Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १५, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पूँजीवादी दलाल र विवेक विहिन समाज

प्रभातफेरी अनलाइन ५२० पटक पढिएको प्रकाशित मिति: २०७९ कार्तिक २९, मंगलबार (३ साल अघि)
पूँजीवादी दलाल र विवेक विहिन समाज

दिनेश चौलागाईं

राजनीति वर्ग संघर्षको जगको उपज हो । शासक र शासित बिचका मतभेद कारण आज विभिन्न समुदाय आन्दोलनमा छ र उपलब्धी हासिलको दिशामा अग्रसर छ । आन्दोलनका दौरानमा चुनौती नयाँ दलाल पूँजीवादी बर्गको उदयले अझै थपिएको छ । हरेक क्षेत्रमा दलाल पूँजीवादको उपस्तिथि देखिन्छ, त्यसैले न्यून आय आर्जन भएकाहरु बाँच्न कठिन भएको छ । गरिबी कै कारण स्वास्थ्य, शिक्षा र रोजगारीमा समान पहुँच हुन सकेको छैन । आज समाजमा स्वच्छ रुपले बाँच्न पाउने मानव अधिकार समेत हनन भएको छ ।


मानव सभ्यताको इतिहाससँगै हजारौं बर्ष समाज संगठित र एकीकृत गर्न विभिन्न समयका धर्म तथा त्यस अनुसारका कानुनद्वारा शासन गरेको पाइन्छ । सभ्यताको विभिन्न कालखण्डहरु पार गर्दै आजको यो सभ्यताको युगमा समेत समानता रुपि दृष्टिकोण ओझेलमा पर्नु र शक्ति संघर्षद्वारा गरिब निमुखाहरु पूँजीवादी अर्थब्यबस्थाद्वारा पेलिरहनु तथा संस्थागत शोषण कायम रहनु मानव अधिकारप्रतिको बेइमानी हो । आजको वैज्ञानिक उपलब्धीहरूमा पूँजीवादी क्रियाकलापद्वारा गरिबहरुले प्रयोगमा ल्याउन नसक्ने अबस्था सिर्जना गराउनु नै मानबता बिरोधी गतिविधि हो आज असमान अर्थ ब्यबस्था कै कारण उपलब्ध श्रोत प्रयोगको आधारमा वर्गीकरण भएको देखिन्छ । माग बढी भएको बस्तुको मुल्य बढ्नु र माग कम भएको बस्तुको मुल्य घट्नु अर्थशास्त्रको नियम हो तर आज बैज्ञानिक उपलब्धिमा एकाधिकार कायम गर्न विभिन्न पूँजीवादी दलाल खडा गरि मानव जिबनका अति आवश्यक संवेदनशी विषयहरु समेत व्यवसायमुखी बनाउँदै सेवाको रुपमा किनबेच हुनु विवेकहिन अर्थ आर्जन गर्नु हो । आजको अग्रगामी समाजको नाममा हरियोको हरेउ झैं लागेकाहरुले मानवतालाई कुरुप बनाउँदै आदर्श, स्वाभिमान, नैतिकता र इमान्दारीताको लिलाम गर्दै सामाजिक न्यायलाई, जाल झेल कपटपूर्ण हिसाबले व्यावसायिक बनाउँदै समाजमा अत्याचार मौलाउनु दुर्भाग्यपूर्ण छ । जीव र प्रकृतिको स्वतन्त्रतामा पर्खाल खडा गरि आफू अनकुल आडम्बरी व्यवस्थापनमा रमाउँदै निर्यणहरु माथिको शोषणमा उपलब्धी देख्ने विवेकहिनता नै आजको मानव समाजको चुनौती हो ।
आज समानताको चेतना फैलाउँदै आफ्नो पृष्ठपोषण गर्दै स्वार्थ साधनको शक्तिकेन्द्रहरुको चालबाजीले विश्व समुदायमा तरंग पैदा भएको छ । तह–तहका पूँजीवादका अखडाहरुमा गरिब मजदुर किसान आज निस्सासिनु परेको छ । शक्ति केन्द्रहरुको सक्तिको मिचाइमा मिचिन बाध्य आम जनसमुदाय आज उनीहरुकै जय–जयकार मनाउन बाध्य बनेका छन् । चेतना र चरित्रको फरक नै आजको समस्या हो । दुई वर्ग बिचको वर्ग विभेद भित्र दलाल पूँजीवादको चलखेलले ल्याएको अराजक आर्थिक चलखेलले मानव अस्तित्व नै संकटग्रस्त देखिन्छ । आजको मानव समाज मान्छेहरूको विभेदकै कारण एक हुन सकेको छैन । मानव–मानव बिचको विभेदपूर्ण दृष्टिकोण नै आजको मानव समाजको मुख्य समस्या हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

    Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

    Post Thumbnail

    संघीय संरचना अनुसार नेपाल रेडक्रस सोसाइटी बिकेन्द्रीकृत ढांचामा गएको छ ।

    Post Thumbnail

    नेत्ता प्रचण्डको सपना साकारको पहिलो खुड्किला नै संघीय संसदमा देखियो

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0