सर्लाही । पूर्व कृषि मन्त्री तथा नेपाल समाजवादी पार्टीका नेता सांसद महिन्द्र राय यादवको नाम सर्लाही क्षेत्र नम्बर २ बाट सर्वसम्मत सिफारिस भएको छ ।
नेपाल समाजवादी पार्टी सर्लाहीका अध्यक्ष विनय कुमार रायको अध्यक्षतामा मंगलवार मलंगवामा बसेको जिल्ला समन्वय समितिको बैठकले आगामी मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा संघीय संसदको लागि प्रत्यक्षतर्फ नेता रायको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
त्यस्तै सो पार्टीको जिल्ला समन्वय समितिको बैठकले २ नम्बर क्षेत्रबाट प्रदेशसभाको (क) र (ख) मा पनि प्रत्यक्ष उमेदवारहरुको नाम समेत सिफारिस गरेको छ । जसपमा प्रदेशसभा तर्फ (क) बाट पचु महतो, जितेन्द्र साह, सुनिल साह र सुशीलादेवी यादवको नाम सिफारिस गरेको छ भने प्रदेशसभा (ख) बाट जिल्ला समन्वय समिति सर्लाहीका प्रथम सभापति मेथुर चौधरी र नेता कृष्ण कुमार यादवको नाम सिफारिस गरिएको सो पार्टीले जनाएको छ ।
जनता समाजवादी पार्टीबाट अलग भएर बनेको नेपाल समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष राय २०७४ सालमा भएको संघीय संसदको चुनावमा पनि सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो ।
सर्लाही क्षेत्र नम्बर २ लाई सांसद रायको पकड क्षेत्र मानिन्छ । गठबन्धनको सिट बाँडफाडमा पनि क्षेत्र नम्बर २ रायकै नेपाल समाजवादी पार्टीकै भागमा पर्ने भएकोले र राय सर्वमान्य तथा लोकप्रिय नेता भएकोले उहाँकै नाम सिफारिस गरिएको मलंगवाबाट सो पार्टीका नेता लोकेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |