logo
२०८३ श्रावण २२, शुक्रबार |
📰
🔍

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

प्रभातफेरी अनलाइन१९ पटक पढिएको | २०८३ श्रावण २१, बिहिबार
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौँ / नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत गरेको छनोट प्रक्रियाबाट उनी कार्यकारी निर्देशक पदमा चयन भएका हुन्।

अन्तिम प्रतिस्पर्धामा प्युठानका कौशल केसी र सप्तरीका सञ्जीवकुमार देवलाई पछि पार्दै साह नियुक्त भएका हुन्।

यसअघि निगमको कार्यकारी निर्देशकमा चण्डिकाप्रसाद भट्ट रहेका थिए। नयाँ सरकार गठनपछि अघिल्लो सरकारले गरेका नियुक्तिहरू रद्द गर्ने निर्णय भएपछि भट्टले पदबाट राजीनामा दिएका थिए।