धनकुटा जिल्लाको साविक फलाँटे गा.वि.स. हाल पाख्रिबास नगरपालिका निवासी पिता स्व. हिमबहादुर भण्डारी र माता मुनमाया भण्डारीको कोखबाट जन्म लिएका राजेन्द्र भण्डारीले आफ्नो सेवा २०७४।०८।२५ सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाबाट आरम्भ गर्नुभई हाल बेथानचोक गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सेवा दिन आइपुग्नुभएको छ ।
किसान परिवारमा जन्मिएर एम.पि.ए., एल.एल.बी. सम्मको शैक्षिक यात्रा पार गर्दै काभ्रेलाई कर्मथलोको रुपमा रोज्न पुग्नुभएका सरल स्वभावका धनी भण्डारीसँग समसामयिक विषयमा प्रभातफेरी साप्ताहिक/अनलाइनसँग भएको कुराकानीको सार पाठकसामु पस्कने जमर्काे गरेका छौं । स.
काभ्रेकै भूगोल रोज्नुको कारण केही छ कि ? विगतका अनुभव !
विगतमा मैले काभ्रे जिल्लामा गा.वि.स. सचिव भएक काम गरेको अनुभव छ । यहाँको भूगोलबारे म परिचित नै छु । काठमाण्डौको नजिक तथा उपसचिव तयारीको लागि सहज होस् भनेर नै काभ्रे रोजेको हँु । जसले मेरो भविष्यको यात्रामा अझ मजबुत तरिकाबाट उपलब्धी हासिल गर्न सक्छु भन्ने लागेको छ ।
बेथानचोक गाउँपालिकाको विकास निर्माणलाई कसरी हेर्नुभएको छ ?
यहाँको विकास निर्माणलाई एकदम सकारात्मक रुपमा हेरेको छु । सक्रिय जनप्रतिनिधिको टिमको कारण दिगो विकासलाई केन्द्रविन्दुमा राखेर जनसहभागितामा आधारित विकास निर्माणका गतिविधिहरु सञ्चालनमा रहेको पाएको छु । अन्य पालिकाहरुको दाँजोमा यो पालिकामा काम गर्न अत्यन्तै सहज र सरल छ । जसबाट यहाँ कुनै किसिमका असहजहरु हुनेछैन । जसले गर्दा बेरुजु भन्ने शब्दै उठ्दैन भन्ने लाग्छ । किनकी सबै कामहरु विधि सम्वत् ढंगबाट सम्पन्न हुन्छ भने त्यहाँ समस्या आउने त कुरै भएन ।
भूगोलको हिसाबमा विकट क्षेत्रले भरिएको गाउँपालिका भन्दा फरक पर्दैन, यस्तो विशेषतालाई कसरी सम्बोधन भएको छ ?
हामीले गाउँपालिकाभित्रलाई प्रमुख केन्द्रबिन्दु मान्दै चालु आ.व. मा विभिन्न क्षेत्रबाट बजेट विनियोजन गरेका छौं । जनसरोकार र आवश्यकतालाई आधार मानी गाउँपालिकाले भौतिक विकासतर्फ बजेटलाई प्राथमिकतामा राखेको छ । पूर्वाधार निर्माणमा झण्डै ५१ करोड बराबरको बजेट रहेको छ । गत आ.व.मा पूरा हुन नसकेका योजनाहरु यो वर्ष पूरा गर्ने अठोट लिएका छौं । विशेष गरी सडक, सिँचाइ, स्वास्थ्य, खानेपानी, शिक्षा, धार्मिक, पर्यटन लगायतका विषयमा सकेसम्म सम्बोधन गर्ने जमर्काे गरेका छौं ।
सवाल विकटको छ, यसमा मेरो सहमत छैन । किनकी म यसभन्दा अघि जुन भूगोलमा रहेर काम गरें, त्यसको दाँजोमा बेथानचोक गाउँपालिकालाई विकट भनेर भन्न सकिँदैन । यस गाउँपालिकामा बाह्रै महिना सवारी चल्ने सडक निर्माण भइसकेका छन् । तथापी सडकको गुणस्तर सुधारका लागि सडक स्तरउन्नतिका काम भईरहेका छन् । पछिल्लो तथ्यांकअनुसार खानेपानी, विद्युत, इन्टरनेट प्रत्येक वडामा पुगिसकेको छ ।
बेथानचोकको गौरवको योजना भनेर केलाई सम्बोधन गर्नुभएको छ ?
