Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धर्म, संस्कृति, परम्परा मासिनु हुन्न ः नेता लालध्वज

प्रभातफेरी अनलाइन ६३७ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन २, मंगलबार (३ साल अघि)
धर्म, संस्कृति, परम्परा मासिनु हुन्न ः नेता लालध्वज

काभ्रे । निर्वाचन पश्चात् आफ्ना मतदाताबीच बाक्लो उपस्थितिमा रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय पोलिटब्यूरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज संघीय सांसद सूर्यमान दोङ (लालध्वज) ले धर्म, संस्कृति, परम्परा मासिन दिन नहुने बताउनुभएको छ ।
मतदाता माझमा आफ्ना भनाईहरु राख्दै कुनै पनि मुलुकको पहिचान भनेको त्यो मुलुकमा स्थापित धर्म, परम्परा, संस्कृति र संस्कार भएकोले त्यसको संरक्षण गर्नु प्रत्येक नागरिक सँगसँगै राज्यको दायित्व पनि हो । आज जुन गुम्बाको बारेमा हामीले चर्चा गरिरहेका छौं, बौद्ध धर्मावलम्बीहरुमध्ये तामाङ समुदायहरुले आफ्नो मौलिक धर्मलाई स्थायित्व दिन गुम्बाको रुपमा जुन किसिमको विधि प्रयोग गरेर संरक्षण गरिरहेका छन्, त्यसका लागि विचार र वादभन्दा माथि उठेर आफूले सकेको सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै धर्म, कुनै जाति, समुदायको निहित नभई साझा हुने धारणा उक्त अवसरमा सांसद दोङले व्यक्त गर्नुभएको छ ।
पनौती नगरपालिकाभित्र रहेका कुनै पनि धार्मिक महत्व राख्ने गुम्बाहरुको पुननिर्माण र संरक्षणका लागि आफूले भ्याएसम्म लागिपर्ने उद्घोष सांसद दोङले व्यक्त गर्नुभएको छ । निर्वाचनताका जनताका माझ कबुल गरेका वाचाहरु ५ वर्षभित्र पूरा गर्ने अठोटका साथ संसद नचलेको समय मतदाता माझमै बिताउने प्रण समेत नेता दोङले उक्त अवसरमा व्यक्त गर्नुभएको छ । सम्बोधनकै क्रममा सांसद दोङले पनौतीको पहिचान झल्किने मन्दिरै मन्दिरको शहर भनेर चिनिने बजार क्षेत्र अहिले सुनसान भएको छ । त्यसलाई चलायमान गराउनका लागि के कस्ता योजनाहरु ल्याउनुपर्ने हो, त्यसका लागि स्थानीय बुद्धिजीवि, समाजसेवीहरुबाट प्रस्ताव आइदियोस् भन्ने अपेक्षा आफूले राखेको खुलासा गर्नुहुँदै बनेपा–पनौती–तालढुंगा सडकको विस्तारलाई दु्रतगतिमा अगाडि बढाउने र आवश्यक पर्ने बजेटको व्यवस्था गर्न आफू लागिपरेको र छिट्टै पनौती–खोपासी सडकको रोकिएको काम अगाडि बढ्ने जानकारी समेत गराउनुभएको छ ।
सोही कार्यक्रममा उपस्थित मतदाता एवं जनसमुदायहरुको प्रतिक्रिया थियो, बल्ल हाम्रा कुराहरु बुझिदिने र समय सापेक्षित ढंगबाट सम्बोधन गर्ने नेता छान्न पुगेका रहेछौं, हाम्रो मतको सही ठाउँमा सदुपयोग भएछ भन्ने आशा पलाएको भावना व्यक्त गरिरहेका थिए ।
गत निर्वाचनमा प्रयोग गरेको मताधिकार आज आएर पुष्टि भएको छ कि मतको महत्व कस्तो हुँदोरहेछ, कस्तो दायित्व निर्वाह गर्दाे रहेछ भन्ने बारेमा घोत्लिन पुगेको स्थानीय आइतसिं तामाङ बताउनुहुन्छ । हाम्रो गएको ५ वर्ष त व्यर्थमा खेर गयो । न भोट हालेको मान्छे देखियो न विकासै पायौं । नेतृत्व होस् त यस्तो भन्दै चर्चा परिचर्चाले स्थान पाइरहेको कार्यक्रममा प्रत्यक्ष अनुभूति गर्ने अवसर मिलेको थियो ।

पानी र खानीका बारेमा संसदमा गम्भीर रुपमा बहस हुनेछ ः सांसद तामाङ

काभ्रे । काभ्रे जिल्लाको दक्षिण क्षेत्रमा पनि रोशी खोलाको तीर र कुशादेवी आसपासले निकै चर्चा बटुलेको छ । एकीकृत खानेपानीको मुहान एकातिर, अर्काेतिर तोरिखोरियाका स्थानीय बासिन्दाहरुको आवाज र ढुंगाखानीका कारण उक्त भूगोल चर्चाको शिखरमा छ ।
सोही विषयमा जानकारी लिन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं संघीय सांसद मिना तामाङ (रञ्जिता) साविक कुशादेवी गाउँपालिका वडा नं. ६ खानीद्वारा प्रभावित क्षेत्र तोरिखोरिया पुगेर त्यस क्षेत्रको स्थलगत अवलोकन पश्चात् स्थानीयवासीसँग भलाकुसारी गर्दै सो विषयमा आफूले गम्भीर रुपमा संसदमा कुरा उठाउने बताउनुभएको छ ।
खानीका कारण सो क्षेत्रमा आइपर्ने विपद्का बारेमा आफू जानकार रहेकै कारण पनि यस क्षेत्रको अवलोकन गरेर समस्या समाधानका लागि अघि बढ्ने प्रण गरेको खुलासा गर्नुहुँदै सो भूगोलको बारेमा जनयुद्धका ती दिनहरु आफ्ना लागि अनुकरणीय प्रेरणाका स्रोत बनेको चर्चा गर्नुहुँदै ति दिनदेखि आजसम्म आइपुग्दा यो भूगोलले जुन किसिमले दुर्गति भोग्न विवश भएको छ, त्यसका बारेमा आफू मर्माहित भएको स्थानीयबीच खुलासा गर्नुहुँदै यस क्षेत्रका नागरिकहरुको नैसर्गिक अधिकारलाई सुनिश्चित गर्नका लागि कुनै पनि चुनौतीसँग आफू सामना गर्न तयार रहेको सांसद तामाङले खुलासा गर्नुभएको छ ।
खानीका कारण यहाँका स्थानीयहरुले भोग्नुपरेको हृदयविदारक घटनाहरुलाई आफूले गम्भीर रुपमा लिएको र आगामी दिनमा यि र यस्ता प्रकृतिका घटनाहरुलाई सम्बोधन हुनेगरी आवाज संसदमा उठ्ने नै छ भन्दै जनताका नैसर्गिक अधिकारमाथि कसैको धावा बोल्ने अधिकार नरहेको धारणा समेत सांसद तामाङले स्थानीयवासीसँगको छलफलका क्रममा व्यक्त गर्नुभएको छ । यस क्षेत्रमा समस्याका रुपमा रहेको खानीका बारेमा आफ्नो ध्यान केन्द्रीय भएको र यस विषयमा गम्भीरतापूर्वक आवाज बुलन्द गर्ने प्रतिबद्धता समेत मतदातामाझ सांसद तामाङले राख्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0