Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

परासीको करदाता सेवा कार्यालयले संकलन गर्याे ८० करोड ८७ लाख राजश्व

प्रभातफेरी अनलाइन ४५० पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २४, मंगलबार (३ साल अघि)
Post Thumbnail

टीकाराम गैरे
नवलपरासी । करदाता सेवा कार्यालय परासीले राजश्व संकलनका लागि लक्ष्य नजिक पुगेको छ । गत आर्थिक बर्ष देखी परासीमा राजश्व संकलन गर्ने उदेश्यले मात्रै खुलेको करदाता सेवा कार्यालयलाई तोकिएको लक्ष्य नजिक पुगेको कार्यालयको तथ्याँकले देखाएको हो ।
कार्यालयको तथ्याँक अनुसार आर्थिक बर्ष २०७८÷०७९ मा कुल ८५ करोड राजश्व संकलन गर्ने लक्ष्य भएकोमा ८० करोड ४७ लाख संकलन भएको छ । जुन प्रतिसतमा ९४.६७ प्रगति भएको उल्लेख छ । राजश्वका विभिन्न शिर्षकमा संकलन भएको रकम मध्ये सबै भन्दा बढि मुल्य अभिवृद्धि कर (भ्याट) रकम संकलन भएको कार्यालय प्रमुख करअधिकृत विकल्प भट्टराईले बताए । जस्मा ३५ करोड ४८ लाख रकम उठाउने लक्ष्य भए पनि ३१ करोड १४ लाख अर्थात १२२.२४ प्रतिसत प्रगति देखिन्छ । त्यस बाहेक अन्य शिर्षकमा लक्ष्य भन्दा कम राजश्व संकलन देखिन्छ ।
आयकरमा ४५ करोड ८९ लाख लक्ष्य भएको तर ४० करोड ९८ लाख प्रतिसतमा ८९.३ छ । बहालकरमा १ करोड ९१ लाख लक्ष्य भएकोमा १ करोड ३६ लख प्रतिसतमा ९९.५ रहेको छ । त्यसैगरि अन्तशुल्क ८ करोड ९८ लाख लक्ष्य भएकोमा ५ करोड २९ लाख ५९ प्रतिसत,ब्याजमा ३ करोड ३८ लाख लक्ष्य भएकोमा २ करोड ४ लाख प्रतिसतमा ६०.३७ रहेको छ । स्वास्थ्य सेवा शुल्क २२ लाख २ हजार लक्ष्यमा ३९ प्रतिसत १.७७ प्रतिसत छ । शिक्षा सेवा शुल्कमा ३ लाख ९ हजार लक्ष्य भएकोमा ३५ हजार प्रतिसतमा ११.३२ रहेको छ । पहिलो बर्ष लक्ष्य तोकेर परासीबाट राजश्व संकलन सन्तोषजनक नै रहेको करअधिकृत भट्टराईले जनाए ।
जिल्ला भित्र धेरै उद्योग कलकारखाना भएको तर तिनीहरुले अन्तशुल्क अझै भैरहवा राजश्व कार्यालयमै बुझाउने भएकोले अन्तशुल्क लक्ष्य अनुसार उठ्न सकेको छैन् । निकासी हुने मालबस्तुमा लाग्ने अन्तशुल्कका लागि प्रमाणपत्र जारी गर्नु पर्ने हुन्छ,उनले भने, तर अहिले परासी करदाता सेवा कार्यालय भन्दा भैरहवा राजस्व कार्यालयमै शुल्क बुझाउने र प्रमाणपत्र लिइने हुदा अन्तशुल्क कम देखिएको हो । करदाता सेवा कार्यालयबाट कार्यालयमा परिणत भए पछि बढि राजश्व उठ्ने सक्ने उनको भनाई थियो ।
करदातालाई सेवा दिइने कार्यमा उल्लेख्य प्रगति भएको उनले प्रतिवेदन देखाए । जस्मा ब्यतिmगत आयकरमा दर्ता २ हजार ८ सय भएकोमा ४ हजार ७ सय १ भएको छ । नयाँ अन्तशुल्क प्रमाणपत्र जारी तथा नविकरणमा १ हजार १ सय २० लक्ष्य रहेकोमा १ हजार ६ सय ३० भएको छ । स्थाई लेखा नं. दर्ता १ हजार ४ सय लक्ष्य भएकोमा ३ हजार २३ भएको छ । बायोमेट्रिक रजिष्ट्रेसन भ्याटको लक्ष्य ५ सय २५ भएकोमा ७ सय ५४ भएको छ । बायोमेट्रिक रजिष्ट्रसन आईटी सुन्य लक्ष्य भए पनि ५ सय ५८ भएको छ । अनुगमनबाट हुने सजाय रकम २५ हजार भएकोमा ३० हजार उठेको छ । तर बजार अनुगमन ५१ लक्ष्य भएकोमा ३९ मात्र भएको देखिएको छ । त्यसैगरि करदाता शिक्षा पनि ८ वटा लक्ष्य भएकोमा ७ वटा सम्पन्न भएको थियो ।
कर अधिकृत भट्टराईका अनुसार कार्यालयको खर्च तर्फ चालु खर्चमा ७६ लाख २८ हजार ४० रहेको त्यसमा ४३ लाख १७ हजार ३ सय ३१ खर्च भएको र ३३ लाख १० हजार ७ सय ९ बाकी रहेको थियो । त्यसैगरि पुजिँगत तर्फ ९ लाख ४५ हजार बजेट भएकोमा ९ लाख ४३ हजार १९ रुपिया अर्च भएको र १ हजार ९ सय ८१ बाकी रहेको थियो । कार्यालयमा हाल करअधिकृत १,नाुयब सुब्बा २ ,डाटाइन्ट्रि सुपरवाईजर÷कम्प्युटर अपरेटर १,हलुका सवारी चालक १ र कार्यालय सहयोगी गरि कुल ६ जनाको दरबन्दी भएकोमा एक जना नायबसुब्बाको दरबन्दी अझै रितm रहेको करअधिकृत भट्टराईले जानकारी गराएका थिए ।
परासीमा लामो समय देखी राजश्व कार्यालयको माग हुदै आएकोमा दुई बर्ष पहिला मात्र कर दाता सेवा खोल्ने निर्णय भएको थियो । कार्यालयका लागि तत्कालिन जिसस प्रमुखले भवन नदिने जनाए पछि लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवाल सहितको स्थानिय सरोकारवालाले तत्कालिन महिला बालबालिकाका कार्यालयको भवनमा तालाबन्दी समेत गरेका थिए । अहिले त्यही कार्यालयमा करदाता सेवाले आफ्नो सेवा दिदै आएको छ । त्यसमा पनि गत आर्थिक बर्ष देखी पुरै समय राजश्व संकलन गर्ने कार्य भएको थियो । कर बुझाउन करदाताहरुलाई राष्ट्रिय बाणिज्य बैंक परासी शाखा कार्यालय देखी टाढा भएकोले अहिे कर मात्रै बुझ्ने गरि कार्यालय भित्रै बैंकको काउण्टर समेत खोलिएको हुदा करदातालाई कर बुझाउन सजिलो भएको उनको भनाई थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0