Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० मंसिर २२, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बीमा बोर्डको अकर्मण्यताका कारण बीमितहरु समस्यामा

प्रभातफेरी अनलाइन २२७ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ७, मंगलबार (१ साल अघि)
बीमा बोर्डको अकर्मण्यताका कारण बीमितहरु समस्यामा

काभ्रे । नेपाल सरकारले आ.व. २०७०÷०७१ बाट शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमले लाखौं विपन्न परिवारका लागि सञ्जीवनी सावित भएको छ ।
सोही क्रममा बीमा सम्बन्धी विभिन्न आलोचनाहरु र सकारात्म सुझावहरु एकपछि अर्काे गर्दै थपिएका छन् । शुरुवाती दिनमा ४२ जिल्लाका ५ सय ५३ वटा अस्पतालबाट यो सेवा सुचारु गरिएको थियो । आज आएर ७७ वटै जिल्लामा राज्यले सेवा विस्तार गर्ने योजनाका साथ अगाडि बढिरहेको अहिलेको अवस्थामा धुलिखेल अस्पतालले भने बीमालाई निरन्तरता दिन नसक्ने भनेर सार्वजनिक रुपमै घोषणा गरेको छ । गत बिहीबार अस्पतालले आफ्नै कार्यकक्षामा पत्रकार सम्मेलन गरी यही अवस्था रहने हो भने अब स्वास्थ्य बीमाअन्तर्गत रहेका सेवाग्राहीहरुलाई सेवा दिन नसकिने खुलासा गरेको छ ।
पत्रकारमाझ बीमा बोर्डले आफूप्रति न्यायोचित व्यवहार नगरेको गुनासो पोख्दै सर्वसुलभ गुणस्तरिय सेवा प्रदान गर्दै सरकारलाई आर्थिक भार नपर्ने गरी, संचालन खर्च पनि स्रोतबाट जुटाई एक गैर नाफामुलक सामुदायिक संस्थाको रुपमा संचालन हँुदै सरकारको कार्यक्रमहरु आमा सुरक्षा कार्यक्रम, सामाजिक सुरक्षा कार्यक्रम, विपन्न नागरिक उपचार सेवा, स्वास्थ्य बीमा कार्यक्रम आदि यस अस्पतालबाट संचालन गर्दै आईरहेको बताइएको छ ।
आफूले विगत २०७४ साल देखि बीमा बोर्डसँग सम्झौता गरि स्वास्थ्य बीमा संचालन गर्दै आएका काभ्रे, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक र भक्तपुर जिल्ला लगायत देशैभरको विमित दैनिक औसत १ हजार ३ सय जनालाई सेवा दिईरहेको आजको अवस्थामा बीमा बोर्डले निर्वाह गर्नुपर्ने न्युनत्तम दायित्व पनि बहन नगरेको महसुस गर्न पुगेको बताएको छ । जसको कारण स्वास्थ्य बीमा सेवाको खर्च करिव २५ करोड रकम हालसम्म पनि भुक्तानी नभएको कारणले औषधि लगायत अन्य उपचार सामग्रीको भुक्तानी हुन नसकेर आपूर्तिमा समस्या सिर्जना हुन गएको जटिल परिस्थितिमा आफ्ना समस्या लिएर पत्रकारमाझ आएका छौं । स्वास्थ्य बीमा बोर्डले हाम्रो समस्यालाई बेलैमा सम्बोधन नगरेको अवस्थामा गुणस्तरीय सेवा त के, सामान्य सेवा पनि दिनसक्ने अवस्थामा अस्पताल पुगेको बताएको छ ।
समयमा तलब भुक्तानी गर्न कठिनाई परेको र आवश्यक सरसामान उपलब्ध नभएर सेवामा कठिनाई परेको छ । अस्पतालको व्यवस्थापन समितिको जेष्ठ ३१ गतेको बैठकको निर्णयानुसार सो रकम यसै आर्थिक वर्षमा उपलब्ध नभएको खण्डमा आवश्यक सामानको परिपूर्ति नभई सेवा नै ठप्प हुने जानकारी यसै पत्रकार सम्मेलनमार्फत् सरोकारवाला निकायसम्मको ध्यानाकर्षण गराउन चाहन्छौं भनेको छ ।
यसबाट पर्ने कठिनाईलाई गम्भिरताका साथ मध्यनजर गर्दै हामी सबै सरोकारवालाहरु गम्भिर भई यथाशीघ्र समाधान गर्नुहुन र भविष्यमा सोही प्रकारको समस्या दोहरिन नदिन आवश्यक पहलका लागि समेत अस्पताल परिवार अनुरोध गर्दछ भनिएको छ । उक्त पत्रकार सम्मेलनमा अस्पतालको तर्फबाट डा. राजेन्द्र कोजू, डा. रमेश महाजु, प्रशासकीय प्रमुख प्रद्युम्न श्रेष्ठ लगायतको टिमले बीमा सेवा प्रभावकारी ढंगबाट सञ्चालन भएता पनि गुणस्तरीय नसकेको स्वीकार्न पुगेका छन् । स्वास्थ्य बीमालाई सदुपयोग गर्नुको साटो दुरुपयोग भएको ठहर समेत अस्पताल परिवालले गरेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताउनुभएको छ ।
बीमा सेवा आफैंमा एउटा अनुकरणीय कार्य हो तर नेपाली जनताहरुमा बीमाको बारेमा सकारात्मक सोच विकास नभएका कारण बीमालाई दुरुपयोग गर्न पुगेको उहाँको ठम्याई छ । जबसम्म नेपाली जनताले बीमालाई सही रुपमा उपयोग गर्न जान्दैनन्, तबसम्म सरकार वा सरोकारवाला निकायले जति नै पारदर्शी ढंगबाट प्रस्तुत भएपनि बीमाको अवस्था नसुध्रिने धारणा राख्नुभएको छ । राज्यले जसरी बीमालाई प्राथमिकतामा राखेको छ, त्यसैगरी दक्ष जनशक्तिको व्यवस्थापन गर्न आवश्यक छ । आज धुलिखेल अस्पतालका फाइलहरु समयमै रुजू नहुनाको परिणाम धुलिखेलको कमी कमजोरी नभई बीमा संस्थानमा पर्याप्त मात्रामा दक्ष जनशक्तिको अभाव हो । जसका कारण धुलिखेल अस्पतालले बीमितहरुलाई श्रावण १ गतेदेखि सेवा दिन नसक्ने भन्न विवश भएको छ ।
यदि समयमा पारदर्शी ढंगबाट भुक्तानी उपलब्ध गराउने हो भने स्वास्थ्य बीमा आजको अनिवार्य आवश्यकताभित्र पर्छ, जसले निम्न वर्गीय आयस्रोत भएका नेपाली नागरिकहरुलाई पुनर्जीवन दिने एउटा महत्वपूर्ण कडीका रुपमा धुलिखेल अस्पतालले लिएको प्रशासक श्रेष्ठको दाबी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सञ्जीवनी नमूना माविले आफ्नो विगतको राष्ट्रपति कपको बिरासत कायमै राख्न सफल

    सञ्जीवनी नमूना माविले आफ्नो विगतको राष्ट्रपति कपको बिरासत कायमै राख्न सफल

  • बनेपा नगरले मनायो अपाङ्ग दिवस

    बनेपा नगरले मनायो अपाङ्ग दिवस

  • शैक्षिक दरबन्दी मिलान नै चौंरीदेउरालीको विकराल समस्या होः अध्यक्ष चौलागाईं

    शैक्षिक दरबन्दी मिलान नै चौंरीदेउरालीको विकराल समस्या होः अध्यक्ष चौलागाईं

  • काठमाडौं विश्वविद्यालयः हङकङ्गमा बुद्धिज्म अध्यापन गर्नेगरि आज दुइ सम्भौता

    काठमाडौं विश्वविद्यालयः हङकङ्गमा बुद्धिज्म अध्यापन गर्नेगरि आज दुइ सम्भौता

  • प्रभातफेरी ई-पेपरथप

    २०८० मंसिर २० गते

    २०८० मंसिर २० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आख्यान साहित्यका गौरवः रमेश विकल

    आख्यान साहित्यका गौरवः रमेश विकल

    Post Thumbnail

    गणतन्त्रको विकल्प सोच्ने अधिकार कसैलाई छैन

    सञ्जीवनी नमूना माविले आफ्नो विगतको राष्ट्रपति कपको बिरासत कायमै राख्न सफल

    सञ्जीवनी नमूना माविले आफ्नो विगतको राष्ट्रपति कपको बिरासत कायमै राख्न सफल

    बनेपा नगरले मनायो अपाङ्ग दिवस

    बनेपा नगरले मनायो अपाङ्ग दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0