प्रकाश पाठक योगी
छन् छट्पटाउँदै ती आत्माहरू अनेकौं
देख्दैछु प्यारमा झन् बाधाहरू अनेकौं !!
जानेहरू हृदयमा भाला रोपेर जान्छन्
टालौं म के गरेर खाटाहरू अनेकौं ?!!
ए याद बुझ्न केही छाती चिरिन्छ सम्झी
नबढा हजार दिलमा चाहाहरू अनेकौं !!
केही कदम चलाई धावक बने नसम्झ
ढुंगामा जुध्न छन् पैतालाहरू अनेकौं !!
चाल्नुस् कदम सोचेर अबलाहरू सफरमा
भौतारिदै हिँडेछन् प्यासाहरू अनेकौं !!
लाचार जिन्दगीको टुंगो कहाँ हुने हो
झन् झन् थपिन्छ मनमा तीर्खाहरू अनेकौं !!
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |