मनु शर्मा
पोखरा –३०
१
अध्यारोमा उज्यालो दिने जूनको याद आयो
दुखमा तिमिले लगाएको गुनको याद आयो
धन्यवाद तिमिलाइ जिउने उर्जा दिएकोमा
मलाई जिउन सिकाउने उनको याद आयो !
२.
आफैलाइ पढेर हेर आफ्नो कहानी भित्र
हेर त आफ्नोअनुहार सङ्लो पानी भित्र
दुर्गमका नारीका चीत्कार सुन्छ र कसले
आमा बृद्धआश्रममा छन राजधानी भित्र!
३.
तिम्रो पनि अबस्य गर्हुङो मन हुनेछ
प्रेम बिनाको निरस त्यो जीवन हुनेछ
आँखा रसाउनेछ तिम्रो पनि त्यो पलमा
जुनदिन मेरो लाशमा कफन हुनेछ !
४.
के गल्ती गरे भन्छन् खेलेपछी जिबन संग
कहिल्यै बिश्वासको आशा नगर्नु दुश्मन संग
को आफ्नो को बिरानो समयले चिनाउछ
एकदिन पछुताउछन नाता गास्नेहरु धन संग
५.
पानीपर्दा रातो छाता ओढे अनि ढुक्क भयो
मन मिलेन सम्बन्ध तोडे अनि ढुक्क भयो
बेइमानीलाई शिरमा राख्नु थियो मेरै गल्ती
निकालेर नालिमा छोडे अनि ढुक्क भयो !
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |