Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काठमाडौंका प्रमुख कलाकृतिहरु

प्रभातफेरी अनलाइन ३७५ पटक पढिएको प्रकाशित मिति: २०७९ माघ १८, बुधबार (३ साल अघि)
काठमाडौंका प्रमुख कलाकृतिहरु

परशु घिमिरे

याल्डमिडले शैलीको आधारमा नेपाली कलालाई छ कालमा विभाजित गरेका छन् । ईश्वी सन् ४०० भन्दा अघि लुम्बिनी क्षेत्रमा देखिन आएको जुन शैलीलाई उनले लिच्छवि पूर्वका नामकरण गरेका छन् । काठमाडौं कला विवरणमा सो सन्दर्भित हुन आउने हुनाले काठमाडौं क्षेत्रको कला सिर्जनालाई निम्न विभिन्न काल अन्तर्गत अध्ययन गर्न सकिन्छ ।
१) लिच्छविकाल ः मानदेवले आप्mनी पूज्य माता राज्यवती नाउँमा वि.सं. ५२४ मा स्थापना गराएको विष्णुको विक्रान्त बामनावतार लाजिम्पाटको धोविचौरमा र अर्को पशुपतिमा वागमतीदेखि पूर्व गौचन जाने बाटोको छेउ खेतमा रहेका छन् । ती शिलामूर्तिदेखि काठमाडौं क्षेत्रको मूर्ति कलाको इतिहास शुरु भएको मानिन्छ । यसमा बामनरुप विष्णुले विक्रान्तरुप लिंदाको भावपूर्ण दृष्य कलाकारले ठूलो खूबीसाथ अंकित गरेका थिए ।
लिच्छवि राजा नरेन्द्रदेवको पालामा काठमाडौं आएर चिनियाँ वाङ हुएनत्सेले वर्णन गरेका तलै तला छानादार राजदरवार र मन्दिरहरुबाट प्यागोडा शैलीका भवन निर्माण परम्परा पनि लिच्छविकालीन नै रहेछन् भन्न सकिन्छ । काठमाडौंबाट बुढानिलकण्ठमा एउटै शिलामा कुँदिएको करीब ३० फीट लामो जलासय विष्णु वा बुढानिलकण्ठको मूर्तिलाई वि.सं.६९३ तिर विष्णुगुप्ताका छोरा र राजा भीमार्जुनदेवसँगै संयुक्त शासक बनेको विष्णुगुप्ताले बनाउन लाएकोलकीर्ति गाथा हो भने पनि हुन्छ । काठमाडौं जिल्लामा पर्ने अरु लिच्छविकालीन लिपिहरु अंकित विशिष्ट मूर्तिहरुमध्ये हाँडीगाउँ स्थित सत्यनारायणको मन्दिर अघिल्तिरको स्तम्भमाथिको गरुण, धरहरादेखि दक्षिण पीपबोट मुनिको ढुंगेधारा स्थित आर्यावलोकितेश्वरको बौद्ध प्रतिमा, मखनमा तानसिंह बहाल भित्रको नारायण्ण मूर्ति, ढोका बहालभित्रको चैत्य वरिपरि कुँदिएको बुद्धको मूर्तिहरु तथा चापागाउँका ब्रह्मको मूर्ति प्रमुख छन् । यी बाहेक धुम्बाराहीको अत्यन्त ओजपूर्ण बराहवतार विष्णुको मूर्ति, काठे सिम्भूस्थित अति सुन्दर लोकेश्वरको मूर्ति, पशुपति घाटस्थित सुडौल यमुनादेवीको मूर्ति, पशुपति पारि लवकुश सहित रामका मूर्ति, हनुमानढोका भित्रको अति लालित्यपूर्ण कालीनागदमनको मूर्ति आदि पनि लिच्छविकालीन हुन् भन्ने अनुमान गरिएको छ ।
संक्रमण काल ः काठमाडौं क्षेत्रमा देखिएका यस कालका प्रमुख मूर्तिहरुमध्ये देवपाटनमा प्राप्त बुद्ध जन्मसँग सम्बन्धित आठौं नौं शताब्दीका मूर्ति, काठे सिम्भू नजीकको बोधिसत्व पह्यपाणिको मूर्ति, उभिएकी ताराको मूर्ति आदि उल्लेखनीय छन् ।
मल्लकाल ः लिच्छविकालीन कुनै पनिमूर्तिकला वा वास्तुकलाका कृतिहरुमा शिल्पकारको नाउँ कुँदिएको छैन तर मल्लकालमा पहिलो पटक यस्तो मूर्ति पाइएको छ– यो हो देवपाटन स्थित १.५ लामो अर्ध शैरीश्वर (वा हरिहर) शैलीमा बनेको कमलमाथि गौरीको लालित्यपूर्ण मूर्ति । वि.सं. १२६३ मा स्थापित सो मूर्तिका शिल्पकार नन्दपाल थिए । वि.सं. १४०६ मा समशुद्दीन इलियासको आक्रमणको क्रममा प्राचीन पशुपतिनाथको मूर्ति तीन टुक्रा पारिएको कुरा शिलालेख र वंशावलीमा उल्लिखित छ । त्यसपछि राजा जयस्थिति मल्लका सामन्त जयसिंह रामले वर्तमान पशुपतिनाथको मूर्ति स्थापना गरेको कुरा पनि शिलालेख उल्लेख छ । करीब २.५ हात अग्लो चतुर्मुखी शिवको उक्त मूर्तिलाई छुन वा त्यसको नजीक जान नपाइने भए पनि भावपूर्ण र सुन्दर चार चेहराहरुले टाढाबाट पनि एक सिद्धहस्त कलाकारको कृति रुपमा त्यसको परिचय दिन्छन् ।
काठमाडौंमा प्राप्त ज्योति मल्लकालीन शिलामूर्तिहरुमध्ये वि.सं. १४६५ मा स्वयंभूमा स्थापित दुई हात अग्लो चिन्तामणि लोकेश्वरको चिताकर्षक र सजीव मूर्ति उत्कृष्ट छ । ज्योति मल्लका छोरा यक्ष मल्लको समयमा (वि.सं. १५०० मा) कान्तिपुर खावाबहाल स्थित विष्णुको मूर्ति आप्mना समकालीन मूर्तिहरुमा सुन्दरतम र अग्रगण्य छ । टेबहालस्थित सूर्य मूर्ति पनि उनकै पालाको हो । शिवसिंह मल्लको पालाको मूर्ति कलाको ज्वलन्त उदाहरण वि.सं.१६५७ मा स्वयंभूको विशाल देवावतार बोधिसत्वको मूर्तिसँग स्थापित १.५ हात अग्लो पद्यपाणि लोकेश्वरको मूर्तिले प्रदान गर्दछ । काठमाडौंमा पाइने सबैभन्दा ठूलो र भावपूर्ण मल्लकालीन बौद्ध मूर्ति लक्ष्मीनरसिंह र उनका छोरा प्रताप मल्लको संयुक्त शासनकालमा (वि.सं.१६९३) स्वयंभूको मनोहर जंगलभित्र उकालो लाग्ने ठाउँमा भूमि स्पस्पर्श मुद्रामा रहेका अक्षोभ्यका तीन विशाल मूर्तिहरुमध्ये माझको मनमोहक मूर्ति हो । टुक्रा टुक्रा ढुंगाहरुको कलात्मक संयोजनले सिर्जना भएको यो मूर्ति आसन बाहेक साढे पाँच हात अग्लो छ । मल्लकालका यस्ता मूर्तिकलाहरुमा दुईवटा उल्लेखनीय कुराहरु देख्छौं । एक कुरो, तिनताक काठमाडौंमा महायानी र अझ वज्रयानीहरुको प्रभाव जोडतोडले बढेको प्रमाण–स्वरुप जटिल तथा अश्लील जस्तो देखिने, धेरै टाउका र हात भएका बौद्ध मूर्तिहरु बन्न थालेको थियो । अर्को कुरा, शिला र धातुको मूर्ति बाहेक तिनताक मन्दिरको ढोका र टुँडालहरुमा बनेको मूर्तिहरु पनि प्राप्त भएकोले काष्ठ कलामा नेपाली शिल्पकारहरुको प्रवीणता पनि त्यो समयदेखि झल्केको आभास पाइन्छ । हनुमानढोका अघिल्तिर महेन्द्र मल्लबाट निर्मित मानिएको जगन्नाथ मन्दिरका टुँडालहरुमा अनेक प्रकारका यौन आलिंगनमा बद्धरुप तथा तिनै टुँडालमा कुँदिएका विभिन्न चर्तुभुज मूर्तिहरु यस कुराका साक्षी छन् ।
