Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चामुण्डादेवीको मन्दिर

प्रभातफेरी अनलाइन ४५१ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक ९, बुधबार (३ साल अघि)
चामुण्डादेवीको मन्दिर

परशु घिमिरे

श्रीस्वस्थानी कथामा सतिदेवीको अंगपतन भएको भनिएको प्रसिद्ध चामुण्डा मन्दिर पाँच रोपनी क्षेत्रफलमा बनेको छ । मन्दिर २०३८ सालमा पुनर्निर्माण भएको हो । सत्ययुगमा दक्ष प्रजापतिकी पुत्री सतिदेवीको मृत शरीर माहादेवले बोकेर हिँड्दा, जहाँ जहाँ अंगपतन भयो, त्यहाँत्यहाँ एउटा एउटा शक्तिपीठ उत्पन्न भएको कथा श्रीस्वस्थानी पढ्न पाइन्छ । त्यही अंगपतन हुने क्रममा नेपालको जोरपाटीमा सतिदेवीको नङ पतन भएकाले त्यस स्थानको नाउ चामुण्डा रहन गएको भनिन्छ । चामुण्डा दवी पनि शक्तिपीठहरूमध्येको एउटा पीठ हो । हेर्दा हातको नङ जस्तो देखिने भगवतीको शिलामा देवी स्वरूप बनाएर नित्यपूजा गर्ने गरिन्छ । वर्षको दुईपटक बडादशै र चैतेदशैमा विशेष भीड लाग्ने उक्त मन्दिरमा टाढाटाढादेखिका भक्तजनहरू आउँछन् । नवरात्रीभरि बिहानैदेखि निकै टाढादेखि भक्तजनहरू दर्शन पूजा गर्न आए पनि बत्तीमुनि अँध्यारो भनेजस्तै राजधानीमै भएका चामुण्डको मन्दिर छायाँमा परेको छ । जोरपाटी चोकबाट झन्डै दुई सय मिटरको दुरीमा रहेको यस चामुण्डा मन्दिरसँगै गणेशको मन्दिर पनि छ । यसको विशेषता झनै अच्चमलाग्दो छ । सुनिएअनुसार पहिला कुनै समयमा एकजना घिमिरे ज्योतिष थिए, उनको नाउँ जगनाथ घिमिरे हो । उनै घिमिरे जोतिषले गणेश सिद्धि गरेका थिए भनेर स्व. कालु गुरु अर्थात् चिरञ्जीबी अर्याल गुरुले भन्ने गर्नुहुन्थ्यो । मन्दिरभन्दा सात फिट तल खन्दा पनि त्यसको छेउ भेटाउन सकिएन । जति तल गयो त्यति नै फराकिलो भएपछि त्यसलाइ खन्न छाडियो रे अनि राति सपनामा गणेशले दर्शन दिए रे । पहिला सेतो ढुंगा मात्र थियो पछि त्यही ढुंगामा गणेशको आकृति देखिदै गयो भन्ने भनाइ अहिले पनि सुन्न पाइन्छ । २०४१ सालदेखि प्रत्येक वर्ष चैत्र अष्टमीका दिन चामुण्डा, गणेश र भैरवको रथ घुमाउने गरिन्छ । हजारांैको सख्यामा भक्तजनहरूको उपस्थित हुन्छन् । त्यसदिन पञ्चबलि पनि दिइन्छ भने रथलाई जोरपाटीका विभिन्न भागमा परिक्रमा गराई अन्त्यमा मन्दिरमा ल्याएर राखिन्छ र त्यहाँ दिएको पञ्चबलिको प्रसाद सबै भक्तजनलाई बाँडिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0