Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्मृतिपटलमा सहिद कमरेड पासाङ

प्रभातफेरी अनलाइन ५६३६ पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण ३, आईतबार (४ साल अघि)
स्मृतिपटलमा सहिद कमरेड पासाङ

रचना मोक्तान “यात्री”

महान जनयुद्धको सरगर्मी ह्वात्तै बढेको बेला । क्रान्तिकारी जिन्दगीहरू बम र बारुदले डढेको बेला । मार्क्सवादी दर्शन र साहित्यहरू जताततै पढेको बेला । खेत-खलिहान, खोला-खोल्सी, लेक-बेंसी, दून र टारहरूमा जनताको बीभत्स लासहरू सडेको बेला । दिनरात दुश्मनसँग जीवन मरणको लडाइँ लडेको बेला । क्रान्तिका अजम्बरी सम्झनाहरू स्मृतिपटलमा गढेको बेला । जनयुद्धका उच्च-उच्च मन्जिलहरू अनवरत रूपमा चढेको बेला । हाम्रा जिन्दगीहरू कष्टपूर्ण भए पनि निकै रमाइलो थियो । कमरेडली भावना थियो । समानता थियो । साम्यवादी सपना थियो । केहीको पनि स्वार्थ थिएन । केहीको पनि लोभ लालच थिएन । थियो त सिंगो क्रान्ति पूरा गर्ने अप्रतिम मक्सद । एउटा  चक्लेट पनि फुटाएर बाँडेर खाईने समय थियो । जनताको झुपडी नै निकै प्यारो थियो । ‘ परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति ‘ भन्ने महान गुरु क. एंगेल्सको किताब खुब पढिन्थ्यो । क. लेनिन को ‘ राज्य र क्रान्ति ‘ । क. मार्क्सको कहालीलाग्दो जीवनी । क. स्टालिनको वीरतापूर्ण लडाईंहरू । क. माओको ‘ सैन्य संकलित रचना ‘ र ‘ दुर्लभ रचना ‘ अनि क. चाउ एन लाई को ‘ कार्यकर्ता र  कार्यनीति ‘ खुब पढिन्थ्यो । स्कुल पढ्दा पढ्दै चौध वर्षको कलिलो उमेरमा कथित बुर्जुवा शिक्षाको किताब फालेर क्रान्तिको दावानलमा होमिनु चानचुन कुरा थिएन । बुर्जुवा शिक्षाको सट्टामा जनवादी शिक्षा पढ्ने भनेर आफूभन्दा अग्लो बन्दुक बोकेर उकाली-ओराली, भीर-पाखा, हिमाल-पहाड-तराई, गाउँ-बेंसी, जताततै कुदेको याद अझै पनि ताजै छ । किताब बोक्ने झोलामा बारुद कोचेको याद पनि ताजै छ । यही न्यायपूर्ण लडाइँको दौरानमा हजारौं सहयोद्धाहरूलाई गुमाएको क्षणहरू पनि स्मृतिपटलमा क्यामेराको रिल घुमे झैं घुमिरहन्छन । एउटै फर्मेशनमा हिंड्दै गरेको साथी ढलेर श्रद्धाञ्जली चढाउँदै हिंडेको यादहरू पनि ताजै छ । यसै शिलशिलामा मैले आफूभन्दा अग्रज योद्धा, महान सहिद क. तेन्जी शेर्पा (पासाङ) को बारेमा केही शब्दहरफहरू कोर्न गईरहेको छु । यति लामो समयपछि स्मरण गर्न गईरहेको छु ।
        काभ्रेपलान्चोक जिल्ला पनि पहिलेदेखि नै क्रान्तिको उर्वर भूमि थियो । काभ्रेली जनताले इतिहासकालदेखि नै विद्रोहको मशाल दन्काएका थिए । क्रान्तिको आवाज घन्काएका थिए । यसैगरी जनयुद्धको शुरूवात कालमै काभ्रे जिल्लामा सामन्त-सुदखोरहरूमाथि सशक्त कार्वाही भएको थियो । र राज्यको फौजी संयन्त्रहरूमाथि वीरतापूर्वक धावा बोलिएको थियो । मेच्छेपौवा प्रहरी चौकी र फलाँटे प्रहरी चौकी अनि भीमखोरी प्रहरी चौकीमाथि धावा बोलिएपछि काभ्रे जिल्लामा राज्यले एकपछि अर्को गर्दै दमनको शृंखलाहरू बढाएको थियो । त्यसैले पनि काभ्रेली जनताहरू क्रान्तिकारी भएर जुर्मुराएका थिए । जताततै आक्रोश र आवेगहरू समुद्रको ज्वारभाटा झैं उठेको थियो । त्यही दौरानमा म पनि स्कुल पढ्नेबेला देखि नै क्रान्तिकारी विद्यार्थी संगठनमा आबद्ध हुँदै काम गर्दै आएको थिएँ । मलाई पनि परिवर्तनको नाराले भित्रैसम्म छोएको थियो । विद्यार्थी संगठनमा काम गर्ने शिलशिलामा नै (म सानै उमेरको हुँदा नै) क. पासाङसँग भेट भएको थियो । सानै उमेरमा भेट भए पनि क. पासाङको सम्झना भने ताजै छ । उनको आकृति दिल दिमागमा जस्ताको तस्तै बसेको छ । उनको गहिरो छाप परेको छ ।सर्वप्रथम विश्वको सर्वोच्च शिखर  सगरमाथामा नेपालको झण्डा फहराउने साहसिक शेर्पा परिवारमा जन्मेका क. पासाङ बहुप्रतिभाका धनी थिए । आई. ए. सम्मको औपचारिक शिक्षा हाँसिल गरेका क. पासाङ निकै बौद्धिक थिए । निकै तार्किक पनि थिए । राजनीतिक र सैद्धान्तिक रूपमा घन्टौंसम्म बहस गर्न रुचाउँथे । मार्क्सवादी दर्शन र  साहित्यमा खुब दिलचस्पी राख्थे । सबैसँग समान व्यबहार गर्ने मिलनसार थिए । तर उनलाई राजनीतिक फाँट भन्दा सैन्य फाँट नै उचित लागेकोले  पूर्णकालिन भएको केही समयपछि नै उनी जनमुक्ति सेनाको फर्मेशनमा रहेर काम गर्न थालेका थिए ।
       पूर्वी कमान्डको सवालमा कुरा गर्नु पर्दा २०५५ सालमा ” किलो शेरा टू ” अप्रेसन (खोज र मार) भन्ने पुलिस अप्रेसन लागू भएपछि धेरै ठूलो दमन भयो । यातना, हत्या र धरपकड भयो । तत्कालीन गिरिजा प्रसाद कोइरालाको सरकारले चलाएको अप्रेसनमा धेरै जनताको बलीदानी भयो । काभ्रे जिल्लाको सन्दर्भमा पनि ठूला ठूला नरसंहारका घटनाहरू भए । काभ्रे जिल्लाको साथीहरू परेका ललितपुर जिल्लाको ठूला दुर्लुङ्ग घटना निकै हृदयविदारक भयो । त्यो घटनाले मेरो मन मस्तिष्कमा पनि नराम्रो प्रभाव पार्‍यो । काभ्रे जिल्लाकै अनेकोटमा जनताका गीत गाउँदै हिंड्ने सात जना कलाकारहरूलाई घर घेरा हालेर जिउँदै जलाएर मारियो । राज्यले यति ठूलो दमन गरेपछि हामी पनि चुप लागेर बस्नुहुन्न भन्ने लागेर म पनि संगठनमा आवद्ध हुन थालेकी थिएँ । त्यही बेलादेखि नै दमन र हत्याको शृङ्खला नरोकिएपछि २०५६ सालदेखि पूर्वमा क्रान्तिको ठूलो उभार आयो । बदलाभावले ओतप्रोत भएका जनताहरू गाउँ गाउँबाट बस्ती बस्तीबाट वर्षाको भेल झैं उर्लिए । संगठित भए । पार्टी र क्रान्तिलाई भरमग्दूर सहयोग गरे । दिलैदेखि सहयोग गरे । गोली बारुद किन्नलाई चन्दा उठाएर दिए । डोकोमा खाना बोकेर छापामारहरूलाई जङ्गलसम्म पुर्‍याए । हजारौं हजार युवा युवतीहरू बन्दुक बोक्न तँछाडमछाड गर्दै क्रान्तिमा सहभागी भए । यही उभारसँगै क. पासाङ पनि पूर्णकालिन भएका थिए । मृत्यु या मुक्तिको शपथ खाएका थिए । हुन त उनको परिवारले जनयुद्धको शुरूवातदेखि नै क्रान्तिलाई सहयोग गर्दै आएका थिए ।  छापामारहरूलाई गाँस बास दिएर लुकाएका थिए । सोझो र ईमान्दार जातिमा पर्ने शेर्पा जातिले कहिल्यै पनि पार्टी  र क्रान्तिलाई घात गरेनन् । कहिल्यै सि.आई. डि. सुराकी गरेनन । आफ्नै वर्गको मुक्तिको लागि एकोहोरो क्रान्तिमा लागिरहे । पार्टीलाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा सहयोग गरिरहे । आफ्ना ठूला-ठूला घरहरूमा छापामारहरुका ठूला-ठूला सँख्याहरूलाई लुकाउने काम गरे । आफ्नो घरमा जे छ त्यही पकाएर  खुवाए । हिमाली भेगका सुरक्षीत बाटाहरू देखाउने काम गरे । जङ्गलै जङ्गल पर्ने बाटाहरू देखाए । परेड खेल्नको लागि सैन्य शिविरहरू सन्चालन गर्नको लागि जङ्गलको बीचमा ठूला-ठूला मैदान परेका खर्कहरू देखाए । छापामारहरू लडाइँमा घाइते हुँदा हिमाली जडिबुटी लगाएर निको पार्ने काम गरे । कता कता मुना मदनको कथाको पटाक्षेप पनि भयो कि झैं लाग्थ्यो । यो जातिले गरेको क्रान्तिप्रतिको अमूल्य योगदान थियो । क्रान्तिप्रतिको निष्ठाभाव र आदर्श थियो । यी ईमान्दार जातिको मूल्यांकन इतिहासले एक दिन अवस्य गर्ला भन्ने आशा लिएकी छु । तर अहिलेको देशको स्थिति हेर्दा बलीदानको उपलब्धि खेर जाने त होइन ? चिन्ताको विषय बनेको छ ।
        यसरी क्रान्तिकारी विचारधाराले लैस भएका पासाङको जन्म बुबा निमरिन्जी शेर्पा र आमा पासाङ ङिमी शेर्पाको कोखबाट २०३६ साल वैशाख एक गते दोलखा जिल्लाको साविक श्यामा गा.वि.स. वडा नं ४, हाल जिरी नगरपालिका वडा नं १ शेर्पा गाउँमा भएको थियो । सानैदेखि तेज बुद्धि भएका क. पासाङले जिरी एपार्ड बोर्डिङ स्कूलबाट माध्यमिक तहको शिक्षा हाँसिल गरेका थिए । सानैदेखि चंख र चतुर क. पासाङले जनयुद्धमा लागेपछि या जनमुक्ति सेनामा भर्ना भएपछि दोलखाको चिउरीखर्क एम्बुस, मैनापोखरी मोर्चा, रामेछापको दोरम्बा, सिन्धुपाल्चोकको ठोकर्पा । रामेछापकै धोबी कार्वाहीदेखि २०५९ वैशाख २२ गते संखुवासभाको चैनपुर मोर्चामा लड्दा लड्दै उच्च शहादत भयो । क. पासाङ जस्ता हजारौं सहिदहरूको बलिदानीबाट प्राप्त भएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी नेपाल । धरापमा नपरोस् । जनयुद्धको शक्ति केन्द्रीकरणको अभियानमा लड्दा लड्दै उच्च शहादत प्राप्त गर्ने महान योद्धाप्रति हार्दिक श्रद्धासुमन !!!
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0