स्वयंभू डाँडाको धर्मधातु चैत्यका दाँया वाँया वि.सं. १७१२ मा प्रताप मल्लबाट निर्मित प्रतापपुर र अनन्तपुर बाहिरपट्टि वज्रयानका गुह्यो देवता सम्बरका द्धारपालहरुको मूर्ति वरिपरि कुँदेर राखिएका छन् । मनुष्य शरीरमा जीवजन्तुको शिर जडेर कुँदिएका यी द्वारपालहरुका कुनै एक मुखी र कुनै बहुमुखी मूर्तिले नेपाली मूर्तिकलाको क्षेत्रमा एक नयाँ परम्परा सिर्जना गरेका छन् । ती द्धारपालहरु काकास्य, उल्कास्या, शानास्या तथा सुकरास्य हुन् । तिनले क्रमशः कौवाको, लाटोकोसोराको, कुकुरको र सुगुरको मुखाकृति लिएका छन् । स्वयंभू स्थित विशाल वज्र पनि प्रताप मल्लले वि.सं. १७२५ मा स्थापना गरेका हुन् । यसको आधार पेटिकामा प्रथम पटक यहाँका कलाकारहरुले पशुपक्षीहरुलाई प्राधान्य प्रदान गरेको हुनु पनि एक विशेषता नै मान्नु पर्दछ । तिनताकका कलाकार मानव मूर्ति कुँद्नमा भैm पशु आकृति कुँद्नमा पनि सिद्धहस्त रहेछन् भन्ने प्रमाण त्यस पेटिकामा साँढे, बनेल, फडदार सर्प, घोडा, भेडा, बाँदर, हाँस र कुकुरको सजीव कलात्मताले प्रदान गरेको छ ।
बुद्ध जीवनको भार विजय घटना प्रदर्शित गर्ने अर्को तीन हात जति अग्लो प्रताप मल्लकालीन घतलाग्दो शिलामूर्ति पनि त्यसै वज्रको सामु छ र दर्शनीय पनि छ । त्यसको स्थापना वि.सं.१७१३ मा भएको हो । त्यसका दुई विशेषतामध्ये बुद्धको मूर्तिमा माला कुँदिएको हुनु एक हो । अर्को विशेषता त्यसका वरिपरि ब्रह्मा, विष्णु, महेश्वर र इन्द्रादि देवताहरुलाई आ–आप्mना बाहनमा प्रदर्शित गरी हिन्दू–बौद्ध धार्मिक एकात्म्यको भाव जागरण गर्न खोजिएको उद्देश्यलाई लिन सकिन्छ । पाटनमा सिद्धिनरसिंहबाट निर्मित कला मूर्तिहरुको भण्डार सुन्दरीचोकको प्रतिस्पर्धामा हनुमानढोका भित्र प्रताप मल्लले निजी संग्रहालय रुपको मोहन चोकको सिर्जना गरी त्यहाँ चोकको बीचमा धाराको वरिपरि पत्थर र काठमा कुँदिएका उत्कृष्ट र कलापूर्ण शैव र वैष्णव मूर्तिहरु साथै विकराल र भयावह तान्त्रीक मूर्तिहरुको पनि बेजोड संग्रह गरिएको छ ।
युरोपवासीसँग भेटघाट भए पछि त्यसको असर परी प्रताप मल्लले मानिसको मूर्ति निर्माण गर्न लाएको कुराले कलाको क्षेत्रमा ऐतिहासिक महत्व पनि राख्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0