Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २५, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

प्रभातफेरी अनलाइन १३१ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र ९, बिहिबार (२ महिना अघि)
नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), काभ्रेको संगठन तथा जनसम्वन्ध सुदृढीकरण अभियान अन्तर्गत पनौती नगरद्वारा आयोजित कार्यक्रमलाई सोमबार सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य एवं प्रदेश सभासद माननीय रुकु चौलागाईंले संगठन सुदृढ गराउनका लागि नेतृत्वको मुख ताक्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
संगठन सुदृढ गर्नका लागि प्रत्येक कार्यकर्ताहरुमा लगनशीलताको आवश्यकता पर्दछ । तब मात्र जनमुखी संगठन बन्न सक्दछ र जनताका अपेक्षाहरु सम्बोधन हुन सक्छन् । आज प्रत्येक कार्यकर्ताहरु नेतामुखी हुनुकै कारण यस क्षेत्रमा संगठन सुदृढिकरण हुन नसकेको सांसद चौलागाईंले खुलासा गर्नुभएको छ । विशेष गरी पनौती नगर र आसपासमा जनमत भएता पनि सबल नेतृत्व जन्मन नसक्नुमा कार्यकर्ता र नेतृत्व दुवैको कमजोरी भएको आफूले पाएको बताउनुभएको छ । विकासका नाउँमा हुने जुनसुकै गतिविधिमा पनि आफूलाई माओवादी भन्न रुचाउनेहरु खुल्न नसक्नुको परिणाम हो भन्ने ठम्याइमा आफू पुगेको सांसाद चौलागाईंले बताउनुभएको छ । केन्द्रले जुन नीति अख्तियार गरेको त्यसले पक्कै पनि यस क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास आफूले लिएको र जनताका अपेक्षाहरुलाई पनि यसले सम्बोधन गर्नेछ भन्ने निचोडमा आफू पुगेको सांसद चौलागाईंले कार्यक्रममा उद्घोष गर्नुभएको छ ।
प्रत्येक कार्यकर्ताहरु जनमुखी हुन आवश्यक छ । बिडम्बना भन्नुपर्छ, हामी त्यो आधार इलाकासम्म पुग्न सकेका छैनौं । जसका कारण यस क्षेत्रमा संगठन कमजोर भएको छ । यदि हामी भुइँमान्छेसम्म पुग्न सक्यौं र हाम्रा एजेण्डाहरुका बारेमा बुझाउने हो भने फेरि पनि जनमत माओवादीको पक्षमा उर्लिँदैन भन्न सकिन्न । त्यसका लागि प्रत्येक कार्यकर्ता र भुइँमान्छेबीचको सम्बन्ध प्रगाढ हुन आवश्यक छ । तब मात्र नेतृत्वले अपेक्षा गरेअनुसारको संगठन बन्न सक्छ । त्यसैले प्रत्येक कार्यकर्ताहरु आजैका मितिबाट संगठन सुदृढिकरणमा आफूलाई समर्पित गर्नुहुनेछ भन्ने विश्वास राखेको माननीय चौलागाईंले कार्यक्रममा व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा जिल्ला संयोजक एवं प्रदेश सचिवालय सदस्य भोला अर्यालको कथन छ– हामीले एकले अर्कालाई आरोप प्रत्यारोपमै समयमा व्यतित ग¥यौं । पार्टीको एजेण्डाका बारेमा बहस गर्नै चाहेनौं । जनतालाई पार्टीले ल्याएका एजेण्डा र प्राप्त उपलब्धीका बारेमा सुसूचित गराउन नै उपयुक्त ठानेनौं । जसको परिणाम आज पनौतीले भोगिरहेको छ । भोलिका दिनमा यस किसिमको परिणाम पक्कै पनि संगठनले भोग्नुपर्ने छैन । हामी हाम्रा एजेण्डाहरुका बारेमा सुक्ष्म रुपमा बहस गरौं र प्राप्त उपलब्धीहरुलाई जनताका माझ प्रष्ट्याउने जमर्को गरौं । १० वर्षे जनयुद्धको जगमा प्राप्त सीमित अधिकारहरुका बारेमा सुसूचित गराऔं । तब मात्र जनताले यथार्थ बुझ्ने अवसर प्राप्त गर्नेछन्, तब संगठन सुदृढिकरण भएर अगाडी बढ्नेछ ।
आज जति पनि राष्ट्रिय मुद्धाहरुका बारेमा बहस भएका छन्, ति सबै माओवादीका एजेण्डा हुन् । त्यही एजेण्डामा टेकेर प्रतिगामीका मतियारहरु सत्ताको बागडोर सम्हाल्न पुगेका छन् । त्यो बिडम्बना अरु के हुन सक्छ ? त्यसैले आज जति पनि उपलब्धी प्राप्त भएको छ, त्यसको संरक्षण गर्नका लागि हामी जनजाति, आदिवासी, उत्पीडन वर्गसम्म पुग्न जरुरी छ । उनीहरुले प्राप्त गरेका अधिकारका बारेमा बुझाउन जरुरी छ । यदि माओवादीहरु मर्न र मारिन तयार भएका थिएनन् भने तपाईंहरुले अहिले पाईराख्नुभएको सेवा सुविधा लगायत अधिकारबाट बञ्चित हुनुहुने थियो । त्यसैले यि अधिकारहरुमा तपाईंहरुको हक सुनिश्चित गर्नका लागि माओवादीको विकल्प छैन । तसर्थ पनि तपाईं आदिवासी, जनजाति, उत्पीडन वर्गले माओवादीका एजेण्डाहरुको संरक्षण र संवद्र्धनका लागि भूमिका खेल्नुहुनेछ भन्ने विश्वास पार्टीले लिएको स्मरण गराउनुहुँदै व्यवस्था परिवर्तन भएको छ, अवस्था परिवर्तनका लागि फेरि पनि आन्दोलनको आवश्यकता आउन सक्छ । त्यस घडीमा प्रत्येक आदिवासी, जनजाति, उत्पीडन वर्गले दायित्व बहन गर्नसक्ने किसिमले संगठन सुदृढिकरण गराउनुहुनेछ भन्ने अपेक्षा आफूले राखेको नेता अर्यालले कार्यक्रममा खुलासा गर्नुभएको छ ।
जसले संगठन सुदृढीकरणका लागि अनुकरणीय भूमिका निर्वाह गर्दछ । निःस्वार्थ भावले सेवा पु¥याउन सक्नु नै कम्युनिष्ट कार्यकर्ताको पहिचान हो । आज त्यस किसिमका योगदान दिने कार्यकर्ता पाउनै मुस्किल हुँदै गएको छ । तसर्थ संगठनलाई चुस्त, दुरुस्त बनाउने हो भने निःस्वार्थ भावनाले संगठनप्रतिको जिम्मेवारी पूरा गर्नु नै आम कार्यकर्ताहरुको दायित्व रहन्छ भन्नुहुँदै लामो प्रशिक्षात्मक सम्बोधनका क्रममा अधिकांश समय राष्ट्रिय राजनीति र संगठन सुदृढीकरणमा कार्यकर्ताको भूमिकालाई लिएर नेता अर्यालले प्रशिक्षण दिनुभएको छ ।
कार्यक्रमको अध्यक्षता नगर अध्यक्ष हस्तबहादुर तामाङले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नगर सचिव माधव हुमागाईंले गर्नुभएको थियो ।
कार्यक्रममा नगरस्तरीय कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

  • असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

  • जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

    जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

  • जनमतबाट अकेला सम्मानित

    जनमतबाट अकेला सम्मानित

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0