Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

लघुकथा ः राहत

प्रभातफेरी अनलाइन १२६ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २१, मंगलबार (१ साल अघि)
लघुकथा ः राहत

आवाज शर्मा

साँझ फोन आयो, ‘भोलि राहत वितरण गर्ने टोली आउँदैछ । पीडित मान्छेहरूको नाम लेखेर राख्नुस् । क्षति भएकाको नछुटोस् ।’
‘हस्’ मैले फोन राखेर गाउँका भत्केका घरको सूचि बनाउन थालें ।
सर्वदलीय समितिमार्फत राहत बाँड्ने कुरा रहेछ । लिस्ट लिएर गा वि स मा पुग्दा खुब चर्का चर्की हुँदै थियो ।
‘तपाईको पार्टीकालाई कति चाहिएको हो भन्नुस् न त !’
‘सानो पार्टी भनेर हेप्न पाइन्छ, जति तपाईको पार्टीले पाउँछ त्यत्ति नै हाम्लाई पनि चाहिन्छ । एक चाहिन्छ दुई चाहिन्छ तीन चाहिन्छ ।’
आफ्नो औकात हेर्नुस नेताज्यू । त्यसै चाहिन्छ भनेर पाइन्छ ?’
‘के का औकात ? के हो औकात भनेको ? आउनुहोस् न तपाईसित धनमा भने धनमा बलमा भने बलमा च्यालेन्ज’ धक्काधक्की मै पुग्यो कुरा ।
‘हजुरले पाए भएन ? हजुरको पनि पोहोरै भत्केको गोठको बाहिरी पर्खालको फोटो हालेर एक नंबरमै राखम्ला । वहाँहरूको पनि यसै उसै मिलाम्ला । हामी हामी मिले त भै गयो नि ! जाबो यति सानो कुरामा के गलफत्ती गरी रा होला !’ अर्को पार्टीकोले मेल मिलापमा कुरा लगे ।
गाउँ गाउँ पुगेर बडेमाका केमराले फोटो खिचियो । भत्किन बाँकि घर आठदशोटा मात्र थिए । जजस्का घर भत्केका थिएनन् सर्वदलीय समितिमा तिनै मात्र गए अरू आफ्नै पुरिएका सामान झिक्न र भरेको बास बसाउन स्याउला काठको जोहो गर्दै थिए ।
टेलीभिजन रेडियोका प्रतिनिधिले मासुभात दापे । तिनै सर्वदलीय समितिका प्रतिनिधिले कपाल, घाँटी सफा गर्दै मिलाएर सरकारी संयन्त्र अझै नपुगेको राहत नपाएको गुनासो गरे । कसैकसैले सरकारलाई गाली गर्न पनि भ्याए ।
पीडितका नामसूचि जस्ताको तस्तै रहे । विचारका आधारमा, राजनीतिका आधारमा, नाकका आधारमा, धाकका आधारमा सबैलाई भागबण्डा लगाइसकेपछि बचेखुचेको बलियाबाङ्गा पाखुरा भएकालाई लित्को पित्को बाँडियो । आफ्नो घरको एउटा इटा नखल्बलिएकोले पनि बेस्सरी पीडितको भागको २५ किलो चामलबोरा, बाक्लो महङ्गो खालको त्रिपाल, झण्डै एकरोल म्याट, एक कार्टुन चाउचाउ मान्छे लगाएर बोकेर लगे ।
मिडिया सहितको राहत वितरण टोली फर्कियो । बाटैमा एउटा भत्केको घरको एउटा छेउमा रुँदै बसेकी बूढी आमै थिइन् । टि भीकाले ’कस्तो अनुभव हुँदैछ’ भनेर सोधे । केही टाठाबाठाले खण्डहर घर, बूढीआमालाई पृष्ठभूमिमा राखेर एउटा कार्टुन हातमा थमाएर फोटो खिचे ।
हिड्ने बेला दुई औला ठड्याउँदै फोटो खिच्नेले अघि दिएको कार्टुन फिर्ता लिँदै अघि अघि बाटो लागे । बेलुका उनकै फेसबुकमा फोटोसहितको स्टाटस थियो, ’सरकार नपुगेको ठाउँमा राहत वितरण गरेर आइयो ।’
सुरु मैं तिनै बूढी आमाको हात थाप्दै गरेको तश्बीर थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
साहित्य सम्बन्धि थप
  • Post Thumbnail

    टुक्का साहित्य

  • आधुनिक कविताका जरा मोहन कोइराला

    आधुनिक कविताका जरा मोहन कोइराला

  • Post Thumbnail

    टुक्का साहित्य

  • Post Thumbnail

    टुक्का साहित्य

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन १० गते

    २०८० आश्विन १० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    आधुनिक कविताका जरा मोहन कोइराला

    आधुनिक कविताका जरा मोहन कोइराला

    Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0