Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पूर्वका दुई नक्षत्र (विशाल, कुमार) अस्ताएको पल

प्रभातफेरी अनलाइन ९८९९ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र २९, मंगलबार (२ साल अघि)
पूर्वका दुई नक्षत्र (विशाल, कुमार) अस्ताएको पल

डम्बर थामी “अनुपम”

“हुँदैन बिहान मिर्मिरेमा तारा झरेर
बन्दैन मुलुक दुई चार सपूत मरेर नगए !”– भूपी शेरचन

माथिको कालजयी, मृत्यन्जयी उद्धृतांश आधुनिक कवि भूपी शेरचन (१९९२–२०४६) को “सहिद” कविताबाट लिइएको हो । उनले जिन्दगीभर अत्यन्तै थोरै कविता लेखे । तर भूपिका प्रत्येक कविताहरुले देश बोल्छ । माटो बोल्छ । वीरता बोल्छ । वीरगाथा बोल्छ । देशभक्ती बोल्छ । उनका अब्बल कविताहरुले असिम उर्जा दिन्छ । देशभक्तिको पाठ सिकाउँछ । मैले यो कविता विद्यार्थी जीवनमा कक्षा दसको नेपाली किताबमा पढेको थिएँ । मैले यो कविता पढेदेखि नै देशप्रति छुट्टै खालको सोंच, धारणा जागृत भएको थियो । देशको लागि केही गर्नुपर्छ भन्ने उत्कट ईच्छा पनि जागेको थियो । नभन्दै एस.एल.सि. को परीक्षा दिने बेलादेखि नै माओवादी पार्टीसँग सम्पर्क भयो । र मलाई अल्लारे उमेरमै जनयुद्धको तुफानी वेगले जबर्जस्त तान्यो । देशको लागि केही गर्छु । जनताको लागि केही गर्छु । र आफू जस्ता पछाडि परेका समुदायको लागि पनि केही गर्छु । मर्न परे पनि देशको लागि मर्छु भनेर वर्गसंघर्षको दावाग्निमा हाम फालें । कति निर्मल, निश्चल भावना थियो त्यो बेला । क्रान्तिको लागि मरिमेट्ने उत्कट आकांक्षा थियो त्यो बेला । कहिले आफू भन्दा अग्लो भरुवा बन्दुक बोकें । कहिले बाह्र बोर बन्दुक बोकें । कहिले राइफल बोकें । कहिले मादल बोकें । कहिले हारमोनियम बोकें । कहिले साबेल, कुटो–कोदालो पनि बोकें । कहिले आफूलाई खाल्डो खनेर पूर्न भनेर कोदाली पनि बोकें । कति निर्मम समय थियो त्यो बेला । तर यी मेरो जीवनका अमूल्य निधिहरु हुन । अजस्र अनुभवहरु हुन । यी अमूल्य अनुभवहरु त आँसु, रगत र पसिनाको त्रिवेणीमा डुबुल्की मार्दै प्राप्त भएका हुन । यसरी वर्गसंघर्षको सागरमा हेलिंदा–हेलिंदै कयौं वीर–विरांगना कमरेडहरुलाई पनि गुमाउनु प¥यो । नेतादेखि कार्यकर्ता र जनतासम्मको ठूलो बलिदान भयो । यसै प्रसंगमा मैले यहाँ पूर्वका दुई चम्किला नक्षत्र (क. विशाल र क. कुमार) अस्ताएको या मृत्युवरण गरेको दुःखद पललाई स्मरण गर्न गईरहेको छु ।
देशको राजनीतिक अवस्था अत्यन्तै पेचिलो हुँदै गएको थियो । दुश्मनले आक्रामक ढंगले गाउँ बस्तीमा दिनदिनै आतंक मच्चाईरहेको थियो । यो विषम परिवेशमा हामी (जनमुक्ति सेना) पनि भीषण फौजी प्रतिरोधको अभियानमा थियौं । राज्यआतंक र दमनले सिमा नाघेपछि तिव्रातितीव्र फौजी प्रतिरोधका कार्वाहीहरु गर्नुपर्ने टड्कारो अवस्था पैदा भएको थियो । प्रतिरोध बिना त बाँच्न सा¥है कठिन थियो । फौजी प्रतिरोध नै जिन्दगी हो जस्तो लाग्थ्यो । हाम्रा संगठनहरुको रक्षा गर्न र जनताको रक्षा गर्न पनि निकै गा¥हो थियो । त्यसैले पार्टीले फौजी–रणनीतिक योजनाहरु निर्माण गर्न । बैठक, भेला, प्रशिक्षणहरु सन्चालन गर्दै आईरहेको थियो । देशभरी आफ्नो काम कार्वाहीमा तल्लीन भएका जनमुक्ति सेनाका टुकडीहरुले दुश्मनमाथि हमला गर्ने । दुश्मनलाई तहसनहस पार्ने र दुश्मनको लाईफ लाईनहरुलाई पनि क्षतविक्षत पार्ने काम तीव्र रूपमा गरिरहेको थियो । फौजी प्रतिरोधकै योजना अन्तर्गत हामीले दोलखा जिल्लाको काब्रे–मैनापोखरीमा २०६१ साल वैशाख महिनामा एउटा सशक्त र वीरतापूर्ण फायरिङ एम्बुश सफल पारेर दर्जनौं अत्याधुनिक हतियारहरु कब्जा गरेका थियौं । यो कार्वाहीले निकै ठूलो फौजी महत्त्व राखेको थियो । त्यसपछि पनि फेरि सिन्धुपाल्चोक जिल्लाको अरनिको राजमार्गको सडकखण्ड चेहेरेमा २०६१ साल भाद्र ८ गते फायरिङ एम्बुश सफल गरेर दर्जनौं अत्याधुनिक हतियार कब्जा गरेका थियौं । राजधानी जोडिने सडकमा गरिएको यो फौजी कार्वाही पनि निकै महत्त्वपूर्ण थियो । सो कार्वाहीमा काठमाडौ उपत्यका वरिपरि फौजी कार्वाही गरिरहेने रिङ अन्तर्गतको जनमुक्ति सेनाको टुकडी पनि सहभागी भएको थियो । हामीले एकपछि अर्को फौजी मोर्चाको ढोका खोल्दै गएका थियौं । र दुश्मनमाथि विजय प्राप्त पनि गर्दै गईरहेका थियौं । यसरी हामी मैचे (मैनापोखरी–चेहेरे) सफल फौजी मोर्चाको विजय अभियानमा थियौं । यसरी शक्तिशाली जनमुक्ति सेनाले तत्कालीन शाही सेनामाथि विजय प्राप्त गरेको सन्देश दिन हामी हाम्रा आधार ईलाकाहरुमा मार्चिङ गर्दै थियौं । विजयको सन्देश प्रवाह गर्दै थियौं ।
यही अभियान अन्तर्गत हामी काभ्रे जिल्लाको भुम्लु, रिट्ठे सापिङ, कालिका, बेगसिम्ले, कात्तिके देउराली, चौंरी, माझिफेदा, बाङ्थली, नांग्रे गगर्चे, दुती हुँदै रामेछाप त¥यौं । रामेछापको पनि लखनपूर, थापागाउँ, काफलडाँडा, गौस्वारा, दार्खा हुँदै फेरि दोलखा जिल्ला त¥यौं । दोलखाको पनि कल्लाबारी, दुधपोखरी, ताम्चेत, ठेकालाघ्यु, सासिम हुँदै २०६१ साल भदौ २० गते हामी शैलुङ (ढुङ्गे) मा पुग्यौं । र दोलखा जिल्ला पार्टीको आयोजनामा विजय सभा सम्पन्न ग¥यौं । विजय सभा सम्पन्न गरिसकेपछि हामी जब क्याम्पिङ गर्न लागेका थियौं । हारबोरिङ सेटिङ गर्दै थियौं । “त्यति नै बेला जनमुक्ति सेनाको कमिशार, कमान्डरहरु र जिल्ला पार्टीको आकस्मिक सानो–छोटो मिटिङ बस्यो । आकस्मिक मिटिङ किन बस्यो ? केही न केही त पक्कै भएको छ !! कि नयाँ योजना आयो ? कि कुनै अप्रिय घटना घट्यो ? भन्ने लागिरहेको थियो । मनमा कौतुहलता तँछाडमछाड गर्दै थियो । नभन्दै सो मिटिङमा रोल्पामा बसेको पार्टीको केन्द्रीय समितिको बैठक सकेर फर्कंदै गरेका केन्द्रीय नेताहरू (कमरेडहरु) सिराहा जिल्लाको लक्ष्मीपूर पतारी गा.वि.स. धन्छवार टोलमा सेल्टर लिएर बसेका रहेछन् । सेल्टरमा बसेको बेलामा शाही सेनाले घेरा हाली केन्द्रीय सदस्य द्वय क. विशाल र क. कुमार लगायत छ जना कमरेडहरुलाई समातेछन । (कमरेडहरुलाई सुराकी लागेर समातेको कुरा सुन्नमा आएको थियो त्यतिबेला । तर सुराकी को थियो ? भन्ने कुरा चाहिँ ईश्वरलाई मात्र थाहा भयो । विडम्बना यस्तै छ । क्रान्तिमा यस्ता खालका घात, प्रतिघात थुप्रै भए ।) कमरेडहरुलाई समातेपछि पार्टीको योजना खोल्न दिनैभरि अनेकौं क्रूर, अमानवीय यातना दिएछन् । जति यातना दिंदा पनि पार्टीको योजना नखुलेपछि अन्तमा छ जना नै कमरेडहरुको गोली हानी निर्मम हत्या गरेछन् । क्रान्तिको बेलामा जसको जतिबेला पनि रगत बग्न सक्छ । तर शोकलाई शक्तिमा बदल्नुपर्छ । फेरि फौजी प्रतिरोधको कार्वाहीहरु बढाउनुपर्छ । भन्ने बटालियन कमिशार क. कृपाश्वरबाट जानकारी भयो ।” सो जानकारी प्राप्त भएपछि हामीमा एक खालको सन्नाटा छायो । हामी सबै जना स्तब्ध भयौं । आकाश खसे जस्तो धर्ती धाँजा फाटे जस्तो भयो । चारैतिर अन्धकारले छोपे जस्तो भयो । हामी अत्यन्तै बिछिप्त भयौं । तर पनि सम्हालिनुको विकल्प थिएन । पार्टीको योजनामा कार्यान्वयन गर्न हाम फाल्नु नै थियो । शोकलाई शक्तिमा बदल्नु नै थियो । आकस्मिक रुपमा रोलकल गरेर जनमुक्ति सेनाको टोली र जिल्ला पार्टीको संयुक्त टोलीले शिर झुकाएर शहादत प्राप्त गरेका होनहार कमरेडहरुप्रति श्रद्धाञ्जली अर्पण ग¥यौं । एक मिनेट मौनधारण ग¥यौं । र सहिदको रगत खेर जान नदिने । रगतको बदला रगतले लिने शपथ पनि खायौं ।
क. शेरमान कुँवर (विशाल) लाई मैले पहिलो पटक २०५६ साल असोजमा भिमखोरी मोर्चाको तयारीको बेला काभ्रे जिल्लाको म्हाभारमा चिनेको हुँ । सँधै हँसिलो मुद्रामा देखिने क. शेरमान फौजी रणनीति र कार्वाहीका शेर नै थिए । शेरमान कुँवरको नाम सुन्ने बित्तिकै दुश्मनको सातो जान्थ्यो । दर्जनौं पटक दुश्मनको घेरा तोडेर सुरक्षीत भएका कमरेडको त्यतिबेला भने स्थिति प्रतिकूल बन्यो । बलिदानको कोटा चुक्ता गर्नैप¥यो । जनयुद्धको शुरुवाती दिनको फौजी कार्वाही सिन्धुलीगढी प्रहरी चौकी रेड (च्बष्म) आक्रमणदेखि नै फौजी कार्वाहीमा भाग लिएका क. विशाल पूर्वका एक चम्किला नक्षत्र हुन । भिमखोरी मोर्चा सफल पार्न पनि क. विशालको महत्त्वपूर्ण भूमिका थियो । क. परवाना, क. विशाल र क. सुरेश भिमखोरी मोर्चाका सफल योजनाकार हुन । यसरी क. विशालले शुरुदेखि नै एस. टि. एफ. को राजनीतिक कमिशारको भूमिका निभाएर पूर्वमा सयौं फौजी मोर्चाहरुको ढोका खोल्ने काममा महत्त्वपूर्ण भूमिका खेले । फौजी मोर्चाहरुको कमान्ड गरे । कहिले कमिशार त कहिले कमान्डरको भूमिका निभाए । कहिले पार्टी संगठनको नेता पनि बने । सिन्धुली जिल्ला जनयुद्धको आधार ईलाका नै थियो । त्यही जिल्लाको सेक्रेटरी भएर पनि काम गरे । पार्टी केन्द्रको बैठकबाट व्रिगेड कमिशारको जिम्मेवारी लिएर फर्केको कमरेडको कार्यक्षेत्रमा नपुग्दै बाटोमै शहादत भयो । यसरी राजनीतिक मोर्चा र फौजी मोर्चामा उत्तिकै दक्षता राख्ने (सैन्य–राजनीति क्षमता राख्ने) क. विशालको जन्म २०२५ साल असार ०४ गते बुबा दल बहादुर कुँवर र आमा पवित्रा देवी कुँवरको कोखबाट सिन्धुली जिल्लाको साबिक महादेवस्थान गा.वि.स. वडा नं ४ महादेवमाडीमा भएको थियो । हाल उनको जीवनसंगिनी निरु दर्लामी, एक छोरा र दुई छोरी छन । क. निरु दर्लामी पहिलो संविधान सभा चुनावको सांसद पनि हुन । तर सहिदहरुको सपना साकार पार्न अझै पनि क्रान्तिकै बाटोमा अहोरात्र खटिरहेकीछन ।
क. मोहनचन्द्र गौतम (कुमार) लाई मैले सर्वप्रथम २०५६ साल कार्तिकमा दोलखा जिल्लाको साबिक कालिन्चोक गा.वि.स. क्याङ्पोलमा भएको ज. व. स. मोर्चाको संयुक्त प्रशिक्षण कार्यक्रममा चिनेको हुँ । त्यो प्रशिक्षण कार्यक्रमको प्रमुख प्रशिक्षक थिए क. मोहन वैद्य (किरण)। त्यतिबेला हाम्रो विकट भूगोलमा प्रशिक्षण हुनु सा¥है गर्वको कुरा थियो । अत्यन्तै मिजासिलो जनताका आँखाका नानी क. कुमार कुशल संगठक र राजनीतिक व्यक्तित्व थिए । उर्जाशील नेता थिए । उनले प्रायःस पार्टी संगठनमै रहेर काम गरेका थिए । पार्टीको केन्द्रीय कमिटीको बैठकबाट सोलुखुम्बु, ओखलढुंगाको जिल्ला ईन्चार्जको जिम्मेवारी लिएर फर्केका क. कुमारको पनि कार्यक्षेत्र नपुग्दै अरु कमरेडहरुसँगै बाटामै शहादत भयो । उनको जन्म २०२२ साल भाद्र ३ गते बुबा डिल्ली प्रसाद गौतम र आमा ईन्दिरा गौतमको कोखबाट साबिक अमले गा.वि.स. वडा नं ३ भ्वाँसेडाँडामा भएको थियो । (अमले गाउँ सिन्धुली जिल्लाको एक बलियो आधार ईलाका थियो । जनयुद्धको तयारी बैठक पनि त्यही गाउँमा सम्पन्न भएको थियो । पछि दुश्मनको दमन खप्न नसकी सम्पूर्ण गाउँलेहरुले गाउँ नै छोड्नुपरेको थियो । र गाउँ पूरै खाली थियो । यो गाउँ नेतै नेताको गाउँ पनि थियो ।) क. कुमारको जिवनसंगिनी अम्बिका गौतम, दुई छोरा र एक छोरी छन ।
केन्द्रीय सदस्यद्वय क. विशाल र क. कुमारको शहादतले त्यतिबेला पार्टीलाई ठूलो क्षति पुग्यो । क्रान्तिका अनुभवी नेतृत्व गुमाउनु प¥यो । निकै लामो समयसम्म नेता द्वयको अभाव खड्किरह्यो । तर पनि मुटु बाँधेर क्रान्तिको कार्यभार त पूरा गर्नैपर्ने थियो । कठोर भएर मोर्चामा डट्नैपर्ने थियो । खट्नैपर्ने थियो । त्यसपछिका भीषण दिनहरूमा हामी क्रान्तिको बाटो नछोडी लडिरह्यौं । हजारौं हजार योद्धाहरुको वीरता र बलिदानीबाट जब देशमा गणतन्त्र आयो । ईमान्दारीपूर्वक हामी लड्नेहरु पाखा लाग्दै पनि गयौं । तर पनि हरेस भने खाएका छैनौं र परि आए फेरि पनि क्रान्तिको झण्डा उठाउने नै छौं । सहिदहरुको रगत खेर जान दिने छैनौं । विशाल आँधी, हूरी र तूफान चलेको बेला पनि सतिसाल झैं ठिङ्ग उभिईरहने प्रतिज्ञा गर्दछौं । पूर्वी आकाशमा अस्ताएका दुई चम्किला नक्षत्रप्रति हार्दिक श्रद्धाञ्जली ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • अनुवाद र लोकसाहित्यका बिम्ब केशरलाल श्रेष्ठ

    अनुवाद र लोकसाहित्यका बिम्ब केशरलाल श्रेष्ठ

  • किशोरावस्थाका समस्या र परिवारको दायित्व

    किशोरावस्थाका समस्या र परिवारको दायित्व

  • के हो गुंलाँधर्म (पर्व) ?

    के हो गुंलाँधर्म (पर्व) ?

  • पार्टी कार्यालय भवन बन्ने खबरले बेचैन भएको छु ः पन्त

    पार्टी कार्यालय भवन बन्ने खबरले बेचैन भएको छु ः पन्त

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0