काभ्रे । रोबोटिक्स एसोसिएसन अफ नेपालले इन्जिनियरिङ्ग, आइटी र साइन्समा अध्ययनरत युवा महिलाहरु लक्षित कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराएको छ ।
गत जेठ २७ गतेबाट सुरु भएको उक्त कार्यक्रम भोलि समापन हुँदै छ । प्रोजेक्ट डिजिटल SHE “स्ट्रेन्थेनिङ हर डिजिटल इक्वालिटी” तालिम दोलखा, हेटौंडा, काठमाडौं, भक्तपुर र ललितपुरमा सञ्चालन भइरहेको विज्ञप्तिमार्फत् सार्वजनिक गरेको छ ।
उक्त कार्यक्रमलाई सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश सरकार र रोबोटिक्स एसोसिएसन अफ नेपाल [RAN] ले आयोजना गरेको Project Digital SHE “Strengthening Her Digital Equality” छ दिने गहन रोबोटिक्स र IoT, थ्रीडी प्रिन्टिङ र ड्रोन तालिम कार्यक्रम +2, इन्जिनियरिङमा अध्ययनरत किशोरीहरूलाई लक्षित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कार्यक्रममा ख्वपा इन्जिनियरिङ कलेज, ख्वपा कलेज अफ इन्जिनियरिङ्, ख्वपा हाईस्कुल, समृद्धि कलेज र नेपाल इन्जिनियरिङ कलेजका ३३ युवा युवतीहरूले उक्त कार्यक्रममा सहभागी भई उच्चस्तरीय रोबोटिक्स सीपमा दक्ष बनेका छन् । रोशन पाण्डे, मेकानिकल इन्जिनियर, नास्ट, नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक रोजाकिरण बासुकला, बायोटेक्निकल सोसाइटी अफ नेपाल (बीएसएन) नवीन मुननकर्मी कार्यक्रममा उपस्थित रहेको उल्लेख गरिएको छ ।
कार्यक्रमलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, हेटौंडा उपनगरपालिकाका मेयर श्रीमती मिना कुमारी लामा, ललितपुर र दोलखाका मेयरले आ–आफ्नो स्थानीय तहमा प्रभावकारी रुपमा सञ्चालनका लागि अनुमति दिएको बताइएको छ ।
हेटौंडा स्कुल अफ म्यानेजमेन्टका ४० र आई हब काठमाडौं, एफएनसीसीआईमा २९ जनाको सहभागितामा काठमाडौं र हेटौँडामा समानान्तर रूपमा सुरु भएको तालिममा ललितपुरमा ५६ र दोलखा जिल्लामा ४० जना सहभागीले रेजिस्ट्रेसन गरेका छन् ।
यस कार्यक्रमबाट बागमति प्रदेशका १ सय ५० भन्दा बढी युवा महिला लाभान्वित भएका छन् । कार्यक्रमको अन्त्यमा एक भागको रूपमा थप मिस टेक २०२३ घोषणा गरिने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रविधिमा महिलाको स्थिति देखाउने डिजिटल SHE पोर्टल – बागमती प्रदेश डिजिटल SHE मिनी भर्चुअल सम्मेलनमा पनि सुरु हुने रोबोटिक्स एसोसिएसन अफ नेपालले जनाएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |