Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गोरखाली फौजसँग अंग्रेज फौजको काभ्रेको कामिडाँडामा लडाईं

प्रभातफेरी अनलाइन ३६५ पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २२, मंगलबार (३ साल अघि)
गोरखाली फौजसँग अंग्रेज फौजको काभ्रेको कामिडाँडामा लडाईं

परशु घिमिरे

काभ्रे जिल्लाको बेथाञ्चोक गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने कामिडाँडामा गोरखाली फौज र अंग्रेज फौजबीच ठूलै लडाईं भएको रहेछ । अंग्रेज सेना (फौज) मध्ये पाँच सय जनालाई गोरखाली सेनाले टाउँको गिडेर खाल्डोमा हालेका अरे, जसलाई आज पनि घ्यागर वांग भनिन्छ । तामांग भाषामा घ्यागर वांग भनेको विदेशीलाई पुरेको खाल्डो भनिन्छ अरे । ८६ वर्षिय अक्कलबहादुर तामांगका अनुसार गोरखाली फौजले अंग्रेज फौजलाई हराएको ठाउँ हो यो । बेथाञ्चोक गाउँपालिकाको वडा नम्बर ३ मा अहिले पनि प्रसिद्ध गोरखाली गाउँ छ । ब्रिटिस सेना (अंग्रेज फौज) लाई गोरखाली फौजले युद्ध जितेर गएर बसेकाले गोरखाली गाउँ भनिएको हो । अक्कलबहादुरका अनुसार गोरखाली फौजका कमाण्डरलाई सपनामा महादेव आएर भनेछन् विदेशी फौज उत्तर फर्कदा अन्धकार (अध्यारो) देख्छन्, दक्षिणतिर फर्कदा उज्यालो देख्ने छन् । यसर्थ तिमीहरु बन्दोबस्तका साथ लडाईं लड्नु, तिमीहरुको जित निश्चित छ । यसो भनेर महादेव अलप भएछन् । त्यहीँ बेलादेखि नै कपुर महांकालको पूजाआजा गर्न थालिएको हो । अक्कलबहादुर तामांगकै पहलमा कपुर महांकलको मन्दिर बनाइएको छ । कामिडाँडाबाट एक किलोमिटरमाथी अग्लो चुचुरोमा यो महादेवको मन्दिर बनाइएको छ । यो डाँडाको चुचुरोमा तामाको दुई तीन फिट अग्लो पिल्लर गाडिएको छ । कुनैबेला माओवादी सेनाको काभ्रेको कामिडाँडामा शिविर बनाइएको र पछि चितवनको शक्तिखोर शिविर लगिएको थियो । इतिहास हामी नेपालीको गौरवको विषय हो । बेथाञ्चोक गाउँपालिकाले खोज, अध्यायन, अनुसन्धान र युद्धकला संग्राहलय निर्माणमा पहल गरोस् । युद्धकला संग्राहलय बन्यो भने पर्यटकीय गन्तव्य बन्न सक्छ भन्ने कुरा ख्याल गर्न पालिकासँग आग्रह गर्न चाहन्छु ।
र, सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अङ्ग्रेज युद्ध त्यस बेलाको नेपाल अधिराज्य र इष्ट इन्डिया कम्पनी बिच भएको थियो, जसको परिणाम स्वरूप सुगौली सन्धी भएको थियो । नेपालले आफ्नो एक–तिहाई भूभाग बेलायतलाई सुम्पनु परेको थियो । नेपाल र अङ्ग्रेज इष्ट इन्डिया कम्पनी सरकारबिच १८१४ देखि १८१६ सम्म भएको युद्धलाई एङ्गलो–नेपाल युद्ध (१८१४–१६) पनि भनिन्छ । इष्ट इण्डिया कम्पनीले नेपालका विभिन्न भागमा आक्रमण गरेका थिए ।
कप्तान किनलोकको नेतृत्वमा आधुनिक हतियारसहित २४ सय अंग्रेज फौज आएको बुझिन्छ । नेपाल एकीकरणका क्रममा रहेका राजा पृथ्वीनारायण शाहका गोर्खाली फौजले सिन्धुलीगढीमा घरेलु हतियार र अरिंगालको गोलाको मद्दत लिएर अंग्रेजलाई पराजित गरेको इतिहास छ । युद्ध भएको २५० वर्ष पूरा भएको सन्दर्भमा सिन्धुलीगढीमा संग्रालय बनाइएको हो ।
घरेलु हतियारका भरमा युद्ध लडेर गोरखाली सेनाले अत्याधुनिक हातहतियारले सुसज्जित अंग्रेजहरूलाई परास्त गरेका थिए । विसं १८२४ असोज १५ गते भएको उक्त युद्धमा एक हजार ६०० जति अत्याधुनिक बन्दूकधारी अङ्ग्रेज जवानको सिन्धुलीगढीमा ज्यान गएको थियो । सरदार वंशु गुरुङको फौजले चेपुवामा पारी अङ्ग्रेज फौजमाथि आक्रमण गरेको थियो भनिन्छ । यो सिन्धुलिगढ़ी युद्ध नै विश्व बिजेता अंग्रेजको एसियामा पहिलो पराजय भएको केहि इतिहासविदको दाबि छ भने कसैले दक्षिण एसियामा अंग्रेजको पहिलो पराजय भएको दाबी गर्दछ
सिन्धुली गढीमा तीन दिनसम्म युुद्ध भएको अनुमान गरिएको छ । इतिहास शिरोमणी बाबुराम आचार्य, इतिहासविद् प्रा. दिनेशराज पन्त र गढीबारे लामो समय अध्ययन गरेका पूर्वजर्नेल डा. प्रेमसिंह बस्न्यातले लेखेको पुस्तकमा समेत असोज १५ गते नै सिन्धुली गढीमा गोर्खाली फौजले विजय हासिल गरेको कुरा स्पष्ट छ । इतिहास गौरव गर्ने विषय हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0