Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वार्थी साहित्य नलेखौं, पुरस्कार र सम्मानलाई लेनदेन नगरौं

प्रभातफेरी अनलाइन २३४३ पटक पढिएको प्रकाशित मिति: २०७८ मंसिर २८, मंगलबार (१ साल अघि)
स्वार्थी साहित्य नलेखौं, पुरस्कार र सम्मानलाई लेनदेन नगरौं

साहित्यकार छविरमण सिलवाल

(चालिसको दशकको करिव उत्तराद्र्धवाट आधुनिक कविता सृजनाको क्षेत्रमा पाइला चालेका मिलनसार, सहयोगी स्वभावका धनी ब्यक्तित्व छविरमण सिलवाल साहित्यको उन्नयनमा निरन्तर लागेकै छन् । उनको लेखन जटिल र दुरुह छैन । सरल भावशैली र शिल्पमा सशक्त कलम चल्छ उनको । कविताको अलावा नियात्रा,लघुकथा तथा समालोचनामा पनि कलम उत्तिकै चलाउँने छविरमण विभिन्न साहित्यिक संंघसंस्थाहरुमा सक्रिय भूमिका सहित आवद्ध छन् । काभ्रेली माटोमा जन्मिएर राष्ट्रियस्तरमा चर्चित साहित्यकार सिलवालसँग उनको साहित्यिक जीवनका विभिन्न पाटा,नेपाली साहित्य,र काभ्रे जिल्लाको साहित्यको अवस्था लगायतका विषयमा प्रभातफेरी साप्ताहिकको निम्ति प्रदीप सापकोटाले गर्नुभएको कुराकानीलाई यहाँँ प्रस्तुत गरिएको छ ।)

१. सन्चै हुनुहुन्छ ?
– संसारै विसञ्चो भएको बखतमा पनि सञ्चै हुनु यो हाम्रो अहोभाग्य हो ।

२. आजकालको दिनचर्या कसरी वितिरहेछ ?
– हिजो जसरी चलेको थियो, आजकल पनि त्यसरी नै वित्दैछन् दिनहरु । कार्य व्यस्तता यो सधैको एउटा नियमित कार्य नै हो ।

३. आजकल केमा कलम चलाउदै हुनुहुन्छ ?
– नियात्रा तथा कविताका पुस्तक निकाल्ने सोचमा बनाउदैछु । त्यसैले कलम यिनै विधामा चलिरहेका छन् ।

४. तपाईको साहित्य तर्फको लेखनीको; प्रारम्भ कसरी भयो ? र साहित्य लेखनमा प्रेरणा कसरी प्राप्त गर्नुभयो ?
– दुःखबाट छुटेका मुलहरु हुन मेरा सिर्जना यात्रा । दुःख र पीडाका पहाडहरु नै मेरा साहित्य लेखनका प्रेरणाका स्रोतहरु हुन् ।

५. तपाईंलाई मनैदेखि मन पर्ने साहित्यकार ?
– साहित्यकार सबै मेरा प्रिय पात्रहरु हुन् । वस् केही सर्जकहरुका स्वार्थीपनबाट भने दिक्क भइन्छ ।

६. साहित्यको क्षेत्रमा पनि राजनीतिक क्षेत्रमा जस्तै अस्वस्थ प्रतिस्पर्धा छ भनिन्छ नि ? यस बारे तपाईंको विचार ?
– अबस्य छ, यो सब राजनीतिक धारका कारणबाट भएको हो । पार्टीको झोला बोकेर तथा पार्टीको कोटाबाट बनेका साहित्यकार तथा साहित्यले अरु के नै गर्न सक्छ र ? मेरो विचारमा साहित्यकार सँधै सत्ताको विपक्षमा उभिएर उनीहरुलाई सजग गराउँनुपर्छ जस्तो लाग्छ । तर, हाम्रोमा यसको उल्टो छ । अनि जनमानसले साहित्य तथा साहित्यकारलाई नपत्याउँने कारण यो पनि हो ।

७. काभ्रेली साहित्यको वर्तमान अबस्था र भावी दिनको आँकलन कसरी गर्न सकिन्छ ?
– काभ्रेली साहित्यको वर्तमान अवस्था अत्यन्त राम्रो छ । साप्ताहिक पत्रिकाहरुले पनि साहित्यलाई माया गरेका छन् । नयाँ साहित्यकारहरु उदाउने क्रम जारी छ । यो राम्रो पक्ष हो । अर्को कुरा एउटा साहित्यकारले अर्को साहित्यकारलाई माया र सम्मान गर्नसके झन सुनमा सुगन्ध हुने थियो । आजकल साहित्यमा स्वार्थीपनको बढी नै हावी भएको देखिन्छ । म यही भन्न चाहन्छु कि तपाई साहित्य लेख्नु हुन्छ भने स्वार्थबाट माथि उठेर लेख्नुस, समाज बदल्न लेख्नुस्, राजनीतिज्ञहरुलाई मार्गनिर्देशन गर्ने बाटो बनाउँनुस् । यति भयो भने हामीले लेखेको साहित्यले सबैको सम्मान पाउँन सक्छ ।

८. तपाईको नेतृत्वमा काभ्रेली साहित्य समाजका धेरै गतिविधि अघि बढेका थिए अहिले त्यो समाज कहाँ छ ? काभ्रे जिल्लामा च्याउ झै साहित्यिक संघ सस्था खुलेका छन नि ? तिनीहरुको भुमिकालाई कसरी लिनुभएको छ ?
– हामीले काभ्रेली साहित्य समाज खोलेका थियौ । अहिले यो संस्था सुसुप्त अवस्थामा छ, हामीले केही नयाँ र राम्रा कामहरुको थालनी गरेका थियौ । अबका दिनहरुमा हामी पुनः सक्रिय हुन्छौ । अर्को कुरा साहित्यिक संघसंस्था खुल्नु नराम्रो होइन । साहित्यको संवृद्धिका लागि नै खुलेका हुन् । अक्षरको सेवाका खातिर खुलेका हुन् । तर त्यहाँ फोहोरी खेल हुनु भएन । साहित्यलाई व्यापारमा परिणत गर्नु भएन । विशुद्ध साहित्यको सेवामा रहने संस्थाहरु जतिनै भए पनि केही हुन्न ।

९. यहाँको साहित्यमा प्रबेश कवितावाट आरम्भ भएको देखिन्छ । मुक्तक, नियात्रा, लघुकथामा पनि कलम चलेको पाइन्छ । समिक्षामा पनि कलम उत्तिकै चल्छ । अब यहाँको कुन बिधाको कृति आउदैछ ?
– मैले माथि नै उल्लेख गरिसकेको छु । मेरा दुई कृतिहरु कविता र नियात्रा तत्कालै प्रकाशनमा आउँदैछन् । म साहित्यकार होइन साहित्यसेवी हुँ । मैले पढेका कृतिहरुलाई लेखोटको रुपमा राखेकोमात्र हुँ । समय मिलेसम्म म साहित्यका हरेक विधामा लेख्ने गर्छु । तर मलाई लेखनीमा आनन्द चाहिँ कविता विधामै हुन्छ ।

१०. अन्त्यमा ,के भन्न बाँकी भए ?
– स्वार्थी साहित्य नलेखौ । पुरस्कार सम्मानलाई लेनदेन नगरौं । साहित्य लेख्नेले आफ्नो चरित्र पनि स्वच्छ राखौं । एकले अर्कालाई सम्मान दिन सिकौ । पुस्तकहरु धेरै पढौ र थोरै लेखौ तर गुणस्तरमा ध्यान दिएर लेखौ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अन्तरबार्ता सम्बन्धि थप
  • भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

    भ्रष्टाचार विरुद्ध जनमत तयार पार्नु ३ महिने अभियानको दायित्व पनि हो

  • Post Thumbnail

    जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूको सम्बन्ध न· र मासुको जस्तो छ, पाँचखालमा जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका छौं

  • जिल्लाका सबै नगरपालिकाको भन्दा न्यून बेरुजु पाँचखालमा

    जिल्लाका सबै नगरपालिकाको भन्दा न्यून बेरुजु पाँचखालमा

  • विज्ञ, दक्ष र अनुभवी कर्मचारीको अपर्याप्तता रहेको छ

    विज्ञ, दक्ष र अनुभवी कर्मचारीको अपर्याप्तता रहेको छ

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0