Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कुहिरोको लोकार्पण सम्पन्न

प्रभातफेरी अनलाइन ३९८ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २१, मंगलबार (३ साल अघि)
कुहिरोको लोकार्पण सम्पन्न

काठमाडौं । नेपाल गजल प्रतिष्ठान द्वारा आयोजना गरिएको संस्था परिचय तथा दोलखाको उर्वर भूमिमा जन्मेका गजलकार जगत खड्का दोलखाली को ‘कुहिरो’ नामक एकल गजल सङ्ग्रह नेपाल प्रज्ञा प्रतिष्ठान – कमलादीको लेखनाथ प्रवचन कक्षमा भव्य रूपमा लोकार्पण भएको छ ।
कार्यक्रममा नेपाल गजल प्रतिष्ठानका उपाध्यक्ष एरेन्जर लालकाजी श्रेष्ठको सभापतित्वमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो भने विशिष्ट अतिथिहरूमा डा. घनश्याम परिश्रमी, भोजराज घिमिरे भुवन घणेन्द्र ओझा अरुज विज्ञानको लेखक तथा गजलकार आवाज शर्मा, डा. प्रदीप मैनाली, विभिन्न संघ सस्थाको पदाधिकारी अतिथी लगायत तीन दर्जन भन्दा बढी साहित्य प्रेमीहरुको उपस्थित रहेको थियो ।
उद्घाटन सत्र प्रमुख अतिथि लगायतले पानसमा बत्ती बालेर गर्नुभएको कार्यक्रममा राष्ट्रिय गानद्वारा देशप्रति सभा सपर्पित भएको थियो । साईमना श्रेष्ठले कार्यक्रममा उपस्थित समस्तमा स्वागत साथ स्वागत मन्तव्य दिनुभएको थियो भने प्रमुख अतिथि, विशिष्ट अतिथि लगायतबाट ‘कुहिरोको’ घुम्टो उघारिएको थियो ।
प्रमुख अतिथिका समयाभावका र अन्य कार्यक्रममा आतिथ्य ग्रहण गर्नुपर्ने भएका कारण उहाँको मन्तव्य सहित सभालाई सम्बोधन गर्दै मायाको चिनो प्रदान गरेर बिदाइ गरिएको थियो । त्यस पश्चात् संस्थाका सचिव अनजान यात्रीले संस्था परिचय साथै शुभकामना मन्तव्य दिनुभएको थियो ।
लोकार्पण भएको कृतिका कृतिकार हाल वैदेशिक रोजगारको सिलसिलामा विदेश रहनुभएका कारण कृतिकारका प्रतिनिधित्व गर्दै उहाँका सहोदर भाइ कवीन्द्र खड्काले मृदुशैलीमा आफ्ना शब्द साट्नु भएको थियो । साथै कृतिबाट एउटा रचना वाचन गर्नुभएको थियो ।
लोकार्पित कृतिमाथि विशिष्ट अतिथिद्वय भुवन निस्तेज र घनश्याम न्यौपानेहरूले समीक्षा गर्नुभएको थियो भने अर्का विशिष्ट अतिथि आवाज शर्माले विगतको बहर बहार नेपाल हाल नेपाल गजल प्रतिष्ठान सम्म आइपुग्दाको अनुभव सहित आफ्नो मन्तव्य र कृतिबाट लोभलाग्दो तरन्नूम शैलीमा गजल वाचन गर्नुभएको थियो । विशिष्ट अतिथि प्रदिप कुमार मैनालीले आफ्नो मन्तव्य सहित कृतिबाट अद्भुत तरन्नूम शैलीमा गजल प्रस्तुत गर्नु भएको थियो ।
उक्त कार्यक्रमलाई गजलकार आँचल कुमार शर्माले सञ्चालन गर्नुभएको थियो । विशिष्ट अतिथिहरूलाई मायाको चिनो कृतिकारलाई संस्थाको तर्फबाट प्रशंसापत्र र मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सभा अध्यक्षले समस्तलाई बधाइ दिँदै गजल केवल गजल हो गजलमा वर्गीकरण उचित नभएको र वर्गीकरण नै गजलमा विवादको जड भएको बताउनुभएको थियो । गजलको संरक्षण संवद्र्धन र प्रवद्र्धनका लागि तथाकथित विभिन्न धारमा विभाजित नभई जुटेर अगाडि बढ्नुको विकल्प नभएको कुरालाई जोड दिँदै भाव प्रक्षेपण सशक्त भएकाले भाव सम्प्रेषण सिकाऔं, बहर बुझेकाले बहर सिकाऔं ।
यसरी एक अर्कासंग सिक्ने सिकाउने क्रम अघि बढाई हातेमालो गर्दै अगाडि बढ्ने हो भने छोटो समयमा नै कसैले खोट लगाउन नसक्ने नेपाली गजलहरू लेखिने र अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाली गजलहरूले आफ्नो प्रभाव राख्न सक्षम हुनेछ भन्ने ठोकुवा गर्दै नेपाली गजल उन्नयन र गजलको हकहितका लागि समस्तसँग नेपाल गजल प्रतिष्ठान सहकार्य गर्न तत्पर छ भन्दै कार्यक्रम विसर्जन गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0