Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपालभाषा साहित्यका महान् कवि सिद्धिदास अमात्य

प्रभातफेरी अनलाइन ४४२ पटक पढिएको प्रकाशित मिति: २०७९ आश्विन २५, मंगलबार (३ साल अघि)
Post Thumbnail

मोहन दुवाल, साहित्यकार
तथा जनमतका प्रधानसम्पादक

नेपालभाषा साहित्यमा सिद्धिदास अमात्य महान् साहित्यकार तथा महाकविका रुपमा प्रख्यात छन् । नेपालभाषा साहित्यलाई उच्च स्थानमा पु¥याउने कार्यमा यिनले पु¥याएका योगदानहरु उल्लेखनीय छन् । वि.सं. १९२४ असोज १ गते माता हर्षलक्ष्मी र पिता लक्ष्मीनारायण अमात्यका छोराका रुपमा सिद्धिदासको जन्म केलटोलमा भएको हो । पुर्खौली घर भक्तपुर क्वाछेँटोलबाट यिनका बाजे रामनारायण केलटोलमा बस्न थालेपछि यिनी केलटोलमा जन्मे र हुर्के । यिनका बाबु लक्ष्मीनारायणले नै यिनलाई ५ वर्षको उमेरमा अक्षराम्भ गराएको देखिन्छ । सिद्धिदासले आफ्नो विद्याअभ्यासमा आफ्नो आत्मकथामा यसरी लेखेका छन् – “नमोवागीदेखि एकएक अक्षर गरी खरीले लेखेर सिकाए । त्यो सिकाएको अक्षर चाँडै चिनेँ । घरैमा बसेर अक्षर लेखेँ । धुलौटे पाटीमा अक्षर लेख्दा मेरो मन सधैं रमाउँथ्यो किनकी मलाई त्यसैमा अक्षर चिनाउँदथे र म ती सबै अक्षर चिन्दथेँ । मैले अक्षर चिनिसकेँ, एकएक गरी सबै जानिसकेपछि मलाई चाणक्य–नीति पुस्तक पढाइयो ।” घरैमा आफ्नै बुबाबाट दीक्षित हुँदै आएका यिनी पछि त्यही टोलमा बस्ने लक्ष्मीनाथ पण्डितको घरमा पढ्न गएको देखिन्छ । यसैगरी यिनी २१ वर्षको उमेरसम्ममा भारस्वती, पञ्चाङ्ग गणित, चिन्तामणि ज्योतिष पढेर पछि रत्नमान नायव मुखियाको अड्डा थापाथली नगदी तहविलमा अक्षर लेख्न गएको पाइन्छ ।


१६ वर्षको उमेरमा यिनी केही दिनपछि कलकताबाट फर्केर थापाथलीमा सिपाहीमा भर्ती भएर जागिर खाए र राणा घरबारभित्रको झैं–झगडा र चलखेलले गर्दा यिनी सिपाहीमा टिकिरहन सकेनन् अर्थात् केही महिनापछि नै सेवाबाट बर्खास्त भएको देखिन्छ । त्यसपछि बुबा लक्ष्मीनारायणले केलटोलकै कपडापसलमा यिनलाई राखे । यसै समयताका यिनले घरबुना लुगा बुन्ने, धागो बुन्ने कल बनाउने काममा पनि यिनी लागे । निकै परिश्रमी र जे काम पनि सिक्न खोज्ने यिनको बानी थियो । कपडा कलकताबाट ल्याउने यिनीहरुको व्यापारिक सम्बन्ध रहेकोले वि.सं. १९५७ देखि वि.