पबित्रा मगर, नवलपरासी
गाउँमा आउनुस् ती सुन्दर खोला, नदि र बगर हेर्न
मेरा कुपोषित छोराछोरीका यी अस्थिपन्जर हेर्न ।
काखको बच्चा बितेर दूध चुसाउछे गुडियालाई
आउनुस् सुत्केरी आमाको त्यो अनौठो रहर हेर्न।
हजुरकै आदेशमा डोजरले मोटर बाटो खने पछि
जहाजमा आउनुस् पहिरोले लगेको मेरो घर हेर्न ।
देश बनाउने चर्को भाषण गर्दै हुनुहुन्थ्यो हजुरले
मैले सकिन तुईन चुडेर मान्छे खसेको खबर हेर्न ।
यहाँ पुस्तौ पुस्ता रोईरहेका छन् लिपु अनि सुस्ता
सिमानामा आफै आउनुस् छिमेकीको असर हेर्न
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |