यालय भवन बन्ने खबरले बेचैन भएको छु ः पन्त

    पार्टी कार्यालय भवन बन्ने खबरले बेचैन भएको छु ः पन्त

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0