Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धर्म संस्कृति जोगाउनु हाम्रो कर्तव्य होः उपरथी कार्की

प्रभातफेरी अनलाइन ६२८ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २, बिहिबार (३ साल अघि)
Post Thumbnail

समय सुहाउँदो शिक्षा प्रदान गरेकोले हामी ढुक्क छौंः हुमागाई

काभ्रे । हामी नेपालिको धर्ममा आक्रमण हुँदै आएको छ, सोही विषयलाई हामी सचेत हुन जरुरी रहन्छ । नेपालीको पहिचान नै धर्म, संस्कृति हो, हामीले जोगाउन हतार भै सकेको छ ।
उक्त भनाई राष्ट्रिय सेवादल को कार्यकारी महानिर्देशक (उपरथी) सुरेश कुमार कार्कीले (शनिबार) धुलिखेल नगरपालिका वडा नं १२ शंखु स्थित डिभाइन लाइट माध्यमिक विद्यालयको २४ औं अभिभावक भेलाको उद्घाटन गर्ने क्रममा बताउनु भएको हो ।


कार्यक्रमका प्रमुख अतिथि उपरथि कार्कीले नेपालमा पश्चिमा शैलीको धार्मिक संस्कृति भित्रदो छ । सो संस्कृतिलाई हामीले साथ दिदै पिछा गर्नुभनेको नेपालको पहिचान मेटाउनु सरह हो । हामी नेपालीले आफ्नो संस्कृतिको संरक्षण गर्ने विषयमा चनाखो हुन आवश्यक रहन्छ ‚ विभिन्न धर्म संस्कृति भेषभुषा नै नेपाल र नेपालीको पहिचान हो । हामीले जन्मदिन मनाउँदा पानसमा बत्ती बालेर पुजा गरेर मनाउँछौं जुन हाम्रो संस्कृति हो तर पछिल्ला समयमा पश्चिमा मुलुकहरूको नक्कल गर्दै बत्ती बालेर हतारमा निभाइन्छ अनि केक काटिन्छ यस्तो ढंगले जन्मदिन मनाउनु राम्रो नरहेको बताउनु भयो ।
संसार मायाले चल्छ‚ माया छैन भने केही कुनै कुरो पनि सफल नहुने बताउनु भयो । सद्भाव र माया भयो भने शिक्षा‚ धन आफै पछि लाग्छन् । डिभाईन लाईट माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई मायाका साथमा आधुनिक गुणस्तरीय शिक्षा प्रदान गरेको छ । माया शिक्षाको साथमा नैतिक शिक्षालाई जोड दिएको पाउँदा खुसी लाग्यो । जतिनै शिक्षा हासिल गरेपनि नैतिक शिक्षा छैन भने त्यस्तै शिक्षा अर्थहीन हो । व्यवहारिक ज्ञान अनुशासित ढंगबाट पठनपाठन भएकोमा ति विद्यार्थीका अभिभावक भाग्यमानी भएको उपरथी कार्कीले बताउनु भयो ।
अभिभावक भेलाको अवसरमा विद्यालयका संस्थापक प्रिन्सिपल गोपाल बहादुर कार्कीले विद्यार्थीहरूको भविष्य निर्माणमा आफू निरन्तर रुपमा लागि रहेको बताउनु भयो । उहाँले थप्नुभयो हाम्रो कर्तव्य विद्यार्थीको भविष्य निर्माण गर्नु हो हामी सोही गरिरहेका छौं ‚ हाम्रो विद्यालयबाट पास आउट भएका विद्यार्थीहरूको अभिलेख राख्ने गरेको छौं कुनैपनि विद्यार्थी दुख पाएका छैनन् । मुलुकको उच्च ओहदामा समेत पुग्न सफल भएका छन् ।
कार्यक्रममा शिक्षा सेवी एवं अभिभावक जयन्ती हुमागाईले भन्नुभयो—अन्य विद्यालयको तुलनामा डिभाईन लाईट विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुमा अनुसासित रहेको अभिभावकहरुको तर्क छ । कार्यक्रममा मन्तव्य दिदै अभिभावकले भन्नुभयो हामीले गुणस्तरीय शिक्षाको साथै नैतिक शिक्षाको लागि यस विद्यालयमा आफ्नो वालबालिका ल्याएका छौं । विद्यालयमा रटन्ते घोकन्ते शिक्षा मात्रै हैन व्यवहारिक साथै नैतिक शिक्षा आजको आवश्कता हो जुन डिभाई लाईटे प्रदान गरेको छ । हाम्रो बालबालिकाले समयको माग अनुसार समय सुहाउँदो शिक्षा पाएका छन् जस्ले गर्दा हामी ढुक्क छौं ।
विद्यालयका प्रबन्ध निर्देशक पार्वती कार्कीले कार्यक्रममा उपस्थित सम्पुर्ण लाई शब्दबाट स्वागत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थी‚ अभिभावक शिक्षकहरू लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यार्थीहरूले उत्कृष्ट ढङ्गको नृत्य, गीत लगायत बिभिन्न प्रकारको प्रतिभाहरु पस्कंदै भरपुर्ण मनोरञ्जन प्रदान गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0