भेषराज दनुवार
नेपाल भौगोलिक क्षेत्रले सानो भए पनि जैविक विविधताको दृष्टिकोणले ज्यादै सम्पन्न छ । भू–मध्य रेखा देखि ध्रुवीय क्षेत्रसम्मको १०००० किलोमिटर भित्र फैलिएको विभिन्न जलवायुको वातावरणलार्ई प्रतिनिधित्व गर्ने विविधता तराई र मधेसमा उष्ण क्षेत्र देखि हिमाली क्षेत्र बीच १०० किलोमिटर भित्र प्राप्त छ । विश्व मानचित्रको अनुपातमा नेपालले ओगटेको भूभाग केवल ०.१५ मात्र हो नेपालमा पहिचान भएको करिव पांच हजार पांच सय प्रजातीका फुल फुल्ने विरुवाहरु रहेको तथ्यांक छ । जसमा ३ सय २४ प्रजातीहरु अन्य मुलुकमा पाईदैन । विश्व भरिमा हाल अस्तित्वमा रहेका २ लाख ५० हजार भन्दा बढि यस्ता विरुवाहरुको तुलनामा यो संख्या २.२ प्रतिशत हुन आउछ । जैविक विविधता रहेको नेपालमा सबै खाले फुल विरुवाहरु (बनस्पति) सजिलै उत्पादन गर्न सकिने पर्याप्त ठाउहरु रहेको हुदा जुनसुकै फुलहरुको खेति गर्न सकिने संभावना रहेको छ ।
पुष्प व्यवसायको क्षेत्र
पुष्प व्यवसाय भन्नाले फुलको खेती लगायत नर्सरी, ड्राईफ्लावर, टिस्यु कल्चर आदि समेतलार्ई समेटदछ । नर्सरीको शाब्दिक अर्थ सबै प्रकारको बालि हुर्काउने स्थललाई जनाउदछ । पुष्प व्यवसायको क्षेत्र अन्र्तगत आलंकारीक बोट विरुवा, मौसमि फुल, कट फ्लावर, ड्राई फ्लावर, आदी बोट विरुवाहरु पर्न जान्छन । मौसमि फुलहरुमा पनि एकथरी मौसममा फुल फुल्दछ र फुल फुलि सकेपछि बोट मर्दछ भने अर्को थरी बोट सधै बांचिरहन्छन् तर फुल भने फुल्ने गर्दछ । कट फ्लावर भन्नाले जुन फुललार्ई काटिसकेपछि पनि निश्चित समय सम्म पानीमा राख्दा धेरै दिन सम्म रहन्छ त्यस्तो फुलहरुलार्ई कट फ्लावर भन्ने गरीन्छ । त्यस्तै कुनै फुललार्ई सुकाएर प्रयोग गर्न सकिन्छ भने त्यस्तो फुललार्ई ड्राई फुल भनिन्छ । समग्रमा भन्दा घरको भन्दा भित्रि भाग वा बाहिरी भाग, शहर, कार्यालय, सजावटमा प्रयोग हुने विवाह, ब्रतमन्ध, पास्नि, आदी शुभकामना आदान प्रदान, विदाइ , स्वागत समबेदना प्रकट गर्दा प्रयोग हुने, मन्दिर, मस्जिद, गिर्जाघरमा चढाउदा प्रयोग गरिने र यसको प्रयोगका लागी सहायक बस्तुहरुको उत्पादन, सजावट र विक्रि समेत फूल हरु पर्दछन् ।
पुष्प व्यवसायको बर्तमान अवस्था
नेपालको भौगवोलिक बनावट, जैविक विविधता जलवायुको दृष्टिले पुष्प व्यवसायको लागी उपयुक्त छ । धेरै संभावना बोकेको पुष्प व्यवसाय एक निर्यात मुखि व्यवसाय पनि बनाउन आवश्यक छ । पुष्प व्यवसायि संगठन को स्थापनाकाल देखिनै पुष्प व्यवसायमा आई परेका विभिन्न चुनौति तथा समस्याहरुलार्ई चिर्दै समस्याहरुलार्ई चिर्दै संभावनालार्ई पहिल्याउदै सम्पुर्ण पुष्प व्यवसायिहरुको हकहितको लागी निरन्तर रुपमा नेपालमा पुष्प व्यवसायको समग्र विकास तथा प्रर्बद्धन गर्दै आईरहेको छ । नेपाल वि.