Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

टुक्का कविता संक्षिप्त परिचय

प्रभातफेरी अनलाइन ६४७९ पटक पढिएको प्रकाशित मिति: २०७८ पौष १६, शुक्रबार (४ साल अघि)
टुक्का कविता संक्षिप्त परिचय

ताराप्रसाद चापागाईं, धुनिबेसी

१. परिचय
टुक्का कविता अक्षर संख्या बराबर गरेर तुक् (अन्त्यानुप्रास) मिलाएर दुई हरफमा पूर्ण हुने गरि लेखिने नेपाली मौलिक प्रयोगवादी लघुत्तम नवकाव्यिक विधा हो । यसमा पहिलो हरफमा विषयको उठान, विस्तार र दोस्रो हरफमा समर्थनसँगै समापन गरिन्छ ।
२. टुक्का शब्दको अर्थ
टुक्का शब्दले विविध अर्थ हेर्ने हो भने बृहत् नेपाली शब्दकोशका अनुसार तुक् शब्दको अर्थले शास्त्रीय पद्य रचनाका प्रत्येक पाउका अन्त्यमा पद वा अक्षरको समान आवृत्ति वा एकता, अन्त्यानुप्रासको एक रूप, तर्क वा बुद्धिसहितको सहमति वा सङ्गति, तुक्का भन्ने बुझाउँछ भने तुक्का शब्दले तुकबन्दीयुक्त पदावलीलाई बुझाउँछ । त्यस्तै टुक्का शब्दले अन्त्यानुप्रास मिलेका कविता वा गीतको सानो अंशलाई बुझाउँछ । साथै अभिव्यञ्जनापूर्ण टुक्रे वाक्य वा वाक्यपद्धतिलाई बुझाउँछ । कोशीय अर्थमा मात्र नभई यहाँ प्रयुक्त टुक्का कविता कुनै गीत वा कविताको अंश होइन । यो त दुई पङ्ति भएर नि आफैँमा पूर्ण तुकबन्दीयुक्त अनुभूतिको एक झट्का कविताको लघुत्तम रूप हो ।
विधागत प्रवर्तनका हिसाबले हेर्दा टुक्का कविता विशुद्ध नेपाली माटोमा मौलिक शैलीमा हुर्किँदै गरेको नेपाली कविताको एउटा सुन्दर रूप हो । लघुत्तम संरचनामा आउने टुक्का कविताले भावको एक झिल्कोदेखि सिङ्गो सङ्कथनलाई बहन गर्ने उच्च क्षमता राखेको हुन्छ ।
३. टुक्का कविताको संरचनात्मक स्वरुप/आधारभूत सिद्धान्त ः
(क) टुक्का कविता नेपाली माटोमा हुर्किएको सरल एवं मौलिक कविता विधा हो ।
(ख) टुक्का कविताको संरचना
(१) बाहिरी संरचना अन्तर्गत टुक्कामा जम्मा दुई हरफ हुन्छन् । यसका दुई हरफमध्ये पहिलोलाई आद्य पङ्क्ति र दोस्रोलाई अन्त्य पङ्क्ति वा अन्त्य हरफ भनिन्छ । दुवै हरफमा अक्षर संख्या समान हुनुपर्छ । अक्षर संख्याको हकमा एक हरफमा कम्तीमा ५ अक्षरदेखि बढीमा २७ अक्षरसम्म (जसले परिपूर्णता देओस्) राख्न सकिन्छ । टुक्काको दुवै हरफको अन्तमा तुक (अन्त्यानुप्रास) मिलेको हुनु पर्ने छ । शब्दानुप्रास तथा एकाक्षरी तुकान्त मान्य हुने छैन साथै अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ ।
(२) टुक्काको भित्री संरचना अन्तर्गत टुक्का आफैँमा अर्थपूर्ण हुनुपर्ने । कविताका गहना अलङ्कार, छन्द, विम्ब, प्रतीक, शब्द शक्तिका साथै विविध प्रयोगपूर्ण कलात्मक सिर्जना हुनुपर्छ ।
(ग) टुक्का कवितालाई मुख्य स्वच्छन्द टुक्का र छन्द टुक्का गरी दुई भागमा वर्गिकरण गरिएको छ ।
(घ) शब्दको पूर्णताभन्दा पनि भावको सघनता, तीव्रता र प्रभावकारी एवम् कलात्मक रचना हुनुपर्छ । दुवै हरफमा परस्पर सम्बन्ध प्रगाढ हुनुपर्छ ।
(ङ) पहिलो हरफमा विषयको उठान, विस्तार र दोस्रो हरफमा समर्थनसँगै समापन गरेको हुनुपर्ने । साथै दोस्रो हरफमा मूलभाव उत्कर्ष वा परिपाकमा पुगेको हुनुपर्छ ।
(च) टुक्का कविता सृजना गर्ने व्यक्तिलाई टुक्काकार भनिन्छ ।
(छ) सकेसम्म गहकिला, थोरै शब्दमा वजनदार, रसिलो, कसिलो र चोटिलो शब्दावलीको प्रयोग गरी लेख्न सकिने तर समान अर्थ दिने एउटै शब्दलाई पटक पटक दोहोर्याउनु उचित मानिदैन ।
(ज) भाषिक शुद्धतालाई ध्यान दिनुपर्ने । नेपाली भाषामा लेखिएको टुक्कामा सकेसम्म ठेट नेपाली शब्दहरुको प्रयोग गरिन्छ । टुक्का नेपाली मौलिक साहित्य विधा भएता पनि यो जुनसुकै भाषामा पनि लेख्न सकिन्छ ।
(झ) टुक्का जुनसुकै विषयमा पनि लेख्न सकिने तर धार्मिक, सांस्कृतिक, सामाजिक, व्यक्तिगत संस्कार तथा स्वतन्त्रतामा असर पर्ने गरी टुक्काहरू लेख्न पाइने छैन ।
(ञ) टुक्कामा आवश्यकता अनुसार अल्पविराम, पूर्ण विराम, प्रश्नवाचक, विस्मयादिबोधक आदि चिह्नहरूको प्रयोग गर्नु पर्दछ ।
(ट) टुक्का कविताले अन्ततः वाचनबाटै पूर्णता पाउने हुँदा टुक्का कवितामा अक्षर गणना गर्दा लेखन तथा उच्चारण दुवैका आधारमा मान्य हुने तर समानता रहनुपर्छ ।
(ठ) टुक्का कविता वाचन गर्दा पहिलो वा दोस्रो हरफ मध्ये कुन बढी चोटीलो छ त्यसलाई मात्र वा दुवै हरफलाई दोहो¥याएर वाचन गर्ने गरिन्छ ।
टुक्का
मनभित्र गुम्सिएका भाव पोख्छु कलमले
भित्रि चोट निको हुन्न बाहिरिया मलमले ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0