Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दक्ष शिक्षक व्यवस्थाको लागि आवाज वुलन्द पार्छुः सांसद मिना

प्रभातफेरी अनलाइन ५८१ पटक पढिएको प्रकाशित मिति: २०७९ फागुन ३०, मंगलबार (३ साल अघि)
दक्ष शिक्षक व्यवस्थाको लागि आवाज वुलन्द पार्छुः सांसद मिना

काभ्रे । बेथानचोक गाउँपालिका वडा नं. ५ मा रहेको आत्मा विकास माध्यमिक विद्यालयको ६३औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा माओवादीकी सांसद मिना तामाङको प्रमुख आतिथ्य तथा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सांसद तामाङले शिक्षालाई समयसापेक्ष परिवर्तन गर्दै लैजानु पर्ने आवश्यकता औल्याउनु भयो । रिक्त दरवन्दीको परिपुर्ति, स्तरीय शैक्षिक वातावरणको निर्माण, दक्ष शिक्षक शिक्षिका भएमा राज्यले लिएको शैक्षिक लक्ष्य हासिल हुने भन्दै उहाँले आफूले यसका लागि आवाज बुलन्द पार्दै शिक्षा क्षेत्रका माग पुरा गराउन लागि पर्ने बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आत्माविकासले विगत ६ दशकदेखि उक्त भेगमा पु¥याएको शैक्षिक योगदानको प्रशंसा गर्दै विद्यालयको भौतिक पूर्वाधार र स्तरीय शिक्षण सिकाइ, युग सापेक्ष शैक्षणिक वातावरण बनाउन विद्यालय परिवारलाई आग्रह गर्दै यसका लागि गाउँपालिकाले सहयोग गर्ने बताउनु भयो ।
पौराणीक युगदेखि हालसम्म आउँदा पनि शिक्षा नीति परम्परावादी शैलीबाट चल्दै र चलाउँदै आएकोमा विद्यालय समुदायमा हस्तान्तरण, विद्यालय व्यवस्थापन समिति गठन, शिक्षक अभिभावक संघको गठन, जिल्ला शिक्षा समिति, विद्यालय क्षेत्र सुधार कार्यक्रम, विद्यालय क्षेत्र विकास कार्यक्रम, शिक्षण अनुमतिपत्र तथा प्रधानाध्यापक नियुक्ति, विद्यालयको संरचनागत तह आदि विषयमा पनि नीतिगत स्पष्टता बनाउनु पर्ने भएकाले केन्द्र सरकारले यसमा ध्यान दिन आवश्यक रहेको औल्याउनु भयो ।
दक्ष, तालिम प्राप्त, प्रशासनिक ज्ञान एवं नेतृत्वसीप भएका व्यक्तिहरूको नै शिक्षकका रूपमा आउने परिपाटी विकास भइसकेकोले शिक्षा विकासले अपेक्षित गति लिने उहाँले विश्वास व्यक्त गर्नुभयो । अब शिक्षकहरूले पनि आफूलाई युग र प्रविधिमा रूपान्तरण नगरे आलोचना खेप्न बाध्य हुने भएकाले शिक्षा प्रदान गरिने सर्वोत्कृष्ट अभियानमा दत्तचित्त हुन आग्रह गर्नुभयो । गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले जीवनको आदर्श परिवर्तन गर्न, गुणस्तरीय जीवन यापन गर्न शिक्षा आवश्यक रहेकाले गाउँपालिकाले शिक्षाको विकासका लागि कुनै कुरामा पनि सम्झौता नगर्ने बताउनु भयो ।
कार्यक्रममा वडा नं. ५ का अध्यक्ष राजकुमार वाइबाले अभिभावकको मागलाई ध्यानमा राख्दै स्तरीय शिक्षण सिकाइको वातावरण बनाउदै लैजाने, विद्यालयलाई शिक्षण सिकाइका लागि आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “सामुदायिक विद्यालय अब्बल छन भनी प्रमाणित गरेर देखाउने समय आएको छ । यो अवसरलाई यथार्थमा परिणत गराउन जरूरी छ ।”
कार्यक्रममा साँस्कृतिक कार्यक्रम, विभिन्न समयमा विविध गतिविधिका बिजेता विद्यार्थीलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो । वि.व्य.स. अध्यक्ष जगतबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. १ देखि ५ सम्मका वडा अध्यक्षहरू क्रमशः मधुसुधन तिमल्सिना, पुरूषोत्तम तिमल्सिना, कुवेर ढकाल, कृष्णबहादुर तामाङ, राजकुमार वाइबा, विभिन्न वडाका सदस्यहरू, वि.व्य.स.का पूर्व अध्यक्षहरू लिलाबहादुर लामा, मेनकुमार लामा, प्रहरी चौकी ढुंखर्कका इञ्चार्ज, अभिभावक, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल डेरी एशोसियशनले ६२औं वार्षिकोत्सवका लागि विशेष प्रकारको केक प्रदान गरेको थियो भने ५ नं. वडा अध्यक्ष राजकुमार वाइबाले उपस्थित सबैलाई खीर खुवाउन दूघ र वि.व्य.स.सदस्य खिलकुमारी लामाले चामलको प्रवन्ध समेत मिलाउनु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0