सं. १९६३ सालसम्ममा यिनी करिव ७ वर्षसम्म कलकता आउने–जाने गरिरहे । स्वास्थ्यस्थितिले साथ नदिएको कारणले यिनी पछि कलकता जान छोडे । अध्ययनशील सिद्धिदास खराब काममा सानैछँदादेखि लागेनन् । खराब सङ्गतमा लागेर यिनले कहिले पनि खेलवाड गर्ने, जात्रामात्राको हूलमा गएर हेर्न जाने, तमाखु–चुरोट खाने यिनको स्वभाव र बानी बनेनन् । सुखसागर, रामायण, हितोपदेश, चिन्तामणि ज्योतिषसारको अध्ययन गरेर यिनले आफूलाई परिमार्जित मात्र तुल्याएनन्, अध्ययनबाट आफूलाई खार्न लगाएर थुप्रै ज्ञानका पुस्तकहरु कलकताबाट झिकाएर पनि अध्ययन गरे ।
निकै अध्ययनशील सिद्धिदास भारतबाट समेत पुस्तक, पत्र–पत्रिका झिकाएर पढ्ने, एकसुरमा पढेर मात्र बस्ने बानीले यिनले भाषा–साहित्यमा आफ्नो दख्खल बनाउँदै लगे । काठमाडौंको मखनटोलमा रहेको पुस्तक पसलमा दिनको एकचोटी पुग्ने र मन परेको पुस्तक किनेर ल्याएर पढ्ने यिनको बानी बस्यो । यसरी अध्ययन गर्ने बानीले गर्दा भाषा–साहित्यप्रति यिनको मोह बढ्दै गयो । त्यसताका निकै चर्चामा रहेको प्रेमसागर पुस्तक मछिन्द्रबहालका मित्र मोतीलालसँग मिलेर अनुवाद गर्न खोजे । १ वर्ष लगाएर प्रेमसागरको पुस्तक अनुवाद गरे पनि । यसैताका चक्रपाणि चालिसेसँग यिनको चिनाजानी भयो । चक्रपाणिले श्लोक लेखाउन सिकाए पछि यिनमा पनि काव्य लेख्ने साहस बढेको देखिन्छ । भानुभक्तको रामायणले यिनलाई थप प्रेरणा थपिदियो । वि.सं. १९६४ तिर उनले पनि सिद्धिरामायण लेखि सिध्याए । श्लोक बनाउन जानेपछि छन्दमा लेख्न सिके । सर्वप्रथम आफ्नो मौलिक कृतिका रुपमा सत्यसती नामको काव्य लेखी सिध्याए ।
अध्ययनशील सिद्धिदास अमात्य आधुनिक नेपालभाषा साहित्यका आदिकविका रुपमा पनि प्रख्यात छन् । केही कविताहरु यिनले नेपालीमा पनि लेखेका छन् । उनका कविताहरु सुन्दरी पत्रिकामा वि.सं. १९६३ मा नै प्रकाशित छन् । यिनी ६३ वर्षसम्म बाँचे अर्थात् यिनको अवसान वि.सं. १९८७ मा भएको देखिन्छ । संस्कृत भाषामा पनि दख्खल रहेका यिनी ज्योतिषशास्त्रमा पनि पारङ्गत थिए । तर पनि यिनले निःस्थार्थभावले भाषाप्रति गरेको सेवाभाव, साहित्यिक सिर्जना ऐतिहासिक रहनुका साथै अत्यन्त आदर गर्न लायकका छन् । यिनका प्रकाशित कृतिहरुबारे आफ्नो आत्मकथामा यसरी अगाडि लेखेका छन् –“बनारसबाट सुन्दरी पत्रिका ल्याइपु¥याएका थिए । मैले नजानी नजानी सिलोक बनाएर चक्रपाणि बाजेलाई देखाउँदै बनारस पठाइरहेँ । त्यसबेला कोठामा एउटा धुलौटो र खरी पनि राखिछोडेको थिएँ तर मैले सलाई खोज्दा भेट्टाइन । अँध्यारोमै राखेको ठाउँबाट खरी लिएर धुलौटोमा त्यो पद लेखेछु; त्यो लेखेपछि निद्रा लागेकोले फेरि सुतेछु, बिहान जागा भै हेर्दा बनिया कन्हैया मौर नन्दलाल भनेर लेखेको रहेछु । त्यही कुरा चक्रपाणिलाई सुनाउँदा राम्रो कुरा रहेछ भनेर उनले श्लोक बनाउन सिकाउँदा ममा साहस आयो । ती बाजेले भनेको श्लोक नै बनाउँछु भनेर अभ्यास गर्ने हो भनी १९६३ साल आषाढ बढी ११ रोजमा भानुभक्तले बनाएको रामायण एउटा किनेर ल्याएँ । त्यो पढेर दिनदिनै एकदुई श्लोक बनाउने बानी गरेँ ।” यसरी चक्रपाणि कविको निर्देशनमा, भानुभक्तको रामायण पढेर यिनले श्लोक लेख्न सुरु गरेको पुष्ट्यार्ईं हुन्छ । परिश्रमी सिद्धिदासले अध्ययनमा निकै समय दिए । पुस्तक पढ्न पाएपछि दङ्ग पर्ने यिनी भारतसम्मबाट पनि पत्र–पत्रिका मगाएर पढ्न पाउँदा खुसी हुने गर्दथे । यिनले आत्मकथामा लेखेका छन् –“मैले पहिले लेखी राखिछाडेको प्रेमसागरमा भाखा श्रीकृष्णचरित्र पनि अब त सिध्याउनै प¥यो भनेर १९६४ साल पुग्दा त्यसमा पनि ९० अध्याय पु¥याएर लेखिसिध्याएँ । अनि त्यसैलाई सिद्धिरामायण नाम राखेँ ।” यसरी कठिन परिश्रममा कविता लेख्दै आएका सिद्धिदासले छन्दमा राम्ररी श्लोक पछि लेख्न सिके । यसरी यिनको समर्पण र सिर्जना काव्य विधामा निरन्तर हुन थालेको देखिन्छ । सज्जन हृदयाभरण, सत्यसती खण्डकाव्यपछि सिद्धिरामायण किष्किन्धा काण्ड (महाकाव्य), शुकरम्भा संवाद व रम्भा शुकसंवाद, सज्जन कथा भरन, त्यसपछि स्वँग ऋण, सरल श्रुतवोध, शारदा भजन, सुख दुःख, संगदोष आदि माथि उल्लेख भएका सबैजसो काव्यकृतिहरु वि.सं. १९७२ सालसम्ममा लेखेका हुन् । १९७२ मा नै साधारण धर्म, सर्वभक्ति, सदोलिला काव्यिक भाषामा विभिन्न नैतिक ज्ञानका पुस्तकहरु लेखेर आफूलाई सर्वज्ञानले सम्पन्न लेखकका रुपमा चिनाउन प्रयास गरेको पाइन्छ । सतनीति, सप्तविवाद पछि संवाद (सकतां श्लोक) लेखेको कुरा यिनले लेखेका छन् । १९७५ र १९७६ मा साधारण धर्म, सल्हा साहुति, संग सुमन, स्वंगुगुण यी आदि माथि उल्लेख भएका पुस्तकहरु सिद्धिदास ५२ वर्ष ८ महिना पुग्दासम्ममा लेखिएका हुन् ।
त्यसताकाका सिद्धिदास साथीभाइहरुमाझ निकै अध्ययनशील व्यक्तिका रुपमा सुपरिचित भएको सन्दर्भहरु धेरैले उल्लेख गरेका छन् । अङ्ग्रेजी, संस्कृत, हिन्दी, नेपाली, नेपालभाषाका पनि ज्ञाता सिद्धिदासले नेपालभाषा साहित्य र भाषामा आफूलाई समर्पित तुल्याएर आधुनिक साहित्य सिर्जना गर्ने महान कार्य गरेर नेपालभाषा साहित्यको ढुकुटी भरिदिने महत्वपूर्ण कार्य–कर्म गरेको देखिन्छ । त्यसैले भन्न सकिन्छ – सिद्धिदास अमात्य नेपालभाषा साहित्यका महान आधुनिक आदिकवि हुन् । यिनी त्यस युगका प्रतिनिधि महाकवि हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0