Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १२, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

प्रभातफेरी अनलाइन ५४९ पटक पढिएको प्रकाशित मिति: २०७९ चैत्र ९, बिहिबार (३ साल अघि)
गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

टीकाराम गैरे
नवलपरासी । जिल्लाको सरावल गाउपालिकाले आफ्नो पञ्चबर्षिय आवधिक योजना तर्जुमा गर्दै १० अर्बको योजनाहरु निर्माण गरेको छ । गाउपालिकाको प्रत्येक वार्डमा पुगेर योजनाको माग,प्राथमिकीकरण गर्दै सो रकम बराबरको योजनाहरु समावेश गरिएको आवधिक योजनाको निर्माण गरेको हो ।
हालको अनुपातमा गाउपालिकामा बन्दै गरेको बजेट पाँच बर्षमा ३ अर्बको हुने अवस्था भएको देखिएको छ । तर आवधिक योजना पुरा गर्नका लागि १० अर्ब बजेट आवश्यक छ । आफ्नो कार्यकालमा यो आवधिक योजना पुरा गर्नका लागि नियमित ३ अर्ब बाहेक पनि थप ७ अर्ब रकम आवश्यक छ । अब गाउपालिकाले स्रोतको खोजी र पहिचान गरि काममा लाग्नु पर्ने आवश्यकता आवधिक योजनाले निर्धारण गरेको गाउपालिकाका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए ।
आवधिक योजनाले परिकल्पना गरेको योजना पुरा गर्नका लागि नियमित आउने गाउपालिकाको बजेटले सम्भवन नभएको हुदा ति सबै योजनाका लागि लुम्बिनी प्रदेश सरकार र संघिय सरकारसँग समन्वय गरि काम गर्नु पर्ने हुन्छ,उनले भने,अब आवधिक योजनाको निर्माण पश्चात यसै क्षेत्रबाट निर्वाचित संघिय संसदका प्रतिनिधि र प्रदेशसभाका प्रतिनिधिसँग पनि गाउपालिकाले आवश्यक परामर्श गर्ने र बजेटको ब्यवस्थापन र आवधिक योजनाले निर्धारण गरेको योजनाहरु प्रदेश र संघिय सरकारको योजनामा समावेश गरि लगानी गराउनु गरि गाउपालिकाले काम गर्ने अध्यक्ष चौधरीको भनाई थियो । आवधिक योजनामा गाउपालिकाले पालिकाका गौरवका आयोजनाहरुलाई पनि निर्धारण गरेको छ ।
पालिका गौरवका आयोजनाले गाउपालिकाको रुपान्तरणकारी योजना हुने छ । यस्ता योजनाले यो कार्यकालको जनप्रतिनिधिलाई काम गर्न थप हौसला बढाएको जनाउदै अध्यक्ष चौधरीले अब जनप्रतिनिधिहरु पराम्परागत रुपमा दिन कटाउने गरि बस्ने अवस्था छैन् । दिनरात गाउपालिकाको समग्र,सन्तुलित विकास गरि समृद्ध सरावल बनाउनका लागि लागि पर्ने अवस्था सृजना गरेको छ । उनका अनुसार सरावलको कुल १ सय ५१ वटा मुख्य योजनाहरु आवधिक योजनामा समावेश गरिएका छन् । ति मध्ये १० वटा गौरवका आयोजना उल्लेख गरिएको छ । जस्मा पालिकाले मात्रै पुरा गरेर सम्भव हुदैन्,उनले भने,यसका लागि अन्य सरोकारवाला निकायसँग पनि सम्पर्क र समन्ववय गरे मात्र ति काम पुरा गर्न सक्ने अवस्था हुन्छ ।
गौरवका आयोजनामा सरावल औद्योगिक क्षेत्रको निर्माणका लागि २५ करोड बजेट आवश्यक रहेको र त्यसलाई निजी,सरकारी साझेदारी (पिपिपि)को अवधारणामा कार्यान्वयन गरिने छ । सरावल गाउपालिका चुरे पहाड देखी भारतिय सिमा दशगजासम्म जोडिएका हुदा,सरावल गाउपालिका भएरै पुर्व पश्चिम महेन्द्र राजमार्ग,हुलाकी राजमार्ग,नेपाल गण्डक पश्चिमी नहर सिचाईको सर्भिस रोड,महेशपुर मुल भन्सारसँग जोडिएको महेशपुर—त्रिवेणी प्रस्तावित नेपाल भारत मैत्री राजमार्गको आस पासमा औद्योगिक क्षेत्र बनाउन सक्ने अवस्था रहेको छ । त्यसै गरि यि सबै राजमार्ग जोड्ने गरि महेशपुर नाकासँग जोडिएको भुतहा— महेशपुर लिँकमार्ग, महेशपुर—चिसापानी सडक,भुजहवा छोटी भन्सार नाका जोड्ने लिँक मार्गहरुले पनि बजार तथा औद्योगिक बिकासको सम्भावना बोकेका छन् ।
त्यसै गरि सरावललाई माछा सुपरजोनको निर्माण गरिने गरि १० करोडको सुपरजोन बनाईने योजना समावेश गरिएको छ । डुबान हुने क्षेत्र भएकोले पनि ति डुबानको चुनौतीलाई अवसरमा बदल्ने माछा सुपर जोन आयोजना सहयोगी हुने छ । बेमौषमी तरकारी बाली प्रवद्र्धन एवं हाटबजार ब्यवस्थापन योजनाका लागि १० करोड,सरावल १ खोखरपुरा स्थित आदर्श मावि प्राविधिक शिक्षालयको रुपमा विकास गर्नका लागि १० करोड,आन्तरिक उत्पादन प्रवद्र्धन गर्न भारतिय सिमा नजिकै प्रदर्शनी स्थल स्थापना तथा सञ्चालन १५ करोड,सार्वजनिक सेवा प्रवाह तथा सुदृढिकरण तथा डिजिटलाईजेसन ८ करोड,पालिकाको मुख्य प्रशासनिक भवन निर्माण १५ करोड,सबै वार्डलाई पालिका केन्द्रसँग जोड्ने सडक सञ्जाल २० करोड,सिमसार क्षेत्र संरक्षण,पर्यटकिय स्थल पर्यापर्यटन विस्तार कार्यक्रमलाई १५ करोड,कोलवृक्ष क्षेत्र संरक्षण आयोजना १० करोड,१५ सैयाको अस्पताल निर्माण १६ करोड,झरही हुलासी तथा धनेवा नदी तटबन्धन तथा करिडोर निर्माणका लागि ५० करोडका आयोजनाहरु समावेश गरिएको छ ।
अब आवधिक योजना अनुसारको काम गर्नका लागि गाउपालिकाले कार्यविभाजन गरि जिम्मेवारी दिईने रणनीति तय गरेको अध्यक्ष चौधरीले जानकारी गराए । जस्मा मुख्य रुपमा समाजिक विकास, शुसासन तथा संस्थागत विकास,पुर्वाधार विकास,बन तथा बातावरण विकास र आर्थिक विकास गरि ५ वटा विभागीय संरचनाहरुको निर्माण गरिने छ । दिर्घकालिन सोच सहति विषयगत र क्षेत्रगत रणनीतिमा आधारित भएर काम गर्नका लागि गाउपालिकाले जिम्मेवारी तोक्ने र काम गर्ने,गराउने र समिक्षा गर्दै अगाडी बढने गरि आवधिक योजना ल्याएको हो ।
स्वास्थ्य शिक्षा कृषि र पुर्वाधार,समृद्ध सरावलको आधार नारा समेत तय गरिएको र सोही अनुसार काम गर्दै अगाडी बढने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुर्गा पौडेलले बताए । जनादेश अनुसार जनप्रतिहरुले काम गर्ने रणनीति लिएका कारण जनसेवक कर्मचारीले सोही अनुसार कार्य गर्ने प्रतिवद्धता समेत उनले जनाए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0