Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विद्युत् चुहावट समस्याकै रुपमा रहेको छ ः प्रमुख तामाङ

प्रभातफेरी अनलाइन १४४५ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ७, मंगलबार (३ साल अघि)
विद्युत् चुहावट समस्याकै रुपमा रहेको छ ः प्रमुख तामाङ

काभ्रे । नेपाल विद्युत् प्राधिकरण पाँचखाल वितरण केन्द्रका प्रमुख धनजित तामाङले विद्युत् चुहावट अहिलेको समस्या रहेको बताउनुभएको छ ।
नेपालको पानी जनताको लगानी भनेर आज विद्युत्को क्षेत्रमा जसरी आकर्षण बढाउन खोजिएको छ, त्यसको बाधक रुपमा हुक लगाउने संस्कार रहेको चर्चा गर्नुहुँदै जबसम्म यो समस्यालाई निरुत्साहित गर्न सकिँदैन, तबसम्म राज्यले कल्पना गरेको विद्युत् वितरण प्रणालीलाई सार्थक बनाउन सकिँदैन भन्नुभएको छ ।
आफ्नो कार्यक्षेत्र अन्तर्गत विशेष गरी पहाडी भूभागहरुमा ११ हजार भोल्ट रहेका तारहरुमा समेत हुक लगाउनु अत्यन्तै जोखिमपूर्ण कार्य गरेर चुहावटमा प्रशय मिलिरहेको छ । यसको अन्त्यका लागि निर्वाचित जनप्रतिनिधिहरुले महत्वपूर्ण भूमिका खेलिदिनुहुनेछ भन्ने अपेक्षा राखेको छु । अप्रिय घटना घट्नबाट बचाउनु तपाईं हामी सबैको दायित्व हो । त्यसैले पनि यस किसिमको चुहावट अन्त्यका लागि नेपाल विद्युत् प्राधिकरण पाँचखाल वितरण केन्द्र जुनसुकै मूल्यमा पनि उपस्थित हुन तयार छ भन्नुहुँदै प्रमुख तामाङ थप्नुहुन्छ– पालिकाहरुले तिर्नुपर्ने विद्युत् महसुल यो असार मसान्तभित्र तिरिदिन आग्रह गर्दछु । समयमा त के भनौं, पटक–पटक तोकता गर्दा समेत हिजोका जनप्रतिनिधिहरुले आफ्नो पालिकाभित्रको दायित्व बिर्सनुभयो । प्राधिकरणले लेखेका पत्रहरु बुझ्न समेत इन्कार गर्नुभयो । यसले पालिका र आफ्नो कार्यालय बीचमा सन्तुलन रहेको नपाएको गुनासो पोख्नुहुँदै पाँचखाल नगरपालिकाले जुन किसिमको बक्यौता बुझाउन आलटाल गरेको छ, त्यसले पाँचखालवासीलाई अन्धकारतिर धकेल्ने छ भन्ने निचोडमा प्राधिकरण पुगेको समेत प्रमुख तामाङले खुलासा गर्नुभयो ।
यहाँ बुढी मरी भन्ने चिन्ता होइन, काल पल्केकोमा चिन्ता गर्नुपर्ने अवस्था आएको छ । यसले अप्रिय घटनाहरु निम्त्याउन सक्ने प्रबल सम्भावनाहरु देखेको छु । त्यसैले पनि हुकको प्रयोग गरेर जुन किसिमको चुहावट भएको छ, यसले विद्युत् प्राधिकरणको आर्थिकमाथि प्रहार त गरिनैरहेको छ तर त्योभन्दा पनि डरलाग्दो पक्ष विद्युत् सर्ट हुन गई मानवीय क्षति हुनुको साथै भौतिक संरचनाहरु ध्वस्त हुनसक्ने देखेको छु । त्यसैले यस किसिमको चुहावट नियन्त्रणका लागि जनप्रतिनिधिहरुले अहम् भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा राखेको छु ।
जुन किमिसको सडक बत्तीको अवधारणा ल्याएर पालिकाहरु अगाडि बढेका छन्, त्यसले विद्युत् चुहावटलाई प्रशय दिएको त छैन ? खोजीको विषय भएको छ । विद्युत् प्राधिकरणसँग सम्झौताबिना जुन किसिमको कार्य अगाडि लगिएको छ, त्यसले दुर्घटना ननिम्त्याउँला भन्न सकिँदैन । तसर्थ, पाँचखाल क्षेत्राधिकारभित्र पर्ने पालिका प्रमुखहरुलाई आग्रह छ, विद्युत् प्राधिकरण र तपाईंहरुबीचको सम्बन्ध सुमधुर बनाउनका लागि चुहावट नियन्त्रणमा साथ र सहयोग दिनुहुनेछ भन्ने अपेक्षा रहेको समेत बताउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0