Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

डा. एभिगडोर केडेम ः नयाँ व्यवस्थित खजुराका जननी

प्रभातफेरी अनलाइन ७४४ पटक पढिएको प्रकाशित मिति: २०७९ पौष १२, मंगलबार (३ साल अघि)
डा. एभिगडोर केडेम ः नयाँ व्यवस्थित खजुराका जननी

परशु घिमिरे

केही सीमित गाउँ, खासै जंगल नभएका ठूल्ठूला बुट्यानले ढाकिएका क्षेत्र २०१८ सालतिर खजुरा र आसपासका क्षेत्र छिमेकी बर्दियाभन्दा बिल्कुलै फरक थिए । बीपी कोरालाइदेखि शुरु भएको पुनर्वासको प्रारम्भिक खाका राजा महेन्द्रसम्म आइपुग्दा ठोस नीतिमा परिणत भइसकेको थियो । सँगैको बर्दिया साल (सखुवा) का जंगलले ढाकिएका थिए भने बर्दियाको तुलनामा खजुरामा ठूला र घना जंगल थिएन । घना जंगल भारतसँगको सीमावर्ती क्षेत्रमा मात्र रहेको थियो । व्यवस्थित बसोबास कसरी गराउने भनेर रनभुल्लमा परिरहेको तत्कालीन श्री ५ को सरकारका लागि इजरायलबाट आएका विज्ञ डा. एभिगडोर केडेमको ठूलो सहयोग रह्यो । एभिगडोर केडेमले तराईका जिल्लाहरूको विस्तृत सर्वेक्षण गरे । यिनकै सर्वेक्षणपछि नवलपुरमा पाइलट प्रोजेक्ट शुरु गरेर त्यसको गुण र दोषका आधारमा अन्य क्षेत्रमा योजना विस्तार गर्ने निर्णय गरियो ।
इजरायलको मोसाभ शहरमा कृषिमा आधारित उत्कृष्ट पुनर्वासको नमुना प्रस्तुत गरिसकेका एभिगडोर केडेमकै नेतृत्वमा टोलीले नयाँ आधुनिक खजुराको खाका कोरेको हो । एभिगडोर केडेमकै नीतिअनुरूप खजुराको पुनर्वास कार्यक्रममा कृषि सिंचाई र खाद्यान्न वितरणलाई प्राथमिकतामा राखियो । केही गोप्य र केही सार्वजनिक कार्यक्रममार्फत खजुरामा कृषिको आधुनिकीकरण लागू गरियो । एभिगडोर केडेमले कृषि सहकारी, कपास खेती र दिगो सिँचाइका लागि समेत नेपाली टोलीलाई सहयोग गरे । यिनकै नेतृत्वमा इजरायली प्राविधिकहरूको टोलीले खजुरालाई कार्यक्षेत्र बनाएको हो । एभिगडोर केडेम नेपाल आउनुअघि कृषि आधुनिकीकरणको विशेष योजना लिएर तत्कालीन बर्मासमेत गएका थिए । सन् १९५५ मा बर्मा जाँदा यिनी जेविस एजेन्सीज सेटलमेन्ट डिपार्टमेन्टका सहायक निर्देशक थिए ।
२०१९ सालमा नेपाल आएका एभिगडोर केडेमले इजरायल फर्किएपछि नवलपुर सेटलमेन्ट प्रोजेक्ट नेपाल नामक पुस्तक २०२१ सालमा प्रकाशित गरेका थिए । नेपालको सीमा क्षेत्रको संवेदनशीलतालाई महसुस गरेका एभिगडोर केडेमले खजुरालगायतका आयोजनाको गुरुयोजना बनाउँदासमेत सीमा व्यवस्थापनको मुद्दालाई व्यवस्थित बसोबाससँग आबद्ध गराएका हुन् । परशु घिमिरेबाट ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0