Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र ११, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कोभिड र मानसिक रोगको लक्षण मिल्दोजुल्दो

प्रभातफेरी अनलाइन ४४९८ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र ८, मंगलबार (१ साल अघि)
कोभिड र मानसिक रोगको लक्षण मिल्दोजुल्दो

आर.एल.श्रेष्ठ

विश्वमा महांमारीको रुपमा फैलिएको कोरोना (कोभिड) रोग र मानसिक रोगको लक्षण झण्डै मिल्दोजुल्दो हुन्छ । कोरोनाको लक्षण भनी सोही अनुसार उपचारमा मात्रै लाग्दा मानसिक रोगको समस्याले सताउन सक्ने संभावना रहने हुंदा सचेत हुन जरुरी रहन्छ । महामारीको समय सबैको लागि तनावपूर्ण हुनु स्वभाविकै हो । यस्तो समयमा सामान्य डर , चिन्ता , बेचैनी , छट्पटी र तनाव हुनु नौलो होईन ।

कोरोनाको संक्रमणको समयमा मानसिक तनावका बिभिन्न लक्षणहरु देखिनु स्वभाबिकै हो । संक्रमणको अवस्था कम हुदै गर्दा तनावका लक्षणहरु बिस्तारै आफै कम भएर जान्छन । तर केहीमा भने मनोसामाजिक समस्या वा मानसिक रोगको जोखिम बढेर गएको पनि पाईएको छ । मनमा कुरा खेल्नु, झर्को लाग्नु , रिस उठ्नु , हातखुट्टा वा जिउ काम्नु, कट्कट् खानु वा झमझमाउनु, शरिर सिरिंग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको–पेट दुख्नु, घाँटी वा ढाड दुख्नु, रिगंटा लाग्नु, मुटुको चाल बढ्नु, भोक तथा निन्द्रा नलाग्नु, छिटो—छिटो पिसाब लाग्नु, कब्जियत हुनु , शरिरमा थकान महसुस हुनु , श्वास फेर्न गाह्रो भएको महसुस हुनु, छाती भारी हुनु, ध्यान केन्द्रित गर्न नसक्नु, दुबिधामा पर्नु , चाडै विर्सनु, मन दुःखी हुनु, सामान्य भन्दा बढी डर ,चिन्ता , पिर पर्नु, छटपटि हुनु, निर्णय लिन नसक्नु, डर लाग्दो सपना देख्नु, पटक–पटक झस्कनु, निराश हुनु, कुनै कुरामा चाख नलाग्नु, आफू वा परिवार कसैलाई केही होला कि भन्ने डर लाग्नु, शरीर तातो बा चिसो भएको महशुस हुनु जस्ता लक्षणहरु तनावको बेला देखिनेलक्षणहरु हुन् ।

तनावपुर्ण वा असहज अबस्थामा देखिने यस्ता लक्षणहरु सामान्य र स्वभाविक लक्षणहरु हुन । तर यस्ता लक्षणहरु लामो समयसम्म रहिरहेमा मनोसामाजिक समस्या वा मानसिक रोगको जोखिम बढ्छ । यस्ता समस्याले आफ्नो दैनिक व्यवहार , ब्यक्तित्व , सम्बन्ध , सोच , बिचार , भावना आदिमा असर पुर्याउन थाल्यो भने चाहिँ मानसिक रोगको रुपमा लिनुपर्छ । मानसिक तनाव, मनोसामाजिक समस्या वा मानसिक रोगमा पनि विभिन्न किसिमका शारीरिक लक्षणहरु देखिन्छन् । कोरोनाको संक्रमणको समयमा एन्जाईटी डिसअडर्स डर , चिन्ता ,बेचैनी , प्यानिक डिसअडर्स, एक्कासि बिना कारण उत्पन्न हुने अत्याधिक त्रास , कन्भर्सन डिसअडस, तनाबको कारणले देखिने मनोबैज्ञानिक समस्या हो ।
सामाजिक संजालको लत , अस्वभाविक कम्पल्सिभ डिसअडर्स एउटै सोच वा बिचार आईरहने तथा एउटै कार्य लगातार धेरै पटक दोहो¥याई रहने मानसिक रोग, तथा अन्य चिन्ता जन्य मानसिक रोगहरुको जोखिम बढेर जान्छ । यि मानसिक रोगहरुमा पनि विभिन्न किसिमका शारीरिक लक्षणहरु देखिन्छन । जस्तोः टाउको दुख्ने,पेट दुख्ने, हातखुट्टा कट्कटी खाने, झम्झमाउने , रिंगटा लाग्ने, कव्जियत वा पखाला लाग्ने ,पेट फुल्ने वा पेट ढुस्स हुने , उल्टी हुने, वाक्वाकी लाग्ने,भोक नलाग्ने , खानाको स्वाद मीठो नहुने, छाती भारी हुने, छाती दुख्ने , छाटी पोल्ने , मुटु चस्किने,मुटु ढुक्ढुक् हुने, जिउ तात्ने वा चिसो हुने जस्ता शारीरिक लक्षणहरु मानसिक रोगमा देखिन्छन ।
यसै गरि निन्द्रा नलाग्ने, शरीरमा कमजोरी महसुस हुने, थकाइ लाग्ने, बिहोस हुने, पसिना आउने , सास फुल्ने, स्वाँ स्वाँ हुने , घांटी खस्खसाउने, सुक्ने, खोकी लाग्ने , हाई हाई आउने , बाडुली लाग्ने आदि शारीरिक लक्षणहरु मनोरोगमा पनि देखिन सक्छन् । अझ प्यानिक डिसअडर्समा त श्वास नै रोकिए झै हुने , श्वास फेर्न कठिनाइ महसुस हुने , अहिल्यै मरिएला जस्तो गरि पीडा र छट्पटीको महसुस हुन्छ । यस्ता लक्षणहरु देखिँदा आफुमा कोभिड – १९ रोग पो लाग्यो कि भनेर धेरै ब्यक्तिहरु भयभीत हुने गरेको पनि देखिन्छ ।
मानसिक रोगका कारण यस्ता लक्षणहरु देखिने भएकाले शारीरिक परिक्षण गर्दा भने शरिरमा कुनै पनि खराबी देखिदैन । तनाव वा मानसिक रोगका कारण हुने यस्ता शारीरिक लक्षणहरु महसुस गरि आफुलाई कोरोना भाईरस संक्रमण भयो भन्दै परिक्षणका लागि अस्पताल धाउनेहरु पनि धेरै हुन सक्छन् । एन्जाईटी डिसअडर्स , प्यानिक डिसअडर्स तथा अन्य चिन्ता जन्य मानसिक रोगमा बिरामीलाई एक पटक परिक्षण गर्दा चित नबुझ्न पनि सक्छ । उनीहरु आफु कोरोना भाईसरले संक्रमित भएको आशंमा गरि पटक पटक परिक्षणका लागि अस्पताल पुग्न सक्छन् ।

कोभिड – १९ हुँदा ज्वरो आउने , सुख्खा खोकी लाग्ने , सास छोटो हुने वा स्याँस्याँ हुने,श्वास फेर्न कठिनाई हुने , कोरोना भाइरसका केही मुख्य लक्षण हुन् । साथै कोभिड – १९ का केही बिरामीमा थकान कमजोरी,टाउको दुख्ने, मांसपेशी दुख्ने, घाँटी दुख्ने, स्वाद र बास्ना हराउने गरेको पनि पाइएको छ । केही बिरामीमा सुँघ्ने क्षमता पनि शिथिल भएको पाइएको छ । साथै आँखा हल्का रातो हुने, पखाला लाग्ने, उल्टी हुने, पेट दुख्ने र पाचन प्रणालीमा गडबडी हुने जस्ता लक्षणहरु पनि देखिन सक्छन् ।
मानसिक दुविधामा पर्ने, निन्द्रा नलाग्ने , स्मरणशक्तिमा कमि , मुटुको धडकन बढने, मुटुको मांशपेशी दुख्ने÷पोल्ने , हाछ्यु आउने, घाँटी खसखस हुने र बेचैनी वा छटपटी हुने जस्ता थप लक्षणहरु नयाँ प्रजातीको कोरोना भाइसर संक्रमितहरुमा देखिएको छ । कोभिड –१९ मा देखिन लक्षणहरु र मानसिक तनाव वा मानसिक रोगमा देखिने शारीरिक लक्षणहरु झट्ट हेर्दा उस्तै लागेता पनि यी दुई फरक किसिमका रोग हुन । कोभिड –१९ शारीरिक रोग हो भने मानसिक रोग मनसँग सम्बन्धि रोग हो ।

कसैमा कोभिड– १९ का जस्ता लक्षणहरु देखिएमा वा आफू संक्रमित भएको आशंका लागेमा सर्बप्रथम स्वास्थ्य परिक्षण नै गर्नुपर्छ । स्वास्थ्य परिक्षण गर्दा कोरोना नेगेटिभ देखिएमा यि लक्षणहरु मनोसामाजिक समस्या वा मानसिक रोगका लक्षणहरु हुन सक्छन् । यस्तो अबस्थामा मनोरोग विशेषज्ञ , मनोविद् वा मनोपरामर्शदातालाई भेटनुपर्छ । कोभिड –१९ वा शारीरिक रोग लाग्दा यसका लक्षणहरु सिमित हुन्छन । कोभिड – १९ बाट संक्रमित भएका ब्यक्तिहरुले प्राय समान किसिमको लक्षण महसुस गर्छन । तर मनोसामाजिक समस्या वा मानसिक रोगमा देखिने शारीरिक लक्षणहरु असिमित हुन हुन्छन । सबै अंग वा प्रणालीहरुमा लक्षणहरु देखिन सक्छन ।

मानसिक रोगमा देखिने शारीरिक लक्षण छोटो समयको लागि हुन्छ र यी लक्षणहरु परिवर्तन भई रहन्छन् । तर शारीरिक रोगमा भने निरन्तर २४ औ घण्टा जसो एकै किसिमका लक्षणहरु रहिरहन्छन । कोभिड–१९ मा प्राय लक्षणहरु शारीरिक किसिमका हुन्छन । मनोसामाजिक समस्या वा मनोरोगमा भने शारीरिक लक्षणहरुका साथसाथै मनसँग सम्बन्धि लक्षणहरु जस्तोः डरलाग्ने , चिन्ता लाग्ने, मनमा कुरा खेल्ने , मन दुखी हुने , पिर पर्ने आदि जस्ता लक्षणहरु लेखिन्छन । त्यसैगरि मनोसामाजिक समस्या वा मनोरोगमा व्यबहारसँग सम्बन्धि लक्षणहरु – रुने, एक्लै बस्ने, नबोल्ने, आबस्यकता भन्दा बढि सतर्कता अपनाउने, जाडँ रक्सी तथा लागू प्रदार्थको सेवन गर्न थाल्ने जस्ता व्यवहार देखाउन सक्छन् । त्यसैले शरिरमा कोभिडको लक्षणसंग मिल्दोजुल्दो समस्या कुनै समस्या आएमा कोभिडनै हो भनि ढुक्क रहनु हुदैन ।

 

 

  • कोभिड र मानसिक रोगको लक्षण मिल्दोजुल्दो
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    स्वास्थ चर्चा सम्बन्धि थप
  • एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

    एलर्जीबाट बच्न छालालाई सुख्खा राख्नु हुदैन

  • दाद रोगबाट हुने समस्या र समाधानको उपाय

    दाद रोगबाट हुने समस्या र समाधानको उपाय

  • गोडा सुन्निने समस्या र समाधान

    गोडा सुन्निने समस्या र समाधान

  • थाइराइडको कारण हुने समस्या र लक्षण

    थाइराइडको कारण हुने समस्या र लक्षण

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0