काठमाडौं । सप्तरङ्गी साहित्य समाज नेपाल र शैली साहित्य समाज नेपालको सयुक्त कार्यक्रम ललितपुरमा सम्पन्न गरिएको छ ।
लोकार्पण तथा रचनावाचन कार्यक्रमको उद्घोषण सप्तरङ्गी साहित्य समाजका अध्यक्ष एवम् युवा साहित्यकार तथा सम्पादक केशवराज भट्ट सागरले गर्नुभएको कार्यक्रममा सभाध्यक्ष शैली साहित्य समाजका अध्यक्ष मञ्जुश्री प्रधान केसी, प्रमुख अतिथि वरिष्ठ कथाकार एवम् साहित्यकार विजय चालिसे, विशिष्ट अतिथि डा.रेखा यादव, मोति शान्ति शाक्य, शाक्य सुरेन, बिनिता दाहाल, मोबिन खान, डिल्ली प्रसाद मुलतिहुन, कणाद महर्षी, रिषभ देव घिमिरे, लाल बहादुर भुजेल, डा.बिनोद विश्वकर्मा, रामहरी कपाली, कविराज घिमिरे, तेज कृष्ण श्रेष्ठ, नवराज पुडाशैनी, रमेश महर्जन, गौतम रत्न शाक्य, हरि श्रेष्ठ, अन्जु श्रेष्ठ लगायत ४५ जना साहित्यकारको उपस्थिति रहेको थियो ।
रोमा लम्साल, कान्ति अवस्थी, धर्मराज भट्ट, डम्बर कार्की, महेशमान केसी, प्रदिप महर्जन, जुपिटर प्रधान, अद्धिप प्रधान लगायतले कविता वाचन गरेका थिए । संस्थाले संयुक्त कार्यक्रम आयोजना गरेको हुँदा सबै साहित्यकारले खुशी व्यक्त गरेको थियो । कार्यक्रमका प्रमुख आकर्षक विजय चालिसेले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली साहित्यको संरक्षणमा टेवा पु¥याएको हुँदा संस्थालाई बधाई साथै अगामी दिनको लागि शुभकामना सहित आफ्नो तर्फबाट सकिने सहयोगको लागि अग्रसर रहने बताएका छन् ।
सभ्य र भव्य कार्यक्रम सम्पन्न भएको कार्यक्रममा उपस्थित विशिष्ट अतिथि डा. मोबिन खानले बताएको छ । दुबै संस्थाका अध्यक्षले हामी सयुक्त रूपमा नै कार्यक्रमको आयोजना गरि पुरस्कारको स्थापना गर्ने प्रतिबद्धता गरेको बताएको छ । बर्षमा दुई चोटि कार्यक्रम आयोजना गरेर साहित्यको संरक्षणमा लाग्ने जानकारी कार्यक्रम मार्फत अवगत गराएको थियो ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |