Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र ११, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्वस्थ प्रतिस्पर्धा र राजनीतिक इमान्दारिता आजको आवश्यकता महसुस गरेको छु

प्रभातफेरी अनलाइन ३३५ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख १४, बुधबार (११ महिना अघि)
स्वस्थ प्रतिस्पर्धा र राजनीतिक इमान्दारिता आजको आवश्यकता महसुस गरेको छु

श्याम प्रसाद सेवाचार्य
युवा व्यवसायी

धार्मिक स्थलको रुपमा परिचित बनेपा नगरीको चण्डेश्वरीको काखमा २०३७, पिता रत्न प्रसाद सेवाचार्यको सन्तानको रुपमा यस धर्तीमा पाइला टेक्न पुगेका युवा व्यवसायी श्याम प्रसाद सेवाचार्य व्यवसायिक क्षेत्रमा स्पष्ट र स्वस्थ व्यवसायी गर्न मन पराउने अब्बल युवाको रुपमा आफूलाई स्थापित गर्दै आउनुभएका आइटीका प्रखर युवा जो १५ वर्षको उमेर देखि व्यवसायिक पेशामा लागियो हरेक गाउँ सहरसँग आत्मीयता जोड्दै आफ्नो व्यवसायलाई तल्लो बस्तीसम्म पु¥याउने क्रममा व्यवसायी, राजनीटिक तथा ब्यवहारीक कुराहरु सिक्ने मौका मिलेको आभाष व्यक्त गर्दै राजनीतिक जीवनलाई नचाहँदा नचाहँदै उपयोग गर्ने अवस्थामा जनता समाजवादी पार्टी नेपालको बनेपा नगरसँग साइनो जोड्न पुगेका युवा श्याम प्रसाद सेवाचार्य ।
जनता समाजवादी पार्टी नेपाल गठबन्धन हुनु भन्दा पहिला राष्ट्रिय जनता पार्टीसँग आबद्ध भएको स्मरण गराउने क्रममा आफू विधि, पद्धति र संस्कारको एउटा हिमायती पनि भएकोले कुनै पनि शुभ कार्य साइतबिना नगर्ने हाम्रो परम्परा भन्न पछि पर्दैनन् । उहाँले पार्टीको सदस्यता लिन पनि साइत जुराएरै लिएको बताउनुहुन्छ । उहाँको भनाइ अनुसार आफ्नो जन्मदिन पारेर पार्टी सदस्यता लिएको अविस्मरणीय क्षणका रुपमा लिनुहुन्छ । उनै धार्मिक एवं राजनीतिक पात्रका रुपमा स्थापित हुनै खोजेका सेवाचार्यसँग प्रभातफेरीका लागि प्रतिनिधि बिपशना शाक्यले गर्नुभएको भलाकुसारीलाई समय सान्दर्भिक भएर सारको रुपमा पाठकसामु राख्ने जमर्काे गरेका छौं । सं.

उम्मेदवारी दिनुभयो, के छ योजना ?
धन्यवाद आफ्नो तथा आफ्नो पार्टीको केही कुराहरु राख्ने मौका दिनुभएकोमा । अहिलेको अवस्थामा मलाई तपाईंहरुको बधाई भन्दापनि शुभकामनाको खाँचो रहेको महसुुस गर्दछु ।
तपाईंलाई नै पार्टीले टिकट किन दियो ?
पार्टीले बिश्वास गर्नु आफ्नो स्थानमा छ वडावासीले भनेको प्रत्येक उम्मेदवारको अघिल्लो आचरणलाई मध्यनजर गरि उसको बिगतको ब्यवहार बिगका कार्यहरुलाई औल्याउँदै कसलाई मत दिँदा स्थानिय तवरको विकास हुुन्छ र कसलाई दिँदा भ्रष्टाचारको सिकार हुन्छ भन्ने कुरा वडावासीहरुले बुझिसक्नु भएको छ । सोही आधारमा जानी बुझि मतदान गर्नु हुन्छ जस्तो लाग्छ साथै बिश्वास गर्ने नगर्ने वडावासीको हातको कुराहो हामीले मात्र जनेको बुझेको र गर्न सकिने कामको बिवरण प्रस्तुत गर्ने हो ।
के–के योजना लिएर जाँदै हुनुहुन्छ ?
वडाको आवश्यकता, गाउँ गाउँ टोल टोलमा दबिएर रहेको आवाजहरुलाई उजागर गर्न, सिमित क्षेत्रमा मात्र हैन वडाको हरेक कुना काप्चा सम्म बिकासको लहर पु¥याउन, पिछडिएर रहेका हरेक व्यक्तिलाई अगाडी ल्याउन, टोल टोलमा समाजवादको चेतना फैलाउन साथै स्वरोजगार तथा स्वाबलम्बी अभियानलाई सफल बनाउनका लागि मैले वडा अध्यक्षमा उम्मेदवारी दिएको छु ।
किन र ? गठबन्धन हुनुभन्दा बाहिरबाट उम्मेदवारी दिनुको कुनै कारण छ ?
धेरै छन् । राष्ट्रिय राजनीतिलाई तलसम्म लैजान नचाहेकै कारण मेरो उम्मेदवारी परेको हो । गठबन्धन हुनु नहुनुमा यहाँ जनता समाजवादी पार्टीलाई खासै फरक पर्दैन यसको सिधै असर भनेको नेपाली कांग्रेसलाई हुने हो । गठबन्धन गर्दा ने.का. को १००% बिजय सुनिश्चित थियो तर गठबन्धन नहुँदा यो अवसर चुकेको जस्तो लाग्छ । एमालेको कुरा मैले गर्न चाहिनँ त्यो चुनावी नतिजा आफै बोल्ने छ । बाँकी रह्यो जितका कुरा सर्वप्रथम त आगामी चुनाव भनेको मेरो बुझाईमा पार्टीका लागि भन्दा पनि स्थानिय व्यक्ति र त्यसको ब्यक्तित्वको आधारमा गरिने मतदान जस्तो लाग्छ । तसर्थ यसकारण बनेपा न.पा. ३४९० जना मतदाता रहेको स्थानमा हाल सम्म मैले गरेको हरेक कार्र्यहरु, ब्यक्तिहरुमा गरेको ब्यवहार र पब्लिक रिलेशनका कारण वडा नं. ५ मा मेरो वडा अध्यक्षको उम्मेदवारी सही हो र म लगायत मेरो सम्पूर्ण टिमले अत्याधिक बहुमतले विजय गराउनेछन् भन्ने अपेक्षा राखेको छु ।
तपाईंले अनियमितताको आरोप त लगाउनुभयो, पुष्टि हुनसक्छ ?
देशका माथिल्लो तहदेखि तलका पुछार सम्म भ्रष्टाचार नै भ्रष्टाचार मौलाएको छ । त्यसलाई निरुत्साहित गर्नका लागि, बिकासका लहरहरु ल्याउनका लागि, नातावाद र कृपावादको अन्यका लागि निष्पक्ष रुपमा समान व्यवहारिक न्याय तथा सरल सहज रुपमा आ–आफ्नो स्थानको सामाजीक बिकासका लागि मलाई अमुल्य मत दिई बिजय गराउनु हुन्छ भन्ने मेरो पूर्ण आशा रहेको छ । सम्पूर्ण वडावासिको आवाज तथा आवश्यकतालाई मध्यनजर गर्दै कुनै पनि लोभ लालचमा नआइकन आफ्नो जिम्मेवारी बहन गर्न हरपल हरदम तयार रहनेछु । यसैले तपाईंले भनेका शब्दहरु सम्बोधन हुन्छन् ।
स्थानीय चुनावलाई कसरी बुझ्नुभएको छ ?
स्थानिय चुनाव भनेको कुनै पार्टीसँग सम्वन्ध हुनु भन्डा पनि बढी कुन ब्यक्ती भन्ने धारणा लाई अगाडी बडाई बनेपा न.पा. का १४ वटै वडामा साथै मेयर उपमेयर पदका लागि समेत हाम्रा साथीहरु तयार रहेको साथै जनत समाजवादी पार्टी हरेक चुनौतीसँग लड्न तयार रहेको जानकारी गराउन चाहन्छौ । सम्पूर्ण पदका लागि उम्मेदवारी साथीहरु हरपल हरदम समाजसेवा तथा राजनितिमा अग्रज भएका हुनु हुन्छ । सम्पूर्ण नगरवासी हरुमा अनुरोध छ कि आ–आफ्नो वडाबाट वहाहरुलाई अत्याधिक बहुमत दिई नगर तथा देश बिकासमा हातेमालो गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु । वडा नं. ५ को हिसावमा अगाडी जुन किसिमका एजेण्डाहरु मैले प्रस्तुत गरेको छु सो एजेण्डाहरु कुनै पनि हर हालतमा पूर्ण गर्ने वाचा गर्दछु ।
वडालाई नमूनाको रुपमा लैजाने एजेण्डा के छ ?
वडामा हरेक किसिमका ब्यक्तिहरु हरेक पार्टीका नेताज्यूहरु हुनुहुन्छ उहाँहरु साथ साथै स्थानिय बासिन्दाहरुको साथ र सहयोग पाएको खण्डमा बिकासका लागि आउने हरेक बजेटहरु साथै आवश्यक बजेटहरु निकासा गरी उचित समय र स्थानमा ब्यवस्थापन गरि वडा नं. ५ लाई एउटा नमुना वडा बनाउन सकिन्छ जस्तो लाग्छ ।
के आधारमा वडावासीले तपाईंले निर्वाचित गर्ने त ?
ममा कुनै किसिमको लोभ लालच छैन मेरो आफ्नो ब्यवसाय छ । श्रीमतीको आफ्नै ब्यवसाय छ साथै आमा बुवाको पनि आफ्नो ब्यवसाय छ । कुनै कुराको कमी छ जस्तो लाग्दैन साथै चण्डेश्वर महादेव पुजारी भएको कारण धार्मिक आस्था ममा जिवितै छ जस्तो लाग्छ । गत दिनहरुमा निष्पक्ष रुपमा मैले गरेको ब्यवहार, आर्थिक रुपमा गरेको गतिविधि, मेरो लगनशिलता साथै स्थानिय रुपमा मैले कमाएको विश्वासका कारण दाजु भाई, दिदि बहिनी तथा आमा बुवाहरुले मेरो आचरणलाई सही मुल्याङ्कन गरी वडा अध्यक्षको पदभार पूर्ण रुपमा पालना गर्न सक्छ भन्ने बिश्वास गर्नुहुनेछ भन्ने आशा छ ।
वडावासीको लागि फरक एजेण्डा के–के छन् ?
एजेण्डा भनेको मेरो पहिलो प्राथमिकता खानेपानीमा नै हो । हरेक घरमा प्रत्येक २ दिनको १ पल्ट भएपनि करिब ५०० लिटर खाने पानीको ब्यवस्था गर्ने, फोहोरलाई कसरी मोहोरमा परिवर्तन गर्न सकिन्छ भन्ने विषयमा आवश्यक तालिमहरु संचालन गर्ने, बनेपा गणेश स्थान, भिमसेन स्थान, चण्डेश्वरी, ओपी, सुमारा जस्ता महत्वपूर्ण स्थानहरुलाई कसरी हुन्छ पर्यटनका लागि पर्यटकीय स्थल बनाउने, आजाद स्कुल देखी घोकेचौर सम्मको सडक बिस्तार गर्ने, चण्डेश्वरी बुडोल मार्ग संचालन गर्ने, ओपी सडक सण्डमा आवश्यक पुल निर्माण गर्ने, किसानहरुको आवश्यकतालाई मध्यनजर गर्दै आवश्यक स्थानहरुमा कृषि सिंचाईका कुलोहरु निर्माण गर्ने, कृषिमुखीकरण तथा आधुनिकरणका योजनाहरु बिस्तार गर्ने, साथै चण्डेश्वरी बजारलाई एउटा अर्काे बन्दिपुरको रुपमा परिणत गरी आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने । प्रारम्भिक उद्देश्य लिई अगाडी बढ्न र गर्न सकिने कुरामा कुनै दुविधा नरहेको प्रष्ट गर्न चाहन्छु ।
पूर्व अध्यक्ष र तपाईंमा मतदाताले फरक के पाउने ?
हालका वडा अध्यक्षले पहिलाको तुलनामा कामहरु गर्नु भएको हो तर पनि उहाँले अगाडी मैले भनेका कुराहरु गर्नु भएको छैन र यि कार्यहरु पूर्ण रुपमा निष्पक्ष हिसाबले मेरो आफ्नो कार्यकालसम्म पूर्ण गराई भविष्यमा पनि यसले वडावासीहरुका लागि आय आर्जनको स्रोत राम्रो होस् साथै सम्पूर्ण वडावासीलाई शिर उठाई हामी वडा ५ का बासिन्दा हौं भनी गर्व गर्ने वातावरण सृजना गर्न चाहन्छु ।
मैले सोध्न छुटेका र तपाईंलाई राख्नैपर्ने कुनै विषय भए राखिदिनुस् ।
खास त्यस्ता केही छैनन् । जति थिए ति सबै सम्बोधन गरिसकें । फेरि पनि जिज्ञासा राख्नुभयो, भन्नैपर्दा चुनावी माहोल तातेको छ । स्वस्थ प्रतिस्पर्धा सबैले गरौं, मतदाताहरुलाई सरल र सहज ढंगबाट मतदान गर्ने वातावरण बनाऔं । यसैमा हामी सबैको भलो सम्झेको छु । जुन अवसर प्रभातफेरीले जुटाइदियो, त्यसका लागि तपाईं र सिंगो प्रभातफेरी टिमलाई धन्यवाद दिन चाहन्छु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
अन्तरबार्ता सम्बन्धि थप
  • समाजले चिन्न नसकेको कालो हिरा ः रोशन श्रेष्ठ

    समाजले चिन्न नसकेको कालो हिरा ः रोशन श्रेष्ठ

  • नेपाली महिलाहरुले माओवादीका एजेण्डा मर्न दिने छैनन्

    नेपाली महिलाहरुले माओवादीका एजेण्डा मर्न दिने छैनन्

  • खेलकुदमा राजनीतिकरण हुनु दुर्भाग्य हो

    खेलकुदमा राजनीतिकरण हुनु दुर्भाग्य हो

  • स्थानीय निर्वाचनले को राष्ट्रवादी भनेर छुट्याउने छन्, त्यसैले समाजवाद उन्मुख राज्यसत्ताका लागि पनि यो यात्रा कठिन छः कमाण्डर जमिन

    स्थानीय निर्वाचनले को राष्ट्रवादी भनेर छुट्याउने छन्, त्यसैले समाजवाद उन्मुख राज्यसत्ताका लागि पनि यो यात्रा कठिन छः कमाण्डर जमिन

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0