Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मानव जातिको हितमा साहित्य लेख्नु मेरो अभिष्ट हो

प्रभातफेरी अनलाइन ६१०४ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर ७, मंगलबार (४ साल अघि)
मानव जातिको हितमा साहित्य लेख्नु मेरो अभिष्ट हो

साहित्यकार कृष्ण वजगाई

(डायोस्पोराका चर्चित साहित्यकार कृष्ण बजगार्इं बेलायतमा बसोवास गर्नु हुन्छ । बजगाईंका रचनाहरु वि.सं. २०४१ देखि विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् । नियात्रा,कथा,लघुकथा, हाइकु लगायतका विधामा उहाँका तेह्रवटा कृतिहरु प्रकाशित छन् ।

साहित्यकार बजगाईंले नारायण जयन्ता लिटरेरी वेब जर्नालिज्म एवार्ड,अमेरिका (२००९),देवकोटा शताब्दी सम्मान, नेपाल (२००९), डायास्पोरा नृपध्वज पुरस्कार, अमेरिका (२०११), भानुभक्त द्विशताब्दी स्वर्ण पदक, नेपाल (२०१४), सुप्रमा साहित्य पुरस्कार, बेलायत (२०१६), सत्यमोहन जोशी शताब्दी पदक, नेपाल (२०१६), वैजयन्ती स्रष्टा सम्मान, नेपाल (२०१६) आदि पुरस्कार तथा सम्मान पाउनु भएको छ ।

उहाँले समकालीन साहित्य प्रतिष्ठान बेलायतको स्थापना गरेर नेतृत्व गरिहनु भएको छ । त्यस्तै लघुकथा समाज नेपालको अन्तर्राष्ट्रिय संयोजकको रुपमा पनि जिम्मेवारी पुरा गरिरहनु भएको छ । यसभन्दा पहिले उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमिति, वासिङ्टन डी.सी,अमेरिकाको वरिष्ठ उपाध्यक्ष (२०१०–१२) र केन्द्रिय महासचिव (२००८–१०),अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेल्जियमको संस्थापक अध्यक्ष (२००७–११) हुनुहुन्थ्यो । प्रस्तुत छ प्रभातफेरी साप्ताहिकको लागि साहित्यकार बजगाईंसँग प्रदीप सापकोटाले गर्नुभएको साहित्यिक कुराकानी )

 

१.सन्चै हुनुहुन्छ ?

अहिलेसम्म त संञ्चै छु । अहिले यस्तो समयमा बाँचिएको छ, एकछिनपछि के हुन्छ भन्न सक्दिन । बेलायतमा अहिले दैनिक चालिस हजार भन्दा बढि मानिस कोरानाबाट संक्रमित भइरहेको अवस्था छ । कोरानाका कारण सरदर दैनिक एक सय जनाको निधन भईरहेको छ । दुईवटा खोप लगाएकाहरु मात्र होइन बुस्टर डोज लगाएका पनि संक्रमित हुने गरेका छन् । कतिबेला के हुन्छ भन्ने त्रासमा बाँचिएको छ ।

२.हाल तपाई कुन विधामा सिर्जना गर्दै हुनुहुन्छ ?

अहिले नियात्रा नै लेखिरहेको छु । फाट्टफुट्ट केही लघुकथा र बालकथा पनि लेख्दैछु ।

३.यहाँको लेखन यात्राको प्रारम्भ(पृष्ठभूमी)अलिकति राख्दिनुस न ?

वि.सं. २०३६ सालमा पहिलो पटक कविता लेखेर स्कूलमा वाचन गरेको थिएँ । स्कूलका सरहरुबाट पाएको हौसलाका कारण साहित्य लेखनलाई निरन्तरता दिएँ । वि. सं. २०४१ सालमा पहिलो पटक साप्ताहिक पत्रिकामा कविता प्रकाशित भएपछि थप उत्साहित भएँ ।अलिकति आत्मविशवास पनि बढ्यो । त्यसवेलादेखि कविता, लघुकथा, बालकथा, कथा, नियात्रा र हाइकु लेखन जारी छ ।

४.तपाईको साहित्यको आदर्श चाहि के हो ?

हामी विश्वग्रामका नागरिक हौं । विज्ञान, प्रविधि, सूचना र संचारका कारण विश्व एउटा सानो गाउँमा परिणत भएको छ । हामी विश्वग्रामका नागरिक हौं । लेखकले संकुचित भएर हैन वृहतरुपमा सोंच्नु पर्दछ । कुनै राजनीतिक पार्टी, जात, धर्म, सम्प्रदाय भित्र रुमलिएर गालिगलौज र कुण्ठा होइन समग्र मानव जातिका हितमा साहित्य लेख्नु मेरो अभीष्ट हो ।

५.नियात्रा लेखनमा बौद्धिक र अनुसन्धानमूलक नियात्रा लेख्नु हुने यहाँलाई अलिक फरकधारको नियात्राकार मानिन्छ । फरक धारमा लेख्दा चर्चामा आउँदिन भन्ने लागेन ?

लामो समयदेखि विदेशमा बसेको हुनाले त्यहाँका इतिहास, कला, साहित्य र संस्कृति जस्ता विषयमा नियात्रा लेख्न मन पराउँछु । यात्राका क्रममा देखे, भोगेका रोचक कुराहरु नियात्रा मार्फत नेपाली साहित्यका पाठकलाई दिने प्रयास गरेको छु । त्यसका लागि म विशेष अध्ययन र अनुसन्धान गरेर लेख्ने गर्दछु । पढुन्जेल मात्र मजा आउने नियात्रा भन्दा पढेर पछिसम्म सम्झनामा आउने नियात्रा लेख्न मन पराउँछु । मेरा हरेक नियात्रा पढिसकेपछि पाठकहरुले साहित्यको रसस्वादनसँगसँगै नविन जानकारी पाउनु हुनेछ । शब्दहरु जोडजाड गरेर शाब्दिक मायाजालमा पाठकलाई अल्मलाउनु भन्दा ज्ञानको सागरमा पाठकले डुबुल्कि लगाउन भनेर विशेषतः मिहेनतसाथ लेख्ने गर्दछु । मेरो फरक धारको नियात्रा पाठकहरुले मन पराएका छन् । पाठ्यक्रम निर्माण गर्ने विद्धान सरहरुले पनि मन पराउनु भएकोले नै होला त्रिभुवन विश्वविद्यालय,लुिम्वनी विश्वविद्यालय,पूर्वाञ्चल विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको स्नातक तहको नेपाली विषयको पाठ्यक्रममा समावेश भई पढाई भइरहको छ ।

६.तपाई लामो समयदेखि विदेशतिर हुनुहुन्छ । डायोस्पोरिक साहित्यको अवस्था कस्तो छ ?

बेल्जियम र बेलायत गरि विदेशमा २१ वर्ष बिताएको छु । मैले हेर्दा नेपाली भाषा साहित्यको अवस्था पहिलेको तुलनामा धेरै राम्रो भएको देखेको छु । साहित्यिक पत्रिका र वेब पत्रिका प्रकाशन तथा त्यसको निरन्तरता देख्दा सन्तोष गर्ने ठाउँ छ । नयाँनयाँ लेखकहरु आएका छन् । साहित्यका पाठक पनि बढेका छन् । पुस्तक प्रकाशन गर्ने व्यावसायिक प्रकाशन गृहहरु थपिएका छन् । पहिलेको तुलनामा नेपाली भाषा साहित्यको अवस्था सन्तोषजनक छ ।

अर्को महत्वपूर्ण कुरा के छ भने डायोस्पोरिक साहित्यकार को हुन् भन्ने प्रष्ट छैन । यहाँनेर केही समालोचकहरु पूर्वाग्रही भएका छन्, लेखकहरु डायोस्पोरिक साहित्यकारका रुपमा आफूलाई चिनाउन लालयित छन् । पाठकहरु अलमलिएका छन् । बाहिर बस्ने सबैले लेखेको साहित्य डायोस्पोरिक हुँदैन । त्यसको आफ्नै सिमा र परिभाषा छ । डायोस्पोराका सबै साहित्यकारका रचना गुणस्तरिय छन् भनेर म भन्दिन । तर पनि पहिलेको तुलनामा डायोस्पोराबाट राम्राराम्रा साहित्यिक कृतिहरु बजारमा आएको देख्दा डायोस्पोरिक साहित्यले मूलधारको साहित्यमा बलियो उपस्थिति जनाएको छ ।

७.तपाई साहित्यकार नभएको भए के हुनुहुन्थ्यो होला ?

यसको उत्तर हाइपोथेटिकल हुने भयो । तर पनि तपाईले सोधेपछि भन्नै पर्दा यदि म साहित्यकार नभएको भए एउटा विशुद्ध सरकारी जागिरे मात्र हुन्थे होला । अथवा यात्रामा रुची राख्ने व्यक्ति भएकोले सायद पर्यटन व्यवासायी वा पर्यटनविद् पो हुन्थेँ कि ?

८. अब अलिकति प्रसंग बदलौं । नेपाली भाषा साहित्यको उन्नतिको लागि विश्वब्यापी रुपमा अभियान संचालन गर्ने उद्देश्यले विगत डेढ दशकदेखि समकालीन साहित्य प्रतिष्ठान,बेलायतको स्थापना गरी नेपाली भाषामा साहित्यिक पुस्तकहरु प्रकाशन एवं साहित्यिक वेभ पत्रिका प्रकाशित गरिरहनुभएको छ । यहाँ आफैं त्यो संस्थाको अध्यक्ष हुनुहुन्छ । अहिलेसम्म प्रतिष्ठानबाट कति कृति प्रकाशन गर्नुभयो ? र यसका भावी योजना के छन् ?संक्षेपमा बताइदिनुस न ?

पन्ध्र वर्षअघि बेल्जियमबाटै नेपाली भाषामा समकालीन साहित्य डट कम (www.samakalinsahitya.com) नामक विशुद्ध नेपाली साहित्यक वेभ पत्रिका संचालनमा ल्याएको थिएँ । जो अहिलेसम्म लोकप्रियताको शिखरमा छ । निरन्तर संचालित भइरहेको छ । दश वर्ष अघि स्थायी रुपमा बेलायत बसाई सरेँ । त्यहाँ मेरो अध्यक्षतामा समकालीन साहित्य प्रष्ठिान बेलायत नामक संस्थाको स्थापना भयो । त्यसले नेपाली र अंग्रेजीका विभिन्न विधाका पच्चिसवटा पुस्तक प्रकाशित गरेको छ । अन्य केही पुस्तकहरु प्रकाशनको तयारीमा छन् । सोही प्रष्ठिानले विगत चार वर्षदेखि अर्धवार्षिक रुपमा नेपाली साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’को प्रकाशन गरिरहेको छ ।

९. एकछिन नेपाली नियात्राका बारेमा चर्चा गरौं । नेपाली नियात्राको बर्तमान अवस्था र सम्भावना कस्तो देख्नुहुन्छ यहाँको विचार जान्न चाहान्छौं ?

मानिस भ्रमणशिल प्राणी हो । आफूले भ्रमण गरेका अनुभूतिहरु कोही सुनाएर त कोही लेखेर व्यक्त गर्दछन् । आफ्ना अनुभूतिहरु सुनाउन नयाँनयाँ लेखकहरु आएका छन् । विभिन्न स्थानका बारेमा नयाँ शैली र स्वादका नियात्रा पढ्न पाइएको छ । तर नियात्राका नाममा केही लेखकहरुले यात्रा विवरण प्रकाशित गरिरहेको दुःखद अवस्था पनि छ । सुरुसुरुमा त्यस्ता कमजोरी देखिए पनि अर्को कृतिमा लेखकले सुधार्ने छन् भनेर आशा गर्ने ठाउँ छ । नेपाली नियात्रा साहित्य अहिले सबै भन्दा लोकप्रिय विधाको रुपमा रहेको छ । नियात्रा साहित्यलाई विभिन्न विश्वविद्यालय र विद्यालयको पाठ्यक्रममा राखेर पढाईने गरेकोले एउटा महत्वपूण विधाको रुपमा स्थापित भएको छ ।

१०. आफूले आफैलाई मुल्याँकनगर्नुपर्दा साहित्यमा कृष्ण बजगाईंलाई कहाँनेर पाउनुहुन्छ ?

विचरा कृष्ण बजगाईंको तन परदेशमा र मन घरदेशमा छ । परदेशको ब्यस्ततामा पनि नेपाली साहित्यका लागि प्रकाशन, सम्पादन, लेखन र संगठनको माध्यमले सेवा गरिरहको छु । मेरा कार्यहरु, प्रकाशित कृतिको लोकप्रियता र पाठकबाट आएका प्रतिकृयाका कारण म अत्यन्त खुशी छु । मलाई पाठकहरुले नेपाली साहित्यको अत्यन्त क्रियाशिल सजर्कको रुपमा देख्नु भएको छ । हुन त मेरो पनि लेखनको आफ्नो सिमा छ । म कहाँ छु विज्ञ पाठकहरुले भन्ने कुरा हो । मैले भन्नुपर्दा जहाँ छु सन्तुष्ट छु ।

११. अन्त्यमा,मैले सोध्न छुटाएको र यहाँले भन्न चाहेको कुरा केहि भए पाठकहरुलाई बताईदिनुस ।

मेरो चौथो नियात्रा कृतिको तयारीमा छु । अघिल्ला कृतिमा झैं पाठकहरुले यसलाई मन पराउनु हुने छ भन्ने आशा गरेको छु । अन्तरंग सम्बादको लागि तपाई र तपाईको लोकप्रिय प्रभातफेरी साप्ताहिकलाई हार्दिक धन्यवाद भन्न चाहान्छु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तरबार्ता सम्बन्धि थप
  • मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

    मेरो साहित्यिक सिर्जनाको स्रोत मेरी आमा हुन्ः स्रष्टा पौडेल

  • कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

    कृषि उत्पादनलाई बजारमुखी बनाउने हो र किसानलाई समृद्ध देख्ने हो भने पोलिब्याग प्रविधि खेतीमा राज्यले चासो राख्नुपर्छः श्रेष्ठ

  • आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

    आजको शिक्षाले कामलाई त छिटो बनाएको छ तर मस्तिष्क विकास भने बोधो हुँदै गएको छः शिक्षाविद् दाश

  • भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

    भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0