Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बाँध बचाउन जैविक तटबन्धन

प्रभातफेरी अनलाइन ७८ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ७, मंगलबार (९ महिना अघि)
Post Thumbnail

परासी । पश्चिम नवलपरासीको गण्डक बाँध अन्तर्गत जोखिमा रहेको वि ग्याप बाँध जोगाउन भारतिय पक्षले परक्युपाईन र जैविक तटबन्धन गर्न थालेको छ । बि ग्याप बाँधको पक्कि संरचना भत्किदै जादा त्यसको सरक्षण गर्न छाडेर भारतिय पक्षले झारो टार्ने गरि परक्यु पाईन हाल्न थालेको स्थानियबासीले बताएका हुन् ।
वि ग्याप बाँधका विच विचमा रहेका ठोकर (स्पर) हरु त्यसका नोज र फिगँरहरु समेत भत्कि सकेका छन् । बाँधको लम्बाई भत्किदै जादा गण्डक नदीको पानी बस्ति तिर नजाओस भनि बनेको बाँध नै जोखिममा छ । नदीको सतह समेत अग्लो हुदै गएका कारण थोरै पानीले पनि बाँध भत्किन सक्ने खत्तराको अनुमान स्थानियले गर्न थालेका छन् । अहिले ५ नम्बर स्पर देखी १२ नम्बर स्परसम्मको बाँध र स्पर दुबै खत्तरामा छन् । नदीले अहिले सुस्ताका खेती योग्न जमिन समेत कटान गर्दै आएको छ । रोकथामका लागि स्थानियले पटक पटक कुरा उठाउदै आए पनि नेपाल र भारत सरकार दुबै पक्ष गम्भिर नदेखिएको स्थानिय प्रेम चन्द्र गुप्ताले बताए ।
गण्डक अन्तरका सबै संरचनाको निर्माण,मर्मत सम्भारको जिम्मेवारी भारतिय पक्ष हो,तर यस प्रति भारतिय पक्ष मौन रहेको छ, गुप्ताले हरेक बर्षायाममा गण्डक क्षेत्रका बासिन्दा त्रासमा बस्ने गरेकाछन् । यो बर्ष पनि मौषम पुर्वानुमान विभागले बढि पानी भएको जानकारी गराउदै समाचारहरु आउने गर्दा स्थानिय झन त्रसित बनेको गुप्ताको भनाई छ ।
जनतासँग नजिकको स्थानिय सरकारको रुपमा रहेको गाउपालिकाहरुले समेत सम्बन्धित निकायमा पत्राचार गरि ध्यानाकर्षण नगराएको प्रति उनले दुःखेसो पोखे । संघ र प्रदेश सरकारको काम चाँसो भए स्थानिय सरकारले चाँसो लिनु पर्ने उनको भनाई छ । भारतिय पक्षले गण्डक बाँधमा काम गरे जस्तो देखाएको छ । तर बाढीबाट जोगाउनका लागि नदीमा परक्यु पाईन हाल्ने र झार रोप्ने कार्य गरेर उम्कने दाँउमा भारतिय प्राविधिकहरु रहेका छन् । त्यस प्रति नेपाल पक्षले चाँसो लिनु पर्ने गुप्ताको भनाई थियो । वि.सं.२०१६ सालमा गण्डक नदी नियन्त्रण, सिचाई र जलविद्युत निकाल्ने लक्ष्य राखेर गण्डक सम्झौता भएको थियो । गण्डक क्षेत्रको सबै काम गर्ने जिम्मेवारी भारतीय पक्षको थियो । अहिले पनि मर्मत सम्भारको जिम्मेवारी भारतिय पक्षकै हो ।
गण्डक बाँध अन्तरगत ए ग्याप बाँध, बि ग्याप बाँध, सि ग्याप बाँध, लिँक बाँध र नेपाल बाँध गरि निर्माण गरिएको छ । यि बाँधहरु गण्डक नदीको धार पश्चिम तर्फ नफर्कोस भनेर बनाइएका छन् । यि बाँधको मर्मत सम्भार भारत उत्तर प्रदेश सरकारको रहेको छ । तर पनि बाँधको मर्मत सम्भारमा भारतिय लापर्वाही देखिएको छ । गण्डक बाँधको खत्तर नेपाली पक्षलाई मात्र छैन् गुप्ताले भने, यसको जोखिम भारतिय पक्षलाई पनि छ । उनका अनुसार गण्डक बाँध भत्किएमा नेपालको सुस्ता, प्रतापपुर, सरावल, पाल्हीनन्दन गाउपालिका प्रभावित हुनेछ । तर भारतको उत्तर प्रदेशको महराजगंज,गोरखपुर,बस्ती र देवरिया जिल्लासम्म प्रभावित बनाउने छ । यस प्रति भारतिय पक्ष स्वम् जिम्मेवारी पुर्वक काम गर्नु पर्ने गुप्ताको भनाई थियो । गण्डक नदीमा ८ लाख क्युसेक पानी डिस्चार्ज गर्ने क्षमताको बाँध बनाइएको भनिए पनि विगत बर्षमा ६ लाख क्युसेक पानीले बाँध भत्काएको घटना स्मरण गराउदै उनले अहिले त नदीमा बालुवा जमेर नदीको सतह नै अग्लो बनेको छ । थोरै पानीले पनि बाँध भत्काउन सक्ने छ । नदीको सतह गाउको सतह भन्दा अग्लो बनिसकेका कारण पनि स्थानियमा त्रास हुनु स्वभाविक भएको उनको दाबी थियो । गण्डक बाँधमा जैबिक तटबन्धन गर्न थालिए पछि अन्य क्षेत्रमा पनि यसको सिको गरीने बताईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0