Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

समाजले अनुशरण गर्ने नेतृत्व लायन्सले जन्माउँछ ः मल्टिपल काउन्सिल चियर पर्सन रोक्का

प्रभातफेरी अनलाइन ६१० पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ७, मंगलबार (३ साल अघि)
समाजले अनुशरण गर्ने नेतृत्व लायन्सले जन्माउँछ ः मल्टिपल काउन्सिल चियर पर्सन रोक्का

काठमाडौ । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ आई नेपालको बाग्मती एरियाका पदाधिकारीहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मल्टिपल काउन्सिलका चियर पर्सन एवं कार्यक्रमका प्रमुख अतिथि मनबहादुर रोक्काले लायन्स सामाजिक रुपमा सबैको प्रेरणाको स्रोत बन्न आवश्यक भएको बताउनुभएको छ ।
लायन्सले जुन उद्देश्यसहित आफूलाई अगाडि बढाइरहेको छ, त्यो दायित्व पूरा गर्न एक्लैले सम्भव छैन । डिष्ट्रिक गर्भनरज्यूले अँगाल्नुभएको आइ विलिभ टिम वर्कको नारालाई आत्मसाथ गर्दै प्रत्येक पाइलामा नमूनायोग्य कार्य गर्न हामी लायन्सहरु ऐक्यबद्धता भएका छौं । लायन्सले गर्ने कुनै पनि कार्य समाज रुपान्तरणको एउटा अंगका रुपमा स्थापित हुने भएकोले पनि कार्यक्रम पारदर्शी ढंगबाट अगाडि बढ्नु आजको आवश्यकता भएको छ । विश्वका १४ लाख सदस्यहरु जसले २ सय १२ मुलुकको नेतृत्व गरिरहेका छन् । ति सदस्यहरुको भावनामा आँच आउने खालका गतिविधि कुनै पनि लायन्सहरुबाट हुने छैन ।