बेथानचोकको गौरवको योजना भनेर बेथानचोक नारायणस्थान पूर्वाधार विकासलाई लिएको छु । समग्र बेथानचोकवासीको शानको रुपमा रहेको बेथानचोक नारायणलाई प्रचार÷प्रसार गर्न सकेको खण्डमा पर्यटनको उत्कृष्ट गन्तव्यको रुपमा विकास हुनेमा विश्वस्त छु । साथै गाउँपालिकाले एक घर एक धाराको नीति पनि लिएको छ । जसलाई पूरा गर्नको लागि गाउँपालिका कटिबद्ध छ । विशेष यसतर्फ राम्रो प्रगति भएको मूल्यांकनमा देखिएको छ । अर्काेतर्फ पालिकावासी महिला, आमा, दिदीबहिनीहरुको समस्याको रुपमा रहेको आङ खस्ने समस्यालाई पहिलो प्राथमिकतामा राखेका छौं । सम्भव रहेसम्म त्यस्ता समस्या रहेका पालिकावासी आमा, दिदीबहिनीहरुका लागि निःशुल्क उपचारको व्यवस्था गर्ने योजना छ । जसले अकाल मृत्युदरलाई अन्त्य गर्ने विश्वास गाउँपालिकाले लिएको छ ।
विकराल समस्याको रुपमा रहेको कोभिड नियन्त्रणलाई गाउँपालिकाको भावी योजना के–के छन् ?
बेथानचोक गाउँपालिका कोभिड नियन्त्रणका लागि विगत देखि नै सक्रिय भएर लागिरहेको अवस्था छ । हाल यसका लागि कोभिड–१९ लक्षित १० वेडको अस्थायी अस्पताल सञ्चालनमा छ । धुलिखेल अस्पतालसँग समन्वय गरेर कोभिड–१९ बिरामीको उपचार भइरहेको छ । हाम्रो अबको लक्ष्य भनेको घत् अर्थात त्भकत, त्चबअभ र त्चभबतmभलत नै हो । यसका लागि हाम्रा स्वास्थ्यका कर्मचारी प्रतिबद्ध भएर दिनरात नभनी कामका खटिएको अवस्था छ । आजसम्मको तथ्यांकलाई हर्ने हो भने झण्डै २ सय जनालाई पोजेटिभ देखिएको थियो भने ५ जनाले मृत्युलाई जित्न सक्नुभएन । आजको अवस्थामा बेथानचोक गाउँपालिकामा संक्रमण डरलाग्दो अवस्थामा छैन । त्योसँगै गाउँपालिकाले संक्रमित परिवारलाई राहत स्वरुप नगद ५० हजारको व्यवस्था गर्ने नीति राखेको पहिलाको तुलनामा अहिलेको अवस्था सामान्य नै छ । कोभिडको क्षेत्रमा हाम्रा स्वास्थ्यकर्मीहरुले आफ्नो जिम्मेवारी २४ सै घण्टा प्रवाह गरिरहेका छन् । त्यसैले स्वास्थ्यकर्मीहरुको उतिकै लगाव र महत्वपूर्ण जिम्मेवारी बहन गरेकै कारण अब तेस्रो लहर बाहिर आएजस्तो गरी पक्कै पनि बेथानचोकमा फैलिने छैन भन्ने विश्वास गाउँपालिकाले लिएको छ । यसको श्रेय स्वास्थ्यको क्षेत्रमा अहोरात्र खट्नुहुने स्वास्थ्यकर्मीलाई सर्वप्रथम जान्छ भने बाँकी गाउँपालिका परिवार हिस्सेदार रहन्छ ।
आ.व. ०७८/७९ मा चर्चा गर्न लायक योजना के–के छन् र त्यसले गाउँवासीमा के–के परिवर्तन ल्याउने अपेक्षा राख्नुभएको छ ?
