Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

प्रभातफेरी अनलाइन ८८ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र २, बिहिबार (१ हफ्ता अघि)
पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

काभ्रे । पनौती नगरको बाह्रौं नगरसभा सम्पन्न भएको छ । सभामा उपस्थित नगर सभासद्हरूले नगरको समग्र विकास निर्माणको विषयमा चासोका साथ आ—आफ्नो तर्क प्रस्तुत गर्दै पृथक ढंगबाट सौहार्द तरिकाले घनिभूत तरिकाले छलफल गर्दै निचोड निकालेको छ ।
काभ्रे जिल्लाको छुट्टै पहिचान बोकेको पूरातात्विक एवं ऐतिहासिक धरोहरको रुपमा परिचित पनौती नगरपालिकाको नगर सभाले नगरको हितको लागि निचोड निकालेको छ । नगर सभा सदस्यहरूले सभामा प्रस्तुत गरेको प्रतिवेदनको विषयमा आ—आफ्नो तर्कहरू प्रस्तुत गरिएको थियो ।
झट्ट हेर्दा विरोध जस्तो देखिएपनि वास्तवमा विरोध नभई सुझाव रहेको थियो । सभामा सदस्यहरूलाई तर्क राख्नको लागि पर्यात समय प्रदान गर्नुले अन्य स्थानीय तहलाई समेट पाठको रुपमा प्रस्टिएको छ । नगरको हितको लागि सम्पूर्ण जनप्रतिनिधिहरू एक जुट भएको पाइएको छ । दल विशेष समर्थन वा असहयोग भन्ने रहेन, सभामा नेपाली काँग्रेस तफर्बाट निर्वाचित वडा अध्यक्षले र एमालेका तफ र्बाट निर्वाचित वडा सदस्य (सभासद) हरूले प्रतिवेदनको विषयमा धारणा राख्दै थप घटको लागि सुझाव दिनुभएको थियो । सुझावलाई मनन गर्दै छलफल गरी निचोड निकाल्दै सभा सम्पन्न गरेको थियो । नगर सभामा प्रस्ताव भएका प्रतिवेदनहरू पारित गर्न तालीको लागि मात्रै नगर सभा भन्ने शंदेस लाई पनौतीले राम्रोसँग पन्छाएको छ । हुन त धेरै स्थानीय तहमा सभासद्हरूले खासै आफ्नो अडान कायम गरेको पाइन्न । तर पनौती नगरमा भने नगर सभामा निकै बहसका साथ व्यापक छलफल पछि सभा सम्पन्न हुने विगत देखीकै परिपाटी रहँदै छ जसको कारण अनावश्यक सीर्षकका बजेट विनियोजन हुँदैन ।
कयौं स्थानीय तहमा सभा हुँदै गर्दा प्रमुखले निर्दिष्ट गरेको व्यक्ति भन्दा अरुले खासै आफ्नो धारणा राखेको पाइन्न पाइन्छ त केवल ताली बजाएर प्रस्तुत प्रतिवेदनहरू पास गर्ने मात्रै । आखिर सभामा उपस्थित सदस्यहरू पनि निर्वाचित जनप्रतिनिध नै हुन तर उनीहरूको मौनता र खुम्चाइ प्रति जनताको चासो निकै रहँदै आएको छ ।
धेरै स्थानीय तहको सभालाई नियाल्दै आधिकांश जनताहरूको भन्ने गरेका छन् —हामिले दिएको भोट खेर गयो, कस्तालाई दिइएछ । तर पनौती नगरवासीको भनाई फरक छ, हामीले सक्षम व्यक्तिलाई मत दिएका छौं, जसले नगरको हितको खातिर कार्य गर्छन्, कुनै दलगत स्वार्थमा लाग्दैनन् । चुनावको समयमा कुनै दलको ट्यागमा निर्वाचित भएपनि अव भनेको सिंगो नगरवासीको प्रतिनिधि हो । नगरमा सभा हुँदै गर्दा नगरवासीले सामाजिक सञ्जाल माफर्त समेत धेरै दवाव दिएको पाईन्थ्यो, जसमा भनाईहरु थिए—नगर सभा बिथोल्न पाइन्न, नगरको हितको लागि बहस गर जस्ता ।
झट्ट हेर्दा नगर सभामा विवाद हो कि भन्ने देखिएपनि पनौती नगरले सम्पन्न गरेको बाह्रौं नगर सभा नीति र विधिमा अडिग, अन्य स्थानीय तहलाई समेत मार्ग निर्देशकको रुपमा रहेको थियो । दलगत स्वार्थ भन्दा माथि उठेर सभामा बहस चल्यो, प्रतिवेदनहरूको बारेमा मेयर आवद्ध दलको तफर्बाट निर्वाचित जनप्रतिनिधिहरू पनि खरै ढंगबाट उत्रिए । उनीहरूको तर्क थियो “कार्यपालिकाले निर्णय गरेको विषयहरू सबै अक्षरशः लागू हुनुपर्छ भन्ने हैन, नग सभा सदस्यहरूको भनाई पनि समेटिनु पर्छ” । त्यसैगरी उपमेयर आवद्ध दलको तफर्बाट निर्वाचित जनप्रतिनिधिहरू पनि रामैसँग कस्सिए । जुन दृश्यले नगरको हितको लागि अग्रसर देखिन्थे सदस्यहरू ।
नगर सभामा सदस्यहरूलाई आ—आफ्नो धारणा राख्ने समयको निर्धारण कार्य सूचीमै उल्लेख हुनुले निर्वाचित जनप्रतिनिधि समान हुन भन्ने सन्देश दिएको छ । सभामा बिभिन्न ११ प्रतिवेदनहरू वडा अध्यक्षहरूको तफर्बाट पेस भएको छ । जस मध्य पूर्व जानकारी विना शिक्षा ऐन संसोधन सम्बन्धी प्रस्ताव आएको भन्दै हलमा आपत्ति जनाईएको थियो । कार्यपालिकाको निर्णय प्रतिलिपिहरू वडा वडामा पठाउने परिपाटीले थप व्यवस्थित पारेको छ नगरलाई ।
सभामा उठेका विषयहरू माथि घनिभूत ढंगबाट सौहाद्र तरिकाले व्यापक छलफल गर्दै नगरको हितको लागि निर्णय भएको सन्देश नगर प्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जाराले आफ्नो मन्तव्यको क्रममा बताउनु भयो । नगरको सम्पन्न सभाले नगरवासीलाई मात्रै नभएर जिल्लावासीलाई नै पाठ सिकाउन सफल भएको छ ।
निर्णय गर्दा विचारलाई अँगाल्नु हुँदैन सभामा उपस्थित सदस्यहरू लाई उचित स्थान साथै आफ्नो धारणा राख्ने मौका प्रदान, कार्यपालिका मात्रै नभई सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरूको सुझावको आधारमा अगाडि बढ्नुपर्ने सन्देश दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • Post Thumbnail

    धर्म संस्कृति जोगाउनु हाम्रो कर्तव्य होः उपरथी कार्की

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0