सं. २०११ साल देखि सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसंगै काठमाडौं उपत्यका भित्र मात्र सिमित नरहि पोखरा, नारायणघाट, हेटौंडा, विराटनगर, धरान, बुटवल, धनगढी लगायतका नेपालका गणना हुने शहरहरुमा फैलदो स्थितीमा रहेको छ । नेपाली पुष्प व्यवसाय आर्थिक वर्ष २०७८÷९५ सम्म आई पुग्दा लगभग ७९७ पुष्प व्यवसायिहरु पुष्प व्यवसाय गरिरहको र ४५ जिल्लामा पुष्प खेति विस्तार भैसकेकोछ । हाल लगभग १६७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ४५, ५०० भन्दा बढि प्रत्यक्ष अप्रत्यक्ष तथा स्वरोजगारका रुपमा पुष्प व्यवसायमा आश्रित व्यक्तिहरु रोजगारी उपलब्ध गराई रहेको यस व्यवसायले आव ७८÷७९ मा ३६ करोड आयात, खुल्ला फुल तर्फ रु १०७ करोड भन्दा बढिको कारोवार गर्न सफल रहेको छ । आव २०७८÷७९ मा कुल कारोवारको ३६ करोड बरावरको पुष्प तथा पुष्प जन्य बस्तुको आयात भएको छ । समग्रमा पुष्प व्यवसायको बार्षिक बृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा रहेको छ । पुष्प व्यवसायमा प्राय स्थानिय स्रोत र साधनको प्रयोग भैरहेकोले गर्दा स्थानिय स्तरको विकासको क्रमब बढदो छ । हाल आएर पुष्प तथा पुष्प जन्य व्यवसायमा संलग्न दक्ष तथा अर्धदक्ष कामदारहरुले बैदेशिक रोजगार पाउने क्रम पनि बढदो छ ।
पुष्प व्यवसाय विस्तार किन
बढदो शहरी करण र दिनानु दिन प्रयोग गरीने पुष्पको आयात नजिकैको बनेपा धुलिखेल सहित काठमाडौं बाट आयात हुने पुष्प जन्य सामग्रीले पांचखालको नगद बाहिरीएको बर्तमान अवस्था थियो । काभ्रेमा बर्तमान अवस्थामा विश्लेषण गर्ने हो भने बे मौसमि रुपमा पुष्प प्रयोग गर्नु पर्ने अवस्था आएको खण्डमा नजिकैको शहरबाट आयात गर्नुको विकल्प नै छैन । विगत १० वर्ष अगाडीको व्यावसायिक पुष्प व्यवसाय गर्ने व्यवसायिक पनि सरकारी निति तथा स्थानिय सरकारको प्रत्यक्ष पर्याप्त मात्रामा सहयोग नपाएको कारण व्यवसायिक रुपमा विस्थापन भई अन्य बैकल्पिक मार्गमा लागी सकेको अवस्थामा रहेको देखिन्छ । पांचखालको पलांचोक भगवती मन्दिर मा मात्र बार्षिक रुपमा ७० दिनमा प्रयोग हुने पुष्प माला प्रति दिन ५०० वटा को दरमा खपत हुदा पनि प्रति माला मात्र ३० को दरमा १०,५००० दश लाख पचास हजार रुपैयाको माला प्रयोग हुने देखिन्छ भने काभ्रेको अन्य धार्मिक स्थललमा गर्न सकिने व्यापार प्रबद्र्धन अनुसार बर्तमान अवस्थामा व्यवसायिक फुल खेति गर्न शुरु गरीएता पनि व्यापार प्रबद्र्धन शैलि छैन । यो खपत काभ्रेको कहा बाट प्रयोग भईरहेको छ । काभ्रेको विद्यालय, सहकारी, निजि व्यवसायिक समुह, व्यक्तिगत रुपमा गरिने प्रयोगको आधारमा काभ्रेको फुलको खपत मात्र हेर्ने हो भने बार्षिक एक करोड भन्दा बढिको कारोवार हुने शहरको रुपमा विकास भईरहेके अवस्था छ । यस प्रकारको विकसित बजार र शहरमा व्यवसायिक रुपमा बनेपामा२ वटा पनि पुष्प व्यवसाय पसल निकासी गर्ने बाहेक अन्य नगरपालिकामा नभएको आधारमा पुष्प व्यासाय स्वारोजगार रस्थानिय बजारमा आयात न्यूनिकरण गर्ने मुख्य लक्ष राख्नु पर्ने आवश्यक्ता रहेको छ ।