आ.व. ०७८/७९ मा चर्चा गर्न लायकका योजनाको रुपमा बेथानचोक नारायण पूर्वाधार निर्माण, तिपचोक पार्थली सडक निर्माण, पाट्नेखोला नदी नियन्त्रण, भञ्ज्याङ च्याम्राङवेशी रतनखोला सडक, सलान्दु खोला नदी नियन्त्रण, जनसहभागीतामा आधारित कार्यक्रम, कृषि पकेट जोन कार्यक्रम, कार्यसम्पादन करार, ६ वटै वडामा इन्टरनेट जडान आदि । यस्ता योजना मार्फत जनतामा सुशासनको अनुभूती भई दिगो विकासको माध्यमबाट जनताको आर्थिक, मानवीय, वातावरणीय पक्षमा गुणात्मक सुधार हुने अपेक्षा राखेका छौं । गाउँपालिकाले स्वास्थ्यको क्षेत्रमा विशेष चासो दिएको छ । कोरोना कहरका कारण केही योजनाहरुमा पछि प¥यौं । अब आन्तरिक रुपमा ति योजनाहरुलाई सम्बोधन गर्नेछौं र गाउँपालिकाको आन्तरिक पर्यटनलाई लक्षित गरी होमस्टे, भ्यु–टावर जस्ता भौतिक पूर्वाधार निर्माणतर्फ गाउँपालिका अगाडि बढेको छ । त्यसका साथै सडक स्तरोन्नतीमा यो आर्थिक वर्ष कोसेढुंगा सावित हुने गाउँपालिकाले लिएको छ ।
ऐतिहासिक सामरिक महत्वमा गन्तव्य स्थानका बारेमा गाउँपालिकाको योजना के–के छन् त ?
बेथानचोक गाउँपालिकाको शानको रुपमा रहेको बेथानचोक नारायण मन्दिर, कपेर महांकाल मन्दिर, कपेर डाँडामा रहेको ऐतिहासिक गडी, गुम्बुडाँडा, तीन तले झरना, घट्टेखोला झरना, क्षेत्रपाल महांकाल, भैरव अल्कापुरी, सिद्ध गुफा, तिलेश्वर मन्दिर लगायतका ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण, संवद्र्धन गरी प्रचार÷प्रसार मार्फत पर्यटक आकर्षित गर्ने योजना छ ।
विगतको उपलब्धी कस्तो रह्यो ? अधुरो रहेका केही योजना छन् ? किन ?
विगतको उपलब्धीको कुरा गर्दा जम्मा विनियोजित बजेटको ८०% खर्च भयो । महत्वपूर्ण योजनाहरु सम्पन्न हुन सके । कोभिड–१९ का कारण केही ठेक्काका योजना अधुरा रहे । तिनको पनि कार्तिक मसान्तसम्म म्याद थप भई सम्पन्नको क्रममा छन् । भन्नैपर्दा आर्थिक वर्षभन्दा पहिलाका योजनाहरु जसरी गत वर्षमा प्राथमिकतामा रहेका थिए, त्यसैगरी यो आर्थिक वर्षमा सम्पन्न हुन नसकेका योजनाहरु पनि चालु आर्थिक वर्षको प्राथमिकतामा राखिएका छन् । योजनाहरु समय अभावका कारण सम्पन्न गर्न नसकिएको र चालु आर्थिक वर्षमा पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाउने छौं । केही योजनाहरुमा बजेट अभावका कारण सम्पन्न हुन सकेका छैनन् । ति बाहेक अन्य सुरु भएका योजनाहरुको सवालमा समस्या समाधान गर्दै अगाडि बढ्ने छौं । जस्तो खानेपानीको सवाल विशेष रुपमा उठेको छ, यसलाई आन्तरिक रुपमा सम्बोधन गर्ने जमर्काे चालु आर्थिक वर्षले पनि लिएको छ ।
जनप्रतिनिधिहरुको गतिविधि कस्तो पाउनुभएको छ ?
मेरो गाउँपालिकाका जनप्रतिनिधिहरु सकारात्मक सोच सहित उर्जावान्, विकास प्रेमी, प्रशासनिक काममा हस्तक्षेप नगर्ने दृष्टिकोण भएको रुपमा पाएको छु । जसका कारण योजना तर्जुमा देखि सम्पन्न गर्न सम्म सकारात्मक फड्को पार गरेका छौं । प्रायः पालिकाहरुमा यस किसिमको सरलता भेटिँदैन । बेथानचोक गाउँपालिकाको यो अत्यन्तै महत्वपूर्ण र चर्चा गर्न लायक पक्ष पनि हो । प्रचारप्रसारको अभावमा यस्ता सकारात्मक तथ्यहरु ओझेल भएका छन् । त्यसैले गाउँपालिकाभित्र भए गरेका विकास निर्माण बाहेक पालिकावासीमा आएको परिवर्तनका बारेमा बेलाबेलामा सार्वजनिक कार्यक्रम मार्फत् सम्बन्धित पक्षसम्म पु¥याउनको लागि गाउँपालिका कटिबद्ध रुपमा लागिपरेको छ ।
मैले सोध्न छुटेका, तपाईलाई यो चाहीँ भन्न पाए हुन्थ्यो भन्ने त्यस्तो केही छ ?
किन नहुनु, प्रचारप्रसारको अभावमा कति महत्वपूर्ण कुराहरु ओझेलमा छन् । विपद् व्यवस्थापनमा गाउँपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । बाढी, पहिरो, भूक्षय, भूकम्पजस्ता विपद्ले यस गाउँपालिकालाई बेलाबेलामा सताइ नै रहने गरेको छ । यसको न्यूनिकरणको लागि गाउँपालिका विपद् व्यवस्थापन कोषको व्यवस्था गरी अत्यावश्यक पर्दा त्यसलाई चलाउन सक्ने मात्र गरेका छैनौं, कोष नभए विभिन्न जनचेतनामूलक कार्यक्रमहरु पनि गर्नुपर्छ भन्ने सन्देश प्रवाह हुने किसिमका गतिविधिहरु गरेका छौं । जसको नमूना लड्कु खोला नदी नियन्त्रण, बस्ती सुरक्षित जस्ता विषयवस्तुले प्राथमिकता पाएका छन् भने राहत वितरण लगायतका विषयमा नीति नै बनाएर अगाडि बढेका छौं । जसले विपद्का घटना सुन्ने बितिकै छिटोछरितो ढंगबाट पुनस्र्थापना र राहत वितरण गर्नुका साथै खोज उद्धारको लागि विपद् व्यवस्थापन टोली तयारी अवस्थामा राखेका छौं । यो गाउँपालिकाको महत्वपूर्ण योजनाभित्र रहेको छ ।
त्यस्तै गाउँपालिकाभित्र रहेका शैक्षिक संस्थाहरुको व्यवस्थापनका लागि नीति बनाएरै अगाडि बढेका छौं । जसले अहिलेको अवस्थमा समेत सहज वातावरणमा बालबालिकहरु गुणस्तरयुक्त शैक्षिक यात्रामा अगाडि बढ्न पाएका छन् । जसको कारण भूगोल अनुसारको शिक्षा प्रदान गर्ने गाउँपालिकाको योजना सफल भएको छ । अर्काेतर्फ गाउँपालिकाले महिला, बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला, उत्पीडन वर्ग, समुदायका लागि आयआर्जनका लागि सीपमुलक योजनाहरु अगाडि बढाएको छ । जसले ति वर्गहरुलाई उर्जा मिल्नुका साथै आत्मनिर्भर बन्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं । यो सबैको श्रेय भनेकै पालिकाका जनप्रतिनिधि र कर्मचारी साथीहरुको अनुकरणीय र अतुलनीय योगदानले नै प्राप्त भएको गाउँपालिकाले लिएको छ । त्यसैले पनि गर्न नसकिने भन्ने छैन । केही कार्य गर्न जटिल होला तर सामूहिक प्रयास गरियो भने असफलता भन्ने शब्द शब्दकोषबाटै हटाउन सक्छौं भन्ने विश्वास गाउँपालिकाले लिएको छ । आजको यो जटिल परिस्थितिलाई मनन् गर्दै अरुका लागि होइन, आफ्ना लागि सचेत बनौं । कोभिड–१९ नियन्त्रणका लागि सामाजिक दुरी कायम गरौँ । विकास निर्माणका काममा सक्रियता देखाऔं भन्दै गाउँपालिकाका अभिव्यक्तिहरुलाई सार्वजनिक रुपमा प्रकाशन, प्रशारण गर्ने जमर्काे गर्नुभएकोमा सिंगो गाउँपालिका परिवारको तर्फबाट तपाईंहरुको लोकप्रिय सञ्चार माध्यमप्रति आभार व्यक्त गर्दछु ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |