Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १६, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पनौती नगरपालिकाको एघारौं नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम

प्रभातफेरी अनलाइन ३७ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १०, मंगलबार (२ महिना अघि)
Post Thumbnail

नगरसभा सदस्यज्यूहरु, पत्रकार मित्रहरु, कर्मचारीवर्ग, उपस्थित भद्र महिला तथा सज्जन बृन्द !

ऐतिहासिक, सास्कृतिक, पुरातात्विक तथा विविधतायुक्त नगर भूगोल, वातावरण जातजाति तथा धार्मिक रुपमा समेत विविधता युक्त पनौती नगरपालिकाको ११ औं नगरसभा बैठकको यस गरिमामय सभामा उपस्थित सबै नगरसभा सदस्यज्यूहरुमा हार्दिक स्वागत गर्दछु । सहकार्य, सहमति र एकतालाई आत्मासाथ गर्दै अघि बढिरहेको बर्तमान परिप्रेक्षमा प्रजातन्त्र प्राप्ती, पुर्न प्राप्ती र लोकतान्त्रिक आन्दोलमा शहादत प्राप्त गर्नु भएका वीर शहिदहरु तथा पनौतीका सुपुत्र शहीद सगुन ताम्राकार लगायत सम्पूर्ण ज्ञात अज्ञात शहिद प्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछु ।

प्रजातन्त्रको नविनतम् स्वरुपको अभ्यास गर्ने सन्दर्भमा जनमत द्वारा प्राप्त जिम्मेवारी बहन गर्ने क्रममा हामी छौं । जनताको चाहाना अनुसार जिम्मेवारी पुरा गर्ने कार्यमा हामी सचेत छौं । स्रोत साधनको सिमितता, संस्थागत क्षमताको सीमालाई समेत मध्यनजर गर्दै उच्च जनअपेक्षाका बिच उपलब्ध साधन स्रोतको भरपुर उपयोग गरी जनचाहना अनुरुप कार्य जिम्मेवारी पुरा गर्न अधिकतम् प्रयत्न गर्ने प्रतिवद्धता यस गरिमामय नगर सभा समक्ष व्यक्त गदर्छु ।

पनौती नगरको विकास र सम्बृद्धिमा योगदान पुर्याउनुहुने सम्पूर्ण आदरणीय अग्रज महानुभावहरु प्रति आदरभाव सहित कृतज्ञता प्रकट गर्दछु । हामीलाई जिम्मेवारी सुम्पेर सुशासन र सम्बृद्धिको सपना देख्नुहुने समस्त मतदाता, आमाबुबा, दिदि- बहिनी, दाजुभाई, राजनीतिक पार्टी, राजनीतिकर्मी प्रति अन्तर हृदयले कृतज्ञता प्रकट गर्दै आदरणीय आम मतदाताहरुको अपेक्षा अनुरुप कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

हाम्रो पनौती राम्रो पनौती बनाउने अभियानमा आगामी दिनमा आम मतदाता, उद्यमी व्यवसायी, प्राज्ञिक / बौद्धिक वर्ग राजनीतिदल, सामाजिक संघ संस्था, विभिन्न क्षेत्रका विशेषज्ञ, निजी क्षेत्र, पेसाकर्मीहरु तथा सम्पूर्ण शुभेच्छुकज्यूहरुबाट रचनात्मक सल्लाह सुझाव तथा सहयोगको नगरका सम्पूर्ण पक्षबाट रचानात्मक सहयोगको अपेक्षा राख्दछु । रचनात्मक सुझाव सहयोगको अपेक्षा गर्दछु ।

यस नगरपालिकाका पूर्व एवं निर्वतमान पदाधिकारीज्यूहरु प्रति सम्मान प्रकट गर्दै आगामी दिनमा सल्लाह सुझाव तथा सहकार्यका लागि अनुरोध गर्दछु ।

हामी जनताको अभिमतले यो जिम्मेवारीमा छौं । हाम्रो कार्य प्रकृया, कार्यशैली जनउत्तरदायी हुनेछ, जनभावनाको उच्चतम् कदर गर्दै सेवा प्रवाहमा जुट्ने हाम्रो संकल्प छ । नगरवासीका भावनाको उच्चतम् कदर गर्दै गुनासो रह कार्यसम्पादन गर्ने प्रयत्न रहनेछ । नेपालको संविधानको धारा ५६ को उपधारा (१) ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ,प्रदेश र स्थानीय तह गरी तीन तहको व्यवस्था गरेको छ । संविधानतः व्यवस्था भएको ३ तहको संरचना मध्ये सबै तहको अधिकार क्षेत्र संविधानले नै प्रष्ट व्यवस्था गरेको छ । धारा ५९ ले दिएको अधिकारको प्रयोग गरि यस नगरपालिकाले प्रत्येक वर्ष आफ्नो वार्षिक वजेट तथा नीति बनाँउदै आएको छ । धारा २२३ बमोजिम गठित नगर सभामा धारा २३० को उपधारा(१) अनुसार आगामी बर्षको राजश्व र व्ययको अनुमान स्थानीय कानून बमोजिम पेश गरि पारित गराउनुपर्ने व्यवस्था रहेकोमा स्थानीय सरकार संचालन ऐन २०७४को दफा १९मा भएको व्यवस्था बमोजिम आह्वान भएको यस गरिमामय नगरसभामा नेपालको संविधानले निर्दिष्ट गरे बमोजिम नीति प्रस्तुत गरेको छु ।

हामीले पदभार ग्रहण गरेको करिब १ महिनाको अवधिमा १ सय ३१ नगर स्तरीय आयोजनाहरुको पहिचान गरि बजेट विनियोजनका लागि संघीय तथा प्रदेश सरकार सँग अनुरोध गरेकामा अधिकांश आयोजनाहरुमा बजेट विनियोजन पनि भइसकेको, प्रसिद्ध पनौती जात्रा व्यवस्थित रुपमा सम्पन्न भएको, पनौती वडा नं ७ मा विद्युत जडान गरी पानी शुद्धिकरणको कार्य शुरुवात भएको, जेष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रमको शुरुवात भएको, विभिन्न संस्थाहरु सँग लक्षित विषयमा समझदारीपत्रमा हस्ताक्षर गरेको, चालु आ.व. का संचालित आयोजनाहरु सम्पन्नताको लागि निरन्तर नियमन तथा निर्देशन गरिएको यस गरिमामय सभा समक्ष निवेदन गर्दछु ।

मैले नेपालको संविधान स्थानीय सरकार संचालन ऐन, प्रदेश नीति योजनाको लक्ष्य, वृहत नगर विकास योजना, विभिन्न नगरपालिकाहरुको अनुभव, गत आ.व. को अन्तिम लेखापरीक्षण, प्रदेश सुशासन केन्द्रद्वारा निर्धारित स्वमूल्यांकन आधार मापदण्ड र सोबाट प्राप्त भएका विगत वर्षको परिवेश नगरक्षेत्र भित्रका नागरिकहरुको आवश्यकता तथा स्रोतको उपलब्ध अवस्था समेतलाई आगामी वर्षको नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेको छु ।

शिक्षा, स्वास्थ्य,जात जाति, जनजाति पिछडिएको वर्गको हक हितलाई ध्यान दिँदै, लक्षित, स्वरोजगार मुलक कार्यक्रम, महिला, युवा खेलकुद, धर्म संस्कार संस्कृति, सम्बर्धनको कार्य सहित सचितिर्थधाम सहितको गौरवमय पनौती क्षेत्रको विकास तथा खानेपानी, पूर्वाधार निर्माण, सिंचाई, कृषि, धार्मिक पर्यटनलई विशेष ख्याल गर्दै वन वातावरण बालमैत्री कार्यक्रम, मानवअधिकार, जेष्ठ नागरिक, जस्ता क्षेत्रलाई प्राथमिकतामा राख्नुका साथै कृषि पर्यटन कला र संस्कृति हरित गौरवमय सम्बृद्ध पनौती भन्ने नारालाई सार्थक बनाउने ध्येय सहित सम्बृद्ध पनौती निर्माणको अभियानमा यो नीति तथा कार्यक्रम तय गरिएको छ ।

नगर सभा सदस्यज्यूहरु,

अब म आगामी आर्थिक वर्षका प्राथमिकता प्राप्त प्रमुख कार्य र सो को नीतिगत ब्यवस्थाको बारेमा चर्चा गर्दछु। √ पनौती-बनेपा सडक, पनौती- खोपासी, मल्पी, कुशादेवी, नमोबुद्ध सडकको सौन्दर्य तथा हरितकरण गरी पनौती आवागमनलाई सहज र रमणीय बनाउन सडक खण्डको मुख्य मुख्य स्थानमा टोल विकास संस्था प्रवर्द्धन गरी स्थानीय संघ संस्थाहरुको सहकार्यमा सार्वजनिक नीजि साझेदारी अर्न्तगत वृक्षारोपण, पार्क, सडकवत्ती व्यवस्थापन र फोहोरमैला व्यवस्थित गर्ने ।

  • पनौती नगरपालिका क्षेत्रमा संचालित ऐतिहासिक खानेपानी योजनालाई प्राकृतिक र आधुनिक प्रविधिबाट प्रशोधन गरी नगर भित्रका सम्पूर्ण जनतालाई शुद्ध र गुणस्तर युक्त पिउनेपानीको व्यवस्था गर्न आधारशिला तयार गरिने छ । साथै काभ्रे उपत्यका खानेपानी योजनालाई कार्यान्वन गरिनेछ ।

  • पनौती नगर भित्र रहेको पुरातात्विक महत्वका सम्पदाहरुलाई संरक्षण गर्दै विश्व सम्पदा सूचीमा सुचिकरणका लागि आवश्यक पहलकदमी लिइनेछ । साथै सम्पदा मैत्री घर तथा भौतिक संरचना निर्माण प्रोत्साहनलाई निरन्तरता दिइ धार्मिक पर्यटकीय नगरको रुपमा विकास गरिनेछ ।

  • पनौती बसपार्कलाई व्यस्थित गरी थप विस्तारका लागि निर्माण प्रकृया अगाडि बढाइनेछ ।

  • पनौती शिरानचौरमा निर्माणाधिन रंगशालालाई पूर्ण रुपमा सम्पन्न गरिनेछ ।

  • ་संघ, प्रदेश वा अन्य सहयोगी निकाय वा दातृसंस्थावाट स्वीकृत बजेट एउटै योजनामा मेल खाने गरी प्राप्त भएको खण्डमा श्रोत र कामको विवरण खुल्ने गरी एकिकृत योजना निर्माण गरि एकद्वार प्रणालीबाट संचालन गर्ने ब्यवस्था मिलाइनेछ ।

  • स्वीकृत योजना संचालन गर्नुपूर्व विनियोजित वजेटका आधारमा प्राथमिकता निर्धारण गरि क्रमशः कार्यान्वयन गरिने छ।

  • नदि एवम् खानी जन्य स्रोतको अनियन्त्रित दोहनलाई नियमन नियन्त्रण र व्यवस्थित गरिनेछ ।

  • वडा नं २ र १२ का प्रभावित क्षेत्र सिमांकन गरी खानीजन्य क्षेत्र घोषणा गरिने छ ।

  • खानी जन्य उत्पादन बोक्ने ट्रक टिपर लगायतलाई व्यवस्थित गर्न कोरिडोर सडक निर्माणलाई निरन्तरता दिइने छ ।

  • वैकल्पिक उर्जाको प्रयोगलाई वढावा दिइनेछ । यसको प्रवर्द्धनका लागि बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र जस्ता संस्था संग सहकार्य गरिनेछ ।

  • नगर क्षेत्रको जग्गालाई भू-उपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९का आधारमा जग्गाको वर्गीकरण गरी कार्यान्वयन गरिने छ ।

  • जोखिमयुक्त स्थानका घर वस्तीलाई स्थानान्तरणका लागि पहल गरिनेछ र अनुपयुक्त स्थानहरुमा घर संरचना बनाउन निशेध गरिनेछ ।

  • भूउपयोग सूचना केन्द्र स्थापना गरी भू-उपयोग सूचना संकलन गरिनेछ ।

  • ་उद्योग वाणिज्य संघको सहकार्यमा आर्थिक प्रवर्द्धनकालागि विभिन्न मेला, महोत्सव प्रदर्शनी आयोजना गरिनेछ ।

  • पनौती नगर भित्रका ऐतिहासिक, पुरातात्विक, धार्मिक सांस्कृतिक र रमणीय पर्यटकीय क्षेत्रको विकासका लागि संरक्षण संवर्द्धन र प्रवर्द्धनका कार्यक्रमहरु संचालन गरिनेछन् ।

  • नगरपालिकाका कर्मचारीहरुको कर्मचारी कल्याण कोषलाई थप बजेट विनियोजन गरिनेछ ।

  • पर्यटकीय क्षेत्रलाई पकेट क्षेत्रका रुपमा विकास गर्न संचालन हुने तारे होटल / रिसोर्ट जिपलाइन बञ्जी जम्प लगायत प्रर्वद्धनका लागि पहुँच मार्ग, खानेपानी, विद्युत, लगायत पूर्वाधारको विकास गरिनेछ।

  • अन्तराष्ट्रिय स्तरका शिक्षण संस्थाहरु ( विद्यालय, क्याम्पस) निर्माणका लागि आर्कषित गरिनेछ । त्यसका लागि जग्गा प्राप्तिमा सहजिकरण पहुँचमार्ग, खानेपानी, विद्युत लगायतका पूर्वाधारको विकास गरिनेछ ।

  • विपद्को सामना गर्न विपद् व्यवस्थापनमा सहयोग पुऱ्याउने सामाग्रीहरुको भण्डारणलाई यथासक्य वडागत रुपमै व्यवस्थापन गरिनेछ ।

  • सार्वजनिक सम्पत्तिको अतिक्रमण रोक्न विवरण अद्यावधिक गरी नापजाँच, सिमाङ्कन नामाङ्कन गराई ठहर भए बमोजिम आवश्यक कारवाही अघि बढाइनेछ ।

  • जंगली जनावरको अतिक्रमणबाट हुने क्षति, प्राकृतिक विपद् बाट हुने क्षतिलाई यकिन गरी स्रोत साधनको सीमाभित्र रह आवश्यक राहत सहयोग प्रदान गर्ने व्यवस्था मिलाईनेछ, भविष्यमा थप क्षति हुन नदिन जोखिम न्यूनिकरण योजनालाई प्रभावकारी कार्यान्वन गरिनेछ ।

  • वित्तिय अनुशासनलाई सुदृढ गर्दै नगरपालिकालाई बेरुजू शुन्य बनाइनेछ ।

  • कर दस्तुर संकलन, व्यवसाय दर्ता, व्यवसाय प्रवर्द्धन लगायत स्थानीय विकास निर्माणमा स्थानीय उद्योग वाणिज्य संघ सँग साझेदारी गर्ने नीति अख्तियार गरिनेछ । कर असुली प्रकृयालाई सरल र करदाता मैत्री बनाइनेछ | र उत्कृष्ट करदातालाई पुरस्कृत र सम्मानीत गरिने नीति लिइने छ ।

  • बजार अनुगमन र नियमनकार्यलाई थप प्रभावकारी बनाइनेछ ।

  • रोजगारी सिर्जना गर्नका लागि पनौती नगरभित्र उद्योग व्यवसाय स्थापना गर्नका लागि विशेष प्रोत्साहन गरि व्यवसायमैत्री नगरको रुपमा विकास गरिनेछ ।

  • सार्वजनिक यातायातको क्षेत्रलाई मर्यादित, सुरक्षित एवं भरपदी बनाउन सम्बन्धित सेवा प्रदायकहरुसँग समन्वय गरि स्तरीय सेवाको सुनिश्चितता गरिनेछ ।

  • नगर सडक विकास गुरुयोजना (MTMP) तयार गरिनेछ ।

  • ་स्वास्थ्य संस्थामा नै सुत्केरी हुने दरलाई शत्प्रतिशत पुर्याउन प्रोत्साहनका थप कार्यक्रम संचालन गरिने छ ।

  • आधारभूत स्वास्थ्य सेवालाई घरदैलोमुखी “स्वास्थ्य जेष्ठ नागरिक” कार्यक्रम संचालन गरिनेछ साथै, टेलिमेडिसिन र मोबाइल हेल्थ प्रणालीको शुरुवात गरिनेछ।

  • स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन एकीकृत स्वास्थ्य पूर्वाधारको नीतिलाई अवलम्बन गरिनेछ

  • ग्रामीण क्षेत्रको यातायातलाई सहज र सर्वसुलभ बनाउनका लागि साना तथा मझौला सवारी संचालनमा प्रोत्साहन गरी सावरी संचालनका लागि आवश्यक वातावरण तयार गरिनेछ ।

  • विभिन्न खाले विपद्को सामना गर्न विपद् व्यवस्थापन कोषको वृद्धि एवं परिचालन गरिनेछ ।

  • मानव अधिकार तथा न्यायमैत्री नगर घोषणालाई घोषित विषय वस्तुको हासिल उपलब्धीको समीक्षा गरि थप उपलब्धी प्रगतीका लागि कार्यक्रमिक तवरले अघि बढिनेछ ।

  • तरकारी बजार क्षेत्रमा रहेका घर टहराहरुलाई अन्यत्र व्यवस्थापन गरी उक्त स्थानमा उपयुक्त व्यापारिक संरचना निर्माण गर्ने । तरकारी बजारलाई कृषि बजारको रुपमा विकास गर्ने । र बजार व्यवस्थित गराइ देशका अन्य ठूला शहरमा रहेका तरकारी तथा कृषि बजार सँग आवद्ध गराइनेछ ।

  • साना कृषि उत्पादकलाई प्रत्यक्ष रुपमा लाभान्वित गराउने हाटबजार संचालन गर्ने।

  • कृषि जन्य घरेलु तथा साना उद्योग व्यवसाय संचालनका लागि प्रोत्साहन गर्ने ।

  • पनौती नगरपालिकामा गरिँदै आएको सुन्तला खेतिमा देखिएको रोगले खेति नै विस्थापनहुने अवस्थामा पुगेका कारण रोगका विषयमा अध्ययन गरि वैकल्पिक फलफूल खेतिको सम्भाव्यता अध्ययन गर्ने ।

  • अलैची, कुचो, सुन्तलाका उन्नत जातको विउ भित्र्याउने ।

  • नक्सापास प्रकृयामा Online पद्धतिको अवलम्बन सहित Digitize गर्ने प्रकृया थालनी गरिनेछ ।

  • अधिकांश ढलको पहुँच विस्तार नभइसकेको क्षेत्रमा सोकपिट बनाउन प्रेरित गर्दै लेदो फोहोर व्यवस्थापनका लागि विद्यमान सक्सन मेशिनको क्षमता बढाइ प्रभावकारी संचालनको व्यवस्था गरिनेछ साथै विभिन्न स्थानमा पटक-पटक ढल नाली जाम हुने समस्यालाई समाधान गर्न जेटिङ्ग मेशिनको प्रबन्ध गरिनेछ।

  • स्थानीय पाठ्यक्रम काक्षा १ देखि ८ सम्म पूर्णरुपमा कार्यान्वयनमा ल्याइनेछ ।

  • स्विकृत पाठ्यक्रमका आधारमा पाठ्यपुस्तक निर्माण गरि शिक्षण सिकाई सुचारु गरिनेछ ।

  • पनौती बहुविषयक महाविद्यालय (कलेज) संचालन गर्न पूर्वाधार निर्माण गरिनेछ .

  • भर्खरै विद्यालय शिक्षा पुरा गरेका तथा शिक्षित तर बेरोजगार युवाहरुलाई भावी शैक्षणिक योजनाका विषयमा बिज्ञबाट परामर्श प्रदान गर्ने कार्यक्रम संचालन गरिने छ ।

  • राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा प्रविधिकरण, यान्त्रिकरण, उपकरण मर्मत संभार तथा परिमार्जित गर्ने व्यवस्था मिलाईनेछ । पनौती राष्ट्रिय आविष्कार केन्द्रको इकाई (युनिट) संचालनका लागि पहल गरिनेछ ।

  • नगरपालिकाको काम कारबाहि सम्बन्धि विषयमा निरन्तर बिज्ञ सेवा उपलब्ध गराउन पूर्व सुरक्षाकर्मी, प्राध्यापक, शिक्षक, कर्मचारी, खेलाडी र विषय विज्ञहरुको विज्ञ समूह बनाई विषयगत रुपमा उहाँहरुको विज्ञतालाई कदर गर्दै सम्बन्धित विषयको योजना निर्माण समावेश गर्ने ।

  • स्थानीय तहमा पाइने रैथाने जस्तै यमोरी लगायतका खाद्य पदार्थ, हस्तकलाका सामग्रीको ब्रान्डिंग तथा बजारीकरण गर्न सहयोग गरिनेछ ।

  • भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जमिन उपलव्ध गराएपश्चात अति गरिव परिवारको लागि आवास र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्ने, प्रदुशण नियन्त्रका लागि आवश्यक कार्यक्रमहरु संचालन गरिने छ । विशेषगरी खानी जन्य नदी जन्य सामग्री बोक्ने सवारीहरुको टायर सफागर्ने स्वचालित संरचना यसै आर्थिक वर्ष भित्र निर्माण गरिनेछ ।

  • घरमा उत्पन्न हुने फोहोर वर्गीकरणको लागि उपभोक्ताहरुलाई प्रोत्साहित गर्ने तथा नीजि क्षेत्रको साझेदारीमा व्यवस्थापन कार्य गरिनेछ ।

  • परम्परागत जात्रा महोत्सव र सांस्कृतिक कार्यक्रमहरुलाई संरक्षण र प्रवर्द्धन गरिनेछ।

  • पर्यावरण तथा वातावरण संरक्षणका महत्वपूर्ण जलाधार क्षेत्रको संरक्षणका लागि गुरुयोजना तयार गर्ने ।

  • सबै नागरिकको स्वाथ्यमा ध्यान राखी ( WASH ) स्वच्छता शुद्धता तथा सरसफाई सँग सम्बन्धित क्रियाकलाप संचालन गर्ने ।

  • ऐतिहासिक, धार्मिक, सांस्कृति, पुरातात्विक मठमन्दिर, पाटी, ढुङ्गेधारा जस्ता स्थलहरुको संरक्षण संवर्द्धन र प्रवर्द्धन गरि धार्मिक तथा मनोराम पर्यटकीय नगरका रुपमा विकसित गरी आन्तरिक र बाह्य पर्यटनलाई बढवा दिइनेछ ।

  • नगर भित्रका माध्यमिक विद्यालयलाई प्राविधिक विद्यालयको रुपमा विकास गरिनेछ ।

  • नगरभित्र औद्योगिक ग्रामको स्थापना विद्युत लाईन/पोल / ट्रान्सफर्मर सुधार / भोलटेज सुधार गरिनेछ।

  • खतरा उत्पन्न गराउने जिर्ण विद्युतीय सेवाबाट जोखिम कम गर्न आवश्यक उपाय गरिनेछ ।

  • वडाको भवन निर्माणका लागि जग्गा व्यवस्थापन एवं भवन निर्माण गर्ने सम्बन्धमा आवश्यक गृहकार्य गरिनेछ।

  • नगरपालिकाको सेवा प्रवाहलाई सहज सरल स्तरिय बनाई अन्तर्राष्ट्रिय गुणस्तर (ISO Standard) कायम गर्न आवश्यक प्रकृया आरम्भ भइसकेकोले यस सम्बन्धमा अन्य अत्यावश्यक प्रशासकीय सुधार संरचनागत सुधार प्रकृयामा सुधार, उच्चतम् प्रविधियुक्त बनाउने जस्ता सूचकमा आधारित कार्यक्रमहरु संचालन गरिनेछ।

  • पनौती नगर क्षेत्रभित्र भित्रिने वा पनौतीबाट बाहिरिने भारवाहक सवारी साधनहरुको कानून बमोजिम बोक्न पाउने भार यकिनका लागि भारवहन गर्न उपयुक्त प्रवन्ध गरिनेछ ।

  • आगामी वर्षकालागि बजेटका दृष्टीले सम्बोधन हुन बाँकी रहेका वडागत रुपबाट प्राप्त विभिन्न योजना तथा कार्यक्रमहरु, विषयगत रुपमा प्राप्त योजनहरु, विभिन्न संघ संस्था, समुह, व्यक्तिहरुबाट प्राप्त कार्यक्रम सहितका राय सुझावहरु समेत एकिकृत गरि नगरपालिकाको योजना बैंकमा समावेश गरिनेछ ।

नगर सभा सदस्यज्यूहरु, अब म आगामी आ.व. को विभिन्न विषयगत क्षेत्रको नीतिगत ब्यवस्थाको बारेमा चर्चा गर्दछु ।

शुसासन र संस्थागत विकास

  • नगरपालिकाको क्षमता विकास योजना तर्जूमा गर्ने ब्यवस्था मिलाइनेछ ।

  • क्षेत्रगत रुपमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति तथा संस्थालाई कदर तथा सम्मान गरिनेछ।

  • अनुगमनलाई थप प्रभावकारी बनाउन उपर्युक्त नविनतम् विधिहरुको अबलम्बन गरिनेछ।

  • सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरल छोटो र आधुनिक पद्धतिको विकास गरि आधुनिक प्रविधि मैत्री नगरको अवधारणा लागु गरिनेछ ।

  • नगरपालिकाले गरेका कार्यहरुको पृष्ठपोषण प्राप्त गर्न सूचना तथा जानकारी तल्लो तहसम्म पुऱ्याउन सार्वजनिक परीक्षण, सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई जस्ता उपर्युक्त कार्यक्रमलाई यथा समयमा सम्पन्न गर्ने ब्यवस्था मिलाइनेछ।

  • यस कार्यलय तथा वडा कार्यालय र स्वास्थ्य कार्यालय समेतको आवश्यक दरवन्दी संरचना पुनरावलोकन गरि सोहि बमोमि TOR समेत बनाईने र कर्मचारीहरुलाई हाल खाईपाई आएको सेवा सुविधामा विद्यमान श्रोत साधनका आधारमा पुनरावलोकन गरिने नीति लिईनेछ ।

  • मानव अधिकारको रक्षा प्रबर्द्धनका लागि कानूनी संरचनालाई पूर्ण उपयोगी बनाईनेछ।

  • सूचनाको हक सम्बन्धि ऐनको प्रभावकारी कार्यान्वयका लागि आवधिक रुपमा नगरपालिकाको गतिविधि समेटिएको श्वेतपत्र जारी गरिनेछ।

  • संघीय तथा प्रादेश सरकारको ऐन तथा नीति नियम बमोजिम कर्मचारीको सेवा सुविधा र बृत्ति विकासको व्यवस्था मिलाइनेछ अस्थायी तथा करारमा कार्यरत कार्मचारीका लागि उपर्युक्तताका आधारमा आवश्यक निर्णय गरिनेछ ।

  • पेशागत सुरक्षा र मर्यादा कायम राख्न जनताप्रति समर्पित भई कार्य गर्न हरेक कर्मचारीलाई उपयुक्त कार्य वातावरण बनाउने र निर्देशन गर्ने कार्य गरिनेछ । साथै सम्पादित काम र हासिल नतीजाको विश्लेषण गरि पुरस्कार र दण्डको समुचित ब्यवस्था मिलाईनेछ ।

  • स्वास्थ्यकर्मी, शिक्षक लगायत विद्यालय कर्मचारीहरुलाई साधन श्रोतको उपलब्धताका आधारमा हालको उपलब्ध सुविधा नीतिमा पूनरावलोकनका लागि आवश्यक कार्य प्रारम्भ गरिनेछ ।

  • अनुभव आदान प्रदान, सिकाई क्षमता अभिवृद्धि लगायत द्विपक्षीय सबन्ध विस्तारका लागि प्रचलित कानूनी ब्यवस्था बमोजिम स्वदेशी तथा विदेशी संघ संस्था तथा स्थानीय सरकारसंग भाईचारा सम्बन्ध स्थापीत गरिनेछ ।

  • LISA संग जोडिएको सूचक र सो संग सम्बन्धित कृयाकलापको पूर्ण कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण कार्य गरिनेछ ।

  • सबै वडामा नगरपालिका कार्यालयबाट प्रत्यक्ष नियमन गर्न सक्ने गरी Online सेवाको समुचित प्रबन्ध गरिनेछ । साथै स्वास्थ्य शिक्षा पुस्तकालयमा पुऱ्याइएको सेवाको एकिकृत अनुगमन तथा नियमन गर्ने ब्यबस्था मिलाइनेछ ।

  • वडा कार्यालयको सेवा प्रवाह र बजेट ब्यवस्था प्रणाली हाम्रो अभ्यासमा विकेन्द्रित प्रणालीको नमूना अंश भएकोले यसलाई निरन्तता सहित थप व्यवस्थित बनाउने र संस्थागत क्षमता बढाउनेमा विशेष योजना बनाइनेछ ।

  • कुनै विशेष परिस्थितिमा तत्काल स्थानीय कानुन निर्माण, परिमार्जन वा आदेश जारी गर्नुपरेमा नगरकार्यपालिका प्रमुखले प्रमाणित गरि कार्यान्वयमा ल्याउन सकिने र त्यस्तो कानुन आदेश आगामी नगरसभामा अनुमोदनका लागि पेस गर्नुपर्नेछ।

  • दिगो विकास लक्ष्य प्राप्तीका सूचकलाई स्थानीयकरण गरि आवश्यक कार्यक्रम बनाई कार्यान्वयन गरिनेछ।

  • जनतासंग मेयर कार्यक्रम अन्तर्गत सेवाग्राहीको गुनासो सुनुवाईलाई व्यवस्थित बनाउन सम्बन्धित शाखा प्रमुखसँग सिधै गुनासो सुन्ने व्यवस्था गरिनेछ । सो गुनासो अभिलेखित हुने व्यवस्था गरिनेछ ।

  • दुर्घट्नाको न्यूनीकरण लगायत शान्ति सुरक्षामा थप मद्दत पुऱ्याउन सि. सि. क्यामरा सडक बत्ति जडानलाई विस्तार गर्ने र भईरहेकालाई आवश्यकतानुसार मर्मत संभार गर्ने ब्यवस्था मिलाईनेछ ।

  • जनतासंग जनप्रतिनिधि जस्ता कार्यक्रम प्रत्येक वडामा १ आ. ब. मा कम्तिमा १ पटक संचालन गरिनेछ ।

  • कर्मचारीहरुलाई उत्प्रेरित हुन अवसर सृजना गर्ने, क्षमता अभिबृद्धिका विभिन्न अवसर सृजना गर्ने लगायत Right Man in Right Place को अवधारणा अनुसार कार्य गरिनेछ ।

  • नेपाल सरकारले आन्तरिक पर्यटन प्रबर्द्धन हेतु घोषणा गरेको पर्यटन काजलाई यस नगरपालिकाकाको आर्थिक क्षमतालाई मध्यनजर गर्दै सम्भव भए सम्म नगरपालिकाका कर्मचारीहरुमा समेत लागु गराउन आवश्यक प्रबन्ध मिलाईनेछ।

  • विशेष वर्गहरु जस्तै अपाङ्ग तथा फरक क्षमता भएका व्यक्ति, अशक्त, जेष्ठ नागरिक, गर्भवती, सुत्केरी महिला, दीर्घ रोगी नागरिकका लागि घर दैलोमा नै सेवा सेवा उपलब्ध गराउने,

  • नगरपालिकाको स्वीकृती नलिई जग्गा खण्डीकरण गरि नगरको दिगो विकास लक्ष्यमा नोक्सानी हुने गरि गरिएको कार्यलाई निरुत्साहीत गर्ने तथा त्यस्ता व्यक्ति तथा संस्थालाई नगरवाट दिइने अत्यावश्येक सेवावाहेकका सेवा रोक्का राख्ने व्यवस्था मिलाइने छ ।

वन तथा वातावरण सम्बन्धी

  • पनौती नगरपालिकामा रहेका सामुदायिक वनको श्रोत सर्वेक्षण र वन मापनमा सहजिकरण गरिनेछ

  • परियोजनासँग सम्बन्धित तथ्याङ्कहरु नियमित रुपमा अनलाइन डाटा पोर्टलमा इन्ट्रि गर्ने व्यवस्था मिलाईने छ।

  • स्थानिय समुदाय, आदिवासी, जनजाति, महिला, दलित, युवाआदिको परम्परागत तथा प्राविधिक ज्ञान, सीप अभिबृद्धि गरि वनजन्य स्रोतको उपयोगमा अभिवृद्धि गर्दै आयस्तरमा टेवा पुग्ने कार्यक्रम संचालन गरिनेछ ।

  • उद्मम स्थापनागर्न सहजिकरण गरिनेछ ।

  • ** बन कार्ययोजना निर्माण, नवीकरण, आवधिक निर्वाचन, लेखा परिक्षणलाई नियमित बनाउन सहयोग पुऱ्याईनेछ।

  • जडिबुटी खेतिको सम्भाव्यता अध्ययन गरिनेछ ।

  • यस नगरपालिका क्षेत्रभित्रको फोहोरमैलालाई वैज्ञानिक रुपमा व्यवस्थापन गर्न विभिन्न संघ संस्था सँग सार्वजनिक नीजि साझेदारी अन्तर्गत आपसी सहकार्य गर्ने कार्य अगाडी बढाइनेछ ।

  • फोहोर मैला व्यवस्थापन गर्न फोहोरमैला व्यवस्थापन ऐनले गरेको व्यवस्थालाई प्रभावकारी बनाई जैविक र अजैविक फोहोर छुट्याने, अजैविक फोहोर मात्र संकलन गर्ने, जैविक फाहोरबाट कम्पोष्ट मल बनाउने एवं फोहोर व्यवस्थापनलाई विकेन्द्रित गरी शहरी क्षेत्र फोहोर मुक्त बनाउन आवश्यक कृयाकलाप अघि वढाउनेछ ।

  • फोहरमैला ब्यबस्थापनको दिर्घकालिन समाधानका लागि नीजि क्षेत्रसंगको साझेदारीमा ब्यवसायिक योजना अधि बढाइनेछ ।

  • फोहरमैला ब्यबस्थापनमा अत्यन्त सघाउ पुग्ने 3 P र कम्पोष्ट बनाउने कार्यमा आवश्यक यान्त्रिकरण गरिनेछ ।

  • हालको ब्यवस्थापन स्थललाई संभाव्यताका आधारमा विकेन्द्रित गर्ने निति अख्तियार गरिनेछ ।

  • शहरी क्षेत्र र सो प्रभाव रहेका घना बस्तीहरुमा तालिका निर्धारण गरी फोहर संकलन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

  • पनौती बजार क्षेत्रमा साविकदेखि हुदै आएको दैनिक सरसफाई कार्यलाई थप ब्यवस्थित बनाइनेछ । फोहरमैला ब्यवस्थापनबाट प्रत्यक्ष लाभ लिने नगरवासीहरुसंग साविकमा लिइदै आएको सरसफाई शुल्क यथावत राखिनेछ ।

  • जथाभावी सार्वजनिक क्षेत्र खोलानाला, चौर, उद्यान, सडक, चोक, गल्लीमा फोहरमैला गर्ने, थुपार्नेलाई फोहरमैला ब्यबस्थापन ऐन बमोजिम हुने कार्यवाहि बारे सतर्क गराउदै समाधान गराइनेछ।

  • संरचना निर्माण लगायत अन्य आयाममा यथासंभव वातावरणमैत्री कार्य ढाँचा अपनाइनेछ ।

  • वन, वनस्पति, वन्यजन्तु, चराचुरुङ्गी, वन पैदावार, खानी, जलस्रोत, भूमि, जडिबुटी, ऊर्जाको संभावना पहिचान गरी सर्वेक्षण गर्ने र सूचीकृत गर्ने,

  • पार्क, पोखरी, उद्यान, वृक्षरोपण, प्लाष्टिक न्यूनीकरण जस्ता कार्यमा प्रभावकारीताका लागि टोल विकास संस्था मार्फत थप कार्य गरिनेछ ।

  • जलवायु परिवर्तनको सामना र प्रकोपको जोखिम नियन्त्रण गर्न आवश्यक संरचनाको निर्माणका लागि युवाहरुलाई प्रयोगात्मक र प्राविधिक सिपमूलक तालिम दिई रोजगारीको सृजना गर्ने,

  • पानीको स्रोतको संरक्षणका लागि प्रत्येक स्थानीय तहमा वृक्षारोपण, पोखरी, जस्ता रैथाने प्रविधिलाई प्रवर्द्धन गर्ने,

  • अनिवार्य वातावरणीय मापदण्ड अनुरुप पानी तथा जोखिमको व्यवस्थापन योजना बनाएर मात्रै सडक निर्माण गर्ने ।

  • व्यवस्थित पिकनिक स्थलहरु निर्माण गरी पर्यटक आकर्षण गरिनेछ ।

  • ‘जडिबुटीयुक्त घर, स्वस्थ गाउँ सहर’ अभियान संचालन गर्ने ।

सूचना तथा संचार भाषा, साहित्य, कला र संस्कृति

  • धार्मिक सहिष्णुता / सद्भाव र एकता एवं समान व्यवहार गर्न आवश्यक वातावरण निर्माण गरिनेछ ।

  • गुरुकुल र बौद्ध विहार तथा अन्य धार्मिक सम्प्रदायहरुका लागि उचित शिक्षाको प्रबन्ध गरिनेछ ।

  • त्रिवेणीधाम एवं अन्य धार्मिक तिर्थस्थ क्षेत्रको एकीकृत विकास, मर्मत सुधार, सरसफाई जस्ता कार्यका लागि आवश्यक कार्य गरिनेछ ।

  • मठ मन्दिरको नित्य पूजा आजा संचालनका लागि अवस्थाको विश्लेषण गरी आवश्यक योजना बनाईनेछ ।

  • स्थानीय संचार संस्था, संचारकर्मीहरुको स्तरोन्नतीकालागि आवश्यक सहयोग समन्वय गर्ने व्यवस्था मिलाइनेछ ।

  • लोक कल्याणकारी सूचना एवं विज्ञापनलाई यथासंभव बढी पाठक र श्रोतासम्म पुग्ने परिस्थिति निर्माणका लागि उपयुक्त माध्यम अपनाइनेछ ।

  • कानून बमोजिम उपलब्ध गराउनु पर्ने सूचनाहरु मागका आधारमा उपलब्ध गराउने ब्यवस्था मिलाइनेछ ।

  • संचार संस्था/क्षेत्रको प्रबर्द्धनका लागि आवश्यक कानूनी लगायतका प्रबन्धकीय व्यवस्था मिलाइनेछ ।

  • सार्वजनिक चासो र महत्वका कार्यक्रममा अबस्था अनुसार संचार कर्मीको सहभागीता सुनिश्चित गरिनेछ ।

  • नगर भित्र संचालित गुठी परम्पराको संरक्षण गरिनेछ ।

  • साहित्यिक समारोह एवं श्रस्टा मैत्री कार्यक्रम संचालन गरिनेछ ।

  • स्थानीय भाषाको प्रबर्द्धन र संरक्षणमा आवश्यक पहल कदमी गरिनेछ ।

  • सनातनदेखि चलिआएका जात्रा धर्म परम्परा पुजालाई संरक्षण गर्न समिति मार्फत यसको ब्यबस्थापन गरिनेछ।

  • साँस्कृतिक सम्पदाहरुको ऐतिहासिक तथ्य र विवरण अद्यावधिक गराउन आवश्यक कार्य प्रारम्भ गरिनेछ ।

  • महत्वपूर्ण सार्वजनिक स्थानमा निःशुल्क वाईफाईको व्यवस्था गर्ने,

  • नगरपालिका तथा वडामा कार्यरत कर्मचारीहरुलाई सूचना प्रविधिमा थप सक्षम बनाउने उद्देश्यले सो सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरिनेछ।

  • नगरपालिकामा भएका विभिन्न गतिविधिहरु समाजिक संजालमा अद्यावधिक गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।

  • सम्पूर्ण सामुदायिक विद्यालय तथा स्वास्थ्य संस्थाहरुको लागि MIS प्रणालीको लागि सफ्टवेयर को व्यवस्था मिलाइनेछ ।

  • श्रमिकको न्यूनतम ज्याला, आधारभूत श्रम अधिकार र श्रम मापदण्डको कार्यान्वयन गर्ने,

  • योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई जोड्ने प्रबन्ध गर्ने ।

पुर्वाधार निर्माण

  • मानेश्वरी मन्दिर र नगरपालिकाको भवनलाई आवश्यकताको आधारमा व्यवस्थापन गरिनेछ र सो क्षेत्रबाट नगरको विभिन्न भागको जानकारी हुने गरी नक्सा सहितको जानकारी बोर्ड राखिनेछ ।

  • पनौती बसपार्क क्षेत्रबाट चारै तिर जाने बाटो पूर्ण रुपमा पक्की गरी यातायात प्रणालीको विकास सहित नगर यातायात गुरुयोजना अनुसारको सडक सञ्जाल निर्माण गरिनेछ ।

  • प्रमुख सडकहरु अवरुद्ध हुने, ठूला खाडल पर्ने, विग्रने एवम् भत्कने समस्याहरुको यथासक्य छरितो समाधानको लागि भएको साधन स्रोतको अधिकतम् उपयोग गरी सडक संचालनको लागि उचित प्रबन्ध मिलाइनेछ ।

  • एक घर एक खानेपानी धारमा कार्यक्रम मार्फत शुद्ध खानेपानीको पहुँच बृद्धि गरिनेछ।

  • भविष्यमा आइपर्ने विपद् व्यवस्थापन र पूर्व तयारीको लागि हरेक वडामा ‘विपद व्यवस्थापन कोष’ को स्थापना लगायत व्यवस्थापनको लागि चाहिने उपकरण, औजार एवं दक्ष जनशक्ति सहितको ‘द्रुत सहायता कक्ष’ को स्थापना गर्ने ।

  • नगर चक्रपथ निर्माणको लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गरि यसै चालु आ.व. देखि कार्य थालनी गरिने छ।

  • नगरका मुख्य सडकहरुमा पैदल यात्रीहरुको सहज आवागमनका लागि अपाङ्गमैत्रीसमेतलाई समेट्ने गरि फुटपाथ निर्माणको थालनी गरिने छ ।

  • पाइलटिङ्ग योजनाको रुपमा पनौती बसपार्कदेखि नगरपालिकासम्मको सडकको दायाँ बायाँ विभिन्न संघ संस्थाहरुसँगको साझेदारीमा हरियाली कायम गर्न विभिन्न जातका विरुवाहरु रोप्ने कार्य गरिने छ ।

  • कुनै पनि सार्वजनिक निर्माण कार्य गर्दा अपाङ्गमैत्री, वातावरणमैत्री, बालमैत्री, जेष्ठ नागरिक मैत्री संरचनाको ढाँचामा निर्माण गरिने छ ।

  • शहरको सौन्दर्यता कायम गर्न पाइलट प्रोजेक्टका रुपमा बसपार्क, त्रिवेणीघाट तथा बजार क्षेत्रका विजुली लगायतका पोल तथा तारहरुको व्यवस्थापन गर्न बजेटको व्यवस्थापन गरिने छ ।

  • नयाँ ट्र्याक निर्माणलाई भन्दा निर्माण भई सकेका सडकहरुको स्तरोन्नति कार्यलाई प्राथमिकता दिईने छ।

  • ढल तथा ढल प्रशोधन केन्द निर्माण तथा विस्तारका लागि विस्तृत अध्ययन कार्य गरि कार्यान्वयन गर्न बजेटको व्यवस्थापन गरिने छ ।

  • आन्तरिक पर्यटन प्रवर्द्धनका लागि आ.व. २०७९/८० लाई घुमफिर बर्षको रुपमा प्रदेश सरकारबाट घोषणा भएको सन्दर्भमा नगरका पर्यटकिय स्थलसम्म जाने पहुँच मार्गको स्तरोन्नतिको लागि बजेट व्यवस्थापन गरिने छ ।

  • सुनसान देखिएको संरक्षित स्मारक क्षेत्रलाई चलायमान गरि आर्थिक कारोवारमा सुधार गरि जिवन्त राख्न पनौती बजारलाई खुल्ला संग्राहालयको रुपमा विकास गर्न आवश्यक कार्यको थालनी गरिने छ।

  • जथाभावी पम्प्लेट पर्चाहरु टाँसी फोहोर गर्ने कार्यलाई निरुत्साही गरि निश्चित स्थानहरुमा मात्र सूचनाहरु दिने कार्य गर्नको लागि आवश्यक पूर्वाधारको वस्थापन गरिने छ ।

  • बसपार्क, पनौती बजार क्षेत्र, नगरपालिका आउने मुख्य सडक जस्ता वढि मानिसहरुको आवागमन हुने क्षेत्रलाई चौविसै घण्टा सफा राख्न आवश्यक जनशक्ति तथा पूर्वाधारको व्यवस्थापन गरिने छ ।

  • नियमित सडकका नाली झिक्ने, स साना खाडलहरु पुर्ने लगायतका कार्यहरु गरि सडकलाई चालु अवस्थामा राख्न नगरभित्रको सडकहरुको Grading, मोडमा सुधार गरी दुघर्टनाको जोमिख हटाइनेछ।

  • बिजुली, टेलिफोन, इन्टरनेट आदिलाई भूमिगत गराउन सम्बन्धित संघ संस्था संग समवन्य गरी कार्य आरम्भ गर्ने,

  • हाल प्रयोगमा नआएका सार्वजनिक भवन र भौतिक पूर्वाधारहरुको संरक्षण, मर्मत, सम्भार गरी समाजिक प्रयोजनका लागि प्रयोग गरिनेछ ।

  • विभिन्न किसिमका पर्यटकहरुलाई पनौतीमा आकर्षण गर्न साइकल ट्रयाक, रक गार्डेनिङ्ग, हाइकिङ्ग रुट जस्ता संरचनाहरुको विकास तथा विस्तार गर्न आवश्यक पूर्वाधारको निर्माण गरिने छ।

युवा तथा खेलकुद

  • नगरको दिगो विकासमा सीप र प्रविधियुक्त सिकाई भन्ने भावनाका साथ स्वदेशमै स्वरोजगार सिर्जना गर्न युवाहरुलाई व्यावसायिक तथा आत्मनिर्भर हुने सीपयुक्त तालिमहरुको व्यवस्था गरिनेछ ।

  • वैदेशिक रोजगारीवाट फर्किएका युवायुवतीहरुलाई स्वदेशमै उद्यमशील वनाउन विशेष पहल गरिनेछ ।

  • माध्यमिक र उच्च माध्यमिक तहमा अध्ययनरत युवायुवतीहरुलाई उनीहरुको क्षमता र दक्षता अनुसार पेशा व्यवसाययुक्त सीप विकासतर्फ आकर्षिक गर्न रोजगारी छनौटका विषयहरुमा परामर्श सन्चालन गरिनेछ ।

  • सामुहिक युवा लक्षित कार्यहरुलाई विशेष प्राथमिकता दिइनेछ ।

  • लागत साझेदारीमा उद्यम गर्न चाहने युवायुवतीहरुलाई विशेष सहुलियत दिने नीति अधि वढाइनेछ ।

  • टोल तथा वडाहरुमा युवा क्लवहरु गठन गरी युवा क्लव मार्फत खेलकुद तथा सिर्जनात्मक तथा रचनात्मक कार्यहरु संचालन गरिनेछ।

  • राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता लगायत अन्तरपालिका, जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगिता तथा युवा भेलाहरुमा सहभागिता गराइनेछ।

  • स्काउट मार्फत युवाहरुलाई संगठित, अनुशासित र सेवामुखी भावनाको विकास गर्न उत्प्रेरित गरिनेछ।

  • विभिन्न खेलकुद प्रतियोगिताहरुका लागि खेलकुद सामग्रीहरुको व्यवस्था मिलाइने छ।

  • एक वडा एक खेलमैदान, एक विद्यालय एक खेल्ने चौरको अवधारणलाई निरन्तर अधि बढाइनेछ ।

  • स्वस्थ नागरिक सकारात्मक मानसिकताको अवधारणा विकास गरि एक वडा एक खुल्ला व्यायाम केन्द्र तथा योग भवनको विकास गर्न आवश्यक पूर्वाधारको निर्माण गरिने छ ।

बालमैत्री स्थानीय शासन र विशेष सामाजिक सुरक्षा

  • पनौती नगरपालिकामा बालमैत्री स्थानीय शासन पद्धती लागु भई बालमैत्री नगरपालिका घोषणा भईसकेकोमा बालमैत्री दिगोपनाका लागि कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

  • बालमैत्री अभियानलाई टिकाई राख्न १२ वटै वडाहरुमा निर्माण भएको बालमैत्री लगानी योजनाहरुलाई कार्यान्वयनको लागि स्रोत उपलब्धताका आधारमा बिनियोजन गरिनेछ ।

  • बालमैत्री स्थानीय शासन प्रणाली अबलम्बन गरि बालमैत्री स्थानीय तह घोषणाका आवश्यक अन्तराष्ट्रिय संस्थाहरुसंग सहकार्य गर्ने निति अबलम्बन गरिनेछ।

  • कार्यहरु गर्न राष्ट्रिय तथा बालमैत्री अभियानलाई योगदान दिने हेतुले पनौती नगरपालिकालाई नेपालकै बालमैत्री सिकाई केन्द्रको रुपमा बिकास गरिनेछ। अपाङ्गता भएका बालब बाबुआमाविहीन (एकल वा दोहोरो अनाथ) बालबालिकाको संरक्षण शिक्षाको पहुँच सुनिश्चित गरिनेछ।

  • बालश्रम तथा सडक बालबालिकालाई शून्य बनाउने, बालविवाह निरुत्साहन र निराकरण गर्न कार्यक्रमहरू सञ्चालन गर्ने बालमैत्री उद्यानहरूको स्थापना तथा व्यवस्थित गर्ने,

  • बालमैत्री शिक्षा तथा सिकाई प्रणालीलाई प्रबर्द्धन गर्ने,

  • विपन्न परिवारका बालबालिकाको शैक्षिक सुनिश्चितताको लागि सहयोग गर्ने,

  • समुदाय केन्द्रित बालक्लब स्थापना तथा प्रबर्द्धनका लागि बालबालिकालाई उत्प्रेरित गर्ने,

  • बालअधिकार समितिलाई पूर्णरूपमा क्रियाशील बनाई बालकल्याण कार्यहरु गर्ने,

  • भाषा तथा साहित्य, पर्व र कला

  • √ पनौतीको नगर भित्रको भाषा साहित्य र कलाको संरक्षण गर्ने,

भाषा,

  • भाष्य, लिपी र अभिलेखबारे अध्ययन अनुसन्धान र अभिलेखीकरण गरिने ।

  • नगर भित्रका प्राचिन मन्दिरहरु, पूराना पाटी पौवा, गुम्बहरुलाई मौलिकतामा आधारित स्थानीय सामग्रीबाट निर्माण, धार्मिक धरोहरको अभिलेखिकरण गरि संरक्षण सम्बर्धन गर्ने,

  • कला र संस्कृतिको मौलिकताको जगेर्ना गर्दै विश्व सामु उजागर गर्ने गीत. संगीत सम्वन्धी तालिम सञ्चालन गर्ने

  • चाड, पर्व, उत्सव, मेला, संगित, नाँच आदिको जगेर्ना गर्न स्थानीय युवालाई तालिम दिँदै जागरणका कार्यक्रम गर्ने,

  • सबै जातजातिका परंपरागत जात्रा, पर्वको संरक्षण, सञ्चालन र व्यवस्थापन, विभिन्न समुदायमा प्रचलित हिंसा, कुरिती, विभेदकारी प्रथालाई बन्देज लगाउने,

  • संस्कृति, भाषा, साहित्य, चालचलन, गीत, संगित, रहनसहन, वाङ्मय, स्थानीय दर्शनको सूचीकरण, अध्ययन तथा अनुसन्धान गरी संरक्षण, प्रवर्द्धन गरिने,

  • रैथाने ज्ञान, कला, संस्कृति, प्रविधि, बीउ, रुखविरुवा र गाईबस्तुका प्रजातिलाई संरक्षण र प्रवर्द्धन गर्ने,

  • स्थानीय पूर्वाधार र संरचनाहरुको निर्माण गर्न मौलिक डिजाइन र स्थानीय सामग्रीको प्रयोग गर्न प्रोत्साहन गर्ने,

महिला, दलित र अपाङ्गता

  • पनौती नगरपालिका क्षेत्रभित्रका दलित जनजातीहरुको नेतृत्व, क्षमता, सहभागितामा विकास र वढोत्तरी गर्न नगरस्तरीय संजाल गठन गरिनेछ ।

  • पनौती नगरपालिका क्षेत्रभित्रका दलित जनजातीहरुको तथ्यांक अद्यावधिक गरि प्रोफाइल तयार गर्ने ब्यवस्था मिलाइनेछ ।

  • वेसाहारा/अनाथ /अशक्त अपाङ्ग / वृद्ध वृद्धा बालबालिकाको समुचित रेखदेख एवंम खानपान र स्याहार सुसारका लागि प्रवर्द्धन गरिएका जेष्ठ नागरिक मञ्चको हित प्रवर्द्धन गर्न स्थानीय संस्था, अनाथालय, बृद्धाश्रम, बालगृह जस्ता संस्थाको संस्थागत क्षमता वढाउन आवश्यक सहयोग उपलब्ध गराईनेछ।

  • नगरक्षेत्रभित्र विभिन्न स्थानमा जेष्ठ नागरिक मञ्च / चौतारी प्रवन्ध गरिनेछ साथै नगर स्तरिय जेष्ठ नागरिक मञ्च गठन गरिनेछ ।

  • अनुदान, सहुलियत, छुट सुविधा र अवसरको वितरण यथासम्भव बंचितिकरणमा परे वा पारिएको, कमजोर आर्थिक अवस्था भएका विपन्न दलित, महिला, वालवालिका, जेष्ठ नागरिक र एकल महिलामा केन्द्रित गरिनेछ ।

  • जिविकोपार्जनका लागि उद्यमशिलता जस्ता तालिमहरु संचालन पूर्व आवश्यकता पहिचान गरी सोका आधारमा कार्यक्रम संचालन गर्ने व्यवस्था मिलाइनेछ, वैदेशिक रोजगारीबाट फर्केका युवायुवतीलाई यस्ता कार्यक्रमा विशेषरुपमा समेटिनेछ ।

  • महिला, ज्येष्ठ नागरीक, अपाङ्गता भएका व्याक्तिहरुमा हुने हिंसा, शोषण, दुव्यवहारबाट संरक्षण तथा उद्धारका लागि लैङ्गिक हिंसा निवारण कोषमा थप रकमको व्यवस्था गरिनेछ ।

  • समुदायका विपन्न महिलाहरुको नेतृत्व तथा क्षमता बृद्धी गराई आर्थिक, सामाजिक, सास्कृतिक, राजनैतिक विकासमा अग्रणी भुमिका निर्वाहमा सहयोग पुऱ्याउनेछ ।

  • समुदायमा सजग र सचेत रहनका लागि टोल टोलमा टोल विकास संस्था गठन गरी विकास प्रकृयामा सहभागी हुन प्रोत्साहित गरिनेछ ।

  • अपाङ्गता भएका व्याक्तिहरुले पनि समाजमा अन्य व्यक्ति सरह समाजमा योगदान गर्दै स्वाभलम्बी भई आयआर्जन गर्नका लागि तालिमको व्यवस्था गरिनेछ।

  • ज्येष्ठ नागरिकहरुलाई मनोरंजन र व्ययामका लागि ज्येष्ठ नागरिक पार्क निमार्णमा सहयोग गरिनेछ ।

शिक्षा

  • न्यून आय भएका दलित समुदायका व्यक्तिहरुलाई उपचारको लागि विशेष सहुलियतको व्यवस्था गर्ने, स्वास्थ्य वीमा कार्यक्रममा तिर्नु पर्ने न्युनतम रकम अति विपन्न दलित समुदायका परिवारका लागि निःशुल्क गर्ने ।

  • दलित समुदायको आर्थिक, सामाजिक, राजनीतिक सुधारकालागि ‘दलितसँग स्थानीय सरकार’ कार्यक्रम सञ्चालन गर्ने, महिलाहरुलाई हल्का सवारी साधन चलाउन लागि तालिम प्रदान गरी स्वरोजगार बनाउने,

  • ‘समान कामको समान ज्याला’ लाई सुनिश्चित गर्ने,

  • अपाङ्गता भएका व्यक्तिहरुलाई उद्यमी बनाउन सिपमा आधारित कम्युटर, उद्यमसिलता तथा वित्तीय साक्षरता लगायतका तालिमहरु निःशुल्क रुपमा प्रदान गरिनेछ ।

  • प्रविधिमैत्री गुणस्तरीय, सीप मुलक शिक्षाका लागि सामुदायिक विद्यालयलाई त्यस तर्फ उन्मुख गराउन आवश्यक नीतिगत र कार्यगत व्यवस्था मिलाइनेछ ।

  • सामुदायिक विद्यालयहरुमा कार्यरत विद्यालय कर्मचारी, वाल विकास सहयोगी कार्यकर्ताहरुको कार्यक्षमतामा वृद्धि गराउन स्रोतमा साझेदारी कार्यक्रम संचालन गरि प्रोत्साहन गरिनेछ ।

  • माहामारी लगायतका विपद्बाट नियमित पठन पाठनमा लामो समयसमम बाधा उत्पन्न भएको अवस्थामा प्रविधिमैत्री सिकाई कार्यक्रमलाई जोड दिइनेछ ।

  • पूर्व राष्ट्रसेवक कर्मचारी, पूर्व शिक्षकहरुको सीप, क्षमतालाई उपयोग गरी शैक्षिक गुणस्तर अभिवृद्धि, शैक्षिक नीति निर्माण, वालवालिका तथा शिक्षकहरुसंग अन्तकिया लगायतका कार्यमा क्रियाशिल गराइनेछ ।

  • विद्यार्थीको क्षमता अभिवृद्धि गर्न विद्यार्थीलाई सिकाउ, टिकाउ र बिकाउ कार्य अन्तर्गत गुणस्तरिय शिक्षा प्रबर्धन गर्न विद्यालय सुधार योजना, नगर शिक्षा योजनामा समेटिएका क्रियाकलापका आधारमा साझेदारीमुलक ढंगवाट कार्य अघि बढाइनेछ ।

  • कक्षा १२ सम्म सञ्चालित सामुदायिक विद्यालयहरुको सञ्चालनमा देखिएको विबिधताको अन्त्य गर्दै राष्ट्रिय नीति अनुरुप एउटै नीति अवलम्बन गरी सञ्चालनको ब्यवस्था मिलाइनेछ । सामुदायिक विद्यालयमा सञ्चालित सबै कक्षाहरु (कक्षा १–१२) लाई एउटै समयमा दिउँसो मात्रै सञ्चालन गर्ने नीति अवलम्बन गरीनेछ ।

  • माध्यमिक, आधारभूत र प्राथमिक गरी तीनवटै तह समेटिने गरी ( मावि ३, निमावि ३ र प्रावि २) विद्यालयहरुलाई नमुना विद्यालयको रुपमा विकास गरी वालमैत्री, वाल सुलभ एवं वातावरण मैत्री विद्यालय निर्माण गर्न नमुना विद्यालय विकास प्रक्रियालाई अघि वढाईनेछ ।

  • शिक्षकको पेशागत विकासलाई मर्यादित बनाई सिकाई वातावरण सरल, प्रविधि मैत्री वनाउन आवश्यकीय तालिम, कार्यशाला, प्रदर्शनी जस्ता कार्यहरु सञ्चालन गरिनेछ ।

  • पनौती प्राविधिक शिक्षालयलाई बहु प्राविधिक विद्यालयको रुपमा विकास गरिनेछ।

  • सामुदायिक विद्यालयमा कार्यरत नीजि स्रोतका शिक्षकको पोशाकमा एकरुपता कायम गर्नका लागि नेपाल सरकारले उपलब्ध गराउने रकमको पचास प्रतिशत रकम उपलब्ध गराइनेछ ।

  • विद्यालयको परिसर सुधारका कार्यक्रम सञ्चालन गरी शौचालय निर्माण तथा सुधार, निःशुल्क सेनिटरी प्याडको सुबिधा, पिउनेपानीको ब्यवस्थाका साथै विद्यार्थीको शारीरिक, मानसिक तथा संवेगात्मक विकासको लागि वालमैत्री उद्यान, कक्षाकोठा, प्रयोगशाला, ICT LAB, पुस्तकालय, वाचनालय, चमेनागृह आदिको आवश्यकीय पूर्वाधारहरुको ब्यवस्था गरीनेछ।

  • विद्यार्थीहरुले आफूले निर्माण गरेका र सिकेका कुराहरुको प्रदर्शन गर्ने अवसर पाउने गरी वार्षिक ‘सिकाइ मेला’ को संयोजन गरिनेछ ।

  • वालविकास केन्द्रलाई सामग्रीयुक्त वनाई वालमैत्री एवम् रमाइलो वातावरणका साथ वालवालिकाले सिक्ने अवसर सिर्जना गरिनेछ। नमुना वालविकासको अवधारणलाई अघि बढाइनेछ । पूर्व प्राथमिक तथा वालविकासका कक्षाहरुलाई २ तहमा सन्चालन गर्न आवश्यक प्रक्रिया अघि वढाइनेछ ।

  • विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि अतिरिक्त क्रियाकलाप, खेलकुद जस्ता प्रतिस्पर्धात्मक क्रियाकलाप सञ्चालनको व्यवस्था मिलाइनेछ । विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्रीयुक्त वनाउन पहल गरीनेछ ।

  • विद्यालयलाई सु-शासनयुक्त, जवाफदेही तथा पारदर्शी वनाई जिम्मेवारीपूर्वक विद्यालयको शैक्षिक गतिविधिलाई अघि वढाउन नगरपालिकाले विद्यालयका प्रधानाध्यापक सँग र प्रधानाध्यापकले शिक्षकसंग कार्य सम्पादन करार गरी सिकाई उपलब्धि सुधार कार्यको कार्यान्वयन गर्ने प्रक्रिया अघि वढाइनेछ ।

  • ‘प्रतिभाको पहिचान नगरको शान’ बिभिन्न क्षेत्रमा योगदान पुयाएका विशिष्ठ व्यक्ति तथा प्रतिभाहरुको खोजी गरी रोष्टर तयार पारी “पनौतीको विकास, सम्पदाको धनि सुन्दर र समृद्ध पनौती निर्माण” मा सहभागी गराइनेछ ।

  • नगरपालिकास्थित सन्चालनमा रहेका सामुदायिक क्याम्पसमा अध्ययनरत गरीव तथा जेहेन्दार र मेधावी विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप छात्रवृत्तिको व्यवस्था गरीनेछ ।

  • फरक क्षमता भएका तथा आर्थिक र सामाजिक रूपमा पछाडि परेका समुदायबाट आउने विद्यार्थीहरूलाई विशेष विद्यालय र आवासीय छात्रवृतिको व्यवस्था गर्ने,

  • दिवा खाजा कार्यक्रमलाई व्यवस्थित बनाउने

  • माध्यमिक तहको विद्यालय सुधार योजना अन्तर्गत विषयगत शिक्षकहरूको अभावलाई पूर्ति गर्ने गरी दरवन्दीको व्यवस्था मिलाउने तर्फ अग्रसर हुने ।

  • दरबन्दीको अभाव भएका विद्यालयहरूमा स्नातक अध्ययन गरेका योग्य युवालाई उत्प्रेरित गरी स्वयंसेवक शिक्षकको रूपमा परिचालन गर्ने,

  • शिक्षकको कार्य सम्पादन मूल्याङ्कन गरी हरेक वडाबाट प्रत्येक वर्ष उत्कृष्ट १ शिक्षकलाई सम्मान गर्ने,

  • शिक्षाप्रेमी, व्यवस्थापन समिति, प्र. अ, शिक्षक तथा कर्मचारीहरुलाई योगदान र सिकाई उपलब्धिका आधारमा प्रोत्साहन तथा सम्मान गरीनेछ ।

  • नगरपालिका भित्रका विपन्न नागरिकका छोराछोरी, गरिव तथा जेहेन्दार छात्रछात्राहरुका लागि माध्यमिक तथा उच्च शिक्षामा प्राविधिक विषय अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरीनेछ।

  • विद्यालयहरुमा IEMIS लाई व्यवस्थित गरी तथ्याङ्क सत्यापन र योजना निर्माण कार्यान्वयनमा विश्वसनियता कायम गरीनेछ ।

  • IEMIS को प्रयोगवाट विद्यालयको अभिलेख व्यवस्थापन, परीक्षाफल प्रकाशन, सिकाई उपलब्धि विश्लेषण जस्ता कार्यमा प्रभावकारीता ल्याइनेछ ।

  • शैक्षिक सामग्री युक्त शिक्षकका माध्यमवाट गुणस्तरीय शिक्षा प्रवर्धन गर्न शैक्षिक सामग्री सहितको शिक्षण सिकाई कार्यलाई व्यवस्थित गरीनेछ ।

  • प्रत्येक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था मिलाउने,

  • मेयर कप खेलकुद प्रतियोगिता तथा अन्य खेलकुद प्रतियोगिता आयोजना गरि युवा तथा विद्यार्थीहरुमा स्वच्छ प्रतिस्पर्धी भावनाको विकास गराई शारीरिक, मानसिक र शैक्षिक विकास गर्ने नीति लिइनेछ ।

  • प्राविधिक (पोलिटेक्निक) शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाइनेछ ।

  • १२ कक्षाको अन्तिम परीक्षामा सहभागी भएका युवालाई लक्षित गरी तरूण सीपवृत्ति योजनाअन्तर्गत स्थानीय प्रशासनमा इन्टर्नसीप गर्ने कार्यक्रममा संलग्न गरिनेछ ।

  • रोजगारमूलक तथा स्व-उद्यम प्रवर्द्धन गर्नेप्राविधिक एवं सीप सिकाइ शिक्षालयको व्यवस्था गरीयुवालाई रोजगारमुखी सीपमूलक तालिम दिइनेछ ।

  • एक वार्ड – एक पुस्तकालय र एक वार्ड – एक योग तथा प्राकृतिक चिकित्सा केन्द्रकोस्थापनामा जोड दिइनेछ ।

  • क्रिकेट, भलिवल, फुटवल, बास्केट वल, शारीरिक व्यायामशाला, व्याटमिन्टन लगायतका खेलको तालिम सञ्चालन गर्ने

  • शारीरिक, मानसिक विकासका लागिखेलकुद क्लबको स्थापना गर्ने,

  • एक वडा एक खेलकुद मैदानको नीति अवलम्बन गर्ने ।

  • सबै विद्यालयमा प्रत्येक महिना स्वास्थ्य परीक्षण र आधारभूत उपचारकोव्यवस्था गरिनेछ ।

  • बीचमै पढाइ छाडेका युवालाई व्यवसायिक तालिम मार्फत सीप विकासका साथै समकक्षता प्रमाणिकरणको (Equivalency Certification) व्यवस्था मिलाइने,

  • छाँया शिक्षा (Shadow education) को अवधारणालाई प्राथमिकता दिई गृहकार्य सम्पन्न केन्द्र, विभिन्न पेशा व्यवसायमा रुची भएकालाई तालिम उपलब्ध गराउने ।

स्वास्थ्य

  • नगर अस्पताल निमार्णलाई निरन्तरता दिइनेछ ।

  • स्वास्थ्य संस्थामा नै सुत्केरी हुने दरलाई शत्प्रतिशत पुर्याउन प्रोत्साहनका थप कार्यक्रम संचालन गरिने छ ।

  • आधारभूत स्वास्थ्य सेवालाई घरदैलोमुखी “स्वास्थ्य जेष्ठ नागरिक” कार्यक्रम संचालन गरिनेछ साथै, टेलिमेडिसिन र मोबाइल हेल्थ प्रणालीको शुरुवात गरिनेछ ।

  • स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन एकीकृत स्वास्थ्य पूर्वाधारको नीतिलाई अवलम्बन गरिनेछ ।

  • लागू पदार्थ लगायत अन्य दुर्व्यसन जस्ता सामाजिक विकृतिहरुको नियन्त्रणका लागि कार्यक्रम संचालन गरिनेछ। चुरोट तथा सुर्तीजन्य पदार्थको उपभोगलाइ निरुत्साहित गर्न “बालबालिका देखि परिवार” कार्यक्रम संचालन गरिने छ।

  • महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम संचालन गरिनेछ ।

  • स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको भूमिकालाइ प्रभावकारी बनाउन क्षमता अभिबृद्धी कार्यक्रम संचालन गरिने छ।

  • नियमित तथा विशेष परिस्थितिमा स्वास्थ्यसँग सम्बन्धित जनचेतनाका कार्यक्रम संचालन गरिने नीति लिइनेछ ।

  • वैकल्पिक चिकित्सा पद्धतिलाई प्रोत्साहन गरिने नीति लिइने छ ।

  • नगर भित्रका सबै बालबालिकाहरुलाई सबै किसिमका खोप लगाइने छ र नगरपालिकालाइ “पूर्ण खोप युक्त नगर” बनाइने छ।

  • नेपाल सरकार र प्रदेश सरकारबाट संचालन गर्ने कार्यक्रम र अख्तियार गरिने स्वास्थ्य नीतिलाई समन्वयात्मक तवरले अघि बढाइने छ ।

  • विज्ञ व्यक्तित्वको सहभागितामा सुदृढ बैज्ञानिक स्वास्थ्य नीति तर्जुमा गरिनेछ ।

  • क्षेत्रगत रुपमा स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न मिनी अस्पताल संचालनका लागि उपयुक्त कार्य वातावरण तयार गरिनेछ ।

  • प्रत्येक वडामा वडाबाट नै संचालन हुने गरी एम्बुलेन्सको व्यवस्था गरिनेकार्यका लागि दातृसंस्था सँग समन्वय गरी अगाडि बढाइनेछ ।

  • स्वस्थ आहार-विहार, पोषण, व्यायामलगायत स्वस्थ जीवनशैली अबलम्बन गर्न मेरो स्वास्थ्य : म स्वस्थ मेरो नगर स्वस्थ अभियान संचालन रिनेछ ।

  • नगरबासीको मौलिक अधिकारको रुपमा आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने कार्यलाई सुनिश्चित गरिने छ ।

  • ७० बर्ष माथिका जेष्ठ नागरिकहरुका लागि निशुल्क स्वास्थ्य सेवा कार्यक्रम “स्वास्थ्य जेष्ठ नागरिक” संचालन गरिने छ ।

  • आवश्यक स्थानको अध्ययन गरी उपयुक्त स्थानमा स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत फार्मेसी संचालनमा ल्याइने छ । नगरवासीको मोतियाविन्दुको निःशुल्क सल्यक्रिया गर्ने व्यवस्था गरिने छ ।

  • चुरोट तथा सुर्तीजन्य पदार्थको उपभोगलाइ निरुत्साहित गर्न “बालबालिका देखि परिवार” कार्यक्रम संचालन गरिने छ ।

  • महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम संचालन गरिनेछ ।

  • स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको भूमिकालाइ प्रभावकारी बनाउन क्षमता अभिबृद्धी कार्यक्रम संचालन गरिने छ ।

  • आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ प्रभावकारी र गुणस्तरीय बनाउन पूर्वाधार विकास, नियमित औषधि उपकरण आपूर्तिको व्यवस्था गरिने छ ।

  • महामारी जन्य सर्ने रोगहरुको रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक कार्यक्रमहरु संचालन गरिने छ, खोप कार्यक्रम प्रभावकारी रुपमा संचालन गरिने छ ।

  • कुपोषणलाइ समाप्त पर्न बहुक्षेत्रीय पोषण कार्यक्रम संचालन गरिने छ गर्भवती तथा सुत्केरी आमा, नवशिशु, बालबालिका, किशोर किशोरी तथा अपाङ्ग मैत्री स्वास्थ्य सेवा प्रवर्धन गरिने छ ।

  • नसर्ने रोग (NCD) र मानसिक रोगहरुको रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक कार्य गरिने छ नेपाल सरकारले बिपन्न नागरिकहरुलाई तोकेको कडा रोगको उपचारका लागि सहयोग प्रदान गरिने छ ।

  • स्वास्थ्य सेवा प्रवाहलाइ जवाफदेही बनाउदै सबै किसिमका स्वास्थ्य संस्थाहरुको नियमन गर्ने र निजि क्षेत्रसंगको समन्वयमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु संचालन गरिने छ ।

  • नेपाल सरकार र प्रदेश सरकारबाट संचालन गर्ने कार्यक्रम र अख्तियार गरिने स्वास्थ्य नीतिलाई समन्वयात्मक तवरले अघि बढाइने छ।

  • नागरिक आरोग्य केन्द्रबाट योग लगायत जिबनउपयोगी स्वास्थ्य कार्यक्रम संचालन गर्दै नियमित औषधि आपूर्तिको व्यवस्था गरिने छ ।

सहकारी :

  • मनोसामाजिक समस्या भएका व्यक्तिहरुलाई भावनात्मक सहयोग गर्दै समस्या समाधानका लागि सहयोग गरिनेछ । नागरिकको स्वस्थ्य जीवन बाँच्न पाउने अधिकारलाई सुचिश्चित गर्न ब्यायम पार्क निर्माणको अवधारणा अघि सारिनेछ ।

  • सहकारी सम्बन्धी महत्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवश कार्यक्रम आयोजना गर्ने सहभागीता जनाउने कार्यलाई वढावा दिइनेछ ।

  • अभियन्ताहरुको सहभागीतामा सहकारी विकास समितिको गठन सहित आवश्यक थप कानूनको प्रबन्ध गरिनेछ ।

  • क्याम्पस तहका विद्यार्थी मार्फत सहकारी शिक्षालाई व्यापक बनाउन स्थापित संस्थाको मानव श्रोतलाई उपयोग गरिनेछ।

  • उत्कृष्ट संस्था, अभियन्ता / व्यवस्थापनलाई प्रोत्साहित, सम्मानित गरिनेछ ।

  • उद्यमशीलताको माध्यमबाट बेरोजगारी न्यूनीकरण गरि आत्मनिर्भरता अभिवृद्धि गरिनेछ।

  • सहकारी संस्थाहरुको सुदृढिकरण र सबलिकरण गर्न सहकारी एकिकरण प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

  • नगरस्तरबाट संचालन गरिने तालिम प्रशिक्षण जस्ता कार्यमा स्थानीय स्थापीत संस्थाको विज्ञताको उपयोग गरिनेछ ।

  • सहकारी संस्थाहरुको संस्थागत विकासका लागि नेतृत्व / कर्मचारी क्षमता विकास कार्यक्रम संचालन गरिनेछ ।

  • स्थानीय उत्पादन वृद्धि, रोजगारी सृजना र गरिवी न्यूनीकरण गर्न सहकारी क्षेत्रको प्रबर्द्धन गरिनेछ ।

  • सहकारी तथा गरिबी निवारण सम्बन्धि व्यवस्थापन सुचना प्रणालीमा आबद्ध नभएका सबै सहकारी संस्थाहरुलाई सो कार्यक्रममा अनिवार्य रुपमा आबद्ध गराइनेछ ।

  • सहकारी संस्थाको अनुगमन र नियमन प्रक्रियालाई प्रभावकारी बनाइनेछ ।

  • पनौती नगरपालिका क्षेत्रभित्र रहेका सहकारी संस्थाहरुको सहयोगमा पनौती सहकारी दर्पणको प्रकाशनलाई निरन्तरता दिइनेछ ।

  • कृषि सहकारी संस्था लगायत सम्बद्ध निकायसँगको सहकार्यमा उपजको बजारीकरणमा सहजीकरण गर्न कृषि उपज संकलन केन्द्र र कृषि बजारको स्थापना र संचालनको व्यवस्था मिलाइनेछ ।

  • नगरस्तरीय सहकारी कोष र सहकारी सुचना केन्द्रको स्थापना गरिनेछ ।

  • बञ्चितिकरणमा परेका वा पारिएका जात जाती र समुदायलाई सहकारी संस्थाको सदस्य बन्नको लागी आवश्यक वित्तिय सहयोग गरिनेछ।

  • कृषि सहकारी मार्फत कृषकहरुलाई मल, वीउ, कृषि औजार र उपकरणको व्यवस्था मिलाईनेछ ।

  • नगरस्तरीय सहकारी भवन, पुस्तकालय, तालिम हल, सभाहलको निर्माण र संचालनमा एएए यम अनुसारको कार्य गरिनेछ ।

  • गाउं गाउंमा सहकारी घर घरमा रोजगारी भन्ने नीतिलाई आत्मसाथ गर्दै सहकारी संस्थाको पहुँच नपुगेको क्षेत्रमा सेवा केन्द्र विस्तार तथा नयाँ संस्था स्थापनामा प्रोत्साहन गरिनेछ ।

  • सहकारी संस्थाहरुको सहकार्यमा स्वास्थ्य बीमा र पशु बिमा कार्यक्रमलाई सहजीकरण गरिनेछ ।

  • विकास निर्माणमा सहकारी संस्थासँग सहकार्य / साझेदारी गरिनेछ ।

  • सामाजिक जागरण, चेतना, सन्देश, सरसफाई जस्ता महत्वपूर्ण अभियानमा सहकारी संस्थासँग सहकार्य गरिनेछ।

  • सहकारी संस्थाहरुको सहकार्यमा सहकारी प्रर्दशनी, सहकारी लाईब्रेरी, सहकारी सभा हल संचालन तथा निर्माण गर्ने व्यवस्था मिलाईनेछ।

  • संकटग्रस्त सहकारीलाई संघ र प्रदेशसंगको समन्वयमा प्रभावकारी व्यवस्थापनको लागि संस्थागत प्रवन्ध मिलाई सुधारका आवश्यक कार्य गरिनेछ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम

  • पनौती नगरपालिका नगरकार्यपालिकाको कार्यालय प्रधानमन्त्री रोजगार सेवा केन्द्रले यस नगरपालिका भित्र सूचिकृत बेरोजगार व्यक्तिहरुलाई न्यूनतम १०० दिनको रोजगार दिनको लागि सहयोग पुर्याउनेछ ।

  • जगार कार्यक्रमलाई व्यवस्थित गरी न्यूनतम रोजगारीको प्रत्याभूत गर्नेछ ।

  • देशमा विद्यमान बेरोजगारी दर कम गर्नका लागि यस नगरका बेरोजगार व्यक्तिहरुलाई रोजगारी प्रदान गर्नका लागि आवेदन आह्वान गरी रोजगार सेवा केन्द्रमा सूचिकृत गरिनेछ ।

  • रोजगार सेवा केन्द्रमा सूचिकृत भएका बेरोजगार व्यक्तिहरुलाई युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना तथा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाहरु सञ्चालन गरी न्यूनतम रोजगारीको प्रत्याभूति गराईनेछ ।

  • COVID-19 को कारणबाट वैदेशिक रोजगारीमा जान नपाएका तथा विदेशबाट फर्किन बाध्य भएका व्यक्तिहरुलाई सूचिकृत गरी विशेष प्राथामिकता साथ रोजगारी प्रदान गरिनेछ।

  • वैदेशिक रोजगारीबाट फिर्ता आएका श्रमिकहरुको सीप पहिचान गरी स्वरोजगारमूलक कार्यमा संलग्न गराउन पहल गरिनेछ साथै स्वरोजगारमूलक कार्यमा संलग्न हुन स्थानीय युवा उद्यमीहरुलाई प्रोत्साहित गरिनेछ ।

  • दक्ष तथा सक्षम जनशक्तिको विकाश गरी आन्तरिक रोजगारीको प्रवर्द्दन गर्न आवश्यक सीपमूलक तालिमको पहिचान गरी बेरोजगार व्यक्तिलाई तालिम दिइनेछ ।

  • संघ तथा प्रदेशले ल्याएको रोजगारमूलक कार्यक्रममा अपनत्व कायम गर्दै रोजगारीका क्षेत्र विस्तार गरिनेछ ।

  • आन्तरिक रोजगारी सिर्जना गर्न सरोकारवाला निकाय र निजी, सहकारी तथा गैर सरकारी क्षेत्र सँग समन्वय र सहकार्यमा जोड दिइनेछ ।

  • श्रम सम्बन्धलाई प्राथामिकता दिदै सार्वजनिक पूर्वाधार निर्माण, कृषि, व्यवसायिक, उद्योग, वित्तीय क्षेत्रबाट रोजगारी सिर्जनामा जोड दिइनेछ ।

  • रोजगार सेवा केन्द्रलाई थप सुदृढीकरण गरी श्रम बैंकको रुपमा स्थापित गरिनेछ ।

  • नियमित विकास निर्माणका योजनाहरुमा आवश्यक श्रमिकहरुको लागि रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगार व्यक्तिहरुलाई प्राथामिकता दिइनेछ ।

  • गरिबी न्यूनीकरण तथा रोजगारीका अवसरमा वृद्धि गरिनेछ ।

  • भूमिहिन अति गरीवको लागि आवश्यक सीपका तालिमको व्यवस्था गरिनेछ।

  • वैदेशिक रोजगारीमा जानेहरूका लागि जानुपूर्व सीप र दक्षता अभिवृद्धिका लागि रुचि, क्षेत्र र आवश्यकता अनुसार सीपमूलक तालिम उपलब्ध गराइने,

  • श्रमिकको न्यूनतम ज्याला, आधारभूत श्रम अधिकार, श्रम मापदण्ड र समान कामको लागि समान ज्यालाको प्रभावकारी कार्यान्वयन गरिनेछ ।

कृषि तथा पशुपन्छी शाखा

पशु

  • कृषि उपज संकलन, भण्डारण र वजारीकरणका लीग नगरक्षेत्रको यथासंभव मुख्य पायक पर्ने बजार केन्द्रमा मुख्य केन्द्र रहने गरी संकलन, प्रशोधन, ग्रेडिंग, प्याकेजिंग र ब्राण्डिंग गर्ने लगायत कृषिजन्य मल वीउ, विक्री वितरणका लागि स्थानीय सहकारी सँस्थाहरुको सहकार्यमा

  • केन्द्र स्थापना गर्ने उपकरण र ढुवानीका साधन खरिद गरी संचालन, ब्यवस्थापन गर्ने व्यवस्था मिलाउन आवश्यक गृहकार्य प्रारम्भ गरिनेछ ।

  • दुग्ध संकलन, प्रशोधन र विक्री वितरणमा प्रत्यक्ष उत्पादक/संकलकको सहभागिता संस्थागत रुपमा रहने गरी स्थापना, संचालन र ब्यवस्थापन गर्ने ब्यवस्थाका लागि तयारी गरिनेछ ।

  • कृषिमा आधुनिक यन्त्र उपकरण ड्रोन लगायतका यन्त्र उपयोग गर्दै व्यवसायिकतातर्फ उन्मुख गराउन भएका पहलकदमीले जीवनस्तरमा आएको परिवर्तनको अनुभूति भएकोले यसलाई निरन्तरता प्रदान गरिनेछ।

  • कृषि सूचना केन्द्रको व्यवस्था गरिनेछ ।

  • कृषि लाईब्रेरीको अवधारणा अघि बढाइनेछ ।

  • कृषि एम्बुलेन्सको व्यवस्था गरिनेछ ।

१) पनौती नगरपालिका क्षेत्र भित्र रहेका पशुपन्छीको तथ्यांक संकलन तथा पशुपन्छी पालन व्यवसायमा संलग्न कृषकहरुको बर्गिकरण गरिने छ। वर्गिकरणका लागि आवश्यक मापदण्ड तयार गरि परिचयपत्र वितरण गरिनेछ ।

२) दुधालु पशुहरुको दुध उत्पादनमा ह्रास ल्याउने तथा दुधको गुणस्तरमा असर गर्ने थुनेलो रोग रोकथामको लागि सवै वडामा तथा नगर स्तरमा १ पटक टिट डिपिङ प्रविधि सम्वन्धी औषधि र सामाग्री वितरण सहित कार्यक्रम संचालन गरिनेछ ।

३) दुध उत्पादन बढाउन कृत्रिम गर्भधानको माध्यमबाट पशुहरुको नश्ल सुधार गर्न कृत्रिम गर्भाधान सेवालाई अझ गुणस्तरिय बनाउने उदेश्यले सरकारी तथा निजी स्तरमा कार्यरत प्राविधिकहरुलाई कृत्रिम गर्भाधान सम्बन्धी तालिममा सहभागि गराईने र निजहरलाई कृ.ग गर्दा आवश्यक पर्ने लजेष्टीक सर्पोट ( ए.आइ. गन, ए.आइ. झोला, ए.आइ.सिथ, ए.आइ. ग्लोभ्स) उपलब्ध गराईने छ।

४) दुध उत्पादा बृद्धी गर्न,दुधको लागत मूल्य कम गर्न पशुहरुलाई वर्षे भरि हरियो घाँसको उपलब्धता गराउन हिउदे वर्षे भूई घाँस,डाले घाँसको विउ वेर्ना विरवाहरु वितरण गरिने छ । साथै सहकार्यमा बहुवर्षे घाँसको नर्सरी स्थापना गरिने छ।

५) नगर भित्रका सम्पूर्ण पशुहरुलाई खोरेत, पि.पि.आर, भ्ययागुते, स्वाईन फिवर, रोग विरुद्धको खोप अभियानको रुपमा कृषकको गोठमा पुगि लगाईनेछ । खोप लगाउने कार्यमा खटिने प्रविधिकहरुले खोप लगाए वापत पारिश्रमिक उपलब्ध गराइनेछ ।

६) प्राविधिकहरको क्षमता विकास तथा प्रविधि संग नजिक रहन क्षमता विकास सम्वन्धी कार्यक्रमहरु संचालन गरिनुका साथै प्राविधिकहरुको नियमित मासिक बैठकहरु गरिने छ ।

७) भैसी भत्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

८) कृषकहरुको पशुपन्छीको विमा गर्दा तिरेको प्रिमियम रकममा ५०% रकम कृषकहरुलाई फिर्ता गर्ने कार्यक्रम संचालन गरिनेछ।

९) सन २०३० सम्ममा कुकुरको टोकाईबाट हुने मानव मृत्युदर शून्य पार्ने अन्तराष्ट्रिय प्रतिबद्धता नेपालले पनि जनाएको हुँदा रेविज रोग नियन्त्रण तथा रोकथामका लागि नगर क्षेत्र भित्रका सामुदायीक तथा घरपालुका कुकुरहरुको तथ्यांक संकलन गरि अभियानको रुपमा विश्व रेविज दिवसको अवसरमा प्रत्येक वडमा निः शुल्क रेविज रोग विरुद्धको खोप कार्यक्रम संचालन हुनेछ भने नगर स्तरमा निःशुल्क सामुदायीक तथा घरपालुका कुकुरहरुको बन्ध्याकरण शिविर संचालन गरिने छ । साथै रेविज रोग लागेको जस्तो लक्ष्यण देखाउने कुकुरहरुले समुदायमा वेला वेलामा त्रास सृजना गरिरहेको हुदा त्यसतो अवस्थामा आमस्मीक व्यवस्थापन गरिने छ।

१०) पशुपालक कृषकहरुलाई पशुपालन, पशुहरमा लाग्ने रोग तथा रोकथामका उपायहरु, पशु आहारा व्यवस्थापन, स्वस्छ दुध उत्पादन जस्ता विषय वस्तुमा वडा स्तरिय तथा नगर स्तरिय तालिमहरु संचालन गरिनेछन ।

११) पशु उपचार सेवा अन्तर्गत विरामी पशुहरुको उपचारको लागि आवश्यकिय उपलब्ध भएको औषधिहरु पशुपन्छी शाखा, पशु सेवा केन्द्र खोपासी तथा पशु सेवा केन्द्र कुशादेवी मार्फत निःशुल्क उपलब्ध गराइनेछ।

१२) नगरका ग्रामिणस्तरमा पुगि पशुहरुको समस्या समाधान गर्न पशु विज्ञ तथा प्राविधिकको टोली सहित पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविरहरु संचालन गरिनेछ ।

१३) पशुहरुमा लागेको रोग एकिन गर्न कठिन हुने अवस्थामा रोगको नमुना संकलन गरि प्रयोगशाला परिक्षण पश्चात रोगको एकिन गरि रोकथाम तथा नियन्त्रण गरिनेछ ।

१४) गत वर्ष वितरण गरिएका पशुहरुको सम्पुर्ण अवस्था अध्यावधिक गर्न फलो अफ कार्यक्रम संचालन गरिनेछ ।

१५) पशुपन्छी शाखाबाट संचालन गरिने कार्यक्रम तथा प्रदान हुने सेवा सुविधाका वारेमा जानकारी गराउन पनौती कृषि रेडियो कार्यक्रम पाक्षिक रुपमा संचालन गरिनेछ ।

१६) कृषकहरुको लागी पशुपालन तथा पशुपालनका नया प्रविधिबारे जानकारी मुलक ब्रोसरहरु प्रकाशन गरि वितरण गरिनेछ जसबाट कृषकहरुको ज्ञान र सिपमा सकारातमक प्रभाव पर्नेछ ।

१७) दुध फुल मासु आदीको उपयोगिता फाईदा एवं महत्वबारे जनचेचना फैलाउने तथा प्रवर्द्धन गर्न विश्व दुध दिवस, विश्व अण्डा दिवस, विश्व पशुपन्छी दिवस मनाईने छ भने मध्यम पशु सेवामा सम्लग्न मध्यमस्तरिय जनशक्तीहरुको छाता संस्था (नेभ्ला) दिवस विभिन्न कार्यक्रम गरि मनाइने छ ।

१८) कृषकहरले सहज रुपमा सरल कृषि ऋण प्राप्त गर्न तथा विमा प्रकृया बारेमा जानकारी गराउने उदेश्यले बैक वित्तिय संस्था कृषक प्राविधिक विचको अन्तक्रिया कार्यक्रम संचालन गरिनेछ । साथै कृषकको गोठ सम्म विमाको पहुच पूऱ्याउन नगर स्तरिय र वडा स्तरिय पशु विमा अभिमुखिकरण कार्यक्रम संचालन गरिनेछ।

१९) कृषकहरुलाई आफ्नो पेशा प्रति गौरभान्वित गराई उच्च मनोबल कायम राख्न गाई भैसी पालन, बंगर पालन, बाख्रा पालन, घाँस उत्पादन, गोठखोर व्यवस्थापन जस्ता विषयमा पुरस्कृत गरिनेछ।

२०) गत वर्ष सम्पन्न भएका कार्यक्रमहरुको प्रभाव तथा त्यसले सिर्जना गरेको सबल पक्ष र कमजोर पक्षको पत्रकारहरु मार्फत स्वतन्त्र विश्लेषण गरि नगरपालिकामा प्रतिवेदन पेश गर्न कृषक अडिट कार्यक्रम संचालन गरिनेछ।

२१) कृषकहरुको पशपन्छीपालन व्यबसायमा आईपर्ने प्राकृतिक प्रकोप ( बाढी पहिरो, आगोलागी चट्याङ) मा राहत दिन एक पशुपन्छी जोखिम कल्याण कोष स्थापना गरिनेछ ।

२२) कृषि तथा पशु सेवा केन्द्र खोपासी र कुशादेवीमा रहेका भवन मर्मत गर्न आवश्यक भएकोले बजेट व्यवस्था गरिएको छ ।

२३) पशु खोपहरुको सुरक्षित भण्डारणको लागी फ्रिज व्याक आवश्यक भएकोले बजेट व्यवस्था गरिएको छ।

२७) विगत वर्षहरुमा सहकार्यमा वितरण भएका पशुहरु (गाई, पाडा, बाख्रा, बोका, पाडी/थोरे) को सम्बन्धमा उक्त पशु परिवर्तन गर्न चाहेको हकमा तथा उक्त पशु पाल्दै नपाल्ने हकमा आवश्यकता अनुसार नितिगत व्यवस्था गरिनेछ ।

२८) व्यवसायिक फर्महरुलाई प्रोत्सहान स्वरुप व्यवसायीक रुपमा पशुपालन गरि दुध उत्पादन गरिरहेका फर्महरुलाई प्रति लिटर दुध उत्पादनमा अनुदान कार्यक्रमको लागी कोष स्थापना गरिनेछ । यस सम्वन्धी आवश्यक कार्यविधी तयार सोहि अनुसार संचालन गरिनेछ ।

२९) नगरस्तरिय प्रयोगशाला सहितको अस्पताल संचालन गर्न पशु चिकित्सकको व्यवस्थापन गरिनेछ ।

कृषि

१) कृषि फार्म कृर्षक समूह हरुलाई सक्रिय बनाउन अभिमुखिकरण तालिम दीने र समुह परिचालन गर्न काम कतब्य बारे प्रष्ट पारीने
छ ।

२). पनौती नगरपालिका भित्र रहेका तरकारी ठुला ब्यबसायिहरुलाई ६।१८ सईजको ग्रिन हाउस हाईटेक हाउस निमार्ण गरीने छ । जस्ले १०औं बर्ष सम्म प्राकृतिक प्रकोप, रोग किरा, बर्षेनि बर्नाने प्लाष्टिक घरको तुलनामा दशौ गुणा बढी उत्पादन दिनमा सहयोग पुर्याउने छ । ग्रिन हाउस निमार्ण गर्दा नगरको ५० प्रतिशत अनुदानमा कृषकको ५० प्रतिशत लगानीमा बनाउनु पर्नेछ भने माथि उल्लेखित साईजको कुल लागत पर ग्रिन हाउस बराबर ३० लाख सम्म पर्न आउनेछ।

(३) नगर भित्र रहेका, स्थायी रुपमा बनाएका प्लाष्टीक तरकारी घरहरु तथा वाली वीमा गर्ने कृषकलाई निजले वुझाएको प्रिमियममा दुर्घटना वीमा बाहेकको ५०% एकमुष्ठ अनुदान नगरपालिकाले उपलव्ध गराउने छ।

४) पुष्प खेतीको विकास बढ्दो माग अनुसार कृषकको माग बमोजिम फुलका बिरुवा बितरण निशुल्क गरीने छ ।

५) कृषकलाई बेमौसमि उत्पादनमा प्रोत्साहन गर्नका निम्ती च्याउ को बिउ तथा प्लाष्टिक बितरण गरी बेमौसमी आर्थिक उपार्जनमा सघाउ पुर्याईनेछ ।

६). पनौती नगर भित्र रहेका १ देखि १२ नम्बर वडाभरीको माटोमा अम्लिएपना बढेकोले माटोको भौतिक गुण सुधार गर्नका लागि माटो जाचँ,माटो सुधारका लागि जैबिक, कम्पोष्ट, भर्मिक, जस्ता जैबिक प्रणलीलाई बढवा दिन मल निशुल्क बितरण गरीने छ ।

७) माटो गुणस्तरहिन बन्दै जाने समस्याले रासायनिक मल र रासायनिक बिषदीको जथाभाबि प्रयोग लाई नुनिकरण गर्नका लागि बाली संरक्षणका शिबरि बगैचा ब्यबस्थापन, खुद्रा बिषदीको तालिम फोहोरलाई कुहिने नकुहिने जस्ता प्रबिधिबाट छुट्याएर मलमा परिणत गर्ने र जैबिक खेतीका लागि कृषक पाठशाला प्रत्येक वडामा संचालन गरीने छ ।

८) नगरपालिकाले कृषिमा प्रयोग हुने रसायन तथा विषादी, कृषि चुन मलखाद निःशुल्क वितरण गरिने छ । साथै मौरी पालक कृषकहरुका लागि मौरीको चाहानारुपी पुष्प बितरण गरीने छ ।

९) प्राविधिक क्षमता अभिवृद्धी सम्बन्धी तालिम तथा वडा र नगरस्तरीय तालिम अन्तर्गत तालिममा सहभागीताका लागि नगरपालिका र निजी क्षेत्रमा कार्यरत प्राविधिकहरुलाई सहभागी गराउन सकिने छ । यसरी सहभागी गराउदा नियमअनुसार लाग्ने दस्तुर र निजले पाउने सुविधा नगरपालिकाको तर्फ वाट व्यवस्था गरिने छ ।

१०) उत्कृष्ठ कृषहरुलाई प्रोत्साहन गर्नको लागि नगर भित्र संचालन भएको फार्म,सामुहिक खेती आदी लाई प्रासात्हनका निम्ति पुरस्कार बितरण गरीने छ । कृषि कर्ममा प्रयोग हुने सामाग्री मागको आधारमा बितरण गरीने छ।

११) पनौती नगरपालिका भित्र रहेका कृषकहरुको यकिन पहिचान गर्न र नगरभित्र कृषि तथा वालीको अवस्था पशु पन्छीको संख्या, कृषि पशु जन्य उद्योगको अवस्थाका वारेमा एकिन तथ्याङ्क लिनको लागि एकिकृत तथ्याङ्क संकलन कार्य गर्न कृषि तथा पशुपन्छी शाखा प्रमुखको संयोजकत्वमा प्राविधिक टोली परिचालन गर्न र सोको लागि कृषि विकासतर्फ संघिय सरकारवाट र नगरपालिकाको तर्फवाट लागत साझेदारीमा स्विकृत कार्यक्रम शिर्षक वाट रकम खर्च गरिने छ । उक्त कार्यमा परिचालन हुने प्राविधिकहरुलाई उचित पारिश्रमिक प्रदान गरिनेछ ।

१२) नगर क्षेत्र भित्रका कृषकहरुको वर्गिकरण गरि परिचय पत्र उपलब्ध गराईने छ । यसका लागी आवश्यक पर्ने जनशक्ती तथा अन्य खर्च रकमका लागी संघीय सरकार र नगरपालिकाको सहकार्यमा कृषि विकास तर्फ स्विकृत कार्यक्रम शिर्षकवाट व्यवस्था गरिने छ

१३ कृषि समस्याहरु लाई न्युनिकरण गर्न कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न अभियान चलाईनेछ ।

१४) नगर भित्र रहेका एग्रोभेटहरुलाई निश्चित मापदण्ड भित्र रही बिषदी बेचबिखन गर्नलाई कार्यक्रम संचालन गरिनेछ ।

१५) कृषि प्राविधिक सेवा सुरक्षा कार्यक्रम संचालन गरिनेछ।

१६) बाँझोपन निवारण शिविर र माटो परिक्षण तथा बाली उपचार शिविर अभियानको रुपमा संचालन गरि आवश्यक पर्ने सामाग्रीहरु निःशुल्क वितरण गरिनेछ ।

१७)फलफुल बगैचा तथा नर्सरी हरुमा स्थानिय स्तरमै उपलब्ध गराउनका लागि हिउदे तथा वर्षे र बहुवर्ष जातका वीउ तथा वेर्नाहरु निःशुल्क वितरण गरि फलफुल मिसन कार्यक्रम संचालन गरिनेछ।

१८). एक वडा एक उत्पादनमा एक उत्पादनलाई प्राथमिकतामा राखी जम्मा ४ वटा वडामा यो कार्यक्रम संचालन गर्दा आबश्यक बस्तु बितरण तथा तालिम प्रबिधि बाट यो कार्यक्रम गरीने छ ।

१९)उन्नत जातका बिउ बिजन बितरण गरी कृषकको जिबनस्त उठाउन प्रयत्न गरीने छ ।

२०). बिषयगत कार्यक्रमहरु नेपाल सरकार, प्रदेश सरकार तथा स्थानिय सरकारका प्रचलित कानु र कार्यबिधि बमोजिम गरीने छ । २१). सिंचाई सुविधा नपुग्ने ठाउँमा थोपा सिंचाई प्रविधिको प्रयोग गरिनेछ ।

माथी उल्लेख भएका नीति वाहेक अन्य कार्यक्रमहरु संचालन गर्दा प्रचलित कानुन र कार्यविधि वमोजिम गरिने छ ।

पर्यटन

  • एतिहासिक पनौती बजार, इन्द्रेश्वोर मन्दिर तथा घाट क्षेत्रलाई सौन्दर्यकरण गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्ने कार्यक्रमका लागि सबै धार्मिक तथा पर्यटकिय क्षेत्रको सहज भ्रमण गर्न आवश्यक पूर्वधार तथा सुबिधाहरु उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाईनेछ ।

  • आन्तरिक पर्यटनको प्रर्वद्धन गर्न आवश्यक कार्ययोजना बनाई लाकुरी भञ्ज्याङ्ग-पनौती- बल्थली साईकिलिङ्ग मार्गको प्रचार प्रसार समेत गर्ने व्यवस्था मिलाईनेछ ।

  • आन्तरिक एवं बाह्य पर्यटनको प्रर्वद्धनार्थ पनौती ११ स्थित लड्डु खोलाको बिभिन्न स्थानमा साना ठूला बाधहरु निर्माण गरि सफा पानीमा पौडी खेल्ने व्यवस्था मिलाईनेछ ।

  • पर्यटकलाई आवश्यक सूचना प्रवाहमा थप सहजताका लागि पर्यटन सूचना केन्द्रको व्यवस्था गरिनेछ ।

  • पर्यटन प्रवर्द्धनमा सहयोग पुऱ्याउन पर्यटन मैत्री शौलयय ( स्मार्ट शौचालय) को व्यवस्था गरिनेछ ।

  • पर्यटन विकास सम्बन्धी गुरुयोजना तर्जूमा गरिनेछ ।

  • पर्यटन गन्तब्यको प्रकाशन, प्रशारणको र Tourist Site को प्रबन्ध गरिनेछ ।

  • पर्यटकको बसाई लम्ब्याउन विभिन्न हाईकिङ्ग रुटको पहिचान र विकास गरिनेछ ।

  • पर्यापर्यटनमा जोड दिईनेछ ।

  • हाईकिङ्ग ट्रेलको विकास विस्तार र प्रचार गरिनेछ ।

  • साहसिक खेलजन्य गतिविधिको प्रवर्द्धन गरिनेछ ।

  • प्याराग्लाईडिङ्ग, रक क्लाईम्बिङ्ग, साईक्लिङ्ग जस्ता इभेन्टहरु संचालन गरिनेछ ।

  • होमस्टे प्रवर्द्धन नियमन गर्ने व्यवस्थालाई थप प्रभावकारी बनाईनेछ ।

  • पर्यटकस्तरका होटल व्यवसायीहरु बीच समन्वय कायम गरिनेछ ।

  • Soviniour Center को विकास गरिनेछ ।

  • स्थानीय मौलिक संस्कृतिलाई जर्गेना गर्दै त्यस्ता साँस्कृतिक सम्पदा र गतिविधिलाई पर्यटनसँग जोडि आवश्यक कार्य गर्ने व्यवस्था मिलाईनेछ ।

  • धार्मिक पर्यटन प्रवर्द्धनका लागि आवश्यक कार्य गरिनेछ ।

  • व्यवस्थित पिकनिक स्थलहरु निर्माण गरी पर्यटक आकर्षण गरिनेछ

आदरणीय नगर सभासदस्यज्यूहरु,

हामीले राम्रो, अति राम्रो बनाउन खोजेको हाम्रो पनौती नगरपालिका समृद्ध बनाउन अत्यावश्यक स्थानीय पूर्वाधारहरुको समुचित विकास, गुणस्तरीय शैक्षिक केन्द्रको रुपमा पनौतीको पहिचान, सफा, हरियाली, सुन्दर, धार्मिक साँस्कृतिक पनौतीको ख्याती विस्तार, कृषि, सहकारी, साना, मझौला तथा लघु उद्योग र पर्यटन मार्फत पनौतीको आयस्तर अभिबृद्धिमा योगदान, शिप, ज्ञान, प्रविधि, भाषा, संस्कृतीको माध्यमबाट स्थानीय मानवीय पूँजीको निर्माण र जेष्ठ नागरिक, महिला, बालबालिका लगायत शारीरिक मानसिक रुपले भिन्न क्षमता भएका स्थानीयवासीको सम्मान हाम्रो प्रमुख लक्ष्य हो साथै “कृषि पर्यटन कला र संकृती हरित गौरबमय सम्बृद्ध पनौती” भन्ने नारालाई सर्थक बनाउने नै यो नीति तथा कार्यक्रमको मूल ध्येय भएकोले आशा छ, आवश्यक छलफल र सुझाव सहित स्वीकृत गरिदिनुहुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
नीति तथा कार्यक्रम सम्बन्धि थप
  • आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेट

    आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेट

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0