Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अन्तिम मोर्चा चौतारालाई फर्केर हेर्दा

प्रभातफेरी अनलाइन ४२५० पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण २७, बुधबार (४ साल अघि)
अन्तिम मोर्चा चौतारालाई फर्केर हेर्दा

रचना मोक्तान “यात्री”, काभ्रे

आज म कोभिड १९ दोस्रो चरणको महामारीले बन्द कोठामा छु । अस्वस्थ शरीर अनि अविचलित मनले विगतलाई आँखी झ्यालबाट चिहाउँदैछु । बन्द कोठामा यादका कारखानाहरु जोडतोडले चलीरहेकै छ । कतिपय घटनाहरु सम्झिन खोज्छु पटक्कै सम्झिन सक्दिन । कुनै घटना बिर्सन खोज्छु सयौ चोटि दिमागमा आएर यादको विस्कुन मेरो आँखै अगाडि ल्याएर सुनाइ दिन्छ । खाली कागजमा अक्षरको बीउ छरी खेती गरिरहेका मलाई यी यादहरुले न भुलेर अगाडि बढ्न दियो न पछि हट्न । तटस्थ रहेर जिउन सिकाउदैछ । म हेर्छु हिजो सङ्गै लडाइ लडेका योद्धालाई । कोही सत्ताको बागडोर समाएर कुर्सीमा पुगिसकेका छन । कोही खाडी मुलुकमा ९० डिग्रीको घाम सहदै जिन्दगीमा खुसी खोज्दै छन । कोही घाइते जिन्दगीलाई औषधिको भरमा घिसार्दैछन । अनि हिजो हामीलाई आफ्नो गाँस कटाएर खाना खुवाएका सर्वहारा जनतालाई हेर्छु । पहिले गरेको वाचा कसम सम्झिन्छु । कहाँ आयो ? गरिबको सुदिन ? कहाँ आयो विकास र समृद्धि ? कहाँ आयो लैङ्गिक समानता ? कहाँ हट्यो जातीय भेदभाव ? यस्तै असंख्य अनुत्तरित प्रश्नको बिचमा म मौन छु र मौन रहन बाध्य छु । यतिबेला मैले गुनासो गरेर मेरो बाल्यपन फर्किएर आउदैन । मलाई थाहा छ खोसिएको समय फर्काएर ल्याउन सकिँंदैन । जनवादी शिक्षाको सपनामा तहस नहस भएको जिन्दगीका पानाहरु अनि अहिले शैक्षिक योग्यता बिना कहाँ जागिर सम्भव छ र ? भन्ने प्रश्नले पल पल मरेर बाचेको यो जिन्दगीले फेरि इतिहास सुनाएर दिकदारी बनाउने मनसाय पटक्कै हैन । अस्वस्थ शरीर आफैंलाई बन्दी बनाएर बस्नुको पीडा अनेक छन । म प्रायः एक्लै भएको बेलामा स्मृतिको पानाहरु पल्टाउने गर्छु । यो मेरो अभ्यस्त पक्ष हो ।
यो भन्दा अगाडि बमबाडी भएको ठोकर्पा हेलिकप्टर आक्रमणको डर लाग्दो मात्र नभएर कहाली लादो घटनाक्रम सुनाएकी थिएँ । त्यहाँबाट बालबालमा बचेको जिन्दगीले आज जनयुद्धको अन्तिम मोर्चा मानिने सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा मोर्चाको कुरा गर्दैछु । जुन मोर्चा जनआन्दोलन पनि उत्कर्षमा पुगेको बेला खोलिएको थियो । मसङ्ग जनयुद्धको आधीमय पछिल्लो चरणका अनुभूतिहरू प्रशस्तै छन । (ती मोर्चाहरूको बारेमा आगामी दिनहरूमा चर्चा गर्ने नै छु ।) यी श्रृंखलाबद्ध घटनाक्रम सुनाइरहँदा ममा पश्चताप छैन । आत्मग्लानी पनि छैन । बरु गर्वले छाती ढक्क फुलिरहेको छ । किनभने मैले जस्तो अनुभव न हिजोको पिंढीले गर्न पायो न भोलिकाले गर्न पाउने छ । चाहेर पनि कसैले यस्तो खालको अनुभव भोग्न पाउने छैन । मेरो जिन्दगीको यी अनुभवहरू अमूल्य निधि हुन । त्यसैले मलाई पश्चताप एक रत्ती पनि छैन । पार्टीको योजना रणनीति प्रत्यक्रमणको चरण थियो । दुश्मनको “ढाडमा टेकेर टाउकोमा हान्ने” भनिएको थियो । यहि शिलशिलामा थुप्रै सफल र असफल मोर्चाको सामना ग¥यौं । प्रतिक्रियावादी सत्तालाई हायलकायल बनाउन राजधानी छेउछाउको सदरमुकाम कब्जा गर्ने योजना अन्तर्गत काभ्रे जिल्लाको सदरमुकाम धूलिखेलको रेक्किमा जाँदा कमरेड अनुपम जो आफै कब्जामा परे । यस्ता घटनाहरू घटीरहन्छन । (उनले दुश्मनको जस्तोसुकै निर्मम यातनाको बाबजुद पनि पार्टीको योजना खुलाएनन । उनै योद्धा जो आज पनि सहकार्यमै छन ।) काभ्रे सदरमुकाम कब्जा गर्ने योजना असफल भएपछि सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा रहेको आर्मी ब्यारेक नजिकै रहेको रिपिटर टावर आक्रामणको योजना तय भयो । त्यही योजना अनुरुप मध्य कमान्डमा रहेको तीन नम्बर डिभिजन भित्रको ब्रीगेड, बटालियन, कम्पनी, प्लाटून र जिल्ला पार्टी कमिटी इलाका कमिटीसम्मको राजनैतिक वैचारिक प्रशिक्षण सिन्धुपाल्चोककै वाफल नजिकै घ्याङ डाडामा भेला तथा प्रशिक्षण भयो । भेलामा क. कन्चन, (अग्नि प्रसाद सापकोटा जो वर्तमान सभामुख छन् ।) क. अनन्त, (वर्षमान पुन जो मन्त्री समेत बनिसकेका छन् ।) तीन नम्बर डिभिजन कमान्डर क. विविध र क. सन्जिवले राजनैतिक र फौजी प्रशिक्षण दिए ।
प्रशिक्षण यस्तो थियो कि बलिदान गर्नको लागि तँछाडमछाड हुने खालको । मृत्युलाई स्वीकार्ने खालको । दुश्मनको बङ्कर र पोस्टहरुमा बम बनी पड्किन र बारुद बनी सल्किने खालको । यति मात्र हैन योद्धाको आँखामा सुनौलो विभेदमुक्त नेपालको सचित्र पर्दा हाली सकेको हुन्थ्यो । उसै मान्छे बलिदानको निम्ति तयार हुन्छ र ? दृढ आत्मविश्वास र सुनौलो नेपालको परिकल्पनाले नै मृत्यु जितिरहेको हुन्थ्यो । यहि बेला काठमाडौ लगायत देशका मुख्य सहर र सडकहरुमा विभिन्न राजनितीक दल र माओवादी पार्टीकै सहकार्यले सडकमा राजतन्त्र विरोधी गगनभेदी नारा घन्किदै थियो । ठूला ठूला जुलुस र प्रदर्शनहरू भईरहेका थिए । जनतामा राजतन्त्र ढल्छ भन्ने विश्वास पैदा हुँदै थियो । फौजी र राजनीतिक धक्का एकैसाथ दिनको लागि फौजी आक्रमण त झन अनिवार्य थियो । त्यसैलाई प्रमाणित गरेर देखाउन सिन्धुपाल्चोक जिल्लाको वाफलबाट तीन नम्बर डिभिजन युद्ध सामग्री तयार पारेर चौतरा तर्फ बढ्यौ । वाफलबाट शुरु भएको यात्रा सुनकोशीको तिरैतिर, बलेफी, फुल्पिङ डाडा, नौबिसे हुँदै जलबिरे आसपासको घरहरुमा सेल्टर लिएर बस्यौ । तत्कालीन शाही सेनाको काखैमा हामीले युद्धको घनिभूत तयारी गरिरह्यौ । सेनालाई हाम्रो बारेमा थाहा होस वा नहोस् मतलब राखेनौ । त्यति खेरको बसाइ रोमान्चक थियो किन कि त्यो नै अन्तिम मोर्चा, युद्धको ढोका सदाको लागि बन्द हुन्छ र मुक्तिको ढोका छिट्टै खुल्दैछ भन्ने सशक्त ब्रीफिङ थियो । २०६३ साल बैशाख १० गते साँझ ७ः०० बजेपछी जलबिरे बजारमा जम्मा भयौ । डिभिजन कमान्डर क. विविधको उपस्थितमा डिभिजनको रोलकल भयो । उक्त रोलकलमा निर्देशन भए अनुसार सबै बृगेड मातहतका एसाल्ट कमान्डरहरु फोर्सलाइ लिएर अघि बढे । स्वस्थ्यकर्मीहरुले उपचारको सामग्री बोकेर बढे । स्वयंसेवकहरुले स्ट्रेचर, गैती, बेल्चा , डोको, कोदालो कोदाली बोके । अनि एसाल्टमा लड्ने योद्धाहरूले टन्न युद्ध सामग्री बोकेर अघि बढे । हामी अघि बढिरहेको रुटको नाम ठ्याक्कै सम्झिन सकिएन कुनै दिन सम्झेछु वा पुगेछु भने उल्लेख गर्ने नै छु । सानो खोल्सा खोल्सीहरू । नजिक नजिक खेतका स सानो गराहरु । ती फाँटहरू सकिने बितिकै ठाडो उकालो । केही घरहरु, गाउँहरू सकिने बितिकै तेर्सो बाटो । बाटोको तलमाथि बोटबिरुवा र सल्लाका रुखहरू । यिनै धुमिल स्मृति मात्र दिमागमा ताजा छन । एवं रितले अगाडि बढ्दै तोकिएको समयमा सबै एसाल्ट टोलीहरू आ–आफ्नो आर्कमा पुग्यौ । म आफू रहेको एसाल्ट कमान्ड बटालियन सह कमिसार क उदिपको थियो । हाम्रो आर्क जि. वि. स . भवन र हस्पिटलतर्फ थियो । रातको दस बजे युद्ध र भीषण आक्रमणको विगुल बज्यो । सबै जनमुक्ति सेनाले एकैसाथ तोकिएको आर्कबाट फायर खोले । ठुलै पहिरो गए झै धक्का महसुस भयो । योजनाबद्ध आक्रमणमा हतोत्साहित हुनुहुँदैन । यो युद्दको कठोर नियम पनि हो । घमासन युद्ध चल्यो । चारैतिरबाट भीषण आक्रमण भयो । योद्धाहरु ढल्दै घाइते हुँदै गए । मुख्य मिसन सेनाको नजिक रहेको रिपिटर टावर पूर्ण रुपमा कब्जा गर्नु नै थियो । यहि बेला सेनाको नाईट भिजन हेलिकप्टरले माथिबाट फायर ग¥यो । आकाशबाट बमगोला बर्षाउन थाल्यो । आकाशबाट गरेको आक्रमणले खासै प्रभाव नपरेपछि निरन्तर लडिरह्यौ । यहि बिचमा क. देव, क. जीवन, क. उत्तम, क. सृष्टि, लगायतको योद्धाहरु घाइते भए । तैपनि हामीले आक्रमण जारी राख्यौं । मध्य रात भनौ अझै १÷२ बजेको हुँदा हो हस्पिटलको एक कुनामा क. सन्जिवको सेटमा क. जीवितले बोलेको सुने “बलियो फोर्टिफिकेशन भएका कारण युद्ध अघि बढ्न कठिन भएको छ ।” योद्धाहरु अत्याधिक घाइते र शहदात भएका कारण भनौ या अरु नै कारण केही बेरका लागी फायरिङ रोकियो । विद्रोहीको शक्ति प्रदर्शन कम हुने बितिकै शाही सेनाले भएभरको शक्ति प्रयोग गरि हामी माथी हमला गरीरह्यो । प्रतीरक्षामा लडिरह्यौ अनि पछाडि हट्ने निर्देशसङ्गै पछि हट्यौ । अझ भनौ रक्षात्मक बनेर युद्ध मैदान छोड्यौ । क. अर्जुन लाई हस्पिटलको आगनमै छोडयौ । क. शैलेस लाई घाइते अवस्थामा ल्याउदै गर्दा जि वि स भवन भन्दा मुनि छोड्यौ । क. क्षितिज र जीवन्तको लास देख्न पनि पाएन । बाटोभरी घाइते बोक्दै घाइतेको झोला बन्दुक बोक्दै फर्कियौ । अन्तमा जलबिरेमै आएर बस्यौ । युद्ध हारेका सिपाहीको मनोदशा अनि अनुहार कस्तो भयो होला तपाईं पाठकले अन्दाज लगाउनुस । यसको जिम्मा म तपाईं हरुलाइ दिदैछु । यहाँ वर्णन गर्न सकिदैन पृय सहयोद्धाहरूलाई सदाको लागि छोडेको पल । तैपनि पचाउनै प¥यो । पचायौ पनि । आखिर युद्धमा कि मरिन्छ कि मारिन्छ ।
यसरी जनयुद्धको अन्तिम युद्ध लडेर त बाँचियो तर युद्ध सकिएको रहेनछ भन्ने बारम्बार लागिरहेको छ । माओवादीकै एजेन्डा संविधानसभाको निर्वाचन, गणतन्त्र र संघीयता त आयो तर कसको लागि आयो भन्ने प्रश्न खड्कीरहन्छ । जसको लागि गणतन्त्र आउनुपर्ने थियो तिनका लागि आयो कि आएन ? गणतन्त्र, गाउँ गाउँमा सिहदरबारको फल युद्धलाई आदर्श मानेर लड्ने भोका निमुखा विपन्न विभिन्न जातजाती सीमान्तीकृत पिछडिएका वर्गसम्म पुग्यो कि पुगेन ? यिनै प्रश्नै प्रश्नको भिडमा म अनुत्तरित छु । चौताराको स्मृति सहकार्य गर्दा गर्दै ढलेका योद्धाहरुसँग अनि बचेर पनि काम र मामको खोजिमा विदेशी भूमिमा भौतारिएका सहयोद्दहरुलाइ सम्झिदै मन बुझाउने भन्दा अर्को विकल्प छैन । अन्ततः चौतारा मोर्चामा सहदात प्राप्त गर्नु हुने चार सहिदप्रति उच्च सम्मान । त्यही मोर्चामा लडेका कयौं सहयोद्धाहरूमा मीठो सम्झना । स्मृतिका पानाहरु पल्टाउँदै गरुँला ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0