काभ्रे । जति जति निर्वाचन नजिकिँदै आउँदै छ, त्यति त्यति गठबन्धनप्रति जनसागर लालायित हुँदै आएको प्रमाणित एमाले पूर्व जिल्ला कमिटी सदस्य भुवनकुमार मल्लसहित २५ जना विभिन्न नेता कार्यकर्ताको आगमनले पुष्टि गरेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मुखैमा एमाले परित्याग गरेका ति नेतृत्वहरुका कारण पनि मतदातामाझ गठबन्धन लोकप्रिय बन्दै गएको आभाष मिलेको छ । नेता मल्लसहित संगठित सदस्य सोमलाल तामाङ्ग, कृष्णबहादुर मल्ल, नवराज लम्साल, सरिता तामाङ्गसहित २५ जना एमाले छोड्दै कांग्रेस प्रवेश गरेका हुन् ।
लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट काभ्रेपलाञ्चोक प्रतिनिधि सभा क्षेत्र नं २ का साझा उम्मेदवारसमेत रहेका नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद शिवप्रसाद हुमागाईले टीका लगाएर उहाँहरुलाई पार्टीमा स्वागत गरेका छन् ।
एमालेमा व्यक्तिवादी र हैकमवादी प्रवृत्ति हाबी भएको, एमाले प्रतिनिधि सभा सदस्य उम्मेदवार गोकुलप्रसाद बाँस्कोटा भ्रष्टाचारमा लिप्त भएको, ७० करोड टेप प्रकरणमा मुछिएको, कार्यकर्तालाई रुखो बोलेर हेप्नेसमेत गरेकाले भ्रष्टाचारमा लिप्त बाँस्कोटालाई जिताउन मन नलागेर एमाले परित्याग गरेको उहाँहरुले बताउनुभएको छ ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |