Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रामग्राममा औद्योगिक पार्क बनाउने अवधारणा

प्रभातफेरी अनलाइन ३८७ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १७, मंगलबार (३ साल अघि)
Post Thumbnail

टीकाराम गैरे
नवलपरासी÷जिल्लाको सदरमुकाम परासी आसपासमा औद्योगिक विकास बढदै गईरहेकै बेला सोही क्षेत्रमा औद्योगिक पार्क निर्माण गर्नु पर्ने अवधारणा जिसस प्रमुख भगौती यादवले सारेका छन् । जिल्ला स्थित सम्पुर्ण उद्योगहरुको सुचनासँगै मनोरान्जनात्मक बनाउने पुर्वाधार विकास गरि औद्योगिक पार्क बनाउन सक्ने अवधारणा अगाडी सारेका हुन् ।
जिल्ला भित्र बहुराष्ट्रिय कम्पनीका विभिन्न उद्योगसँगै सय भन्दा बढि ठूला उद्योगहरु रहेका छन् । ति उद्योगका उत्पादन,रोजगारीको अवस्था,बजार ब्यवस्थापन आदीबारे एकै स्थलमा पुगेर सुचना लिन सक्ने गरि औद्योगिक पार्क प्रयोग गर्न सकिन्छ, उनले भने, त्यस्ता पार्क ब्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीका लागि पनि उपयोगी बन्न सक्ने छ । बढेलेखेका युवायुवतीलाई रोजगारीको सुचना समेत त्यहाबाट लिन सक्ने छन् । कुन उद्योगमा के कति कस्तो खालको जनशतिm आवश्यक पर्छ । त्यसको तालिम लिन सक्ने र प्रयोगात्मक ज्ञान आर्जन गरि ति उद्योगमा काम पाउन सक्ने छन् । उद्योगलाई पनि जनशतिm एकै स्थानमा छनौट गर्न सक्ने र बेरोजगारलाई रोजगारी पाउने सुचना स्रोतको रुपमा बन्न सक्ने उनको भनाई थियो । मंगलवार ति औद्योगिक पार्कका लागि उपयुतm स्थानको खाजी गर्दै प्रमुख यादव रामग्राम १५ सुक्रौली पुगेका थिए । त्यस्तो पार्क निर्माणका लागि रामग्राम १५ स्थित करिब २० विघा क्षेत्रफल भएको नगरपालिका भित्रकै राष्ट्रिय माविको नाउमा रहेको जग्गामा बनाउन सकिने आधार देखाए ।
ति जग्गा अहिले चरनको रुपमा रहेको छ । विद्यालयलाई पनि कुनै आम्दानी हुन सकेको छैन् । वरिपरिबाट अतिक्रमण हुने अवस्था पनि छ । नजिकै तुरिया सिचाँई बाँध समेत बनेको छ । ति बाँधले खोलामा पानी सधै भरि हुदा सिमसारको रुपमा रहेको छ । सिचाई बाँध समेत अध्ययनरत विद्यार्थीका लागि अध्ययनको स्रोत हुन सक्ने अवस्था छ । साथै मनोरम दृष्यहरु देखिएका छन् । बाँधका कारण जम्मा भएको पानीमा बोटिगँ गर्न सक्ने छन् । पार्क नदि किनारमा भएको हुदा प्राकृतिक सौन्दर्यताले पनि पुर्ण रहने छ । सोही जग्गाा वरिपरि नेपालकै ठूलोा बायोग्यास प्लान्ट छ । पेप्सी उत्पादन हुने ठूलो उद्योगसँगै दर्जन भन्दा बढि ठूला उद्योगहरु छन् । यिनै उद्योगहरुलाई आग्रह गरेर सबै उद्योगको सुचना स्टल राख्न सकिने गरि छिट्टै छलफलका लागि बोलाउने तयारीमा छु, जिसस प्रमुख यादवले भने, लगानीका लागि पनि ठूलै रकम खोज्नु पर्ने आवश्यकता छैन् । नेतृत्वदायी भुमिकाको मात्र आवश्यकता छ ।
करोडौ र अर्बका लगानी गर्ने उद्योगहरुले दुईचार लाखको लागनीमा आफ्नो सुचना स्टल आफै राख्न सक्छन् । त्यसका लागि उनीहरुले समाजिक उत्तरदायित्व अर्थात कार्पोरेट सोसियल रिस्पन्सिबिल्टी (सिएसआर) कै रकम खर्च गरेर बनाउन सक्छन् । जुन ति उद्योगहरुले गर्नैै पर्ने प्रावधानहरु छन् । जिससले यसको समन्वय गर्छ तर नेतृत्व रामग्राम नगरपालिकाले लिनु पर्ने उनको भनाई थियो । औद्योगिक पार्क लुम्बिनी प्रदेशकै नमुना बन्न सक्छ, उनले थपे, त्यती मात्र होईन,यो क्षेत्र प्राचिन कोलिय गणराज्यको राजधानी रामग्राम(पण्डितपुर) र रामग्राम स्तुप क्षेत्रको बिचमा पर्छ । स्तुपामा आउने देशी विदेशी पर्यटकलाई पण्डितपुर जादा बिच बाटोमा नै पर्ने हुदा यो पार्क अन्य पर्यटकलाई समेत आकर्षित गर्नेछ । नगरपालिकाले सम्झौता गरेको कोलिय पिस पार्कलाई पनि यसै क्षेत्रमा राख्न सके अझै प्रभावकारी हुने उनले विश्वास ब्यतm गरेका थिए । त्यसैगरि सानो क्षेत्रमा स्तुपमा बन्न लागेको संग्रालय समेत यसै क्षेत्रमा राख्न सकिए संग्रालय विस्तारित हुने र यो औद्योगिक पार्क नेपालकै नमुना हुने छ । नाम औद्योगिक पार्क भए राखिए पनि अन्य क्षेत्रलाई समेत समेटेर यसको विस्तृत परियोजना प्रतिवेदन तयार गरि नगरपालिका अगाडी सर्नु पर्ने उनको भनाई थियो ।
औद्योगिक पार्क सम्बन्धि अवधारण विगत देखी नै उठेको भए पनि अहिलेसम्म मुर्त रुप नपाएको सम्बन्धित वार्डका वार्ड अध्यक्ष धनपत यादवले बताए । जिससले समन्वय गरिदिने हो भने अन्य निकायबाट पनि सहयोग भएर यसले सार्थकता पाउनेमा उनले विश्वास ब्यतm गरेका थिए । औद्योगिक पार्क नयाँ अवधारणा भए पनि समय सान्दर्भिक भएको लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य बैजनाथ जैसवालले बताए । यसका लागि आफुले प्रदेश सरकारसंग पनि लगानीका लागि पहल गर्न सकिने उनले प्रतिवद्धता जनाएका थिए । विभिन्न किसिमका पार्कहरु देखिएको र सुनिएको भए पनि औद्योगिक पार्क बनाउने अवधारणा पनि नौलो लागेको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत गंगाधर पाण्डेयले बताए ।
अवधारणा अनुसार कार्य गर्न सकेमा यसले औद्योगिक क्षेत्रको विकासमा समेत प्रोत्साहन मिल्ने र रोजगारी बजारको विकास हुनेमा उनले विश्ववास ब्यतm गरेका थिए । औद्योगिक पार्क बनाउने क्षेत्रको अवलोकन गर्न पुगेका उद्योग बाणिज्य संघका सदस्य रमेश यादवले औद्योगिक पार्क उद्योगी ब्यवसायिका लागि मात्रै नभई सर्वसाधारणका लागि पनि उपयोगी हुने हुदा संघले समेत यसमा प्रभावकारी भुमिका खेल्ने बताएका थिए । यि कार्यक्रम नगरपालिकाले संघसँग साझेदारी गरेर पनि गर्न सक्ने अवस्था रहेको उनले बताएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0