हाम्रो मुलुकमा पनि १ सय ५ वर्षदेखि लायन्सले सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आएको छ । यो अवस्थामा हामी लायन्सहरुले त्यो इतिहासलाई साक्षी राख्दै आगामी दिनमा अझै स्तरीय मानवीय सेवामा जान आवश्यक छ । अब कुनै पनि लायन सामाजिक सेवाभन्दा बाहिर रहन सक्दैन । समयमा शुल्क नबुझाउने लायन्स हुनै सक्दैन । समयको ख्याल नगर्ने अतिथि बन्नै सक्दैन । त्यसैले समयको ख्याल राख्दै डिष्ट्रिक ३२५ आइसँग आबद्ध कुनै पनि लायनहरुले सामाजिक मूल्य मान्यताभित्र रहँदै पारदर्शी सेवामा आफूलाई उभ्याउनु हुनेछ भन्ने विश्वास प्रमुख अतिथि रोक्काले उक्त प्रशिक्षण कार्यक्रममा राख्नुभएको थियो ।
स्कुलिङ्ग कार्यक्रममा डिष्ट्रिक्ट गर्भनर ईलेक्ट राम बसेलले लायन वर्ष २०२२÷२३ का लागी डिष्ट्रिक्टले ल्याएका मुख्य कार्यक्रमहरुका बारेमा जानकारी गराएका थिए । सहभागी क्लबका इलेक्ट अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुले गर्भनरका कार्यक्रमहरुलाई पूर्ण सफल बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।
गर्भनर बसेलका अनुसार आगामी वर्षका मुख्य कार्यक्रम ‘डिष्ट्रिक्टको जग बलियो बनाउने र डिष्ट्रिक्टको स्थायी सचिवालय निर्माण गर्ने’ रहेको छ । बसेलले डिष्ट्रिक्ट ३२५ आई डिष्ट्रिक्ट ३२५ बि१ रिडिष्ट्रिक्टीङ पछिको पहिलो कार्यकाल भएकाले पहिलो प्राथमिकता नै जग बलियो बनाउन केन्द्रित हुने बताउनुभएको थियो । गर्भनरका अनुसार कमजोर क्लबलाई विशेष ध्यान दिएर बलियो क्लब बनाउने, क्लब सदस्यहरूलाई आजिवन सदस्य बनाई पर्मानेन्ट क्लब बनाई डिष्ट्रिक्टको जग बलियो बनाउने रहेको छ । त्यस्तै, अर्को महत्वपूर्ण कार्यक्रम काठमाडांै र पोखरामा डिष्ट्रिक्टको स्थायी सचिवालय बनाउने रहेको गर्भनरले बताउनुभयो । साथै, ईमरजेन्सी आर्थिक कोष स्थापना गर्ने, लिडरशिप, फेलोसिप र सामाजिक सेवाका कार्यमा जोड दिने लगायत पूर्व डिष्ट्रिक्ट गर्भनरहरुले अघि सारेका महत्वपूर्ण कार्यक्रमहरुलाई निरन्तरता दिने, डिष्ट्रिक्ट ३२५ आई लाई उत्कृष्ट डिष्ट्रिक्टका रूपमा स्थापित गराई गतिवान र सक्रिय बनाउनका लागि क्लबहरुलाई बलियो बनाउने समेतका योजना प्राथमिकतामा राखिएको जनाउ दिँदै क्लब अफिसरलाई प्रशिक्षित गराउनुभएको थियो ।
स्कुलिङ्ग कार्यक्रममा डिष्ट्रिक्टका सिनियर लिडरहरूले प्रशिक्षकको रुपमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षकमा मध्ये पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन राजन लम्सालले नबनिर्बाचित क्लबका अध्यक्षहरुलाई प्रशिक्षण दिनुभएको थियो । मल्टीपल काउन्सिल चेयरपर्सन मन रोक्का र प्रथम भाइस गर्भनर इलेक्ट चन्द्रकुमार केसीले क्लबका प्रथम उपाध्यक्षहरुलाई पदको काम कर्तब्य र अधिकारको बारेमा प्रशिक्षण दिनुभएको थियो । द्वितीय भाइस गर्भनर इलेक्ट बिनोद ढुंगाना र मनोनित क्याबिनेट सेक्रेटरी हरिराज पन्तले क्लब सेक्रेटरीहरु साथै, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल र मनोनित क्याविनेट ट्रेजरर सूर्यनारायण बरालले कोषाध्यक्षहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
स्कुलिङ्गमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षहरुलाई उनीहरुको काम कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण गराईएको मनोनित क्याविनेट सेक्रेटरी हरिराज पन्तले बताउनुभएको थियो ।
स्कुलिङ्ग कार्यक्रममा बोल्दै एलसिआईएफ एरिया लिडर बालकृष्ण वुर्लाकोटीले बाग्मती पिभिएसटीलाई कार्यकालको सफलताको शुभकामना दिँदै गर्भनरले ल्याएका कार्यक्रमलाई सफल बनाउन सबै एक भएर लाग्नुपर्ने बताउनुभएको थियो ।
डिस्ट्रिक्ट ३२५ आई नेपालका इलेक्ट गर्भनर राम बसेलको सभापतित्वमा सम्पन्न स्कुलिङ्ग कार्यक्रमम बाग्मती एरियाका ८० क्लबका ३२० जना क्लब अफिसरले स्कुलिङ्गमा सहभागीता जनाएको कार्यक्रम संयोजक एवं डिष्ट्रिक्ट ३२५ आईका मनोनित डिष्ट्रिक्ट चिफ एडभाईजर पार्वती खरेलले बताउनुभएको थियो भने कार्यक्रमको समापनलाई सहभागीहरुको तर्फबाट लायन खेम नारायण बराल, लायन अञ्जु कार्की लगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा नयाँ लायन्स क्लबहरुका साथै लायन्सको क्षेत्रमा अनुकरणीय योगदान पु¥याउनुहुने लायन तथा लायन्स क्लबहरुलाई सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0