Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गुरु ज्ञानकाजी र “म्हांहफः”

प्रभातफेरी अनलाइन १२१० पटक पढिएको प्रकाशित मिति: २०७८ पौष २७, मंगलबार (४ साल अघि)
गुरु ज्ञानकाजी र “म्हांहफः”

प्रल्हाद शर्मा हुमागाईं

आजभन्दा झण्डै १८÷२० वर्ष अघिको कुरो हुनुपर्छ, मोहन दुवाल गुरुले एउटा जिम्मेवारी दिनुभयो । त्यो जिम्मेवारी पूरा गर्ने क्रममा मेरो गुरु ज्ञानकाजी मानन्धरसँगको पहिलो भेट, जब ढोकामा पुगेर घण्टी दिएँ, गुरुले बार्दलीबाट हेर्नुभो र आफैं तल आउनुभयो । खिसिक्क हाँस्दै “म्हांहफः” शब्द मेरा लागि कहिल्यै नबिर्सिने एउटा प्रेरणाको स्रोत बन्यो ।
जुन शब्द आज पनि मेरो मानसपटलमा ठोकिरहन्छ । शिक्षा र संस्कृतिका धरोहर बनेपाको मात्रै नभई सिंगो नेपालकै एक ज्ञानका भण्डार भनेर चिनिनुहुने व्यक्तित्व काभ्रेली साहित्यिक स्रष्टाहरु मोहन दुवाल, केदारनाथ प्रधान जस्ता होनहार व्यक्तित्वका आदरणीय गुरु जसले त्यतिबेला नै अंग्रेजीमा स्नात्तक पास गरेर शिक्षाको क्षेत्रमा एउटा इतिहास रच्न पुग्नुभएको पाइन्छ ।
२०१४÷०१५ सालतिर आजाद माध्यमिक विद्यालयमा अंग्रेजी पढाउने अब्बल शिक्षक भनेर आफूलाई स्थापित गर्न सफल पात्र हुनुहुन्थ्यो आदरणीय गुरु ज्ञानकाजी मानन्धर । उहाँका बारेमा तत्कालिन काभ्रे क्याम्पस प्रमुख आशाकाजी सेवकबाट पनि केही जान्ने अवसर मिलेको थियो । उहाँका बारेमा जति नै कलम चलाउँदा पनि अपुरै हुन्छ । शिक्षा क्षेत्र होस् या संस्कृतिक क्षेत्र । शिक्षा क्षेत्रका साथै संस्कृतविद्का रुपमा आफूलाई भूगोलमा मात्र चिनाउनु भएन, सिंगो राष्ट्रियस्तरमा समेत स्थापित गराउने सफल व्यक्तित्वका बारेमा केही कोर्न खोज्नु मेरा लागि अल्प ज्ञान नै भन्न पछि पर्दिनँ । फेरि पनि उहाँका बारेमा जे–जति अध्ययन गर्ने अवसर पाएँ, त्यसलाई लिपिबद्ध गर्ने जमर्काे भने गर्नेछु ।
शिक्षासेवी, संस्कृतिविद् ज्ञानकाजी मानन्धर आज ८८औं बसन्तमा आइपुग्दा पनि यो क्षेत्रप्रतिको लगावमा कुनै किसिमको कमी भेटिदैन । जसका कारण नयाँ पिढिँहरुका लागि एउटा प्रेरणाको धरोहर नै मान्नुपर्छ । आजाद माध्यमिक विद्यालय बनेपादेखि शारदा माध्यमिक विद्यालय हुँदै चैतन्य माध्यमिक विद्यालय, चैतन्य क्याम्पससम्मको लगानी एकातर्फ छ भने तत्कालिन अवस्थामा प्रौढहरुका लागि खोलिएको प्रौढ शिक्षा निकेतन बनेपाले ल्याएको परिवर्तन जसले स्कूले जीवनबाट टाढा रहेका तर केही सिक्न पाए हुन्थ्यो भन्ने वर्गका लागि दिएको सञ्जीवनी बुटि, यसले यथार्थमै भन्नुपर्दा व्यापारिक नगरी बनेपाका सबै जनका गुरु बन्ने सु–अवसर जो–कोहिलाई मिल्दैन । त्यो अवसर आदरणीय गुरु ज्ञानकाजी मानन्धरलाई नै मिल्नुले पनि उहाँको शिक्षा क्षेत्रको योगदानका बारेमा चर्चा गरिराख्न पर्छ जस्तो लाग्दैन ।
अर्काेतर्फ संस्कृतिविद्का रुपमा नेपालकै पहिचान दिन सफल धरोहर ज्ञानकाजी मानन्धर जसले थुप्रै नेपालभाषा सम्बन्धी किताबहरु लेखन तथा प्रकाशित गर्न पुग्नुभएको छ । यसले मातृभाषाको महत्वलाई उचाईमा पु¥याएको त्योसँग सम्बन्धित सरोकारवाला व्यक्तिहरुले बेला–बेलामा गर्ने चर्चाले पनि पुष्टि गर्दछ । जसले नेपालभाषाको क्षेत्रमा गहिरो दखलका साथै विभिन्न सामाजिक अभियन्ताका रुपमा आफू अग्र भागमा स्थापित मात्र गराएन, एउटा प्रेरणाको स्रोतको हैसियतमा समाजको एउटा नमूना नै बनिदियो । उहाँका कृतिहरुलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा पछिल्ला स्रष्टाहरुले स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नुले पनि उहाँको योगदान कति छ भनेर मापन गर्ने अवस्था रहन्न । स्रष्टाहरुले जुन किसिमको अतुलनीय भूमिका खेलेर दस्तावेजको रुपमा स्थापित गरेका विभिन्न तथ्यहरुका बारेमा अध्ययन गर्ने हो भने नयाँ पिढिँका लागि एउटा गन्तव्य बन्नेछ । नेपालको पहिचानसहित नेपालभाषामा प्रकाशित कृतिहरुलाई रसियन भाषामा अनुवाद गर्दै मस्कोमै विमोचित हुने अवसर जुन कृतिहरुलाई जुट्नुले पनि नेपालीको पहिचान र प्रवद्र्धनका लागि कति योगदान पुगेको छ भन्ने बारे तत्कालिन रसियन राजदूत हिरण्यलाल श्रेष्ठ र अनुवादक कृष्णप्रकाश श्रेष्ठको योगदानले पुष्टि गर्दछ । जसले नेपाली कृतिलाई विश्वसामु स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्न पुग्नुभयो । जुन कृति अरु कसैको थिएन । उनै अनुकरणीय व्यक्तित्व शिक्षा एवं संस्कृतविद् ज्ञानकाजी मानन्धरकै थियो ।
उहाँका कृतिहरु रसियन भाषामा मात्र नभई अंग्रेजी भाषामा समेत अनुवाद भएर प्रकाशित भएको तथ्य हाम्रा सामु छन् । जसलाई संस्कृतविद् सत्यमोहन जोशीले उच्च प्रशंसा गर्दै सम्मान समेत गर्नुभएको छ । त्यस्तै ज्ञानकाजी मानन्धरको लेखनका साथै सामाजिक संघसंस्थाप्रतिको रुचि उहाँको संलग्नताले पुष्टि गर्दछ । नेपालभाषा एकेडेमीका प्राज्ञका रुपमा आज पनि यथावत् हुनुहुन्छ । यता नेपालभाषा आन्दोलनका राष्ट्रिय अनुयायीहरु श्यामसुन्दर सैंजू, पूर्ण वैद्य, प्रतिशरा सायमी, डा. योगेन्द्र प्रधान, आनन्द जोशी सम्मको योगदानसँग चर्चा भइरहँदा चण्डेश्वरी स्त्रोत र धनेश्वरी स्त्रोतका लेखिका जगत् केशरी, जसले ४ सय वर्ष पहिल्यै प्रकाशित कृति जो आज पनि प्रत्येक बनेपालीहरुको प्रत्येक साँझ पाठ गर्ने परम्पराका रुपमा स्थापित छ । जसलाई लेखिकाले वार्णिक छन्दको खण्डकाव्यका रुपमा चर्चा गर्नुभएको छ । यसले पनि प्राज्ञ एवं संस्कृतिविद् ज्ञानकाजी मानन्धरको बारेमा चर्चा परिचर्चाले कति महत्व राख्दछ भन्ने बारेमा उल्लेख गर्नैपर्छ भन्ने कुनै निचोड देखिन्न । किनकी पात्र आफैंमा स्वर्णिम रुपमा स्थापित छन् ।
सामाजिक क्षेत्रका अभियन्ताको अर्काे रुप यस क्षेत्रमा जेसिजका संस्थापकका रुपमा आज पनि उत्तिकै चर्चा कमाउन सफल पात्र हुन् ज्ञानकाजी मानन्धर । उहाँकै योगदानबाट बनेपाले जेसिज भवन समेत पाएको थियो । कालान्तरमा आएर आज उक्त स्थान नेपाल बनेपा प्राविधिक महाविद्यालयको स्वरुपमा परिणत हुँदै प्राविधिक शिक्षालयको रुपमा स्थापित भूमि बन्न पुगेको छ । त्यस्तै काभ्रे बहुमुखी क्याम्पस सञ्चालक समिति सदस्यमा आज पनि रहनुले उहाँको योगदानका बारेमा कोर्ने कुनै शब्द शब्दकोषमै छ र ! भन्ने लाग्छ । त्यसैले अग्रज व्यक्तित्व ज्ञानकाजी मानन्धरको योगदान कति त अभिलेखमा नअटेका थुप्रै छन् भन्ने उहाँका सहपाठीहरु बताउँछन् । चैतन्य माध्यमिक विद्यालयदेखि चैतन्य क्याम्पस सम्मका लागि उपलब्ध गराएको आजको जग्गाको मूल्य तुलना गर्न सकिन्न । त्यस्तै क्याम्पस स्थापनाका लागि उहाँले खेल्नुभएको भूमिकाका बारेमा आजसम्म पनि ओझेलमै छ भने रामभक्त स्मृति कोष, केदारनाथ स्मृति कोषको सल्लाहकार, प्रतिभा सम्मान प्रबन्ध गुठीको कोषाध्यक्ष सम्मको योगदानका बारेमा चर्चा गर्न पछि पर्नुले शिक्षा तथा संस्कृतिविद् ज्ञानकाजी मानन्धरका बारेमा कोट्याउने जमर्काे मात्र हुनेछ भन्ने निचोडमा यो पंक्तिकार पुगेको भान हुन्छ । आशा छ, यस्ता धरोहरबाट यस क्षेत्रमा लाग्ने नयाँ पिढिँहरुले केही न केही सिक्नुहुनेछ भन्ने अपेक्षाका साथ प्राज्ञ एवं संस्कृतिविद् गुरु ज्ञानकाजी मानन्धरप्रति साधुवाद ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0