आवाज शर्मा “बाला”
अन्नपूर्ण १, कास्की
कसैले हाँगो हल्लायो झरे सारा रहर शायद
अझै पाक्ने प्रतीक्षामा थिए काँचा रहर शायद
रहरको भीडमा बाठा चढेका छन् अरूमाथि
त्यहीं पिल्सेर मर्दैछन् सिधासादा रहर शायद
हिजो मात्रै डढेलोमा रहर आधा जलेका हुन्
मलामी भै गएका छन् अरू आधा रहर शायद
सबै अलमल भएका छन्, हराएको नपाए झैं
हुरीमा धूल उड्दा झैं उडे सबका रहर शायद
जो आफ्नो हैन उसकै आश यो मनमा छ यस्तो कि
रहरकै टेकोले थाम्ने न हो ढल्दा रहर शायद
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |