Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सुन्दर मूर्तिका सुन्दर कलाकार ः ठाकुरप्रसाद मैनाली

प्रभातफेरी अनलाइन ४९७ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र ८, मंगलबार (४ साल अघि)
सुन्दर मूर्तिका सुन्दर कलाकार ः ठाकुरप्रसाद मैनाली

मोहन दुवाल
(वरिष्ठ साहित्यकार)

काभ्रे जिल्लाको वाल्टिङ गाउँमा वि.सं. १९९१ असार ७ गते जन्मेका ठाकुरप्रसाद मैनालीले आधुनिक अमूर्त मूर्तिकलामा आफ्नै गरिमा र अस्मितामात्र छोडेनन्, नेपालकै मूर्तिकलाको आधुनिक इतिहासमा धरोहर भई सेवा पु¥याएको देखिन्छ । फरासिलो स्वभावका मैनालीले मूर्तिकलाको इतिहासमा थुप्रै खालका मूर्तिहरुको सिर्जना र स्थापनाबाट आफ्नो परिचय सर्वाजनिक गराउनुका साथै थुप्रै सामाजिक संघ–संस्थामा रहेर देश र जनताकै सेवामा पनि यिनी समर्पित रहेको सन्दर्भहरु चर्चा गर्न लायकका छन् । ८६ वर्षको उमेरमा पनि काठमाडौंस्थित रातोपुल, सिफलमा आफ्नो दिनचर्या र कला–कर्म देखाउँदै आएका यिनी कलाकार छोरा लय मैनालीको कलाकारिता देखेर दङ्ग छन् । आफ्नै बाटोमा छोराको प्रवेश गराउन पाउँदा गौरव गर्न रुचाउने यिनी मूर्तिकलाका देखिंदा शिखर–व्यक्तित्व हुन् । आफ्नो जीवन–क्रममा थुप्रै उल्लेखयोग्य मूर्तिहरु सरकारी भवन अगाडि ठड्याउन लागिपरेर आफ्नो मूर्ति–शिल्पहरुको पहिचान देखाउन सफल यिनी मूर्तिकलाका उदाहरणीय नाम हुन् । शैक्षिक क्षेत्रमा, सामाजिक कृयाशीलतामा, कलात्मक कार्यमा र आध्यात्मिक भावनामा लाग्न पाएर सुखानुभूति मनमा राख्दै आएका यिनी काभ्रेमा जन्मेका तर राष्ट्रियस्वरुप बनाउन सफल कलाकार हुन् ।


राष्ट्र र राष्ट्रिय एकतालाई प्रतिबिम्बित गर्ने सृजनामा सङ्लग्न यिनी मूर्तिकलाको परिभाषामा आफ्नो विचार यसरी राख्छन् – “कलाकारले आफ्नो स्वतन्त्र भावनालाई कुनै पनि माध्यमको सतहलाई औजार वा हातद्वारा उठाएर आकृति बनाएको वा डल्लो, लाम्चो, चेप्टो कुनै पनि प्रकारको आकृति भएको माध्यमलाई काटेर, थपेर र ढलानद्वारा पनि चारैतर्फबाट हेर्न पाउने गरी बनाएको त्रि–आयामिक आकृतिलाई मूर्तिकला भनिन्छ ।” यसै सन्दर्भमा यिनी ‘कस्तो कलालाई उत्कृष्ट मान्नुहुन्छ ?’ भन्ने जनमतको प्रश्नमा लेख्ने गर्छन्– “शुद्ध भावनाले अभिव्यक्त भएको, मौलिक माध्यमको गुनलाई समेत मान्यता दिई जुन शैलीमा कला सृजना भएको छ, त्यसको दर्शन प्रष्ट्याइएको कलालाई म उत्कृष्ट कला मान्छु ।” युरोपियन कलाकारहरुमा हेनरी मुर, ब्रान्कुसी, ज्याकोमिति र इण्डियन कलाकारमा प्राध्यापक शंखु चौधरी यिनलाई प्रभाव छोड्न सफल कलाकारहरु हुन् । (अन्तवार्ता– जनमत मासिक २०५४ मार्ग, पूर्णाङ्क (५६) ।
कोलम्बो प्लान अन्तर्गत छात्रवृत्ति पाएर २०१२ सालमा नै भारतमा काष्ठकलाको अध्ययन गर्न गएका यिनले उच्च श्रेणीमा उत्तीर्ण गरे र २०१४ सालमा मूर्तिकला अध्ययन गर्न छात्रवृत्ति पाएर बरोदा पुगे । त्यहाँ यिनले ६ वर्ष अध्ययन गरेर ललितकला एकेडेमी र कला संकायबाट सफलता हासिल गरेमात्र होइन पुरस्कृत समेत भएको देखिन्छ । भारतबाट अध्ययन पूरा गरेर नेपाल फर्किएपछि २०२४ सालमा भृकुटीमण्डप उद्यान, काठमाडौंमा स्थापना गरेको ३५ फिट अग्लो ‘निर्माण’ नामको मूर्तिबाहिर स्थापना गरेका मूर्तिकलाहरुमा पहिलो मूर्ति हो । कला सृजना गर्न र कला–संस्थाको विकास गर्नमा तल्लीन यिनी पछि विभिन्न कालखण्डमा नेराप्रप्र (सदस्य, प्रज्ञा–सभासद्, २०५१, प्राज्ञ परिषद् २०६१) भएर सेवा गरेको देखिन्छ । ललितकला संस्था (२०२२), उपकुलपति (नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (२०६७) मा सेवा पु¥याइसकेका यिनी भारतबाट आयोजित ट्रिनाले अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा नेपालको तर्फबाट दुईपटक कमिस्नर भई भाग लिएको (२०३१–२०४३), अन्तर्राष्ट्रिय कला संस्था (पेरिस, फ्रान्स) को राष्ट्रिय समितिमा सचिव भई सेवा गरेको देखिन्छ ।
वि.सं. २०१९ सालदेखि एकल, सामूहिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा भाग लिंदै आएका यिनका थुप्रै मूर्तिकलाका सुन्दर कलाकृतिहरु भृकुटीमण्डप, कृषि विकास बैंक, दूरसंचार संस्थान, त्रिभुवन विश्वविद्यालय, कुलेखानी जलविद्युत, कृषिसेवा आयोजना केन्द्र, राष्ट्रिय कम्प्युटर केन्द्र, प्रहरी आवसीय विद्यालय, शिक्षण अस्पताल, हेटौंडा सिमेन्ट उद्योग, अन्तर्राष्ट्रिय दूरसञ्चार भवन, दीपेन्द्र सभागृह, कृषि क्याम्पस, इन्जिनियर अध्ययन संस्थान, अन्तर्राष्ट्रिय भू–उपग्रह केन्द्र, दूर संचार संस्थान, मस्र्याङ्दी जलविद्युत, सैनिक अस्पताल, वीरेन्द्र अन्तर्राष्ट्रिय केन्द्र, प्रहरी प्रधान कार्यालय, वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आफ्नो मूर्तिकला स्थापना गर्न सफल यिनका १००० वटाभन्दा बढी मूर्तिकला निर्माण भएको देखिन्छ । कलाकारका रुपमा थुप्रै सङ्घ–संस्था, कार्यालयबाट सम्मान, अभिनन्दन, पुरस्कार पाएका ठाकुरप्रसाद मैनाली नेपाली कलाजगत्मा उदाहरणीय नाम बन्न सफल व्यक्तित्व हुन् । ‘कला’ र ‘आकृति’ (ललितकला विषयका पत्रिका) सम्पादन गर्न समेत सक्रियता देखाइसकेका यिनी कलाजगत्का मूर्धन्य कलाकार मानिन्छ । कलाकार कुनै पनि राजनीतिक गुट–उपगुटबाट प्रभावित हुनुहुँदैन भन्ने मान्यता राख्दै आएका यिनी यसै सन्दर्भमा भन्ने गर्छन् – “राष्ट्र, राष्ट्रिय एकताको साथमा जुनसुकै व्यक्तिले खान, लाउन, बस्न पाई मनमा लागेका विचार बोल्न, लेख्न र छाप्न पाई मौलिक हकको पूर्णरुपमा उपयोग गर्न पाउने राजनैतिकवाद मलाई मन पर्छ ।”
सानो छँदा नै सामाजिक सेवामा रुचि राख्ने मैनालीले थुप्रै सामाजिक कार्यमा सक्रियता र तत्परता देखाएको पाइन्छ । उनले जीवनका थुप्रै क्षणहरुमा गाउँको स्कुलको विकास–निर्माणमा सेवा पु¥याउनुका साथै पछि त्रिविवि ललितकन्या क्याम्पसका विशेष समिति सदस्य भई सेवा गरेको देखिन्छ । ललितकन्या संस्थामा करिव १० वर्ष सदस्यसचिव भएका यिनी पेरिसस्थित अन्तर्राष्ट्रिय कला संस्थाको राष्ट्रिय समितिमा सदस्य सचिव, नेपाल बाल सङ्गठन केन्द्रीय समितिमा करीब ९ वर्ष सचिव, उपाध्यक्ष र अध्यक्ष, ललितकला क्याम्पसमा दक्ष मूर्तिकारका रुपमा ३ वर्ष सल्लाहकार, नेपाल चलचित्र संस्थान, बालकल्याण समन्वय समिति, हिमालय विद्यामन्दिर, शहीद स्मारक विद्यालय आदिजस्ता थुप्रै सामाजिक, शैक्षिक, धार्मिक सङ्घ–संस्थामा आफ्नो कार्यक्षमता देखाउँदै आएका एकजना प्रतिष्ठित कलाकार हुन् । जीवनका निकै उकाली, ओराली र घुम्ती पार गरिसकेका मूर्तिकार ठाकुरप्रसाद मैनालीले मूर्तिकलाको उन्नति र विस्तारका लागि, निकै कठिन यात्रा गरेको देखिन्छ । मूर्तिकलाको पहिचान समाज र देशलाई पुगोस् र मूर्ति बनाएर आर्थिक रुपमा सक्षम बन्न सकियोस् भनेर उनले निकै परिश्रम गरेर सरकारका कार्यालयहरुमा मूर्ति राख्न सफल भएका छन् ।
मूर्तिकलाको इतिहासमा नवीन परम्पराको थालनी गर्ने मैनाली कलाकै आधारमा छोरीहरु र छोरालाई उच्च शिक्षा दिलाएर, काठमाडौंमा घरजम गरेर, कतै पनि नोकरी नगरेर मूर्तिकलाको आधारमा मात्र जीवनयापन गर्न सक्षम पहिलो नेपाली मूर्तिकारका रुपमा आफूलाई स्थापित गरेर देशमा चिनाउन सफल छन् । साहित्यानुरागी भन्न मन पराउने, कलामा विशेष रुचि राख्ने, समाजको सेवा गर्न पाउँदा खुसी हुने र मूर्तिकलामा जीवन समर्पित गर्ने मैनालीका लागि राष्ट्रिय व्यक्तित्वहरुमा श्री ५ पृथ्वीनारायण शाह, गौतम बुद्ध र अरनिको हुन् । उनले यी व्यक्तित्वहरुमा मन पराउनाका कारणमा लेखेका छन्– “पृथ्वीनारायण शाहले नेपाल र नेपालीको अस्तित्व देखाउन जीउज्यान दिए, गौतम बुद्धले नेपाली भएर विश्वमा मानवतावादी दर्शन दिनका लागि आफूले सबै किसिमको त्याग देखाए र अरनिकोले देशको शिल्प र आफ्नो प्रतिभा विदेशमा सगौरव प्रस्तुत गरे । यिनै कारणले उनीहरु महान छन् । थुप्रै स्वर्णपदक, पुरस्कार, सम्मान, अभिनन्दन प्राप्त गरिसकेका ठाकुरप्रसाद मैनाली मूर्तिकलाका अगुवा हुन् । कलाको परिभाषामा उनी भन्छन् – “कुनै पनि कलाकार प्रगतिको पुत्र, समाजको सदस्य भएको हुनाले जुन बखतमा, जुन देशमा, जस्तो प्रकृतिमा त्यो कलाकार जन्मेको, बाँचेको र कार्य गरिरहेको हुन्छ, त्यसमा त्यसबाट उसलाई जे भावना उद्बोध हुन्छ त्यसलाई स्वतन्त्ररुपमा एउटा कलाकारले आफ्नो माध्यमको गुणलाई समेत ख्याल गरेर अभिव्यक्ति (वाह्य जगत्) को रुप र आन्तरिक चेतनामा उठेका उद्वेग र भावनालाई मूर्तरुप दिएपछि कला सिर्जना हुन्छ । तर जुनसुकै कला पनि पुरानै दर्शनको मान्यता अनुरुप नै जानुपर्छ ।” यस्तै भनाइ र दृष्टि बोकेर आफूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा कलाकारितामार्फत् चिनाउँदै आएका वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनाली काभ्रे जिल्लाका राष्ट्रिय कला–शिल्पी हुन् । यात्राका लागि शुभकामना छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0