Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सांसद यादवद्धारा भवन शिलन्यास

प्रभातफेरी अनलाइन ३५८ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २२, बुधबार (३ साल अघि)
सांसद यादवद्धारा भवन शिलन्यास

उर्मिला यादव
भैरहवा । गोपाल सेवा समिती रुपन्देहीको भवन एक कार्यक्रमका बिच शिलन्यास गरीएको छ । गोपाल सेवा समिती रुपन्देहीको आयोजनामा मायादेवी गाउपालिका वडा नम्बर ६ गुरवनियामा रुपन्देही क्षेत्र नम्बर ४ का संघिय सांसद प्रमोद कुमार यादवले एक कार्यक्रमका बिच भवनको शिलान्यास गर्नु भएको हो ।
गोपाल सेवा समिती सियारी रुपन्देहीले श्रीकृष्ण जन्माष्टमीको अवसरमा यहि भदौ ३ गते गरेको रक्तदान, सम्मान तथा बिरहा मुकाबला कार्यक्रममा सांसद यादवले समितीको भवन निमार्णका लागी एक कठठा जग्गा दान दिने घोषणा गर्नु भएको थियो । जसको मुल्य एक करोड बराबरको रहेको छ । आफनो बचनबद्धतालाई पुरा गर्दै सांसद यादवले गोपाल सेवा समिती रुपन्देहीको भवन सोहि जग्गामा शिलन्यास गर्नु भएको हो ।
भवनको शिलन्यास गर्दै सांसद यादवले गोपाल सेवा समिती रुपन्देहीको भवन धेरै बर्षदेखि जग्गा उपलब्ध हुन नसकेकोले भवन बन्नमा ढिलाई भएको बताउदै अबको एक बर्षभित्रमा नै यो भवन बन्नुपर्ने बताउनु भएको छ । कार्यक्रममा बोल्दै सांसद यादवले हामीले सबै समुदायलाई जोडेर, एक साथ अघि बढनुपर्नेमा जोड समेत दिनु भएको छ ।
उहाले यादव समाज एकताका साथ अगाडी बढन जरुरी रहेको बताउदै यस्तो हुन सकेमा हाम्रो समाज, घरपरीवार, गाउ हुदै देशको समेत बिकास हुने बताउनु भएको छ । सांसद यादवले जिल्लाका सम्पुर्ण यादवहरु मिलेर आ आफनो तर्फबाट आफुले सकेको जति गोपाल सेवा समितीलाई योगदान गर्न समेत आग्रह गर्नु भएको छ ।


यस्तै गरी कार्यक्रममा बोल्दै गोपाल सेवा समिती रुपन्देहीका अध्यक्ष भरथरी यादवले गोपाल सेवा समितीको भवन शिलन्यास हुनु गर्वको बिषय भएको बताउनु भएको छ । बिगत लामो समय देखि समितीको भवन नहुदा गोपाल सेवा समिती रुपन्देहीले धेरै समस्याको सामना गर्नु परेकोले अब यो समस्या समाधान भएकोले यादव समुदायमा खुसियाली छाएको बताउनु भएको थियो ।
यस्तै गरी भवन शिलन्यास कार्यक्रममा बोल्दै मायादेवी गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष अग्नु प्रसाद यादवले विबिधताले भरीएको हाम्रो समाजमा एकता हुन आवश्यक रहेको बताउनु भएको छ । उहाले गोपाल वंशमा यादवहरुको जन्म हुनु गर्वको कुरा भएकोले हामी मिलेर अगाडी बढनुपर्नेमा जोड दिनु भएको थियो ।
बि स २०४८ सालमा डाक्टर रोहीणी प्रसाद यादवको अध्यक्षतामा गोपाल सेवा समिती रुपन्देहीको स्थापना भएको थियो । बिभिन्न आरोह अवरोह पार गर्दै यहा सम्म आइपुगेको यो समिती यदुवंश समाजको लागी गौरवको बिषय भएको सहभागीहरुले बताएका छन ।
समितीका अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष भरथरी यादवको अध्यक्षता तथा समितीका केन्द्रिय सदस्य तथा बरिष्ठ उपाध्यक्ष मातृका प्रसाद यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा मायादेवी गाउपालिका अध्यक्ष धुर्व नारायण चौधरी , सियारी गाउपालिका अध्यक्ष थानेश्वर घिमिरे, मर्चवारी गाउपालिका अध्यक्ष गयाप्रसाद बरइ, रोहीणी गाउपालिका भुतपुर्व गाबिस अध्यक्ष सनोज कुमार यादव, गोपाल सेवा समितीका पुर्व अध्यक्ष महेन्द्र यादव, समितीका संस्थापक सचिव सुग्रीव प्रसाद यादव लगायत बिभिन्न गाउपालिका अध्यक्ष, वडाध्यक्ष, समितीका पदाधिकारी, सल्लाहकार, सरोकारवाला लगायत स्थानियको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा सुपरस्टार बिरहा गायक हरकेश यादव र सुनिता यादवले बिरहा गीत मार्फत आ आफनो कला प्रस्तुत गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0