काभ्रेमा शित भण्डार पहिलो रुपमा सञ्चालन
काभ्रे जिल्लामा २०५७ सालदेखि व्यवसायिक रुपमा पुष्प खेति गरीएको ईतिहास छ । जुन ईतिहास अनुसार धुलिखेल नगरपालिका वडा नं. ५ मा खेती गर्नु हुने विरेन्द्र बहादुर श्रेष्ठ एक ज्वलन्त पुष्प व्यवसायिक उदाहरण र व्यक्तित्व हुन । निजको पुष्प व्यवसायिक जिवनमा विभिन्न उतारचडाव नआएका हैनन । विभिन्न आरोह अवरोह भईरहदा पनि जिवन संगिनीको साथ र सहयोगको कारण आज सफल हुने दौरानमा हिडेको दखिन्छ । काभ्रेको बजारलार्ई व्यवस्थित बजारी करण निति लिने हो भने बार्षिक एक करोड बरावराको उत्पादन अनुसारको कारोवार गर्न सकिने देखिन्छ । पुष्प व्यवसायमा काभ्रेमा ९ जना व्यवसायिक कर्मि रहेको देखिन्छ भने संगठनमा अफसिजनल खेति गर्ने संगठनको रुपमा १६ जना आवद्ध रहेका छन् । काभ्रेमा धुलिखेल, बनेपा, पनौति, पांचखाल, नमोबुद्ध तथा रोशी गाउपालिकामा व्यवसायिक खेति भएको छ । अन्य स्थानिय तहमा यस व्यवसायको विस्तार र विकास गर्नु पर्ने आवश्यक्ता पनि हुन सक्छ । यसरी व्यवसाय गर्ने हो भने नेपालको आवश्यक माग पुरा गर्न सकिने र स्वरोजगार सृजना हुने देखिन्छ । फुलको बजार नेपाली पात्रो अनुसार सदाबहार चल्दैन । यस अवस्थामा धेरै नोक्सान हुने देखिन्छ । उत्पादन भएको फुल खेतवारीबाट टिप्दानै फ्याक्नु पर्ने अवस्था सम्म रहेको देखिन्छ । यसकारण पनि किसान मर्कामा परेको देखिन्छ । यस अवस्थाको सृजना समस्या, र जोखिम कम गरी बजारी करणमा सहजता बृद्धि गर्न कृषि ज्ञान केन्द्र, प्रदेश कृषि मन्त्रालयको लागत साझेदारीमा होरिजन नर्सरी तथा बुद्ध नर्सरीमा शित भण्डार सञ्चालन शुरु भएको छ ।
काभ्रेको व्यवसायिक सम्भावना
शित भण्डार मार्फत काभ्रेका व्यवसायिको बजार नचल्ने समयमा भण्डारण गर्न सकिने र बजारी करण गर्न सकिने र सबै व्यवसायिले लागतको आधारमा प्रयोग गर्न पनि सकिने व्यवस्था गर्न सकिने देखिन्छ । यस कार्यको लागी दुबै शित भण्डार किसानको हक हित र व्यवसायिक प्रबद्र्धनमा निरन्तर ल्याउन र स्थानिय तहमा मागको आधारमा पुष्प जन्य सामग्री आवश्यक्ता अनुसार उपलब्ध गराउनु पर्नेतथा निकासी गर्नु पर्ने देखिन्छ । समग्रमा व्यवसायिक विस्तार र प्रर्बद्धन र विकास गर्न स्थानिय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकारले नेपाली पुष्प व्यसायिलार्ई उत्साह उर्जा दिन नितिगत रुपमा पुष्प निति र सहयोग गर्नको लागी आवश्यक सहयोग जरुरी देखिन्छ । यस कार्यको लागी स्थानिय सरकार मार्फत बजेट निति तथा कार्यक्रममा राख्नु पर्ने आवश्यक्ता थप बढदै गईरहेको छ । काभ्रेको बर्तमान बजार अवस्था हेर्ने हो भने एक सय रोपनी भन्दा बढी खेती हुदा बार्षिक काभ्रेको आय दुई करोड पचास लाख भन्दा बढि आय देखिन्छ र यस व्यवसायमा सम्भावना व्यापक रहेको देखिन्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |