Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ६, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रे जिल्लाका विभिन्न पाटोहरुलाई समेटेर कृति अभिलेखीकरण गर्ने रहर छ

प्रभातफेरी अनलाइन ३४११ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन १२, मंगलबार (४ साल अघि)
काभ्रे जिल्लाका विभिन्न पाटोहरुलाई समेटेर कृति अभिलेखीकरण गर्ने रहर छ

संयोजन ः प्रदीप सापकोटा
पनौती–१, रयाले, काभ्रे

(रामसुन्दर देउजा, काभ्रेली साहित्यमा चिरपरिचित नाम,पेशाले शिक्षक उहाँ कवि, समिक्षक, सम्पादक मात्र नभएर पनौती साहित्य समाजका अध्यक्ष लगायत अन्य थुप्रै साहित्यिक संघसंस्थासंग जोडिएको नाम। हसिलो मुस्कानका धनी, सरल, मिजासिला ब्यक्तित्व, पनौती नगरपालिका वडा नं ५ का स्थायी बासिन्दा हुनुहुन्छ । काभ्रेको बर्तमान साहित्यिक अबस्था, साहित्यिक क्षेत्रमा क्रियाशिल संघसंस्था लगायत उहाँको लेखनीको बारेमा प्रदीप सापकोटाले गरेको कुराकानीको अंश)

१. सञ्चै हुनुहुन्छ ?
– सञ्चै छु । अहिलेसम्म विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ ले नि प्रवेश पाएको छैन । यसर्थमा खुशी नै छु ।
२. आजकालको दिनचर्या कसरी बितिरहेछ ?
– मेरो मुख्य पेशा शिक्षण भएकोले नि सर्वप्रथम त विद्यालयलाई समय दिइरहेको छ्ु । हाल कोभिड–१९ को प्रभावले प्रप्यक्ष कक्षा लिन असहज भएकोले वैकल्पिक माध्यमलाई रोज्नु परेको छ । त्यसमा नि विद्यार्थीहरुको फरक फरक पहुँच हँुदा त्यही अनुसार गर्नुपर्ने नै भयो । हाल बनेपा नगरपालिकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरि पालो मिलाएर प्रत्यक्ष कक्षा लिन सकिने व्यवस्था गरेकोले सोही अनुसार गरिएको छ । त्यस बाहेक साहित्यिक क्षेत्रमा पनि अलिअलि कलम चलाइएको छ ।
३. आजकाल के मा कलम चलाउँदै हुनुहुन्छ ?
– खासगरि कथा, कविता, मुक्तक, लघुकथा र निवन्धमा पनि कलम चलिरहेको छ ।
४. तपाँइको साहित्यको लेखनीको प्रारम्भ कसरी भयो ?साहित्य लेखनमा प्रेरणा को श्रोत के हो?
– खास त अलिअलि कविताचाँहि स्कुल कलेज पढ्दा नै कोर्थे । त्यतिखेर प्रकाशन गर्ने चाँजोपाँजो नै थिएन । लेखेर थन्कयाउने कार्य मात्र हुन्थ्यो । केहि समयपछि कापीको पन्ना कता पुग्थ्यो कता ? सुरक्षित राख्नुपर्छ भन्ने हेक्का पनि रहेन । ०५२ सालमा म संस्थापक अध्यक्ष भएर हामीले जागृति युवा क्लब दर्ता ग¥यौं । क्लबको छाप बनाउन बनेपाको तीनधारामा भावना प्रिटिङ प्रेस खोज्दै गएँ । छापको डिजाइन म आफैले गरे डिजाइन अनुसार को छाप बनाउन अर्डर गरेर फर्कें । लगभग एक हप्तापछि छाप लिन जाँदा मोहन दुवालसँग कुराकानी भयो । भावना प्रिन्टिङ्ग प्रेस उहाँकै थियो । उहाँले एउटा जन्मत दिनुभयो । मैले पनि कविता लेखेको कुरा बताएँ ।उहाँले एउटा कविता पठाइदिन भन्नुभयो मैले किसान कविता दिएँ । उहाँले ०५२ पुस अङ्कमा छापिदिनुभयो । मेरो पनि कविता छापियो भनेर म फुरुङ्ग भएँ । जनमतमा संरक्षक भई आवद्व भएँ । त्यसपछि विभिन्न साहित्यिक कार्यक्रममा सहभागी हुन थाले र यसलाई निरन्तरता दिदै गएँ ।
खास साहित्य लेखनको प्रेरणा चाहि लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे र तारानाथ शर्माका रचनाहरु पढेर म पनि यसरी लेख्ने लेखक हुन पाए हुन्थ्यो भन्ने आकाँक्षाले र प्रकृतिको सुन्दर परिवेश समाजका विकृतिहरुले वातावरण दिएजस्तो लाग्छ । त्यसपछि काभे्र जिल्लाबाट पहिलो पटक प्रकाशित काभ्रे टाइम्समा नि साहित्य र लेखहरु लेख्न जान थालेँ ।
५. तपाईलाई मनैदेखि मनपर्ने साहित्यकार ?
– लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे, सिद्विचरण श्रेष्ठ, डा.तारानाथ शर्मा र वि.पी. कोइराला ।
६.साहित्यक क्षेत्रमा पनि राजनीतिक क्षेत्रमा जस्तै अस्वस्थ प्रतिस्पर्धा छ भनिन्छ नि यस बारे तपाईको विचार ?
– साहित्यकारले पाठकको मन जित्न सक्नु पर्छ । पाठकको मनले साहित्यकार गरिमा निर्धारण गर्छ जस्तो लाग्छ । लक्ष्मी प्रसाद देवकोटा, लेखनाथ पौडेल, माधव घिमिरे, भूपी शेरचन, गोपालप्रसाद रिमाल हाइटका साहित्यकार पाठकको मनमा थपक्क बसेका छन् । त्यसरी पाठकको मनमा बस्न त त्यही किसिमको साहित्य सिर्जना हुनुपर्छ । संख्यात्म भन्दा नि गुणात्मक साहित्य सिर्जना हुनुपर्छ । त्यो साहित्यकार सफल हुन्छ ।
७. काभ्रे जिल्लामा च्याउ झै साहित्यिक संघ,संस्था खलेका छन नि । तिनीहरुको भूमिकालाई कसरी लिनुभएको छ ?
– काभ्रे जिल्लालाई साहित्यको उर्वरभूमि मानिन्छ । भौगोलिक र जनसांख्यिक हिसाबले यहाँ भएका संघ संस्थाहरुलाई त्यति धेरै भन्न त नमिल्ला । संस्था स्थापना गर्न भन्दा नि टिकाउन चुनौती छ । संस्था क्रियाशील भएर रहनु पर्छ । यस्ता संघ संस्थाले साहित्य विकासमा धेरथोर योगदान गरेकै मान्न सकिन्छ । कुनैले धेरै गरेका छन् ।कुनैले अस्तित्व मात्र जोगाएका छन् भने केही निष्क्रिय छन् ।
८.यहाँको साहित्य प्रवेश कविताबाट आरम्भ भएको देखिन्छ । मुक्तक, लघुकथामा पनि कलम चलेको पाइन्छ । अब यहाँको कुन विधाको कृति आउँदैछ ?
– मैले माथि नै भनिसके कि स्कुल कलेज लेभलमा नि म कविता कोर्थे । सर्वप्रथम किसान कविता, जनमतमा प्रकाशित भयो र ०६२ सालमा भाँचिएको मन (कविता संग्रह) प्रकाशित गरे । साहित्यका अन्य विधामा नियात्रा,, मुक्तक, लघुकथा, गजल, हाइकु, निवन्ध कृति समीक्षा बालसाहित्यमा पनि कलम चलाई रहेको छु । भर्खर बाल साहित्यको चाकाचुली (बाल कविता संग्रह) प्रकाशन गरेको छु । हामीमा विडम्बना के छ भने साहित्यमा खल्तीको पैसा लगानी गर्नुपर्छ । चिया खाजा खाने पैसा कटौती गरी लगानी गर्नुपर्छ । त्यसको आर्थिक प्रतिफल केही हँुदैन । इच्छा र चाहना भएका कृतिहरु प्रकाशन गर्न नसकिदो रहेछ । मेरा अहिले पनि कथा, कविता, लघुकथा, निवन्ध, नियात्रा र हाइकुका पाण्डुलिपिहरु छन् । तर प्रकाशन गर्ने चाँजोपाँजो मिलेको छैन ।
२०७३ सालमा काभ्रेली स्रष्टा परिचय कोश प्रकाशन गर्ने अवसर त जु¥यो तर जम्मा १० दिनमा तयार गरी प्रकाशित गरिएको कृति केही अधुरो छ । त्यसलाई एउटा राम्रो कृतिको रुपमा प्रकाशन गर्ने रहर पनि छ । त्यस्तै काभ्रे जिल्लाका ऐतिहासिक, धार्मिक, साँस्कृतिक, साहित्यिक र शैक्षिक पाटोलाई पनि कृतिमा समेटेर अभिलेखिकरण गर्ने रहर छ । हेरौं कहिले पूरा हुन्छ ।
९. अन्तमा,यहाँका केही भनाईहरु भए राखिदिनुस न ?
– साहित्यको माध्यमबाट पनि झक्झक्याउँदै आफू जन्मेको मातृभूमिलाई समुन्नत बनाउन केही भूमिका निर्वाह गर्न सकिन्छ कि भनेर लागिरहेको छु । सबैले व्यक्तिगत पद, प्रतिष्ठा, धन दौलत र स्वार्थ त्यागेर समाज र राष्ट्रको लागि सोचिदिए राम्रो हुने थियो । पद, प्रतिष्ठा र धनदौलत भनेका क्षणिक मात्र हुन भन्ने मनन् गरिदिए हुन्थ्यो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तरबार्ता सम्बन्धि थप
  • मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

    मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

  • कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

    कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

  • आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

    आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

  • भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

    भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0