Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जिन्दगीका तीन फरक हिरासतको अनुभूति

प्रभातफेरी अनलाइन २९६७ पटक पढिएको प्रकाशित मिति: २०७८ फागुन १७, मंगलबार (४ साल अघि)
जिन्दगीका तीन फरक हिरासतको अनुभूति

डम्बर थामी “अनुपम”

विस्मृतिका पानाहरु पल्टाउन खोज्दैछु । वेदनाका पत्रहरु केलाउन खोज्दैछु । चराका तानाहरु र पिडाका गानाहरु पोखाउन खोज्दैछु । जीवन भनेको वेगले बत्तिने हूरी जस्तै रहेछ । हुरिका झोक्काहरु पहाडका थुम्का थुम्कामा ठोकिए जस्तै जीवनका वेगहरु पनि अजनवी पहाडका थुम्काहरुमा ठोक्किने रहेछ । कतै स्वदेशको पहाडमा त कतै विदेशको पहाडमा । एकबारको जूनिमा सामान्य जीवनयापन गर्न पनि धौ–धौ पर्ने अबस्था आउँदो रहेछ । यस्तै यस्तै भावविभोर र मर्मविभोर भावभूमिमा रहेर जीवनका केही तीतामीठा अनुभूतिहरुलाई पोखाउन लागिरहेको छु ।
जीवन एउटा पाठशाला रहेछ । हजारौं कुराहरू सिद्धान्त र व्यबहारबाट सिक्नुपर्ने । जीवन एउटा हुर्हुर्ती आगो बल्ने भट्टी रहेछ । अनगिन्ती भोगाइहरुबाट खारिनुपर्ने । जीवन र जगत बदल्न भनेर १७ वर्षकै अल्लारे उमेरमा बन्दुक बोकेर मुक्तिको लागि झन्जावात र चक्रवाततिर हुत्तिएको हिजो जस्तै लाग्छ । शरीरमा गोलीका छर्राहरु बोकेर रगत छाद्दै छाद्दै दौडिएको पनि हिजो जस्तै लाग्छ । हजारौं युद्धहरुमा ज्यानको बाजी थापेर लडेको पनि हिजो जस्तै लाग्छ । जनप्रतिरोध र जनयोद्धाहरुको संगठित बलले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको पनि हिजो जस्तै लाग्छ । यति ठूलो परिवर्तनको पक्षमा लड्दा पनि आफ्नो जिन्दगी परिवर्तन नहुँदा सीमित मान्छेहरुको मात्र घर व्यवहार र जिन्दगी परिवर्तन हुँदा यो हृदयमा आगो बलेर आउँछ । हामीले हाम्रो मातृपार्टीसँग झोलाभरि पैसा मागेका थिएनौं । केवल काम गरी खाने ठाउँ देखाउ भनेका थियौं । यी सबै कुराहरु निकम्मा र बेकम्मा भए । उत्पादन बृगेडको योजना पनि योजनामा मात्रै सीमित भयो । यसको कार्यविधिले मूर्त रूप लिन सकेन । यी सब कुराहरुलाई छाडेर आफ्नै खुट्टामा उभिएर जिन्दगी जीउने सपनालाई साकार पार्न जसोतसो अगाडि बढ्ने कोशिश गरेको छु । यो नै जिन्दगीको एउटा महान लक्ष्य बन्न पुग्यो भन्ने लाग्छ । देशको कुरा त एकातिर छँदैछ ।
स्वदेशमै केही गरौं । एक थोपा पसिना चुहाए पनि आफ्नै देशको माटाको डल्लामा चुहाऔं भन्ने उद्वेग बोकेर केही व्यबसायिक काम गर्ने जमर्को गरें । तर केही अवसरवादीहरुले मलाई नराम्रोसँग प्रयोग गरे । केही पदलाभ र धनलाभ गरे । म त चारै कुनामा बारम्बार ठोकिरहने गोटि जस्तै बनें । सधैं अर्काको स्वार्थको लागि मात्र गोटि बन्ने कुराले साध्य भएन । नयाँ साहुको हिरासतमा परे जस्तै अनुभूति भयो । अनि बाध्य भएर फेरि एउटा पासपोर्ट बोकेर त्रिभुवन विमानस्थलबाट सयौं ज्यामी माहूरी जस्ता भर्भराउँदा यूवाहरुको लामसँगै मिसिंदै अजनवी आकाशमा उडें । आकाशमा उड्दा लाग्थ्यो देशै कतै अन्तै उडिरहेको छ । देशको स्वतन्त्रता र स्वाधीनता पनि कतै उडिरहेको छ । यस्तै कल्पना गर्दै गर्दै नीला नीला समुद्रमाथि तैरिंदै यो पराईभूमीमा पाईला टेकेको छु । यो पराईभूमिमा गगनचुम्बी महलहरु, भूमीगत ट्रेनहरु, फराकिला बाटाहरु, सुन्दर सुन्दर पाटाहरु, वातानुकुलित घरहरू, सुबिधासम्पन्न शहरहरु, कहिल्यै पूरा नहुने रहरहरु, यस्तै यस्तै छ यो पराईभूमीमा । छेउमा नीला नीला विशाल समुद्रहरु । छिचिमिरा झैं सवारी साधनहरु । लाग्छ स्वर्गको एक टुक्रा यतै कतै खसेको जस्तो । ढोका खोल्न पनि ब्अअभकक ऋबचम को प्रयोग गर्ने यो दुनियाँमा नितान्तै नौलो अनुभूति भएको छ । तर मेरो निम्ति यी सब बेकम्मा हुन् । मैले मेरो ड्युटी त्यही कारखानाको मेसिनसंगै दाँजिएर सुत्ने समय बाहेक काम गरिरहनुपर्छ । कहिले दिन हुन्छ, कहिले रात हुन्छ ! यो शहरमा छुट्ट्याउन गा¥हो छ । कोही खेतबारीमा काम गरिरहेका हुन्छन । कसैले घोडा पालन, कसैले गाई पालन, कसैले बंगुरपालन, कसैले कुखुरापालन फार्महरुमा साहुको हिरासतमा बसे जस्तै जिन्दगी बिताइरहेकाछन् । संसारै यी सीमित घेराभित्र कैद भएकाछन । जिन्दगी नजरबन्दमा परे जस्तै छ । मैले पनि यही अनुभूति गरेको छु ।
वर्ग संघर्षको उच्चतम घडीमा धूलिखेल सदरमुकाम रेक्की गर्न जाँदा उल्टै आफैं गिरफ्तार परेर हिरासतमा परेको थिएं । हिरासतको अमानवीय यातना जस्तै यहाँ साहुले यातना दिईरहन्छ । हप्कीदप्की गरिरहन्छ । सधैं उसको आम्दानी र खुशीको लागि मात्र सोचिरहनु पर्ने हुन्छ । पुलिस हिरासतमा हुंदा जहिले पनि साप भन्नुपथ्र्यो । र भात पकाउने पिपालाई पनि साप भन्नु पर्थ्यो भने यहाँ गधालाई पनि बोस भन्नु पर्ने रहेछ । दया, माया, भावना, प्रेम, नातागोता, कुलकुटुम्ब, इष्टमित्र सबै साहुका मात्रै छन । हामी त केवल नीर्जिव ढुंगा हौं । कामको समयमा कहिलेकाहीँ त बेहोस भएर ढलिने अबस्था आउँछ । केही वास्ता हुँदैन । हिरासतमा पैतालामा लठ्ठी वर्षाएपछिको जुन अवस्था हुन्छ । यहाँ काम गर्दा पनि त्यस्तै अवस्था हुन्छ । सम्झंदा पनि धिक्कार लाग्छ । हामीले पठाएको रेमिटेन्समा बुर्कुसी खेल्ने देशका नीति निर्माताहरुलाई । कहिले मुक्त होला भ्रष्टाचारको महारोगबाट देश । यस्तै यस्तै अनगिन्ती अनुभवहरु संगालीरहेको छु यो पराईभूमीमा ।
१० वर्षे जनयुद्धमा मुक्तिसंग्रामको हिरासत, साथमा दुश्मनको कालकोठरी । शान्ति प्रक्रियामा यु एन ओ को छाप लागेको बन्दुक कुर्दै क्यान्टोनमेन्टको अघोषित हिरासत । अहिले पराईभूमीमा साहुको हिरासतमा शरीरभरि युद्धका उपहार गोलीका छरै छर्रा बोकेर साहुको हिरासतमा जिन्दगी गुज्रिरहेछ । आशा छ यिनै हिरासतका संगीनमय मोडहरुबाट मेरो जिन्दगीमा बिहानीको रातो घाम झुल्कीने छ ।
यो जिन्दगी गुज्रिदैंछ हिरासतै हिरासतमा ।
तर गौरव छ है इतिहासको विरासतमा ।।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0