Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

उषाको दोस्रो कृति मुक्तकसंग्रह माकुरी सार्वजनिक

प्रभातफेरी अनलाइन १०६ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ७, मंगलबार (१ साल अघि)
उषाको दोस्रो कृति मुक्तकसंग्रह माकुरी सार्वजनिक

काभ्रे । एमसीसी र एसपीपी विरूद्ध साहित्यिक रूपमै सबैले खबरदारी गर्न साहित्यिक पत्रकार संघको आह्वान ललितपुर, सर्जक उषा के.सी. को दोस्रो कृति मुक्तकसंग्रह ‘माकुरी’ सार्वजनिक भएको छ । साहित्यिक पत्रकार संघले के.सी. को आफ्नै निवास खुमलटारमा आयोजना गरेको उक्त कृति लेखक के.सी.को आमाको जन्मदिनको अवसर पारेर सार्वजनिक गर्नुभएको हो ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा कोनेले नेपाली मुक्तक क्षेत्रको विषयमा चर्चा गर्नुभएको छ । कोनेले एक मुक्तकले एक महाकाव्य बोल्न सक्ने क्षमता राख्नुपर्ने बताउनुभयो । पत्रकार तथा साहित्यकार राजन कार्कीले ‘माकुरी’ कृतिका मुक्तक बाचन गरि लेखक के.सी.को लेखन यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो । आमाको नाममा कृति निकाल्नु हरेक आमाहरूका लागि सुखद कार्य भएको पनि कार्कीले बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार प्रमोद प्रधानले के.सी.को दोस्रो मुक्तक मुक्तकसंग्रह निकै खारिएर आएको बताएका छन् । उहाँ साहित्य क्षेत्रमा जति मेहेनत गरिरहेका छन् अन्य क्षेत्रमा समेत उतिकै मेहेनत गर्ने सर्जकका रूपमा आफुले नेपाल भारत साहित्य महोत्सव आयोजना गर्दा नै थाहा पाएको बताउनुभयो । कृतिको बारे बोल्दै प्रधानले माकुरी कृतिमा आम आमाहरूको आवाज मात्र नभई समाज र देश पनि उत्तिकै ससक्त रूपमा मुक्तकमा बुलन्द बनेर आएको बताउनुभयो ।
कृतिको समिक्षा वरिष्ठ समालोचक डा. गोविन्दमान सिंह कार्कीले गर्नुहुँदै समालोचक कार्कीले माकुरी कृति भित्रका मुक्तकका विविध पक्ष केलाएका थिए भने कृति संग्रहनीय रहेको बताउनुभयो । कार्यक्रममा डा. दामोदर पुडाशैनी किशोरले माकुरी मुक्तक कृति जस्ता थुप्रै आमाहरूका आवाज अबका साहित्यले बुलन्द गर्नुपर्ने बताउनुभयो । माकुरी कृतिमा आमाका आवाज बुलन्द गरेर के.सीले मुक्तक क्षेत्रमा नयाँ आयाम थपेको छ । डा. पुडासैनीले थप्नुहुन्छ– स्रष्टा समाजका अध्यक्ष पवन आलोकले लेखक के.सी.लाई तेस्रो कृति समेत आमाकै हातबाट लोकार्पण गर्ने अवसर मिलोस् भनि शुभकामना व्यक्त गर्दै दिर्घायुको कामना गर्नुभएको थियो । कार्यक्रममा मुक्तककार निशा के.सी र शान्ती शर्माले माकुरी कृतिका मुक्तकहरू वाचन गरेका थिए ।
कार्यक्रममा कृतिका लेखक के.सी.ले आफ्नो वाल्यकालमा भोगेको पिडा सुनाएका थिए । समाजमा विवाहपछि पनि महिलालाई हेयको दृष्टीले हेर्ने पद्धतीको सिकार आफु र आफ्ने आमा बन्न पुगेको खुलासा गर्नुभयो । छोरा नहुँदा महिलाले भोग्नुपर्ने पिडालाई निलेर छोरीलाई पनि छोरा सरह स्वतन्त्र हुन दिनुपर्छ भन्ने आमाको आदर्शको बाटोमा आफु रहेको बताउनुभयो । के.सी.ले आफ्नै प्रकाशित मुक्तकसंग्रह ‘माकुरी’ कृतिभित्रबाट ‘मुक्तक’ वाचन गरेका थिए ।
त्यस्तै कार्यक्रमका सभापति तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कृतिकार के.सी. र उनका माता माकुरी पौडेलको दिर्घायुको कामना गर्दै अबका मुक्तकहरूले र अन्य साहित्यिक विधाहरूले मुलुकमा एमसीसी र एसपीपीको नाममा भइरहेको राष्टद्रोह प्रति खबरदारी गर्न सबै सर्जकलाई आग्रह समेत गर्नुभएको थियो । लेकालीले मुलुकलाई नेताहरू युक्रेनको अवस्थामा ढकेल्न खोजेकाले सबै सर्रजकहरू अक्षरको हतियार लिएर लड्ने बेला भएको बताउनुभयो । लेकालीले उषाको दोस्रो मुक्तक संग्रह नेपाली मुक्तक साहित्यको क्षेत्रमा सशक्त कृति भएको बताउनुभयो । लेखक के.सी. को मुक्तकभित्र समाज, देश, वर्तमान राजनीतिक विकृतिहरू जस्ता विषय प्रति शसक्त प्रहार गरिएको सर्जक प्रधानले बताउनुभयो । आफ्नै आमाको नाम माकुरी पौडेल ‘माकुरी’ नामक मुक्तकसंग्रहले आमालाई झन् अमर बनाइएको छ । कार्यक्रममा पुस्तकमा योगदान गर्ने सर्जकहरू राधा कार्की, राजन कार्की, जितेन्द्र रसिक, प्रमोद प्रधान, गोविन्दमान कार्की, निशा के.सी. जितेन्द्र रसिक, प्रमुख अतिथि रामकाजी कोने, लगायतलालाई मायाको चिनो वितरण गरिएको थियो । साथै साहित्यिक पत्रकार संघले लेखक र लेखककी आमा माकुरी पौडेलाई सम्मान गरेको कार्यक्रममा समाजसेवी धन लोहरालाई नगद रू १५ हजार सहित लेखककी आमाले नगद पुरस्कार प्रदान गरिएको थियो ।
मुरारी सिग्देलले सञ्चालन गरेको उक्त कार्यक्रममा साहित्यकारहरू राजबाबु श्रेष्ठ सागर, ललिता दोषी, रूपा रिसाल, मन्दिरा मधुश्री, राधा कार्की दुलाल,जानु दाहाल, नम्रता उप्रेती लगायतका सर्जकहरूको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

    जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

  • नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

    नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

  • ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

  • माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन १० गते

    २०८० आश्विन १० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    आधुनिक कविताका जरा मोहन कोइराला

    आधुनिक कविताका जरा मोहन कोइराला

    Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0